काठमाडौं । मुलुकको चालु आर्थिक वर्षो प्रथम दर्ुइ महिनामा साधारण खर्चमा वृद्धि, आयात उच्च तथा मूल्यवृद्धि अधिक भएको छ । नेपाल राष्ट्र बैंकले हालै र्सार्वजनिक गरेको प्रथम दर्ुइ महिनाको आर्थिक तथ्यांकले यस्तो स्थिति देखाएको हो ।
राजनीतिक परिवर्तनपछि आर्थिक परिवर्तन तथा आर्थिक क्रान्तिको नारा लगाइएको थियो । तर, नयाँ सरकार गठन भएको सुरुकै समयले सन्तोषजनक अवस्था देखाएको छैन । सरकारका कामकार्वाही पनि परिवर्तनको आकांक्षालाई भन्दा पूरानै प्रवृत्तिमा उद्यत भएको प्रतीत भैरहेको छ ।
मुलुकको समग्र आर्थिक सूचकांकहरु सन्तोषजनक छैनन् । राष्ट्र बैंकको समीक्षा अनुसार आर्थिक वर्ष२०६५।६६ को दोस्रो महिनामा वाषिर्क विन्दुगत उपभोक्ता मुद्रास्फीति १३.५ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षो यसै अवधिमा यस्तो मुद्रास्फीति ७.० प्रतिशत रहेको थियो । खाद्य तथा पेय पदार्थ समूहको मूल्य सूचकाङ्क १४.२ प्रतिशतले र गैरखाद्य तथा सेवा समूह १२.८ प्रतिशतले वृद्धि भएको कारण समग्र उपभोक्ता मुद्रास्फीति दर अघिल्लो वर्षोभन्दा समीक्षा अवधिमा अधिक रहेको छ । अघिल्लो वर्षयी समूहहरुको मूल्य वृद्धि क्रमशः १०.९ प्रतिशत र २.८ प्ा्रतिशत रहेको थियो । खाद्य तथा पेय पदार्थ समूहमा पर्ने वस्तुहरुमध्ये अधिकांश उपसमूहहरुको मूल्यवृद्धि उच्च अङ्कको रहेको छ । गैरखाद्य वस्तु तथा सेवा समूहका वस्तुहरुमध्ये यातायात तथा सञ्चार, घरायसी वस्तु तथा सेवा सर्ूर्ती तथा सर्ूर्तीजन्य वस्तु उपसमूहको वाषिर्क बिन्दुगत मूल्यवृद्धि प्रतिशत दर्ुइ अङ्कको रहेको छ । क्षेत्रगत आधारमा काठमाडौंमा सबैभन्दा बढी १४.१ प्रतिशत मूल्यवृद्धि भएको छ भने तर्राईमा १३.५ प्रतिशत र पहाडमा १२.७ प्रतिशत रहेको छ । अघिल्ल्ाो वर्षो यसै अवधिमा यस्तो वृद्धिदर क्रमशः ६.३ प्रतिशत, ७.५ प्रतिशत र ६.८ प्रतिशत रहेको थियो । २०६५ भदौमा वाषिर्क विन्दुगत अन्तर्निहित मुद्रास्फीति १२.१ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षो सोही अवधिमा उक्त मुद्रास्फीति ५.४ प्रतिशत रहेको थियो ।
मूल्यवृद्धि आकाशिएको तथ्य राष्ट्रबैंकको तथ्यांकमा यसरी देखाइए पनि बजारमा कालोबजारी र अभावको पीडा उपभोक्ताले बढी खेप्नुपरेको छ । अभाव र चर्को मूल्य नियन्त्रण गर्ने र आपर्ूर्ति सहज बनाउनेतर्फसरकार गम्भीर भएको अवस्था छैन ।
यसैगरी दर्ुइ महिने समीक्षा अवधिमा राष्ट्रिय थोक मूल्य सूचकाङ्कको वाषिर्क विन्दुगत वृद्धिदर २०६४ भदौमा ११.१ प्रतिशत रहेकोमा २०६५ भदौमा १०.३ प्रतिशत रहेको छ । समीक्षा अवधिमा थोक मूल्य अर्न्तर्गतका कृषिजन्य वस्तु, स्वदेशी उत्पादित वस्तु तथा आयातीत वस्तुहरुको मूल्य क्रमशः ०.७ प्रतिशत, १५.८ प्रतिशत र २४.० प्रतिशतले वृद्धि भएको छ । २०६५ भदौमा स्वदेशमा उत्पादित वस्तुहरुमध्ये निर्माण सामग्री र खाद्यजन्य वस्तुको मूल्य क्रमशः २४.५ प्रतिशत र २१.८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षयस्तो वृद्धि क्रमशः १४.७ प्रतिशत र ५.३ प्रतिशत रहेको थियो । आयातीत वस्तुहरुमध्ये २०६५ भदौमा पेट्रोलियम पदार्थ तथा कोइलाको मूल्य सबैभन्दा बढी ३९.२ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षो सोही अवधिमा यस्तो मूल्य वृद्धि २.० प्रतिशत रहेको थियो ।
