Yugasambad.Com.Np
National Weekly
 
Wednesday, 01.07.2009, 05:26am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल ; राजनीतिक संकट गहिरिंदै जाने संकेत
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
आर्थिक
 

बजेट २०६५ ः नारा आकर्ष, कार्यान्वयनमा चुनौती


Tuesday, 09.23.2008, 02:24pm (GMT+5.5)

काठमाडौं । आर्थिक वर्ष२०६५/०६६ का लागि दर्ुइ खर्ब ३६ अर्ब एक करोड ५९ लाख रुपैयाँको बजेट सरकारका तर्फाट अर्थमन्त्री डा. बाबुराम भट्टर्राईले प्रस्तुत गर्नुभएको छ । ठूलो आकारको महत्वकांक्षी बजेटमा आकर्ष नारा दिइएको छ ।

आकर्ष नारासहित शब्दजाल र अधिकांश विगतका सरकारका कार्यक्रमलाई निरन्तरता दिइएको बजेट कार्यान्वयन हुनेमा अर्थविद् तथा व्यवसायी एवं राजनीतिक दलका नेताले आशंका गरेका छन् । करिब ४१ अर्बको घाटा बजेटको स्रोत जुट्नेमा पनि आशंका गरिएको छ । बजेटको स्रोत जुटाउन तथा कार्यान्वयनमा सरकारलाई चुनौती रहेको अर्थविद्हरुले औंल्याएका छन् ।

सरकारले प्रस्तुत गरेको बजेटका बारेमा टिप्पणी गर्दै अर्थशास्त्री डा. चिरञ्जीवी नेपाल भन्नुहुन्छ, 'बजेटमा जुन रुपमा लगानी बढ्ने अपेक्षा गरिएको छ, अहिलेकै अवस्थामा लगानी बढिहाल्छ भन्न सकिंदैन ।' भोलिका दिनमा सरकारले गर्ने कामका आधारमा नै सबै कुरा निर्भर रहने उहाँको कथन छ । -अन्तरवार्ता)र्

अर्थशास्त्री नेपालका अनुसार ठूला-ठूला आयोजना तथा निर्माणका काम एवं उद्योग संचालनका लागि निजी क्षेत्रलाई आकषिर्त गर्ने गरी नीति निर्माण गरेर सहज बनाउने तथा जटिलतालाई कम गर्न सरकारले साथ दिनर्ुपर्छ । त्यो रुपमा काम हुन नसकेमा पर्ख र हेर भनेर बसेका लगानीकर्ताहरु हच्कनसक्नेतर्फपनि उहाँले इङ्गति गर्नुभएको छ ।

सरकारले बजेट प्रस्तुत गरेपछि राजधानीमा भएका विभिन्न कार्यक्रममा राजनीतिक दलका नेता तथा अर्थशास्त्रीहरुले फरक-फरक टिप्पणी गरेका छन् । संविधानसभामा प्रतिपक्षीको रुपमा रहेको नेपाली कांग्रेसले सहमति कायम नगरेर ल्याएको बजेट कार्यान्वयनमा चुनौती रहेको औंल्याएको छ । कांग्रेस नेता डा. नारायण खड्काले जलस्रोत, परराष्ट्र र पर्ूवाधार निर्माणजस्ता विषयमा सरकारले सहमति कायम गरी बजेट नल्याएको आरोप लगाउँदै यस वर्षसात प्रतिशत आर्थिक वृद्धि गर्ने लक्ष्य पूरा हुननसक्ने दाबी गर्नुभयो ।

त्यसैगरी नेकपा -एमालेे)का नेता डा. डिल्लीराज खनालले बजेटमा उच्च आर्थिक वृद्धिदर र वितरणसम्बन्धी नियन्त्रण र सन्तुलनमा ठूलो अन्तरविरोध रहेको, एमालेले विगतमा ल्याएका राहत र सामाजिक सुरक्षाका कार्यक्रमलाई समावेश नगरिएको उल्लेख गर्दै समयाभाव र अस्पस्टताका कारण बजेटमा उल्लेखित अधिकांश कार्यक्रमहरु कार्यान्वयन हुन नसक्ने दाबी गर्नुभयो ।

