|
तदर्थवादी सोचको परिणाम
Tuesday, 01.27.2009, 11:04am (GMT+5.5)
राजधानीको फोहरमैला १७ दिनसम्म उठेन । काठमाडौं पूरै दर्ुगन्धमय र फोहरमय भयो । फोहर नउठेको १८ औं दिनमा फोहर व्यवस्थापनका निम्ति फेरि एकपटक तदर्थवादी सम्झौता भयो । राजधानीबाट पूरै फोहर उठ्न अझै समय लाग्ने छ । भविष्यमा यस्तै समस्या फेरि कहिले कसरी उठ्ने हो - आशंकाको निवारण भएको छैन । सिंगो राजधानी फोहरले भरिंदा पनि यो समस्या निराकरणको प्राथमिक सूचीमा परेन । राजधानीका मूल सडकहरु फोहरले ढाकिंदा यो राष्ट्रिय लज्जाको विषय बन्यो । लाज-गाल यो समस्याको निराकरणका लागि तदर्थवादी सम्झौताका प्रयासहरु भए । नागरिक जीवन र आम नागरिकको स्वास्थ्यसंग समेत प्रत्यक्ष सरोकार राख्ने यस्ता विषयमा पनि राजनीतिक खेलवाड हुने गरेकाले कहिले कुनै पक्षबाट त कहिले कुनै पक्षबाट फोहर व्यवस्थापनमा अवरोध खडा गर्ने काम हुने क्रमले यसपटक पनि निरन्तरता पायो । फोहरमा राजनीति गर्ने गलत राजनीतिक प्रवृत्तिको क्रमभङ्गता भएन । नेपालको राजनीति दर्ुगन्धमय भएसम्म र अपेक्षित शुद्धिकरणको चेतना जागृत नभएसम्म यस्ता अवाञ्छित घटनाले निरन्तरता पाइरहने सन्देश शहरका ठाउँठाउँमा थुप्रिएका फोहरका राशीहरुले दिए । राजनीतिक व्यवस्थापनको अभावमा देशको हरेक अङ्ग दुष्प्रभावित हुने कटुअनुभुति यसपटक पनि विस्तार भयो । फोहरमा पनि राजनीति गर्नेहरुले जनजीवनमाथि खेलवाड गर्ने क्रम जारी राखे । विगतदेखि वर्तमानसम्मका सत्ता संचालकहरुको अदूरदर्शीता, तदर्थवादी सोच र जवाफदेहिताविहीन प्रवृत्तिको समष्टि पर््रदर्शन राजधानीमा भयो । असभ्यताको प्रचूर पर््रदर्शन भयो । राज्यविहीनताको तीतो अनुभूति यो प्रसङ्गले पनि गरायो । जनताले आफूप्रति इमान्दार र जवाफदेही सरकारको अनुभूति अहिले पनि गर्न पाएनन् । यो नेपाली जनताको दर्ुभाग्य नै हो ।
राजधानीमा जनघनत्व आशातीत रुपमा बढेको छ । देश पुनःसंरचनाको दिशातिर उन्मुख हुँदै संघीयतातिर प्रवेश गर्दैछ र पनि राजधानी केन्द्रित मानसिकताले अझै पनि तीब्रगति लिइरहेको छ । योजनावद्ध शहरी विकासको अभावमा सिंगो राजधानी अस्तव्यस्त भैरहेको छ । व्यवस्थापकीय दक्षताको पर््रदर्शन कुनै पनि पक्षमा देखिंदैन । संघीयताले देशको केन्द्रीकृत प्रशासन, साधन स्रोतको उपयोग र अवसरको उपलब्धतालाई व्यवस्थित गर्ने र राजधानीमा बढिरहेको चाम न्यून हुँदैजाने अनुमान गरिएको भए तापनि राजधानी केन्द्रित मानसिकतामा कुनै असर परेको देखिएको छैन । काठमाडौं उपत्यकामा खानेपानीको चर्को समस्या अरु विस्तारित हुँदैछ, विद्युतको अभावले अन्धकारमय बनिसकेको छ, फोहरमैलाको समुचित व्यवस्थापनका दर्ीघकालीन योजनाहरु छैनन् । राजधानी फोहर र दर्ुगन्धले बारम्बार