राष्ट्र बैंकको समीक्षा अनुसार चालु आर्थिक वर्षो दर्ुइ महिनाअवधिमा सरकारी बजेट तीन अर्व ३७ करोडले बचतमा रहेको छ । सरकारी खर्चको तुलनामा गैरऋण साधन परिचालन उच्च रहेकोले सरकारी बजेट समीक्षा अवधिमा बचतमा रहेको बैंकले जनाएको छ । अघिल्लो वर्षो यस अवधिमा सरकारी बजेट दर्ुइ अर्व ५६ करोडले बचतमा थियो ।
नगद प्रवाहमा आधारित कुल सरकारी खर्च भने ४०.४ प्रतिशतले वृद्धि भई १५ अर्व ६४ करोड पुगेको छ । अघिल्लो वर्षो यसै अवधिमा सरकारी खर्च १३.५ प्रतिशतले बढेको थियो । चालू खर्च, प|mीज खर्च र सांवा भुक्तानी खर्चमा भएकोे वृद्धिको कारण कुल सरकारी खर्च बढेको तथ्यांकमा देखाइएको छ । समीक्षा अवधिमा सरकारको चालू खर्च ११.९ प्रतिशतले वृद्धि भई २०६५ भदौ मसान्तमा आठ अर्व ४४ करोड पुगेको छ । अघिल्लो वर्षचालू खर्च ५.७ प्रतिशतले बढेको थियो । विस्तारित संसद व्यवस्थापन, नियमित सरकारी प्रशासनिक खर्च, र द्वन्द्व व्यवस्थापनसम्बन्धी सरकारी खर्च बढेकोले समीक्षा अवधिमा चालू खर्चमा वृद्धि भएको राष्ट्र बैंकको ठहर छ ।
यता सरकारी राजस्व परिचालन १७.५ प्रतिशतले वृद्धि भई १४ अर्व ५९ करोड पुगेको छ । अघिल्लो वर्षो यसै अवधिमा राजस्व १५.४ प्रतिशतले बढेको थियो । मूल्य अभिवृद्धि कर, आयकर र भन्सार राजस्वको वृद्धिदरमा विस्तार आएको कारण समीक्षा अवधिमा राजस्व परिचालनको वृद्धिदर उच्च रहेको देखाइएको छ । गैरकर राजस्व भने समीक्षा अवधिमा ५२.४ प्रतिशतले घटेको छ
सरकारलाई वैदेशिक सहयोगतर्फनगद ऋणवापत् ६२ करोड ५१ लाख र वैदेशिक नगद अनुदानवापत् दर्ुइ अर्व १२ करोड प्राप्त भएको छ । अघिल्लो वर्षती शर्ीष्ाकहरुमा क्रमशः ४१ करोड ३५ लाख र ७७ करोड ६९ लाख प्राप्त भएको थियो ।
नेपालको कुल निर्यात ३६.१ प्रतिशतले बढेेको छ । अघिल्लो वर्षो सोही अवधिमा कुल निर्यात ३.१ प्रतिशतले घटेको थियो । कुल निर्यातमध्ये भारततर्फको निर्यात १२.२ प्रतिशतलेे बढेको छ भने अन्य मुलुकतर्फको निर्यात ८२.० प्रतिशतले बढेको छ । भारततर्फ मुख्यतयाः तयारी पोशाक, तामाको तारडण्डी, जस्ता पाता, टुथपेष्ट तथा खयर एवं अन्य मुलुकतर्फ विशेषगरी दाल, ऊनी गलैंचा, पश्मिना, जडीबुटी र छालाको निर्यातमा उल्लेख्य वृद्धि आएको राष्ट्र बैंकले जनाएको छ ।
अघिल्लो वर्षो पहिलो दर्ुइ महिनामा ८.१ प्रतिशतले बढेको कुल आयात चालू आवको सोही अवधिमा ४३.३ प्रतिशतले बढेको छ । कुल आयातमध्ये भारतबाट भएको आयात अघिल्लो वर्ष५.३ प्रतिशतले बढेकोमा यस वर्ष३४.३ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी अन्य मुलुकबाट भएको आयात अघिल्लो वर्ष१२.४ प्रतिशतले बढेकोमा समीक्षा अवधिमा ५६.५ प्रतिशतले वृद्धि भएकोे छ । यस अवधिमा भारतबाट मुख्यतया पेट्रोलियम पदार्थ, सवारी साधन तथा पाटपर्ुजा, कोल्ड रोल्ड शीट इन्क्वाइल, हट रोल्ड शीट इन्क्वाइल र अन्य मेशिनरी तथा पाटपर्ुजा आयात भएको छ । अन्य मुलुकबाट विशेषगरी सुन, दूरसंचारका सामग्री, कपडा, कम्प्युटर तथा पाटपर्ुजा, एम.एस. विलेट र अन्य मेशिनरी तथा पाटपर्ुजाको आयातमा उल्लेख्य वृद्धि आएको छ । आयात निर्यातको यस्तो तथ्यांक संगै समग्र शोधनान्तर स्थिति दर्ुइ अर्ब ११ करोडले घाटामा रहेको छ । अघिल्लो आर्थिक वर्षो सोही अवधिमा समग्र शोधनान्तर स्थिति २ अर्व ७० करोडले घाटामा रहेको थियो ।