काठमाडौं । नेपाल राष्ट्रबैंकले देशको वर्तमान आर्थिक स्थितिका बारेमा आर्थिक वर्ष२०६४।६५ को पहिलो एघार महिना अवधिको समीक्षा र्सार्वजनिक गरेको छ । र्सार्वजनिक तथ्यांकले मुलुकको आर्थिक अवस्था क्षतविक्षत भएको छ ।
पहिलो एघार महिनामा मुद्रास्फीति बढेको छ । वाषिर्क विन्दुगत उपभोक्ता मुद्रास्फीति ११ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षो यसै अवधिमा यस्तो मुद्रास्फीति चार दशमलव ५ प्रतिशत मात्र रहेको थियो । खाद्य तथा पेय पदार्थ समूहका साथै गैरखाद्य तथा सेवा समूहको मूल्य बढेको छ । दुवै समूहको वृद्धिदर क्रमशः १३ र ९ प्रतिशत रहेको छ । समग्र उपभोक्ता मुद्रास्फीति दर अघिल्लो वर्षोभन्दा बढेको छ । अघिल्लो वर्षयी समूहहरुको मूल्यवृद्धि क्रमशः पाँच दशमलव आठ प्रतिशत र तीन दशमलव एक प्ा्रतिशत रहेको थियो ।
खाद्य तथा पेय पदार्थ समूहमा पर्ने खाने तेल तथा घ्यू, खाद्यान्न तथा खाद्यजन्य पदार्थ, माछामासु, दलहन, दूध तथा दुग्धजन्य पदार्थ र रेष्टुरेण्ट खाना उपसमूहहरुको मूल्यवृद्धि भएको छ । खाने तेल तथा घ्यू उपसमूहको वाषिर्क विन्दुगत मूल्यवृद्धि सबैभन्दा बढी २९ दशमलव तीन प्रतिशत रहेको छ । खाद्यान्न तथा खाद्यजन्य उपसमूहको वाषिर्क विन्दुगत मूल्य वृद्धि २१ दशमलव दर्ुइ प्रतिशत रहेको छ । यस उपसमूहमा पर्ने चामल तथा चामलजन्य वस्तुहरुको वाषिर्क विन्दुगत मूल्यवृद्धि २५ दशमलव एक प्रतिशत रहेको छ । अन्य उपसमूहहरुको मूल्य पनि बढेको छ । गैरखाद्यवस्तु तथा सेवा समूहका वस्तुहरुमध्ये घरायसी वस्तु तथा सेवा र सर्ूर्ती तथा सर्ूर्तीजन्य वस्तुको वाषिर्क विन्दुगत मूल्य वृद्धि भएको छ ।
क्षेत्रगत आधारमा समीक्षा अवधिमा तर्राईमा सबैभन्दा बढी ११ दशमलव ७ प्रतिशत मूल्यवृद्धि भएको छ भने पहाडमा १० दशमलव ८ प्रतिशत र काठमाडौ उपत्यकामा १० दशमलव २ प्रतिशतले मूल्य बढेको छ । अघिल्ल्ाो वर्षो यसै अवधिमा यस्तो वृद्धिदर क्रमशः ४ दशमलव २, ४ दशमलव ३ र ४ दशमलव ९ प्रतिशत थियो ।
थोक मुद्रास्फीति पनि बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । राष्ट्रिय थोक मूल्य सूचकाङ्कको वाषिर्क विन्दुगत वृद्धिदर २०६४ जेठमा ५ दशमलव ६ प्रतिशत रहेकोमा २०६५ जेठमा १२ दशमलव ९ प्रतिशत रहेको छ । थोक मूल्य अर्न्तर्गतका कृषिजन्य वस्तु, स्वदेशी उत्पादित वस्तु तथा आयातीत वस्तुहरुको मूल्य क्रमशः १० दशमलव ८ प्रतिशत, १३ दशमलव ९ प्रतिशत र १५ दशमलव ७ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षो सोही अवधिमा यी वस्तुहरुको मूल्य क्रमशः ६ दशमलव १ प्रतिशत, ८ दशमलव २ प्रतिशत र ३ दशमलव ५ प्रतिशतले वृद्धि भएको थियो ।
राष्ट्र बैंकको एघार महिनाको समीक्षा अवधिमा सरकारले पूँजीगत खर्च अर्न्तर्गत पेट्रोलियम पदार्थ आयात, विभिन्न संस्थानका लागि दिएको खर्च लगायतलाई पनि जोडेको छ । पूँजी खर्चलाई यसरी प्रयोग गर्दा विकास प्रभावित भएको छ । सरकारी आँकडालाई संकलन गरी राष्ट्र बैंकले र्सार्वजनिक गरेको पूँजी खर्च बढेको देखाइएको छ । स्थानीय समुदायको सहभागितामा ग्रामीण पर्ूवाधार निर्माणमा गरिएको सरकारको केही लगानी र अन्य क्षेत्रमा गरिएको दिइएको रकम देखाएर पूजीगत खर्च बढे पनि विकासका काम हुन सकेका छैनन् ।
