आर्थिक टिप्पणीकारबाट
आर्थिक उत्पादनका क्षेत्रमा लगानी अभाव रहेको भनिएको छ । तर, र्सवसाधारण लगानी अवसरको खोजीमा छन् । 'हामीसंग पैसा छ सुरक्षित लगानीको वातावरण उपलब्ध गराउ' भन्ने सन्देश विभिन्न बैंक तथा वित्तीय संस्थाले आव्हान गरेको शेयर प्रस्तावमा भएको लगानीले पुष्टि गरेको छ ।
मुलुकभित्र जलविद्युत, सिंचाई, कृषि उद्यम तथा औद्योगिक विकासका लागि लगानीकर्ताको अभाव रहेको जनाइएको छ । तर, र्सवसाधारबाट आहृवान गरी ती क्षेत्रमा लगानी गर्ने वातावरण र नीति सरकारले निर्माण गर्न सकेको छैन । एकातिर सरकारको आर्थिक नीति स्पष्ट छैन भने अर्कोतिर शेयरमा लगानी गर्न जनताको उत्साहजनक सभागितामाथि केही वित्तिय संस्थाले लापर्बाही गरेका छन् । यसले र्सवसाधारणको सहभागितालाई पनि धमिल्याउने र सीमित पूँजीपतिले मात्र अर्थतन्त्रमा मनपरी गर्ने प्रवृत्ति देखिएको छ ।
हालै प्राइम बैंकले जारी गरेको शेयरमा एउटै नम्बरका थुप्रै शेयर फाराम फेला परेको समाचार र्सार्वजनिक भयो । यसअघि सनर्राईज बैंकमा भरिएका फाराम चनाचटपटेको ठेलामा भेटिए । दुवै खबर र्सार्वजनिक हुँदा पनि सम्बन्धित निकायले कुनै कार्बाही गरेको छैन । यसबाट शेयर लगानीमा नकारात्मक प्रभाव पारेको छ । र्
र्सवसाधारणको पुँजीलाई उत्पादनशील क्षेत्रमा लगानी गर्ने र मुलुकलाई औद्योगिकरणको दिशामा लैजाने अग्रसरता कुनै निकायबाट हुन सकेको छैन । अझ कतिपय अवस्थामा त बनेको वातावरणलाई समेत धमिल्याउने प्रयास भैरहेको छ । सुरक्षित लगानी पर््रवर्द्धनात्मक कार्यक्रम ल्याउन निजी क्षेत्रबाट पनि अनुरोध भैरहेको छ भने र्सवसाधारणको शेयर लगानीमा देखिएको उत्साहले यसमा थप बल पुर्याएको छ । ३७ करोडको शेयर आह्वान गर्दा १० अर्ब जम्मा हुनुले लगानीका क्षेत्र र वातावरणको खोजी गरेको स्पष्ट हुन्छ । तर, नीति निर्माता, अर्थविद, योजनाविद् तथा विकासविद्मा राष्ट्रिय चिन्तनशीलताको अभाव छ । उनीहरुले जनतालाई सहभागी गराउने किसिमका योजना बनाउने र त्यसमा जनसहभागिताका लागि विश्वासिलो वातावरण निर्माण गर्ने हो भने मुलुक विकासका लागि विदेशीको मुख ताकिरहनुपर्ने अवस्था रहने छैन ।
अबको विश्व खाद्यान्नका लागि संर्घष्ा गर्नुपर्ने अवस्थामा छ । यस्तो बेला नेपालमा दर्ीघकालीन हिसाबले कृषिमा लगानी गर्नुपर्ने देखिन्छ । नेपालका औद्योगिक-व्यापारीक समुदाय तथा बैंक एवं वित्तीय संस्थाले कृषिमा लगानी गर्नेतर्फचासो दिएमा दर्ीघकालीन मुनाफाको स्रोत बन्ने विभिन्न क्षेत्रबाट औंल्याइएको छ । जलस्रोतमा जनताको लगानी, कृषि उद्यममा बैंक तथा वित्तीय संस्थाको लगानीको वातावरण बनेमा बहुपक्षीय लाभ हुने संभावना छ । तर, उत्पादनका क्षेत्रलाई प्राथमिकता दिने न त सरकारी नीति छ न बित्तियी संस्थाको योजना नै ।
पछिल्लो समयमा शेयरमा जनसहभागिताले कुनै पनि क्षेत्रमा लगानी गर्न पूँजी संकलनको नीति र योजनाको अभावलाई उजागर गरेको छ । तर पनि वित्तिय क्षेत्रमा जनसहभागिता बढेको छ । बढी भन्दा बढी पुँजीलाई औद्योगिक क्षेत्रमा लगाउनपर्नेमा वित्तिय सस्थाले तत्काल मुनाफा हुने 'हायर पर्चेज' लाई प्राथमिकता दिएका छन् । यसले समग्र मुलुकको अर्थतन्त्रलाई भड्खालोमा जाक्ने चिन्ता अर्थविद्हरुको छ । केही समय अघि नेपाल राष्ट्र बैंकले निजी बैंकलाई घर जग्गामा लगानी कम गर्न निर्देशन दिएको खबरले पनि संभावित संकट उजागर हुन्छ । साथै, विश्व आर्थिक मन्दीको सन्देश पनि यही हो । यर्सथ अहिले औद्योगिकीकरणका क्षेत्रमा लगानी बढाएर मुलुकमा आर्थिक क्रान्तिको जग बसाल्नुपर्ने आवश्यकताबोध र्सवत्र छ ।