अहिले पर्यटन व्यवसायको वअवस्था कस्तो छ ?
देशमा अशान्ति रहेको परिस्थितिमा जुन किसिमले पर्यटन क्षेत्रमा गिरावट आएको थियो, त्यो अवस्थामा सुधार आएको छ । खासमा, शान्ति सम्झौता भएपछि पर्यटन क्षेत्रमा सकारात्मक सुधार देखिएको छ ।
विगतको र अहिलेको अवस्थालाई तुलना गर्न मिल्छ ?
सन् १९९८ नेपालको पर्यटन क्षेत्रका लागि एउटा महत्वपर्ूण्ा समय रह्यो । त्यसपछि विभिन्न किसिमका गतिविधिले पर्यटन क्षेत्रलाई नकारात्मक प्रभाव पार्यो । भारतीय विमान अपहरण, दरबार काण्डसहित सशस्त्र द्वन्द्वका कारण पर्यटनको अवस्था अत्यन्तै गिर्न पुग्यो । एक किसिमले पर्यटन क्षेत्र धरासायी नै बनेको थियो । अहिले त्यो स्थितिमा सुधार आएको छ र परिवर्तित परिस्थितिले राष्ट्रिय अन्तर्रर्ााट्रय क्षेत्रमा सकारात्मक सन्देश दिएको छ ।
राजनीतिक स्थिरताले पर्यटन क्षेत्रमा सुधार ल्याउँछ भन्ने हो -
राजनीतिक स्थिरताले मात्र सबै कुरा पर्ूण्ा हुन्छ भन्ने होइन । द्वन्द्व समाधान बाहेक अन्य पक्ष पनि छन् । ती पक्षमा पनि ध्यान दिनु पर्छ ।
अहिलेको राजनीतिक परिवर्तनपछि पर्यटन क्षेत्रले के अपक्षा गरेको छ त ?संविधानसभा चुनावपछि नेपालमा परिवर्तनको नयाँ अवस्था सिर्जना भएको छ । परिवर्तनसंगै आर्थिक क्षेत्रमा गरिनुपर्ने काम थुप्रै छन् । पर्यटन क्षेत्रका लागि पनि आवश्यक पर्ूवाधारको विकास जरुरी छ । युद्ध सकिनासाथ सबै कुरा भैहाल्छ भन्ने अवस्था रहँदैन तर सुधारका लागि योजनावद्ध रुपमा कार्यान्वयन तहमा काम हुनर्ुपर्छ, जसले मुलुकको अर्थतन्त्रका साथै अन्य क्षेत्रको विकास हुनेछ ।
पर्यटन क्षेत्रमा सम्भाव्यताका क्षेत्र कस्ता छन् र अबको परिस्थितिमा के गर्नुपर्ला <
पर्यटन क्षेत्रलाई व्यावसायिक बनाउनका लागि विभिन्न किसिमका 'रुल्स एण्ड रेगुलेसन' बन्नु र कार्यान्वयन हुनु जरुरी छ । यसबारे भुटान, श्रीलंका र माल्दिभ्सबाट नेपालले सिक्नर्ुपर्छ ।
नेपाल हरेक दृष्टिले पर्यटकको आकर्षाको केन्द्र बन्ने सम्भावना छ । यस क्षेत्रबाट फाइदा पनि असीमित छ । तर, हाम्रो मार्केटिङ राम्रो छैन । भुटानले मार्केटिङ राम्रो गरेकाले पर्यटकको आगमन जुनसुकै बेला पनि राम्रो देखिन्छ । त्यसैले नेपाल किन गन्तव्य क्षेत्र हो भनी अन्तर्रर्ााट्रय क्षेत्रमा परिभाषित गरिनर्ुपर्छ, जसबाट पर्यटक आगमनमा उल्लेख्य वृद्धि होस् । यसबाट प्राप्त हुने रुपैयाँलाई पूँजीकरण गरिनर्ुपर्छ ।
विदेशीलाई आकषिर्त गर्न आवश्यक सेवा, सुविधा तथा सुरक्षा राम्रो अनिवार्य छ । यसका साथै बन्द, हड्ताल लगायतका अनपेक्षित गतिविधि हुनु पर्यटन क्षेत्रका लागि अहितकारी छ । त्यस्तो परिस्थिति आउन नदिन सरकारले कानुनी आधारलाई कडा बनाउन सक्नर्ुपर्छ । सम्भाव्यताका क्षेत्रमा पर्ूवाधारको विकास उत्तिकै आवश्यक छ । निजी क्षेत्रले 'मोटिभेटिभ' गरेर उच्च उत्पादनतर्फलाग्नर्ुपर्छ ।
पर्ूवाधार विकासमा के गर्नुपर्छ त ?
