Yugasambad.Com.Np
National Weekly
 
Sunday, 08.01.2010, 11:58am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
यथास्थितिमा गतिरोध अन्त्य असम ; प्रधानमन्त्रीका लागि लिगलिगे दौड ; प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब ; तीन ; सरकार कसको बलमा टिकेको
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
आर्थिक
 

विकास रणनीतिलाई संशोधनको सुझाव


Tuesday, 05.05.2009, 11:03am (GMT+5.5)

काठमाडौं । प्रधान सेनापति प्रकरणले मुलुकको आर्थिक-व्यावसायिक क्षेत्रमा नकारात्मक प्रभाव पारेको छ । आइतबार मात्रै धितोपत्र बजारमा व्यापक गिरावट आएको थियो । अर्कोतिर तर्राई बन्दको प्रभावले मुलुकको आर्थिक-व्यावसायिक क्षेत्र अस्तव्यस्त भएको छ भने उपभोक्ताहरु चर्को महंगी र अभावको सामना गर्न विवश छन् । वर्तमान सरकारको स्थायित्वको अन्योलतासंगै आर्थिक-सामाजिक रुपान्तरणका लागि नेपाल विकास मञ्चको बैठकमा प्रस्तुत गर्न तयार पारेको योजना पनि भताभुङ्ग हुने आशंका बढेको छ । यसै महिनाको अन्त्यमा हुन लागेको नेपाल विकास मञ्चको बैठक समेत प्रभावित हुने आशंका गर्न थालिएको छ । यति हुँदाहुँदै पनि सरकार विकास मञ्चको बैठकमा प्रस्तुत गर्ने विकास रणनीतिपत्रलाई संशोधन गरी अन्तिम रुप दिने तयारी गरिरहेको समाचार छ ।

यसअघि सरकारले दातृ निकाय, विभिन्न राजनीतिक दल तथा स्थानीय जनताको सुझाव समेत संकलन गरेको थियो । अहिले परिमार्जन गर्न लागिएको रणनीतिमा ती सुझावहरुलाई समेत समावेश गरिने बताइएको छ । त्यसो त सरकारले प्रस्तुत गरेको विकास रणनीतिमा विगतका आर्थिक सहायता तथा सुधारका कार्यक्रमहरुबारे कुनै कुरा उल्लेख नगरेको भन्दै दातृ निकायहरुले त्यसको विरोध गरेका थिए । नेपालको शान्ति प्रक्रियालाई सघाउँदै आएका दातृ निकाय तथा राष्ट्रहरुले विश्वव्यापी आर्थिक मन्दी बढे पनि नेपाललाई दिने सहायतामा कटौती नगर्ने घोषणा गरेका थिए । यही घोषणासंगै अर्थमन्त्रीको महत्वकांक्षा बढेको थियो ।

अर्कोतिर सरकारले आफ्नो क्षमताले भ्याउनेभन्दा पनि महत्वकांक्षी रुपमा विकास योजनाहरु तयार गरेकाले कुनै उपलब्धि हाँसिल हुन सकेको छैन । आर्थिक वर्ष२०६५।०६६ को बजेटमै सरकारले प्रस्तुत गरेको विकास र आर्थिक वृद्धिदरको महत्वकांक्षी योजना पर्ूण्ारुपमा असफल भएको छ । विकास खर्चको कुल रकमको १५ प्रतिशत जति मात्र खर्च भएको अहिलेको अवस्थामा सरकारले विकास मञ्चको बैठकमा पेश गर्न लागेको विकास रणनीत्रि्रति दातृ निकायहरुले असन्तुष्टि समेत देखाएका थिए । विकास मञ्चमा प्रस्तुत गर्ने विकास रणनीतिको परामर्श बैठकमा विश्व बैंकका कार्यकारी निर्देशक सुजन गोल्डमार्कले रणनीतिपत्रका लक्ष्य महत्वकांक्षी भएकाले यसलाई संशोधन गरेर वास्तविक रणनीति बनाउनुपर्ने सुझाव दिएकी थिइन् । सरकारले आगामी तीन वर्षा १३ खर्ब २४ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने र यसबाट वाषिर्क ७.६ प्रतिशत आर्थिक वृद्धि गर्ने बताएको छ ।

मुलुकको आन्तरिक स्रोतको मात्रा र वैदेशिक सहायताको अहिलेको अनुपातलाई हर्ेर्ने हो भने आर्थिक वृद्धिदरका लागि मात्र सरकारले जति रकम खर्च गर्ने योजना बनाएको छ त्यो नै अस्वाभाविक रहेको अर्थविद्हरु बताउँछन् । पुगनपुग डेढ खर्बको राजस्व उठ्ने मुलुकमा वर्षो ४ खर्बभन्दा बढीको लगानी एउटै क्षेत्रमा गर्ने लक्ष्य राख्नु हाँस्यास्पद नै हुने कतिपयको विश्लेषण छ ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
दातृ निकायले दिए सहयोग वृद्धिको आश्वासनदिगो विकास र आर्थिक वृद्धिका लागि थप चु (04.28.2009)
अति राजनीतिकरणको बोझ थाम्न त्रिविलाई गाह्रो (04.21.2009)
एक वर्षा एक सय बा (04.14.2009)
सहकारी ः नारा आकर्ष कार्यान्वयन जस्ताको तस्तै (04.07.2009)
अर्थतन्त्र सुदृढ हुनुको साटो जर्जर बन्दै (03.31.2009)
आर्थिक-मौद्रिक नीति असफल ः राष्ट्र बैंक (03.24.2009)
बजेटको मध्यावधि समीक्षाः अपेक्षित लक्ष्य पूरा भएन (03.17.2009)
मुद्रास्फीति उकालोतिर ः बजार अनियन्त्रित (03.10.2009)
आर्थिक संकटको सुरुवात ः बैंकहरुमा रकमको अभाव (03.03.2009)
मुलुकमा लगानीका मैत्री वातावरणको अभाव (03.01.2009)



 
  ::| Events
August 2010  
Su Mo Tu We Th Fr Sa
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        
 

© Neeraz.Com 2007
[Top Page]