Yugasambad.Com.Np
National Weekly
 
Thursday, 08.28.2008, 05:54pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
कोशी सम्झौताबाट राष्ट्रघात भएको ठहरभारतले क्षतिपर्ूर्ति दिनर्ुपर्छ ; प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'द्वारा शपथग्रहणभागवण्डाको खिचलोले सरका ; राजनीतिक समीकरणको जोडघटाउ तीब्रप्रधानमन्त्रीको चयन निर्वाचनबाट ; माओवादी सरकार गठनको गृहकार्यमाघर न घाटको बनाउने भित्री-बाहिरी खेल जारी ; माओवादीको सत्तागमन रोक्न ठूलो षड्यन्त्रविखण्डनकारी योजनाको देशव्यापी पर््रदर्शन
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Poll
माओवादीको नेतृत्वमा सरकार गठन होला ?
हुन्छ
हुदैन
भन्न सकिन्न
 
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
आर्थिक
 
आर्थिक गतिविधिमा सुस्तता
जागेको उत्साह निराशामा परिणत

Monday, 07.07.2008, 06:49pm (GMT+5.5)

मुलुकको अर्थतन्त्र यतिबेला धरासायी अवस्थामा छ । भएका उद्योगधन्धा, कलकारखाना बन्द अवस्थामा पुगेका कारण नयाँ लगानीकर्ताहरुमा त्यसको नकारात्मक सन्देश पुगेको छ । उत्पादकत्व औषतमा वृद्धि भएको तथ्यांक सरकारीस्तरबाट र्सार्वजनिक भए पनि वास्तविकता र र्सार्वजनिक तथ्यांकको दूरी फराकिलो छ । पर्यटन र जलस्रोतको विकासबाट अब नेपालको अर्थतन्त्र माथिउठ्ने सम्भावना भएकाले त्यसतर्फलगानीकर्ताहरु आकषिर्त थिए । तर, बाहृय निर्देशन र हस्तक्षेपबाट मुक्त नगराइएको नेपालको अर्थतन्त्रमा सोही अनुरुपका खेलहरु भैरहेका छन् । राष्ट्रियताको आवरणमा रहेका राजनेताहरुले जलस्रोतलाई पनि निहीत स्वार्थमा हस्तक्षेपकारीहरुलाई सुम्पेका छन् । राष्ट्रियतालाई पर्वाहा नगरी नेपालको जलस्रोतमा भारतीयहरुलाई भित्र्याउने राजनेताहरुले मुलुकको अर्थतन्त्रको विकास गर्न अग्रसर हुनेछन् भन्नेमा र्सवत्र सन्देह छ । शान्ति प्रक्रियासंगै नेपालको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पर्ने सम्भावना देखिएकै समयमा विदेशी निर्देशित खेलमैदानका खेलाडीले अस्थिरता सिर्जना गरिरहेका छन् । अहिले मुलुकभित्र देखिएको अस्थिरताले गर्दा संविधानसभा चुनावपछि नेपाल आउन चाहने पर्यटकहरुले विभिन्न होटलमा गरेको बुकिङ धमाधम रद्द गर्न थालेका छन् । तर, पनि राजनीतिक दलहरुले यसतर्फध्यान पुर्‍याएका छैनन् । राष्ट्रिय अर्थतन्त्रको सुधारका लागि यो दुःखद् पक्ष बनेको छ ।

राजनीतिक अस्थिरताकै कारण आर्थिक क्षेत्रमा दूरगामी असर परेको छ । पूँजी पलायनको अवस्था सिर्जित छ । देश शान्ति प्रक्रियामा रहेकै बेला देखिएको यस किसिमको अवस्थामा सकारात्मक सन्देश प्रभाव गर्न सरकार तथा राजनीतिक दलहरु गम्भीर भएका छैनन् । राजनीतिक सहमति जुटाएर आर्थिक वर्षो अनुमानित आयव्यय विवरण बजेट र्सार्वजनिक समेत नगर्ने अवस्थामा पुगेका छन् । तत्कालका लागि पूरक बजेट ल्याएर काम चलाउने गृहकार्यमा सरकार जुटेको छ । बजेट र्सार्वजनिक नहुँदा अर्थतन्त्रमा दूरगामी असर पर्ने सुझाव अर्थविज्ञ तथा औद्यागिक व्यवसायिक क्षेत्रबाट दिइरहेको बेला पनि कुनै सुनुवाई भैरहेको छैन ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
सहकारी ः लामो इतिहासको प्रतिफल शून्य (07.07.2008)
राजनीतिक खिचातानीले कस्तो बजेट ल्याउला ? (06.30.2008)
गरिबी न्यूनिकरणका नारा अनेक, प्रतिफल शून्य (06.24.2008)
जताबाट पनि उपभोक्ता मात्रै मर्कामा (06.16.2008)
स्थिति नसुध्रिदा अर्थतन्त्र नै चौपटमहासंघद्वारा औद्योगिक-व्यावसायिक सुरक्षा (06.09.2008)
इन्धनको अभावमा किसानको खेत बाँझैबेलैमा नसोचे खाद्य संकट निम्तिने (06.02.2008)
क्रान्तिकारी भूमिसुधारको बहस र वास्तविकता (05.26.2008)
पर्यटन, जलस्रोत र कृषि आर्थिक क्रान्तिका आधार हुन् - सिर्द्धार्थ थापा, पर्यटन व्यवसायी< (05.19.2008)
राजनीति अर्थतन्त्रबाट डोरिनर्ुपर्छ रेगन बुढाथोकी- युवा व्यवसायी (05.12.2008)
ljZjdf a9\bf] (05.08.2008)



 
  ::| Events
August 2008  
Su Mo Tu We Th Fr Sa
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30
31            
 

© Neeraz.Com 2007
[Top Page]