Yugasambad.Com.Np
National Weekly
 
Wednesday, 01.07.2009, 08:06am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल ; राजनीतिक संकट गहिरिंदै जाने संकेत
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
आर्थिक
 
स्वदेश रिक्तिदै, विदेश भरिंदै
Tuesday, 01.01.2008, 09:55am (GMT+5.5)

काठमाडौं । संक्रमणकालमा यस्तै हुन्छ भनेर जनताले अलिकति सहनशीलता देखाउनर्ुपर्छ भन्ने राजनीतिक नेताहरुको भनाइलाई नेपाली जनताले कहिलेसम्म पालना गरिरहनुपर्ने हो ठेगान छैन । राजनीतिक मुद्दाबाहेक अरुलाई विषयवस्तु नै नसम्झने सात दलीय गठबन्धनको सरकार र स्वयं सात दलले मुलुकको शैक्षिक, सामाजिक, आर्थिक क्षेत्रको विकास र निर्वाध संचालनको वातारण बनाउनेतर्फकुनै पहल गरेको छैन । मुलुक अहिले गम्भीर आर्थिक संकटबाट गुज्रदैछ । यो संकट एक पक्षबाट मात्र निम्तिरहेको छैन । आर्थिक वृद्धिदरको जुन आँकलन गरिएको छ त्यसको छेउछाउसम्म पनि मुलुक पुग्नसक्ने सम्भावना नरहेेको तथ्य एकातिर छ भने अति राजनीतिकरणको मारले आर्थिक संयन्त्रहरु धराशायी बनिरहेका छन् ।

पछिल्लो समय मुलुक पूँजी पलायनको गम्भीर समस्याले ग्रस्त हुन पुगेको छ । उद्यामी व्यवसायीहरु आफ्नो पूँजी विदेशमा लगेर थुपार्न थालेका छन् । ठूला औद्योगिक घरानाले विदेशमै लगानीको जोहो गरिसकेका छन् । व्यापारी र उद्योगपतिहरु विभिन्न वित्तीय संस्थाहरुबाट लिएको ऋण विदेशमा लगेर थुपार्न थालेका समाचारहरुले मुलुकको अर्थतन्त्र धरासायी बन्दैगएको नराम्रो सन्देश दिएको छ । मुलुकको आर्थिक उत्पादकत्व बढाउने र आर्थिकस्थिति सुदृढ गर्ने कुनै कार्ययोजना सरकारसंग छैन । एकोहोरो राजनीतिक आलापले देशको आर्थिक अवस्था सुध्रिदैन । सरकार पूँजी पलायन रोक्ने र आर्थिक उत्पादकत्व वृद्धिका निम्ति पूँजीनिवेश गराउनेतर्फपटक्कै सचेत छैन । आयातमा भैरहेको आशातीत वृद्धिले व्यापार घाटा बढाएर मुलुकलाई चरम ऋणात्मक स्थितितिर धकेलिरहेको छ ।

औद्योगिक व्यावसायिक क्षेत्रले भोगिरहेको असुरक्षित वातावरणले मुलुकमा पुँजी पलायनको डरलाग्दो क्रम सुरु भएको हो । यही क्रम बढ्दै जाने हो भने बैंकको ऋण नतिर्ने कालोसूचीमा परेकाहरुलाई कारवाही गर्ने र असुलउपर गर्ने सरकारी दावाले जसरी हावा खाँदैछ त्यसरी नै आर्थिक वृद्धिदर बढाउने दावाले पनि हावा खाने निश्चित छ । आन्तरिक उत्पादन बढाउनेभन्दा बाहृय ऋण लिन बढी अग्रसर हुने, आन्तरिक स्रोत साधन जुटाएर रोजगार सिर्जना गराउने भन्दा वैदेशिक रोजगारीको नाममा श्रमशक्ति विदेश पठाउने योजना बुन्ने नीति निर्माता, योजनाविद् र अर्थशास्त्री भएको मुलुकको अर्थतन्त्रको यो हालत हुनुमा कुनै आर्श्चर्य छैन । स्रोत, साधन र श्रमशक्तिले भरिपर्ूण्ा हुँदाहुँदै हाम्रो आर्थिक अवस्था किन दिनप्रतिदिन ओरालो लागिरहेको छ - किन नेपाल एसियामा सवभन्दा कंगाल मुलुकमा दरियो - के यी प्रश्नहरुको उत्तरसंग पूँजी पलायनको सर्न्दर्भ जोड्न सकिंदैन - यी प्रश्नहरुको एउटै मात्र उत्तर के हो भने नेपालमा राजनीतिक स्थिरता छैन, शान्ति सुरक्षा छैन, कामगर्ने वातावरण छैन, उद्योगधन्दामा राजनीतिक हस्तक्षेप छ, औद्योगिक सुरक्षा छैन । यी सव कारणले अहिले मुलुक पूँजी पलायनको मार्गमा अग्रसर छ ।

अहिले उद्योगपतिहरुको अपहरण र मोटो रकम फिरौती मागले पनि पूँजी पलायनलाई सघाइरहेको छ । विशेष गरेर मारवाडी समुदाय अहिले यो समस्याबाट पीडित बनिरहेका छन् । अघिल्लो हप्ता मात्र अपहरणमा परेका महेश मुरारकाले आधा करोडभन्दा बढी फिरौती तिरेको चर्चाले पनि औद्योगिक-व्यापारिक क्षेत्रमा सन्त्राशपर्ूण्ा वातावरणको सिजृना गरेको छ । मुलुकको आर्थिक सम्वेदनशीलतालाई यस्ता घटनाले ठाडै चुनौति दिएका छन् । विगतमा औद्योगिक-व्यावसायिक समुदाय र सरकारबीच औद्योगिक सुरक्षा प्रदान गर्ने सहमति भए पनि त्यसको कार्यान्वयन भएको छैन । सहमति कायम गरेर जिम्मेवारीबाट पन्छने सरकारी प्रवृत्तिले मुलुक टाट पल्टने खतरा बढ्दो छ ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
पेट्रोलियम पदार्थको गम्भीर समस्यासरकारको रहस्यमय उदासिनता (12.25.2007)
आन्तरिक पूँजी पलायनले आर्थिक संकट चुलिंदै (12.18.2007)
g]kfnL hgtfnfO{ ;/sf/sf] cfufdL pkxf/ M hf8f]df s7\of+lu|P/ cWof/f]df a; (12.11.2007)
 आम्दानी र खर्चको डरलाग्दो भिन्नता, आमउपभोक्ता अभावको मारमा (12.04.2007)
 नेपाल वायुसेवा निगमको अन्तर्रर्ााट्रय बेइज्जति (12.02.2007)
सरकार गम्भीर आर्थिक संकटमा (11.30.2007)
मूल्यवृद्धि, राष्ट्रिय योजना आयोग र परिणति (11.30.2007)
राष्ट्रिय पर्वको सरकारी उपहार ः मूल्यवृद्धि (11.30.2007)
रुग्ण बन्दैछ अर्थतन्त्र ः पूँजी पलायन डरलाग्दो (10.08.2007)
ट्रान्सपरेन्सी इन्टरनेशनलको तथ्यांककति गहन, कति सतही (10.01.2007)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 

© Neeraz.Com 2007
[Top Page]