| Yugasambad.Com.Np | ||||
|
आर्थिक गतिविधिमा सुस्तता जागेको उत्साह निराशामा परिणत Monday, 07.07.2008, 06:49pm (GMT5.5) मुलुकको अर्थतन्त्र यतिबेला धरासायी अवस्थामा छ । भएका उद्योगधन्धा, कलकारखाना बन्द अवस्थामा पुगेका कारण नयाँ लगानीकर्ताहरुमा त्यसको नकारात्मक सन्देश पुगेको छ । उत्पादकत्व औषतमा वृद्धि भएको तथ्यांक सरकारीस्तरबाट र्सार्वजनिक भए पनि वास्तविकता र र्सार्वजनिक तथ्यांकको दूरी फराकिलो छ । पर्यटन र जलस्रोतको विकासबाट अब नेपालको अर्थतन्त्र माथिउठ्ने सम्भावना भएकाले त्यसतर्फलगानीकर्ताहरु आकषिर्त थिए । तर, बाहृय निर्देशन र हस्तक्षेपबाट मुक्त नगराइएको नेपालको अर्थतन्त्रमा सोही अनुरुपका खेलहरु भैरहेका छन् । राष्ट्रियताको आवरणमा रहेका राजनेताहरुले जलस्रोतलाई पनि निहीत स्वार्थमा हस्तक्षेपकारीहरुलाई सुम्पेका छन् । राष्ट्रियतालाई पर्वाहा नगरी नेपालको जलस्रोतमा भारतीयहरुलाई भित्र्याउने राजनेताहरुले मुलुकको अर्थतन्त्रको विकास गर्न अग्रसर हुनेछन् भन्नेमा र्सवत्र सन्देह छ । शान्ति प्रक्रियासंगै नेपालको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पर्ने सम्भावना देखिएकै समयमा विदेशी निर्देशित खेलमैदानका खेलाडीले अस्थिरता सिर्जना गरिरहेका छन् । अहिले मुलुकभित्र देखिएको अस्थिरताले गर्दा संविधानसभा चुनावपछि नेपाल आउन चाहने पर्यटकहरुले विभिन्न होटलमा गरेको बुकिङ धमाधम रद्द गर्न थालेका छन् । तर, पनि राजनीतिक दलहरुले यसतर्फध्यान पुर्याएका छैनन् । राष्ट्रिय अर्थतन्त्रको सुधारका लागि यो दुःखद् पक्ष बनेको छ । राजनीतिक अस्थिरताकै कारण आर्थिक क्षेत्रमा दूरगामी असर परेको छ । पूँजी पलायनको अवस्था सिर्जित छ । देश शान्ति प्रक्रियामा रहेकै बेला देखिएको यस किसिमको अवस्थामा सकारात्मक सन्देश प्रभाव गर्न सरकार तथा राजनीतिक दलहरु गम्भीर भएका छैनन् । राजनीतिक सहमति जुटाएर आर्थिक वर्षो अनुमानित आयव्यय विवरण बजेट र्सार्वजनिक समेत नगर्ने अवस्थामा पुगेका छन् । तत्कालका लागि पूरक बजेट ल्याएर काम चलाउने गृहकार्यमा सरकार जुटेको छ । बजेट र्सार्वजनिक नहुँदा अर्थतन्त्रमा दूरगामी असर पर्ने सुझाव अर्थविज्ञ तथा औद्यागिक व्यवसायिक क्षेत्रबाट दिइरहेको बेला पनि कुनै सुनुवाई भैरहेको छैन । |
||||