मुख्यतः विमानस्थलमै सुधार गर्नुपर्ने देखिएको छ । एउटा मात्र विमानस्थल नभै अन्तर्रर्ााट्रयस्तरको विमानस्थल अन्यत्र पनि विकास गर्नुपर्छ । विमानस्थल ठीक नभएसम्म नेपालमा पहिलो पदार्पण कसरी गर्ने भन्ने समस्या रहन्छ । अहिले नेपालमा १३-१४ वटा हवाइजहाज आउँछन् । त्यसका लागि नेपालको विमानस्थल राम्रो छैन र सुरक्षासहितको सुविधा विमानस्थलमा बन्न सकेको छैन । विमानस्थलमै हुने हड्ताल लगायतका अवरोधात्मक गतिविधिले पर्यटकमा नकारात्मक प्रभाव पार्छ । विमानस्थलमा युनियनबाजी गर्न हुँदैन । विमानस्थलमा जुन किसिमको व्यवस्था छ त्यो पर्याप्त छैन । त्यस्तै इन्धनको समस्यालाई पनि ध्यानमा राख्नु जरुरी छ ।
पर्ूवाधार विकासका अन्य सर्न्दर्भमा यातायात, होटल, ट्राभल एजेन्सी, क्षमतावान गाइड, हिमाल आरोहण क्ष्ँेत्रमा सुधार गर्नुपर्ने छ । होटलहरुमा युनियनबाजी हुँदा पर्यटकहरुमा नकारात्मक सन्देश प्रवाह हुने गरेको छ । युनियन र होटल व्यवसायीबीच समन्वय र समझदारी गरी स्वच्छ वातावरण बनाउनर्ुपर्छ ।
सरकारले र निजी क्षेत्रले के के गर्नुपर्ने हुन्छ त ?
अहिले सरकारी रुपमा नेपाल पर्यटन बोर्ड छ । बोर्डबाट अन्तर्रर्ााट्रय क्षेत्रमा प्रचारका साथै राष्ट्रियरुपमा सम्भाव्यता क्षेत्रको पहिचान गर्नुपर्छ । सरकारले पर्ूवाधार विकास गर्नुपर्छ । अहिले विभिन्न क्षेत्रमा सिन्डिकेट प्रथा छ । यसकै कारण पर्यटकहरुमा नकारात्मक प्रभाव पर्ने भएकाले त्यसप्रति सरकार सचेत हुनर्ुपर्छ ।
निजी क्षेत्रले पनि प्रतिस्पर्धाको नाममा नेपालमा हुने आम्दानीलाई पनि घटाउन हुँदैन । व्यवसायीले आफूहरुतर्फआकर्षा गर्ने नाममा राष्ट्रलाई घाटा हुनजान्छ । त्यसैले सेवा सुविधा विस्तार गरेर आकर्षा गर्नुपर्छ न कि रुपैयाँ कम लिएर बुकिङ गराउन हुँदैन । अन्य कार्यका लागि सरकारी र निजी क्षेत्रको सहकार्यमा पर्यटन व्यवसायलाई दिगो बनाउनतर्फलाग्नुपर्ने हुन्छ ।र्
पर्यटकलाई आकषिर्त गर्न र बर्साई लम्ब्याउन के गर्न सकिन्छ ?
