|
भारतीय हस्तक्षेपको <
Tuesday, 05.12.2009, 10:26am (GMT+5.5)
एकीकृत नेकपा माओवादीको नेतृत्वमा नौ महिना अगाडि गठन भएको सरकार असमयमा नै किन ढल्यो भन्ने प्रश्न अहिले गम्भिर बहसको विषय भएको छ । माओवादीले सत्ता गठबन्धनमा सामेल अरु दलको सहमतिबिना नै बहालवाला प्रधान सेनापतिलाई अवकाश दिने एकल निर्ण्र्ाागरेर किन बबाल खडा गर्यो र सत्ताबाट सहज बहिर्गमनको बाटो किन रोज्यो - प्रश्नहरु एकपछि अनेक उपस्थित भएका छन् । नेपाल विगत एक हप्तादेखि सरकारविहीन अवस्थामा छ र यस्तो स्थिति कति समयसम्म लम्बिने हो भन्ने आशंकापर्ूण्ा प्रश्न पनि यथास्थानमा नै छ । सरकार गठन प्रक्रियालाई वैधानिक बाटोमा डोर्याउनुपर्ने संविधानसभारुपी व्यवस्थापिका संसद पनि निरन्तर अवरुद्ध हुने क्रममा रहेकाले त्यसले पनि राजनीतिक गतिरोधलाई अन्त्य गरी सहज निकासको बाटो तत्काल पहिलिन सक्ने सम्भावनालाई क्षीण नै पारेको छ । नेपालमा अहिले जुन रुपमा राजनीतिक रन्थमोलको स्थिति सिर्जना भएको छ, त्यसका पछाडि वैदेशिक शक्तिको अनपेक्षित चलखेल र अवाञ्छित हस्तक्षेप नै प्रमुख कारण रहेको निष्कर्षा एनेकपा माओवादी पुगेको कुरा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिंदा र त्यसपछिका विभिन्न चरणका भनाइले पुष्टि गरेको छ भने माओवादीका अर्का वरिष्ट नेता डा. बाबुराम भट्टर्राईले त खुला रुपमा नै माओवादी सरकार पतन हुनुमा भारतको प्रत्यक्ष हात रहेको प्रष्ट पार्दै 'भारतले माओवादीको सरकार ढालेर ठूलो गल्ती गरेको' किटान गर्नुभएको छ । अहिले नेपालका सञ्चार माध्यमहरुमा मात्र होइन भारतका संचारमाध्यमहरुमा पनि नेपालको आन्तरिक मामिलामा भारतले खुला हस्तक्षेप गरेको खुलस्त चर्चा भैरहेको छ । नेपालमा विकसित घटना सर्न्दर्भलाई गहिराइमा गएर नियाल्ने जो कोहीले पनि नेपालमा अन्योल र अस्थिरता सिर्जना गर्ने र राजनीतिक बबण्डर मच्चाइरहने काममा भारतको रुचिले निरन्तरता पाइरहेको सजिलै बोध गर्न सक्तछ । नेपालमा सिर्जित राजनीतिक अस्थिरताको जड नै भारत हो भन्ने निष्कर्षनिकाल्न कुनै आइतबार पर्खनु पर्दैन । नेपालको स्वाभाविक राजनीतिक विकासक्रमका निम्ति भारतको निरन्तरको हस्तक्षेपकारी नीति ठूलो समस्या र चुनौती हो भन्ने कुरामा कुनै सन्देह छैन । नेपालको आन्तरिक मामिलामा भारतको नांगो हस्तक्षेप रोक्न सबै राजनीतिक दलहरुमा राष्ट्रिय चेतना जागृत नभएसम्म यस्ता अवाञ्छित र कष्टकर क्षणहरु बारम्बार दोहोरिंदै जानेछन् । स्वतन्त्र र र्सार्वभौम नेपालका निम्ति आन्तरिक मामिलामा भारतको हस्तक्षेप ठूलो समस्या हो र राष्ट्रिय चिन्तनधार प्रखर नभएसम्म र राष्ट्रिय एकताको आधार बलियो नभएसम्म यस्तो स्थिति विद्यमान रहिरहने छ ।
