काठमाडौं । मुलुकको राजनीतिक अस्थिरताले संकटमा पर्दैगएको औद्योगिक-व्यावसायिक क्षेत्रको सुरक्षाका लागि तत्काल औद्योगिक सुरक्षा वल गठनको व्यवस्था गर्न नेपाल उद्योग वाणिज्य महासंघले माग गरेको छ । महासंघले सरकारमा पेश गरेको औद्योगिक सुरक्षा बल सम्बन्धी अवधारणालाई तत्काल अन्तिम रुप दिई कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ ।
उद्योग प्रतिष्ठानहरुमा बढ्दो अशान्ति, विभिन्न सशस्त्र समूहहरुद्वारा चन्दा माग्दै धम्की दिने गरेको कारण उद्योगी व्यवसायी आतंकित भएका छन् । तर्राईका विभिन्न जिल्लामा अपहरणको घटना पनि भैरहेका छन् । यसबाट उद्योग व्यवसाय क्षेत्रमा अस्थिरता सिर्जना गरेको छ । यो अवस्थाको नियन्त्रण तथा औद्योगिक व्यावसायिक क्षेत्रको सुरक्षाको लागि निजी क्षेत्रले विगत लामो समयदेखि औद्योगिक सुरक्षा बल गठन गर्न माग गर्दै आएको छ । सो मागको सुनुवाई नहुँदा उद्योग व्यवसाय धरासायी बन्दै गएको, लगानी फिर्ता हुने वातावरण सिर्जना भएको, थप लगानी विस्तार हुन नसकेको नेपाल उद्योग वाणिज्य महासंघको ठहर छ ।
औद्योगिक सुरक्षा बल गठनका लागि महासंघ र काठमाडौं स्कूल अफ म्यानेजमेन्टको संयुक्त आयोजनामा हालै राजधानीमा भएको एक कार्यक्रमका सहभागीले पनि जोड दिए । सुरक्षा बल गठनका विषयमा निजी लगानीकर्ताहरुले शान्ति सुरक्षाको अवस्था दयनीय बन्दै गएको औंल्याए । निर्धक्कसाथ उद्योग व्यवसाय संचालन गर्न सक्ने वातावरण नभएको, उद्योग व्यवसायमाथि आक्रमण तथा अपहरण र चन्दा आतंकले लगानीकर्ताहरु हतोत्साही भएको सहभागीले बताए । उनीहरुले तत्काल शान्ति सुरक्षाको अनुभूति दिलाउन सरकारले पहल गर्नुपर्नेमा पनि जोड दिए ।
कार्यक्रमका सहभागीले सुरक्षाको वर्तमान अवस्था खस्केकाले सदृढ वनाउनुपर्ने, सुरक्षा वल गठनका विषयमा सरकारी धारणा स्पष्ट रुपमा आउनु पर्ने, व्यवसायिक पंतिष्ठान, उद्योग कलकारखाना, अस्पताल, होटल, शिक्षा क्षेत्रलाई सुरक्षाको पर्ूण्ा प्रत्याभुति दिनुपर्नेमा जोड दिंदै सुरक्षा व्यवस्थालाई सरकारले तत्काल सुधार गर्नुपर्ने सुझाव दिए । उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले सुरक्षा वल गठनका लागि पेश गरिएको अवधारणालाई तत्काल अन्तिम रुप दिन सरकारसंग आग्रह गरे । उनले उद्योग प्रतिष्ठानमा काम गर्नसक्ने वातावरण नभएसम्म व्यवसाय विस्तार, लगानीको सुरक्षा तथा थप लगानी तथा प्रविधि आकर्षा असम्भव भएको पनि औंल्याए । अर्थतन्त्र संकटतर्फगैरहेका बेला नीजि क्षेत्रको मागलाई बेवास्ता गरिंदा थप समस्या सिर्जना हुनेतर्फपनि उनले जोड दिएका थिए ।
सो अवसरमा गृह मन्त्रालयका सहसचिव यकमणी नेपालले औद्योगिक सुरक्षा वल स्थापना सम्बन्धमा सरकार तथा निजी क्षेत्र एकमत भए पनि मोडालिटीका बारेमा स्पष्टता नभएकाले अन्तिम रुप दिन समय लागेको जानकारी दिए । कार्यक्रममा उद्योग वाणिज्य महासंघका सदस्यहरु, प्रहरी, सरकारी अधिकृत तथा व्यवसायीहरुको सहभागिता थियो ।
औद्योगिक व्यावसायिक क्षेत्रले अनेक किसिमका समस्या झेल्नु परिरहेको छ । बन्द, हड्ताल तथा यातायातमा चक्रप्रणाली -सिण्डिकेट)का कारण पनि औद्योगिक व्यावसायिक क्षेत्रलाई नराम्ररी असर पारिरहेको छ । यसैका कारण सुदुरपश्चिमी क्षेत्रमा उद्योगी व्यापारीहरुले केही समयअघि आन्दोलन नै गरे । उत्पादन गर्ने क्षेत्र नै आन्दोलित हुनुपर्ने अवस्था आएपछि मुलुकको अर्थतन्त्र थप जटिलतातर्फलाग्छ । यसतर्फगम्भीर रुपमा सरकारले चासो दिएको छैन ।
यसैगरी सुदूरपश्चिमी क्षेत्रमा खाद्यान्नको संकटसमेत देखिएको छ । सिण्डिकेटकै कारण ढुवानी हुन नसक्दा त्यस क्षेत्रमा खाद्य संकट बढेको छ । जनसरोकारका समस्याहरुलाई समाधान गर्नेतर्फकसैको ध्यान पुग्न सकेको छैन ।
हालै राष्ट्र बैंकले र्सार्वजनिक गरेको आर्थिक समीक्षाले अर्थतन्त्र कमजोर गरेको पुष्टि गरेको छ । व्यापार घाटा बढेको छ भने आर्थिक उत्पादन पनि घटेको छ । यस्तो अवस्थामा अर्थतन्त्रलाई सदृढ गर्राई औद्योगिक व्यावसायिक क्षेत्रलाई लगानी सुरक्षाको प्रत्याभूत गर्राई थप लगानी आकषिर्त गराउनतर्फध्यान नदिइएमा भविष्यमा ठूलो संकट निम्तिन सक्ने सम्भावना छ ।