उता नेकपा -माओवादी) का दीपेन्द्र क्षेत्रीले गणतन्त्र स्थापनापछिको सरकारले जनताको आकांक्षालाई पूरा गर्न ठूलो आकारको महत्वाकांक्षी बजेट ल्याउनु आवश्यक रहेको बताउँदै रुग्ण उद्योगहरुको पुनःस्थापन, राहत र रोजगारका कार्यक्रमबाट आर्थिक स्थितिमा सुधार आउने विश्वास व्यक्त गर्नुभयो । अर्थसचिव रामेश्वर खनालले बजेटमा उल्लेखित राजस्व, विदेशी सहायता प्राप्त हुने उल्लेख गर्दै बजेटलाई उच्चस्तरीय, मन्त्रालय र स्थानीयस्तरमा संयन्त्र निर्माण गरी कार्यान्वयन गरिने बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका पर्ूव उपाध्यक्ष डा. शङ्कर शर्माले लक्ष्यअनुसार राजस्व र विदेशी सहयोग प्राप्त नहुने, व्यापार घाटा बढ्ने, दातृ निकायहरु आश्वस्त बन्न नसकेको र नयाँ गृहकार्य नगरी ल्याइएका कार्यक्रमहरु कार्यान्वयन हुन नसक्ने बताउनुभयो ।र् अर्थविद् डा. विश्वम्भर प्याकुर्‍यालले बजेट महत्वाकांक्षी भएको उल्लेख गर्दै गाविसमा जाने पैसा सदुपयोग नहुने, ऋण मिनाहा गर्ने हचुवा निर्ण्र्ााभएको, कर्मचारीको तलब वृद्धि अत्यन्त कम भएको तथा प्राविधिक दृष्टिले बजेट अत्यन्त कमजोर रहेको बताउनुभयो ।

त्यसैगरी नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष सुरेन्द्रवीर मालाकारले ठूलो आकारमा ल्याएको बजेटलाई मुलुकको अर्थतन्त्रले धान्न नसक्ने उल्लेख गर्दै करदातालाई निरुत्साहित गरिएको, व्यवसाय मैत्री वातावरण बनाउन नसकेको, व्यवसायीका सुझाव नसमेटिएको बताउनुभयो । बजेटप्रति निजी व्यवसायी आश्वस्त हुन नसकेको उहाँको भनाई छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टर्ीी अध्यक्ष पशुपति शम्शेर राणाले अहिलेको जस्तो सस्तो लोकप्रियताको बजेट नेपालको इतिहासमा कहिल्यै पनि नबनेको प्रतिक्रिया दिनुभएको छ । अध्यक्ष राणाले पार्टर्ीीेन्द्रीय कार्यालयमा हालै आयोजित पत्रकार भेटघाटमा अर्थमन्त्रीले सस्तो लोकप्रियताका लागि बाजी मार्नुभएको बताउनुभएको हो ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
महत्वकांक्षा र राहतको प्याकेज लिएरदर्ुइ खर्ब ४० करोडको बजेट आउँदैछ (09.15.2008)
नयाँ नेपालको अर्थतन्त्र ः सम्भव छ लक्ष्य भेट्न (09.08.2008)
मासिक बाह्र हजार आय पुर्‍याउन सम्मेलन (09.01.2008)
नयाँ सरकारको आर्थिक नीतिऔद्योगिक अर्थतन्त्रको बाटो अबलम्वन (08.25.2008)
नयाँ सरकारको आर्थिक नीति : जनताले राहतको अनुभूति गर्लान् ? (08.19.2008)
सरकारी वेवास्ताले चौतर्फी समस्यातत्काल औद्योगिक सुरक्षा वल गठनको म (08.11.2008)
गरिबी निवारण साझा प्रयास (08.04.2008)
आर्थिक स्थिति क्षतविक्षत ः राष्ट्र बैंक (07.29.2008)
दाता राष्ट्रले शर्तहरु तेर्स्याए (07.21.2008)
आर्थिक गतिविधिमा सुस्तताजागेको उत्साह निराशामा परिणत (07.07.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 

© Neeraz.Com 2007
[Top Page]