सांस्कृतिक, मनोरञ्जन तथा कामका लागि नेपालमा विदेशीहरु आउँछन् । यी तिनै कारणले आएका पर्यटकको बर्साई लम्ब्याउनु अनिवार्य हुन्छ । बर्साई लम्ब्याउनका लागि पर्यटकीय क्षेत्र विस्तार हुनर्ुपर्छ । संस्कृतिक, पैदल यात्रा, हिमाल आरोहण, ग्रामीण पर्यटन लगायतको विस्तार गरिएमा र त्यसबारे अन्तर्रर्ााट्रय क्षेत्रसम्म जानकारी पुर्याएमा बर्साई लम्बिने सम्भावना रहन्छ ।
यसअघि बनेका पैदल यात्राको मार्गमध्ये अधिकांश क्षेत्रमा अहिले मोटर बाटो बनिसकेकेा अवस्था छ । त्यसैले अर्को त्यस्तो पैदल मार्ग खोजिनु पर्छ र पर्ूवाधारको विकासतर्फलाग्नर्ुपर्छ । सेवा सुविधा तथा सुरक्षाको वातावरण बन्न सकेन भने पर्यटकको बर्साई लम्बिंदैन । पर्ूवाधार नबन्दा र नेपाल प्रवेशबारे स्पष्ट व्यवस्था नहुँदा पैदल मार्गबाट आएका पर्यटकहरुबाट नेपालमा केही योगदान पुगेको छैन । जस्तो कि भारतमा बसेर लुम्बिनीमा आउने पर्यटकहरुले आगमनको संख्या मात्र बढाएका छन् । उनीहरु प्याकिङ गरेको खानेकुरा भारतबाटै ल्याउँछन् र फोहर लुम्बिनीमा फालेर उतै र्फकन्छन् । यसले तथ्यांक बढाएको छ गुणात्मक फाइदा दिएको छैन । यो पर्ूवाधार विकास नहुनुको नमूना हो ।
गाम्रीण पर्यटनका लागि के गर्न सकिन्छ त ?
मुख्य त ग्रामीण पर्यटनका लगि पर्ूवाधार विकास नै आवश्यक छ । स्थानीयस्तरमा पर्यटकलाई आवश्यक पर्ने पर्ूवाधार बत्ति पानी, विजुली, बस्ने खाने व्यवस्थालगायतको राम्रो प्रबन्ध हुनर्ुपर्छ ।
निजीक्षेत्र नाफामुखी हुन्छ । यदि सरकारले ग्रामीण पर्यटनका लागि सम्भाव्यताका क्षेत्र हेरी पर्ूवाधारका लागि लगानी गरी वातावरण बनायो भने निजी क्षेत्रले पनि सहकार्य गर्न सक्छ । यसतर्फदुवै क्षेत्रबाट पहल हुनर्ुपर्छ ।
अहिले आर्थिक क्रान्तिको कुरा गरिएको छ, अब के गर्नुपर्ला ?
नेपालमा आर्थिक क्रान्ति गर्नु जरुरी छ । कुरा मात्र हैन काम मुख्य हो । आर्थिक क्रान्तिका लागि अनुशासन अनिवार्य छ । कुरा गर्ने तर कार्यान्वयन नगर्ने हो भने त्यसले खास अर्थ राख्दैन । त्यसैले मानसिकता परिवर्तन अनिवार्य छ । राष्ट्रमा केही गर्न नचाहने तर बाहिर गएपछि जे गर्न पनि तयार हुने मानसिकताले मुलुक बन्दैन ।
शिक्षित तथा अर्धशिक्षित सबै वर्गलाई क्षमता अनुसार उत्पादनशील कार्यमा लगाउनर्ुपर्छ । पर्यटन, जलविद्युत कृषि आर्थिक क्रान्तिका आधार हुन् । यिनलाई व्यावसायिकतामा परिणत गरिनु अबको आवश्यकता हो । नेपालमा भित्रने रेमिटेन्सलाई व्यावसायिकतामा पँजीकरण गरिनर्ुपर्छ । साथै, सरकारले राष्ट्रिय तथा अन्तर्रर्ााट्रय लगानीलाई 'फेसिलेटेट' गरेर आर्थिक विकासको चरणमा कार्यान्वयन तहमा प्रवेश गर्नुपर्छ ।
कुनै त्यस्तो योजना पनि बनाउनपर्ने देख्नुभएको छ कि ?
तत्काल गरिने भन्दा पनि दर्ीघकालीन सोचका साथ काम गरिनुले क्रमिक प्रतिफल प्राप्त हुन्छ । यसअघि पनि योजना बनेका छन् । पञ्च वषर्ीय योजना बन्छ तर दर्ुइ वर्षै त्यसको कार्यान्वयन हुन छाड्छ । अहिलेसम्मको अवस्था हर्ेदा कार्यान्वयन केवल दश प्रतिशत मात्र भएको देखिएको छ । यर्सथ कार्यान्वयन मूल कुरा हो । नेपाल दर्ुइ ठूला विकसित देशको विचमा छ र यी दर्ुइ देशको विकासलाई हेरेर नेपालले धेरै सिक्नुपर्ने हुन्छ ।
-थापा नेपाल उद्योग परिसंघ अर्न्तर्गत युवा उद्यमी फोरमका सदस्य तथा प्रेसिडेन्ट ट्राभल एण्ड र्टर्ुस प्रा.लि.संग सम्बद्ध हुनुहुन्छ)