Yugasambad.Com.Np
National Weekly
 
Wednesday, 01.07.2009, 02:13pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल ; राजनीतिक संकट गहिरिंदै जाने संकेत
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
आर्थिक
 
 नेपाल वायुसेवा निगमको अन्तर्रर्ााट्रय बेइज्जति
Sunday, 12.02.2007, 11:34am (GMT+5.5)

सत्ता परिवर्तनपिच्छे नेताहरुको प्रमुख आकर्षाको केन्द्र बनेको तत्कालीन शाही नेपाल वायुसेवा नियम र हालको नेपाल वायुसेवा निगमको स्थिति दिन प्रतिदिन धरासायी बन्दै गएको छ । स्थापनाकालको लामो समयसम्म अन्तर्रर्ााट्रय क्षेत्रमा लोकप्रिय र विश्वसनीय वायुसेवाको रुपमा चिनिएको नेपाल वायुसेवा निगम हालका दिनमा आफ्नै नाम आफैंका लागि भारी बन्न पुगेको छ । राजनीतिक हस्तक्षेप र कमाइगर्ने थलोको रुपमा विकसित भएका कारण २०४८ सालपछि यो विमानसेवा दिन प्रतिदिन ओरालो लाग्दै गएको हो । अहिले नेपालीहरु नै नेपाल वायुसेवा निगमको विमानबाट यात्रा गर्न चाहँदैनन् । उनीहरु यो आफ्नो देशको राष्ट्रिय ध्वजावाहक विमान हो भन्नेमा लाज मान्न थालेका छन् । नेपालसंगै स्थापना भएका विश्वका कतिपय विमान सेवाहरु अहिले अन्तर्रर्ााट्रय सञ्जाल स्थापना गरी विश्वव्यापी भैसके । तर नेपालको विमानसेवा भने भएको विमान मर्मतमा समेत कमिशनमा डुबेर अन्तर्रर्ााट्रय बेइज्जती खेप्दैछ ।

तत्कालीन समयमा निगमसंग ४ वटा बोइङ थियो, जसबाट अन्तर्रर्ााट्रय क्षेत्रमा मनग्गे उडान भर्न पाउँथ्यो र लोकप्रियतासंगै मुनाफा पनि प्रशस्तै थियो । तर जनआन्दोलनको सफलतापछि गठन भएको सरकारले एयर बस किन्ने भन्दै दर्ुइवटा बोइङ बेचेपछि सुरुभएको निगमको अधोगति हालका दिनमा चरमुलीमा पुगेको छ । निगम पछिल्लो समयमा नियम अन्तर्रर्ााट्रय उडान बेलाबेलामा स्थगित गर्नुपर्ने अवस्थामा पुगेको छ । तत्कालीन समयमा बेचिएको दर्ुइवटा बोइङको रकमको पनि खोजी छैन र एयरबसको चर्चा त कता हरायो कता - त्यस्तै निगमलाई पर्ूण्ारुपमा संचालन गर्ने भन्दै विमान भाडामा लिंदाका समयमा भएका कमिशनको भद्दा खेलले पनि निगमलाई धराशायी बनाउने ठूलो सघाउ पुगेको छ ।

पछिल्लो समयमा निगमको बोइङ ७५७ का दर्ुइवटा इञ्जिन मर्मत गर्न चीनको एमीको कम्पनीसंग भएको सम्झौतालाई अदालतले बदर गर्ने आदेश दिएपछि निगम कति समयसम्म जहाजविहीन भएर बस्नुपर्ने हो यकिन छैन । निगमको एउटा बोइङ ममर्तका लागि ब्रुनइ गएको निकै समय भैसक्यो भने उसको एउटा इञ्जिन अहिले चलिरहेको जहाजमा हालिएको छ । यो जहाज पनि सिचेकका लागि ब्रुनइ जाँदैछ । उता इञ्जिन मर्मतका लागि गरिएको टेण्डर आव्हान रद्द भएपछि निगमलाई अझ आर्थिक भार थपिएको छ । निगमले इञ्जिन मर्मतका लागि टेण्डर आह्वान गरेकोमा गत जनवरी ८ मा दर्ुइवटा मात्र टेण्डर परेका थिए । पहिलो टेण्डरमा कम्तिमा पनि ३ वटा टेण्डर पर्नुपर्ने नत्र रिटेण्डर गर्नुपर्ने निगमको नियममै उल्लेख भए बमोजिम पहिलो पटकको टेण्डरमा आएका कम्पनीहरू एमीको र आइवेरियाका टेण्डर रद्द गरी निगमले रिटेण्डर गरेको हो । रिटेण्डर गत सेप्टेम्बर २५ मा खुल्दा चीनको एमीको कम्पनीको मात्र टेण्डर परेको र पहिलो टेण्डरमा आइबेरियाले उल्लेख गरेको अंकभन्दा १५ प्रतिशतले कम अंक टेण्डरमा उल्लेख गरेको हुँदा चीनको एमीको कम्पनीसंग निगमले सम्झौता गरी इञ्जिन मर्मतको जिम्मासमेत लगाइ सकेको थियो । एमिकोले इञ्जिन मर्मत सुरु गरिसकेपछि सर्वोच्च अदालतले सम्झौता रद्द गर्ने आदेश दिएको हो ।

नियमभित्र प्रशासनिक र प्राविधिकबीच विमान संचालनका विषयमा लामो समयदेखि असमझदारी कायम छ । प्राविधिकहरु व्यवस्थापनको लापरवाहीकै कारण नियम धरासायी भएको आरोप लगाउँछन् । सर्वोच्च अदालतले तत्काल इञ्जिन मर्मत कार्य नगर्न अन्तरिम आदेश जारी गरेपछि निगमले एमीको कम्पनीलाई मर्मत कार्य रोक्न पत्राचार गरेपछि निगमको भविष्य अझ अन्योलमा परेको हो ।

उता इञ्जिनको मर्मतकार्य सुरु गरिसकेको एमीको कम्पनीले आफूलाई एक करोड १० लाख अमेरिकी डलर नोक्सान भएको भन्दै चीनको उच्च न्यायालयमा जाने तयारी गरिरहेको विश्वस्त्र सूत्रबाट थाहा भएको छ ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
सरकार गम्भीर आर्थिक संकटमा (11.30.2007)
मूल्यवृद्धि, राष्ट्रिय योजना आयोग र परिणति (11.30.2007)
राष्ट्रिय पर्वको सरकारी उपहार ः मूल्यवृद्धि (11.30.2007)
रुग्ण बन्दैछ अर्थतन्त्र ः पूँजी पलायन डरलाग्दो (10.08.2007)
ट्रान्सपरेन्सी इन्टरनेशनलको तथ्यांककति गहन, कति सतही (10.01.2007)
श्रम बजारको दर्ुगतिः युवाशक्ति निराशर् (09.29.2007)
तेलको घाटापर्ूर्ति गर्न ग्रमिण बिकासमा कटौती (09.29.2007)
'हालखबर' माथि कार्बाही (09.28.2007)
चित्रा दीक्षित- सत्याग्रहमा बर्म्बई जेल जाने प्रथम नेपाली नारी (09.28.2007)
सेयर बजारमा प्रविधिको प्रयोग (09.28.2007)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 

© Neeraz.Com 2007
[Top Page]