Yugasambad.Com.Np

सरकार नै आर्थिक संकटको
Tuesday, 02.09.2010, 08:24am (GMT5.5)

मुलुकको अर्थतन्त्रमा चारैतिरबाट निराशा अप्ठ्याराका बादलहरू एकपछि अर्को गर्दै मडारिन थालेका छन् बजारमा रकमको अभाव हुनु, औद्योगिक लगानीको वातावरण नहुनु, व्यापारघाटा उच्च विन्दुमा पुग्नु लगायत महंगी नियन्त्रण हुन नसक्नु आन्तरिक उत्पादनमा समेत ह्रास आउनुले मुलुक आर्थिक संकटको दिशातिर कुदिरहेको प्रष्ट संकेत हुन्छ उत्पादनमूलक क्षेत्रको तुलनामा अनुत्पादक क्षेत्रमा बढी लगानी हुनु, त्यस्तो लगानी जोखिमपर्ूण्ा हुनुले पनि मुलुकको वित्तीय सन्तुलन खलबलिएको अर्कोतिर सरकारी खर्च प्रवृत्तिले पनि मुलुकमा आर्थिक संकट निम्त्याइरहेको

सरकारको चालू खर्चले शिखर छुदैछ भने विकास खर्च न्यून मात्र भैरहेको यतिबेला चालु खर्च पूँजीगत खर्चको अन्तर ५० अर्बभन्दा बढी रहेको विकास खर्चको विनियोजित रकम योजना अनुसार नै खर्च भएको भए मुलुकमा तरलताको अभाव समेत हुने थिएन भनेर विज्ञहरूले बताइरहेका छन् सरकारले वाषिर्क बजेटमार्फ छुट्याएको चालू खर्च पूँजीगत खर्च अर्न्तर्गतको रकममा चालू खर्चको रकम सबै सकिएर मन्त्रीहरूको तलब-भत्ताका लागि समेत थप रकम माग गरेको अवस्था भने पूँजीगत रकम न्यून मात्र खर्च भएको पूँजीगत खर्च वृद्धिबाटै मुलुकमा रोजगारी सिर्जना हुने जनताको हातमा पैसा पुग्ने भएकाले यसतर्फसरकार सजग हुनुपर्ने भए पनि सरकार दान, अनुदान दिनमै बढी सक्रिय रहेको पाइन्छ विकास-निर्माणका कार्यहरूमा सरकारी उदासिनता त्यसलाई मलजल गर्ने राजनीतिक कारणहरू पनि आर्थिक संकटका आधारहरू मानिएका छन्

बैंक तथा वित्तीय संस्थाहरूले रकमको अभाव झेलिरहेका छन् यसका अनगिन्ती कारणहरूमध्ये सरकारले विकास निर्माणमा रकम खर्च गर्न नसक्नु हो पूँजीगत खर्च वृद्धि गर्ने हो भने मात्र पनि यतिबेला देखापरेको रकमको अभाव हटाउन सकिने विज्ञहरूको सुझावको कुनै कार्यान्वयन छैन परिस्थिति यस्तो भए पनि सरकारले खर्च गर्ने प्रवृत्तिमा कुनै सुधार गरेको छैन आर्थिक वर्षो सातौं महिना बितिसक्दा पनि पूँजीगत खर्च न्यून हुनुले यो वर्षो बजेट कार्यान्वयन कागजमै सीमित हुने अवस्था सिर्जना भैरहेको सरकाले यो वर्षो माघको पहिलो सातासम्म चालू खर्चतर्फ६२ अर्ब रुपैयाँ खर्च गरेको यो रकम गत वर्षो सोही अवधिकोभन्दा ३५ प्रतिशतले बढी हो गत वर्षसोही समयमा सरकारले ४६ अर्ब ३३ करोड रुपैयाँ मात्र खर्च गरेको थियो यो रकम विकास खर्च अर्थात् पूँजीगत खर्चको तुलनामा ५० अर्ब रुपैयाँभन्दा बढी राष्ट्र बैंकका अनुसार सरकारले यो अवधिसम्म ११ अर्ब ७७ करोड रुपैयाँ मात्र खर्च गरेको त्यसो यो अंक गत वर्षोभन्दा केही सुधारोन्मुख भने देखिएको तर पनि कुल विनियोजित रकमको न्यून अंश मात्र खर्च हुँदा विकास बजेट कार्यान्वयनको दयनीय अवस्थालाई नै इङ्गति गर्दछ यस्ता घटना प्रवृत्तिहरूले मुलुकको समग्र अर्थतन्त्र नै नकारात्मक योगदान बढाउँदै गएको

चालू आर्थिक वर्षा एक खर्ब अर्ब पूँजीगत खर्च गर्ने लक्ष्य राखेको सरकारले सात महिनासम्मको अवस्थामा यसको दश प्रतिशत पनि खर्च गर्न सकेको छैन यसले मुलुकको समग्र अर्थतन्त्रलाई मात्र होइन जनतामा तीब्र निराशा समेत उत्पन्न गर्नसक्छ अर्थविद्हरू अबको महिनामा पूँजीगत खर्चमा सुधार आउने हो भने तरलता अभावबाट गुज्रिरहेका बैंक तथा वित्तीय संस्थाहरू केही हदसम्म समस्याबाट मुक्त हुनेछन् भने जनताको जीवनस्तरमा पनि केही राहत मिल्ने बताउँछन् तर अहिलेसम्मको सरकारी प्रवृत्ति हर्ेदा सरकारले विकास खर्च विनियोजन गरेअनुरुप नै गर्नसक्छ भन्ने विश्वास कमैले गरेका छन् आर्थिक वर्षो अन्त्यतिर हृवात्तै खर्च गरेर विकास खर्च वृद्धि भएको देखाउनु बाहेक सरकारसंग अर्को विकल्प छैन यसले मुलुकको पूँ्जी खर्च हुने तर जनताले विकासको मुहार देख्न नपाउने अवस्थालाई नै निरन्तरता दिनेछ