काठमाडौं । चन्दा, अपहरण, हत्या लगायतका गतिविधिबाट पीडित उद्योगी व्यापारीले सुरक्षाको माग गरेका छन् । सुरक्षित वातावरण नभएकोले व्यवसायबाटै पलायन हुनपर्ने आवस्था सिर्जित भैरहेको उनीहरुले बताएका छन् ।
विभिन्न औद्योगिक व्यापारिक संघसंस्थाले सोमबार प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई एक ज्ञापनपत्र समेत बुझाएका छन् । राजधानीको वसन्तपुरमा जम्मा भई बालुवाटार पुगेका उनीहरुले प्रधानमन्त्रीसंग औद्योगिक-व्यावसायिक क्षेत्रमा सुरक्षा व्यवस्था नभएको गुनासो गर्दै असहज वातावरणले अर्थतन्त्रमा नकारात्मक असर परेको बताए ।
पछिल्लोपटक अज्ञात समूहले व्यापारी किरण रौनियारको हत्या र उनका श्रीमान् रोशन रौनियारमाथि छुरा प्रहार गरेपछि आक्रोशित उद्योगी व्यापारी अन्दोलित भएका हुन् । उनीहरुले आइतबार र सोमबार राजधानीका मुख्य बजार न्यूरोडमा पसल बन्दसमेत गरे । यसअघि पनि राजधानीमै एक उद्योगीलाई अज्ञात समूहले गोली प्रहार गरेको थियो ।
उद्योगी व्यापारीलाई हत्या प्रयास, चन्दा अपहरणका घटना राजधानीदेखि तर्राईको औद्योगिक करिडोर क्ष्ँेत्रमा शृंखलावद्ध रुपमा भैरहेको छ । विभिन्न आन्दोलनरत समूह र आपराधिक समूहबाट उद्योगी व्यापारी पीडित भएका छन् । तर, पनि सरकार गम्भीर भएको अनुभूत नभएकाले उनीहरु आन्दोलित भएका हुन ।
व्यापारीको सुरक्षाको माग गर्दै व्यापारिक तथा औद्योगिक संघ संस्थाले कडा संर्घष्ा गर्ने समेत जनाएका छन् । व्यापारीले पसल बन्द गर्ने र उद्योगीले उद्योग बन्द गरेमा कति ठूलो समस्या निम्तने छ र अर्थतन्त्रमा कस्तो असर पर्नेछ भन्नेमा अझै पनि ख्याल गरिएको छैन । पछिल्ला घटनाको विरोध गर्दै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, च्याम्बर अफ कमर्स, होटल संघ र व्यापारी संघ, आर्थिक उन्नतीका लागि सहकार्य लगायतका करिब एक दर्जन औद्योगिक व्यावसायिक संस्था आन्दोलित भएका छन् । रौनियार हत्याको विरोधमा व्यापार संघको आह्वानमा सबै आन्दोलित भएका हुन् ।
रौनियार हत्याकै विरोधमा नेपाल उद्योग वाणिज्य संघले शान्ति स्थापनामा जोड दिंदै नया"ँ नेपाल निर्माणार्थ विद्यमान असुरक्षित वातावरणको नियन्त्रण गरी सहज वातावरण बनाउन आग्रह गरेको छ । साथै अन्य संस्थाले पनि व्यवसायिक सुरक्षा नभएमा सहज रुपमा काम हुन नसक्ने र त्यसले अर्थतन्त्रलाई नै नकारात्मक असर पर्ने जनाएका छन् ।
केही महिनाअघि पनि होटल तथा औद्योगिक व्यवसायिक क्षेत्रमा भएको अस्थिरता, चन्दा, मजदुर आन्दोलन लगायत अनेक समस्या भएको भन्दै मुलुकभरका उद्योगी, व्यापारीले उद्योग, व्यवसाय तथा व्यापार ठप्प पारेर आन्दोलन गरेका थिए । त्यतिबेला औद्योगिक-व्यावसायिक क्षेत्रमा अस्थिरतालाई नियन्त्रणमा लिई सहज काम गर्ने वातावरण बनाउने तथा लगानीका अवसरलाई सिर्जना गर्ने प्रतिवद्धता सरकार तथा राजनीतिक दलले व्यक्त गरेका थिए । प्रधानमन्त्रीले पनि पटक-पटक उद्योगी व्यवसायीको सुरक्षा हुने आश्वासन दिएका भए पनि त्यसअनुरुप काम हुन सकेको छैन । फलस्वरुप व्यवसायी पुनः आन्दोलित हुनुपर्ने आवस्था आएको छ । यसले मुलुकको अर्थतन्त्रलाई नकारात्मक असर पारेको छ ।
एक दिनको बन्दले मात्र राष्ट्रलाई करोडौंको नोक्सानी हुन्छ । हालै आन्दोलनका कारण लगातार १६ दिन तर्राई बन्द हु"दा औद्योगिक क्षत्रेमा करिब ६० करोड नोक्सान भएको उद्योग वाणिज्य संघले जनाएको छ । तर्राई आन्दोलनकै कारण सरकारलाई करोडौंको राजस्व घाटा भयो । त्यसले र्सवसाधारणलाई समेत असर पर्यो । यसरी करोडौंको नोक्सानीले अर्थतन्त्रलाई कति असर परेको छ भन्नेबारे सरकार तथा राजनीतिक संवेदनशील हुन सकेका छैनन् । अहिले सुरक्षाको माग गर्दै उद्योगी व्यवसायी आन्दोलित हुनुले भविष्यको अर्थतन्त्र थप अन्योलग्रस्त बनेको छ ।