Yugasambad.Com.Np
National Weekly
 
Thursday, 08.28.2008, 05:58pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
कोशी सम्झौताबाट राष्ट्रघात भएको ठहरभारतले क्षतिपर्ूर्ति दिनर्ुपर्छ ; प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'द्वारा शपथग्रहणभागवण्डाको खिचलोले सरका ; राजनीतिक समीकरणको जोडघटाउ तीब्रप्रधानमन्त्रीको चयन निर्वाचनबाट ; माओवादी सरकार गठनको गृहकार्यमाघर न घाटको बनाउने भित्री-बाहिरी खेल जारी ; माओवादीको सत्तागमन रोक्न ठूलो षड्यन्त्रविखण्डनकारी योजनाको देशव्यापी पर््रदर्शन
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Poll
माओवादीको नेतृत्वमा सरकार गठन होला ?
हुन्छ
हुदैन
भन्न सकिन्न
 
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
आर्थिक
 
सहकारी ः लामो इतिहासको प्रतिफल शून्य
Monday, 07.07.2008, 06:47pm (GMT+5.5)

काठमाडौं । नेपालमा सहकारीको स्थापना भएको आधा शताब्दी नाघिसक्दा पनि यसले लक्षित समुदायलाई समेट्न सकेको छैन । 'हायर पर्चेज', घर-घडेरी ऋण, जग्गा खरीद-विक्री तथा अन्य व्यापारिक कार्यका लागि मात्र सहकारी उपयोगी भएको देखिएको छ । कृषितन्त्रको समुचित विकास गर्न सानो परिमाणको ऋण उपलब्ध गराउने र कृषकहरुकै संलग्नतामा संचालन हुने सहकारीको विकास अवधारणा नेपालमा लागू हुन सकेको छैन । शहरी क्षेत्रमा व्यावसायिक सदस्यहरुको आम्दानीको स्रोतका रुपमा मात्र सहकारीको प्रयोग भैरहेको छ ।

नेपालमा सरकारीस्तरबाट २०१० सालमा सहकारी विभागको स्थापना भएको थियो । यस लगत्तै २०१३ सालमा बखानपुर ऋण सहकारी संस्था नामक जनसहभागितामूलक संस्था चितवनमा स्थापना भएको थियो । सहकारीको यो सुरुवात हालसम्ममा करिब दश हजारमा पुगेको छ । यसमध्ये १६ वटा सहकारीले ऋणसम्बन्धी कारोबार गर्ने पर्ूण्ा अधिकार पाएका छन् ।

छरिएर रहेको पूँजी संकलन गर्ने र त्यसैका माध्यमबाट आयस्रोत बढाउने सहकारीको उद्देश्य हो । तर, यस उद्देश्य लक्षित गरी प्रतिफल प्राप्त भएको देखिएको छैन । मुलुकको आर्थिक विकासका लागि ग्रामीण क्षेत्रमा सहकारीको विकास गर्नुपर्ने आवश्यकता छ । राजनीतिक दलले पनि सहकारीको अवधारणालाई आफ्नो चुनावी घोषणापत्रमा समेत उल्लेख गरेका छन् । तर, सोही अनुरुपको कार्यान्वयन हुन सकेको छैन । यसले सहकारीको हालसम्मको अवस्थालाई वर्षा हिसाबले गणना गर्नुबाहेक गुणात्मक र उत्पादकत्वका रुपमा फलदायीरुपमा चिनाएको छैन ।

राजनीतिक दलहरुले नयाँ नेपाल र आर्थिक क्रान्तिको चर्चा गरिरहेका छन् । सहकारीको आवश्यकता यसको इतिहासमा जति थियो, त्यत्तिकै अहिले पनि छ । बदलिंदो राजनीतिक परिस्थितिमा सहकारीको अवधारणा बमोजिम आर्थिक क्रान्तिको थालनी गर्नुपर्नेमा स्वयं दलका नेता र विज्ञहरुले पनि जोड दिएका छन् ।

८६ औं अन्तर्रर्ााट्रय सहकारी दिवसका अवसरमा गत असार २१ गते नेपालमा पनि विभिन्न कार्यक्रमहरु गरिए । ती कार्यक्रममा आर्थिक विकासका लागि सहकारीको विकास गरिनुपर्नेमा जोड दिइएको थियो । नयाँ नेपालमा सहकारीको विकास गर्ने विषयमा माओवादी नेता सीपी गजुरेलले राष्ट्रमैत्री ऋण भित्र्याउँदै गैरआवासीय नेपालीको समेत सहयोग प्राप्त गरी सहकारिताको अवधारणा बमोजिम आर्थिक क्रान्ति गर्नुपर्ने बताए । उनका अनुसार न्यून आर्थिकवृद्धिदर भएको नेपालको दिगो र समृद्ध विकासका लागि राजनीतिक तथा आर्थिक क्रान्तिलाई साथसाथै लैजानर्ुपर्छ । त्यसका लागि सहकारी आन्दोलनमार्फत् मुलुकको विकास निर्माण अभियान थालिने गजुरेल बताउछन् ।

नेपाल राष्ट्र बैंकका कार्यवाहक गभर्नर कृष्णबहादुर मानन्धर सहकारीको गुणात्मक विकास नहुनुमा अनुगमन तथा मूल्यांकन अभाव भएको बताउँछन् । आर्थिक विकासका लागि सहकारीको विकासमा जोड दिइए पनि सो अनुरुपको नीति बन्न भने सकेको छैन । तर, राष्ट्र बैंककै पर्ूवगभर्नर गणेशबहादुर थापा भने मुलुकको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदानलाई दृष्टिगत गरी सहकारीलाई कृषिक्षेत्रको विकासमा पुर्‍याउनपर्नेमा बताउँछन् ।

यता राष्ट्रिय सहकारी विकास बोर्डका अध्यक्ष दीपकप्रकाश बास्कोटा भने सरकारीस्तरबाट सहयोग नभएकाले आर्थिक विकासमा सहकारीको योगदान कम भएको दाबी गर्छ्रन् । उनी भन्छन्, 'अब बन्ने संविधानमा नै सहकारी आन्दोलनलाई समावेश गर्नपर्छ ।'


Comments (0)        Print        Tell friend        Top


Other Articles:
राजनीतिक खिचातानीले कस्तो बजेट ल्याउला ? (06.30.2008)
गरिबी न्यूनिकरणका नारा अनेक, प्रतिफल शून्य (06.24.2008)
जताबाट पनि उपभोक्ता मात्रै मर्कामा (06.16.2008)
स्थिति नसुध्रिदा अर्थतन्त्र नै चौपटमहासंघद्वारा औद्योगिक-व्यावसायिक सुरक्षा (06.09.2008)
इन्धनको अभावमा किसानको खेत बाँझैबेलैमा नसोचे खाद्य संकट निम्तिने (06.02.2008)
क्रान्तिकारी भूमिसुधारको बहस र वास्तविकता (05.26.2008)
पर्यटन, जलस्रोत र कृषि आर्थिक क्रान्तिका आधार हुन् - सिर्द्धार्थ थापा, पर्यटन व्यवसायी< (05.19.2008)
राजनीति अर्थतन्त्रबाट डोरिनर्ुपर्छ रेगन बुढाथोकी- युवा व्यवसायी (05.12.2008)
ljZjdf a9\bf] (05.08.2008)
नयाँ नेपालको नयाँ अर्थनीति कस्तो होला ? (04.28.2008)



 
  ::| Events
August 2008  
Su Mo Tu We Th Fr Sa
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30
31            
 

© Neeraz.Com 2007
[Top Page]