|
बन्द र हड्तालको मारमा औद्योगिक क्षेत्र
Tuesday, 12.02.2008, 05:19pm
तीन हप्ताभन्दा लामो समयदेखि बन्द रहेको मनकामना केबुल कार खुलाउन स्थानीय बासिन्दा र व्यवसायीहरु सडकमा उत्रिएका छन् । बलजफ्तको शैलीमा केबुल कार बन्द गरिएपछि हजारौंको रोजीरोटी बन्द हुँदा पनि सरकार भने मौनसाधना गरेर मात्र बसेको छ । राज्यको राजस्व र स्थानीय जनताको व्यवसाय दुवै धरासायी हुँदा पनि सरकार जवाफदेहिताविहीन बन्नु रहस्यमय छ ।
|