यसैगरी वैदेशिक व्यापारको अवस्था सन्तोष जनक छैन । समीक्षा अवधिमा निर्यातभन्दा आयात अत्यधिक बढेको छ । निर्यातयोग्य वस्तुको उत्पादनमा कमी आउनुका साथै अन्य कारणले निर्यात हुन सकेको छैन । यद्यपि अघिल्लो वर्षो भन्दा निर्यातमा ० दशमलव ४ प्रतिशतले बढेको उल्लेख गरिएको छ । भारततर्फो निर्यात घटेको छ भने तेस्रो मुलुकतर्फो निर्यात बढेको छ । आव २०६४/६५ को पहिलो एघार महिनामा कुल निर्यात ० दशमलव ४ प्रतिशतले बढेको छ जबकी अघिल्लो वर्षो पहिलो एघार महिनामा कुल निर्यात १ दशमलव ६ प्रतिशतले घटेको थियो ।
कुल निर्यातमध्ये भारततर्फको निर्यात ८ दशमलव१ प्रतिशतले घटेको छ भने अन्य मुलुकतर्फको निर्यात २० दशमलव ३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षो पहिलो एघार महिनामा भारततर्फको निर्यात १ दशमलव ८ प्रतिशतले बढेता पनि अन्य मुलुकतर्फको निर्यात ८ दशमलव ६ प्रतिशतले घटेको थियो । भारततर्फ मुख्यतया वनस्पति घ्यू, कपडा, रसायन, खोटो तथा तयारी पोशाकको निर्यातमा कमी आउनाले त्यर्सतर्फको निर्यात घटेको राष्ट्र बैंकद्धारा र्सार्वजनिक तथ्यांकमा उल्लेख छ । अन्य मुलुकतर्फ विशेषगरी दाल, नेपाली कागज र कागजबाट निर्मित वस्तु, जडीबूटी, गहँु, कागजका प्याकिङ्ग सामग्री, सेरामिकका वस्तुहरु, विद्युतीय तार र स्टेशनरीको निर्यात बढ्नाले त्यर्सतर्फको निर्यात बढेको बैंकको तथ्यांक छ ।
यस अवधिमा कुल आयात १६ दशमलव ५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षो सोही अवधिमा कुल आयात १२ दशमलव ७ प्रतिशतले बढेको थियो । कुल आयातमध्ये भारतबाट भएको आयात समीक्षा अवधिमा २५ दशमलव ६ प्रतिशतले वृद्धि भएको छ भने अन्य मुलुकबाट भएको आयात ३ दशमलव २ प्रतिशतले बढेको छ । अघिल्लो वर्षभारत एवं अन्य मुलुकबाट भएको आयात व|mमशः ९ प्रतिशत र १८ दशमलव ७ प्रतिशतले बढेको थियो ।
यसअवधिमा भारतबाट मुख्यतया पेट्रोलियम पदार्थ, एम.एस. विलेट, सवारी साधन तथा पार्टपर्ूजा, हट रोल्ड शीट इन्क्वाइल र कोल्ड रोल्ड शीट इन्क्वाइल एवं अन्य मुलुकबाट विशेषगरी दूरसंचारका सामग्री, अन्य मेशिनरी तथा पाटपर्ूजा, सवारीसाधन तथा पाटपर्ूजा, सुन र भिडियो, टेलिभिजन तथा पर्ूजाको आयातमा उल्लेख्य वृद्धि आउनाले कुल आयात बढेको तथ्यांकमा उल्लेख छ ।
पहिलो एघार महिनामा समग्र शोधनान्तर स्थिति २४ अर्व २५ करोडले बचतमा रहेको छ । अघिल्लो आर्थिक वर्षो यस अवधिमा समग्र शोधनान्तर स्थिति ६ अर्व ३४ करोडले बचतमा रहेको थियो । समीक्षा अवधिमा पर्यटन आय, व्रि्रेषण आप्रवाह एवं पूँजीगत ट्रान्सफरमा उल्लेख्य वृद्धि आएको कारण यस्तो बचत भएको देखाइएको छ ।
विदेशी विनिमय सञ्चिति २०६५ जेठ मसान्तमा कुल विदेशी विनिमय सञ्चिति २०६४ असार मसान्तको तुलनामा २५ दशमलव० प्रतिशतले बढी २०६ अर्ब ४७ करोड पुगेको छ । आर्थिक वर्ष२०६३/६४ को सोही अवधिमा यस्तो सञ्चिति १ दशमलव ६ प्रतिशतले घटेको थियो । आर्थिक वर्ष२०६४/६५ को पहिलो एघार महिनाको आयातलाई आधार मान्दा विदेशी विनिमय सञ्चितिको विद्यमान स्तरले ११.१ महिनाको वस्तु आयात र ९.० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ ।
यसैगरी समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति बढेको छ । उल्लेख्य व्रि्रेषण आप्रवाह र वैदेशिक सहायताको वृद्धिले गर्दा खुद वैदेशिक सम्पत्ति बढेको राष्ट्र बैंकको ठहर छ ।