|
निकासीभन्दा पाँच गुणा बढी पैठारी
Monday, 11.16.2009, 02:55pm
आयात र निर्यातको यो असन्तुलनले मुलुकको आर्थिक अवस्थालाई नै उजागर गरेको छ । आर्थिक गतिविधिहरू निर्वाध रुपमा संचालन हुन नसक्दा मुलुकको निर्यात व्यापार चौपट हुने अवस्थामा पुगेको हो । मुलुकको आयात धान्न यतिबेला वैदेशिक रोजगारीमा गएका युवाहरूले नेपाल पठाएको रेमिट्यान्स नै एकमात्र आधार बनेको छ । रेमिट्यान्स भित्रिउन्जेल सरकार जतिसुकै व्यापार घाटा भए पनि ढुक्क हुने मनस्थितिमा रहेको देखिन्छ ।
|