आक्रान्त छ र यो रोगको मुहान प्रतीत हुँदै गएको छ तापनि देशका हरेक भागबाट काठमाडौंमा बसाइ-सराइ गर्ने क्रम रोकिनुको साटो अरु तीब्रतर बनेको छ । उद्योग-व्यवसायमा लगानी पर््रवर्द्धन हुने वाञ्छित वातावरण सिर्जित हुन नसक्दा जग्गा जमिनमा लगानी विस्तार भएको छ । आवासीय क्षेत्रको विस्तार भएको छ । तर अनियन्त्रित र अकल्पनीय रुपमा हुँदै गएको शहरी विस्तारको क्रमलाई व्यवस्थित गर्न र खानेपानी, विजुली र सडकको व्यवस्थापन गर्दै फोहरमैलाको समेत उचित व्यवस्थापन गर्न प्रभावकारी कार्ययोजना बन्न सकेको छैन । केही वर्षभत्रै राजधानीको फोहरमैला व्यवस्थापनले जटिल समस्याको रुप लिने आशंका तर्कहीन छैन । राजधानीमा जनघनत्वको विस्तार कुन रुपमा हुँदैछ र विस्तारित शहरको दर्ीघकालीन व्यवस्थापन कसरी गर्ने भन्नेबारे खासै बहस हुने गरेको छैन । देशको अन्य भागहरुमा नागरिक सुरक्षा र व्यावसायिक सुरक्षाको प्रत्याभूति हुन छोडेको र सीमित अवसरको उपलब्धता पनि राजधानी केन्द्रित हुने गरेकाले केन्द्रीकृत मानसिकताको दुष्प्रभावमा राजधानी रुल्मुलिएको छ । सत्तावृत्तमा घुमिरहने राजनीतिक शक्ति समूहहरुले विकेन्द्रित सोच र योजना नबनाएकाले राजधानीको भविष्य घोर उपेक्षाको दलदलमा फसेको छ । राजधानीलाई स्वस्थ, सफा, सुन्दर बनाउने हो भने संकर्ीण्ा स्वार्थका राजनीतिक दाउपेचबाट माथि उठेर परिवर्तनका लागि सहकार्य गर्ने संस्कार बनाउनर्ुपर्छ अनि मात्र सकारात्मक परिमाणको अपेक्षा गर्न सकिन्छ ।
नेपाली जनताले संरचनागत परिवर्तनका साथसाथै समयसापेक्ष नागरिक सुविधाका लागि राज्य संयन्त्रको रचनात्मक क्रियाशीलताको पनि अपेक्षा गरेका छन् । तर देशमा यतिखेर जताततै अराजकतै अराजकताको स्थिति विद्यमान छ । राज्य संयन्त्रको प्रभावकारिता र विश्वसनीयता शून्य विन्दुमा रहेको र राजनीतिक शक्ति समूहहरु पनि अवाञ्छित टकराव निम्त्याउन मात्र अभ्यस्त रहने गरेकाले कुनै पनि क्षेत्रका ज्वलन्त समस्याहरुको निराकरण सहज रुपमा हुनसक्ने अवस्था नै छैन । राजनीतिक शक्ति समूहहरु इमान्दार र जनताप्रति यथार्थमा नै उत्तरदायी भैदिने हो भने देशमा विधिको शासनका निम्ति विश्वसनीय वातावरण बन्न सक्छ । देशलाई अँध्यारोतिर धकेलेर कसैले पनि आफूले उज्यालो पाउने आशा राख्न सक्दैन । राजनीतिक प्रतिस्पर्धाका निम्ति विध्वंशमुखी प्रवृत्तिलाई प्रोत्साहित गर्ने अपसंस्कृतिले मौलाउने अवसर पाएसम्म मुलुकले कुनै पनि क्षेत्रमा सिर्जनात्मक वातावरण पाउन सक्दैन । राजधानी फोहरमैलाले ढाकिएर दर्ुगन्धमय हुनुको कारण राजनीतिक विकार नै हो । देशको राजनीति यथार्थमा देशमुखी, जनमुखी र जनताप्रति उत्तरदायी बन्न सक्यो भने मात्र वाञ्छित परिणामको अपेक्षा गर्न सकिन्छ ।
|