नेपाल-भारत सम्बन्धलाई यथार्थ रुपमा परिभाषित गर्ने काम अझसम्म पनि हुनसकेको छैन । नेपालको संवेदनशील भूराजनीतिक स्थिति र भारतसितको खुला सिमानालाई भारतले नेपालको आन्तरिक मामिलामा खुला हस्तक्षेप गर्ने आधारका रुपमा गलत मनसायले उपयोग गर्दै आएका कारण नेपालले समयसमयमा अवाञ्छित समस्याहरु भोग्दै आउनुपरेको छ । नेपालले निरन्तर रुपमा सीमा अतिक्रमणको समस्या भोग्दै आएको छ भने जलस्रोतमा ठगिने क्रम पनि टुटेको छैन । नेपालमा भारतीय आप्रवासीको ओइरो र नेपालको नागरिकता उलब्ध गराउन प्राप्त गरेको सफलताले नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेपकारी भूमिका बढाउँदै नेपालभित्रै नेपालीलाई अल्पसंख्यक बनाउने सुनियोजित प्रयासले पनि गति लिएकै छ । यसबाट नेपालले सुदूर भविष्यसम्म भोग्नुपर्ने समस्याहरु विकराल छन् । नेपालको र्सार्वभौम अस्तित्वमाथि नै खतरा उत्पन्न हुँदैगएको पीडाबोध विस्तारित हुँदैजानुको निहीत कारण नै यही हो ।
नेपालमा अहिले जुन असामान्य र असहज स्थिति सिर्जना भएको छ, त्यसका निम्ति भारतलाई मात्र दोष दिएर उम्कन कसैले सक्तैन । भारतलाई यति नांगो हस्तक्षेपका लागि उत्साहित गर्ने काममा नेपालकै दूराकांक्षी राजनीतिक नेताहरुकै अदूरदशीता र आत्मर्समर्पणवादी चरित्रको हात छ । नेपालका यावत् राजनीतिक परिवर्तनहरुले समयसापेक्ष गति र नेपाली जनताको आकांक्षा अनुकूलको गति लिन नसक्नुको कारण भारतको रणनीतिक चालवाजी नै हो र त्यसका निम्ति जानीनजानी नेपालकै राजनीतिक शक्ति समूहहरु निरन्तर उपयोगमा आउने गरेका छन् । प्रधानमन्त्री प्रचण्डले 'हामीलाई आत्मर्समर्पण गराउन खोजेका थिए, तर मानेनौं' भन्दै 'हामी कुनै पनि विदेशी प्रभुहरु सामुन्ने शिर निहुराउन तयार छैनौं ।' भनी राजीनामा वक्तव्यमा उल्लेख गर्नुभएको प्रसङ्गले अन्तरकुन्तरका थुप्रै रहस्यहरुलाई स्वतः सतहमा उतारेको छ । यो कथनमा उहाँ र एनेकपा माओवादी कति इमान्दार र अडानमा रहन्छ भन्ने प्रश्न पनि आफ्नै ठाउँमा छ । भारतीय विस्तारवाद विरुद्ध 'सुरुङ युद्ध'को घोषणादेखि १२ बुँदे दिल्ली सहमति हुँदै सत्तारोहणसम्मका अनेक प्रसङ्गहरु सहजै विस्मृतिमा जान सक्तैनन् । क्षणिक सत्तास्वार्थका लागि राष्ट्रिय स्वार्थलाई तिलाञ्जली दिएर विदेशी प्रभुका सामु आत्मर्समर्पण गर्ने प्रवृत्तिको निरन्तरताले नेपाल हरेक क्षेत्रमा पछाडि पर्दैगएको समयचेत आम राजनीतिक वृत्तमा जागृत नभएसम्म कहिले त्यो र कहिले ऊ उपयोगमा आइरहने समस्याले नै नेपालको सदूरभविष्यलाई समेत कोतरिरहेको छ । नेपालले राजनीतिक स्थायित्व र समयसापेक्ष विकासको गति लिन नसक्नाको कारण नेपालको राजनीतिक नेताहरुको आत्मर्समर्पणवादी संस्कार, दूरदर्शिताहीन प्रवृत्ति र क्षणिक स्वार्थपर्ूर्तिका निम्ति बाहृय शक्तिको उपयोगमा आइरहने चरित्र एकातिर जिम्मेवार छ भने अर्कातिर भारतको दूराशयपर्ूण्ा हस्तक्षेपकारी क्रियाकलाप प्रमुख कारणी छ । स्वतन्त्र, र्सार्वभौम र अखण्ड नेपालका लागि यस्ता घातक प्रवृत्तिको अन्त्य आवश्यक छ ।
|