Yugasambad.Com.Np
National Weekly
 
Sunday, 08.01.2010, 12:12pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
यथास्थितिमा गतिरोध अन्त्य असम ; प्रधानमन्त्रीका लागि लिगलिगे दौड ; प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब ; तीन ; सरकार कसको बलमा टिकेको
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
आर्थिक
 

आर्थिक मन्दीको कालो छायाँ


Tuesday, 12.15.2009, 10:10am (GMT+5.5)

आर्थिक टिप्पणीकारबाट

मुलुकको अर्थतन्त्रको मेरुदण्ड मानिएको वैदेशिक रोजगारीबाट नेपाल भित्रिने रकममा व्यापक कमी आएको समाचारले आर्थिक क्षेत्रमा भयाभव स्थिति निम्तिने भविष्यवाणी हुन थालेको छ । केही समय अघि मात्र नेपालले आयात निर्यात व्यापार वैदेशिक रोजगारीमै निर्भर रहेको र नेपाल श्रम निर्यात गर्ने र आवश्यक वस्तु आयात गर्ने अवस्थामा रहेको चित्रण गरिएको थियो । विश्व आर्थिक मन्दीको मारबाट नेपाल जस्ता मुलुकलाई प्रभाव पर्दैन भन्ने दाबी काठमाडौंका अर्थविद्हरूले गरिरहेका बेला विश्वको आर्थिक स्थिति सुधारोन्मुख हुन थालेपछि नेपालको अर्थतन्त्र भने खस्कदो अवस्थामा पुगेको छ । नेपालमा विश्व आर्थिक मन्दीको प्रभाव धेरैपछि पर्ने लक्षण देखिएको छ ।

मुलुकले भित्र्याउने कुल रेमिट्यान्समा विगत आठ वर्षा जुन गतिले वृद्धि भैरहेको थियो गत भदौमा यसमा एकाएक बिराम लाग्न पुगेको छ । नेपाल राष्ट्र बैंकले हालै र्सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आर्थिक वर्षो दोस्रो महिनामा नेपाल भित्रिने रेमिट्यान्स खस्किएको छ । हरेक महिना उत्साहजनक वृद्धि भैरहेको रेमिट्यान्समा गत भदौ महिनामा ८ प्रतिशतले मात्र वृद्धि भएको छ । राष्ट्र बैंकका अनुसार गत वर्षो तुलनामा साउनमा ३५ प्रतिशतले वृद्धि भई १६ अर्ब ९४ करोड रेमिट्यान्स भित्रिए पनि भदौमा आठ प्रतिशत मात्र वृद्धि भई १८ अर्ब ३६ करोडमा सीमित भएको थियो । यो अवस्थालाई नेपालको अर्थतन्त्रमाथि परेको विश्व आर्थिक मन्दिको कालो छायाँका रुपमा कतिपय अर्थविद्हरूले हर्ेन थालेका छन् । यो क्रम गत असोज र कार्तिक महिनामा पनि नरोकिएको राष्ट्र बैंकले जनाएको छ । गत आवको प्रत्येक महिनामा रेमिट्यान्स वृद्धिदर औसत ३५ प्रतिशत थियो । तर रेमिट्यान्स वृद्धिदरको आठ वर्षो उत्साहजनक स्थितिमा पहिलोपटक गत भदौ महिनादेखि व्यापक कमी आएको छ । यसको प्रमुख कारण भनेको वैदेशिक रोजगारीमा जानेको संख्यामा आएको कमी हो । गत वर्षो प्रथम चार महिनाको तुलनामा चालु आर्थिक वर्षो सोही अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्यामा निकै कमी आएको छ ।

नेपालको निर्यात व्यापारमा रेमिट्यान्सको महत्वपर्ूण्ा भूमिका छ । भारतसंगको भीमकाय व्यापार घाटालाई रेमिट्यान्सले नै धानिरहेको छ । राष्ट्र बैंक यतिखेर डलर बेचेर भारु खरीद गरिरहेको छ । नेपालको निर्यात व्यापारमा निरन्तर भैरहेको घाटा र वैदेशिक रोजगारीमा आएको ह्रासले नेपालको अर्थतन्त्रलाई तहसनहस पार्नसक्ने चिन्ता अर्थविद्हरूले गर्न थालेका छन् ।

मुलुकमा चारैतिर फैलिएको अस्थिरताले गर्दा औद्योगिक-व्यावसायिक क्षेत्र विस्तारै पलायन हुँदै गैरहेको अवस्थामा वैदेशिक रोजगारीमा देखापरेको यो संकटले कस्तो दर्ुदशा निम्त्याउने हो यसै भन्न सकिन्न । महंगीले नेटो काटिरहेको बेला मुलुकमा भित्रिने रेमिट्यान्समा पनि व्यापक कमी आउन थालेपछि सुस्त रहेको विकासको गति झन् ठप्प हुने र महंगी अझै बढ्ने चिन्ता पनि गर्न थालिएको छ । मुलुकमा रोजगारीको सिर्जना हुन नसकेको र वैदेशिक रोजगारीमा पनि ह्रास आउन थालेपछि बेरोजगारी समस्याले विकराल रुप लिने र यसले अनेक आर्थिक-सामाजिक अपराधमा बढोत्तरी आउने अवस्था सिर्जना हुन थालेको छ ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
नेवानिको विमान खरीद प्रकरण (12.07.2009)
करको दायरासंगै कडा कानुनको (11.30.2009)
नेपालको अवस्था झन् कमजोरआर्थिक इमान्दारिता र अ (11.23.2009)
निकासीभन्दा पाँच गुणा बढी पैठारी (11.16.2009)
अनुत्पादक क्षेत्रमा लगानी विस्तार : बैंकहरु संकट निम्त (11.09.2009)
उपभोग्य वस्तुको मूल्य बढिरहे पनिउपभोक्ता मुद्र (11.02.2009)
बजेट पास नभए गम्भीर आर्थिक संकट पर्ने (10.26.2009)
नेपालको प्रतिवादले विश्व बैंक सच्चियो !अझ बढी सह (10.12.2009)
घरजग्गाको अनियन्त्रित कारोबार र मूल्यृद्धिवाण (09.21.2009)
सरकारी नारा कार्यान्वयन हुने विश्वास छैन (09.14.2009)



 
  ::| Events
August 2010  
Su Mo Tu We Th Fr Sa
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        
 

© Neeraz.Com 2007
[Top Page]