अर्थमन्त्री सुरेन्द्र प्रसाद पाण्डेले हालै पेश गर्नुभएको आ.व. २०६६/६७ को बजेटमा नयाँ तथा पुराना कार्यक्रमहरु समेत समायोजन गरी जनतालाई केही राहत दिन सामाजिक क्षेत्रमा विशेष प्राथामिकता दिएकोे अनुभूति भए पनि निजी क्षेत्रले बजेटका सकारात्मक र कमजोर पक्ष औंल्याउँदै त्यसमा सुधार हुनुपर्ने माग गरेको छ ।
आर्थिक वर्ष२०६६/०६७ का लागि जारी हुने मौद्रिक नीतिमा निजी क्षेत्रको तर्फाट नेपाल उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैंकका गभर्नर दीपेन्द्र बहादुर क्षेत्री समक्षसुझाव पेश गरेको छ । सो सुझाव महासंघका अध्यक्ष कुशकुमार जोशीको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले बुझाएको हो ।
आर्थिक वर्ष२०६६।०६७ को बजेटको तयारीमा रहेका अर्थमन्त्री सुरेन्द्र पाण्डेले अघिल्लोभन्दा ठूलो बजेट ल्याउने बताएका छन् । विकासमुखी बजेटमा शिक्षालाई बढी प्राथमिकता दिने पनि उनले बताएका छन् ।
काठमाडौं । सरकार आगामी आर्थिक वर्षो बजेटको तयारीमा जुटेको छ । असारको अन्तिम सातामा दर्ुइ खर्ब सत्तरी अर्बको बजेट र्सार्वजनिक गर्ने तयारीमा अर्थ मन्त्रालय जुटेको बुझिएको छ ।