Yugasambad.Com.Np
National Weekly
 
Sunday, 08.01.2010, 11:56am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
यथास्थितिमा गतिरोध अन्त्य असम ; प्रधानमन्त्रीका लागि लिगलिगे दौड ; प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब ; तीन ; सरकार कसको बलमा टिकेको
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
सम्पादकीय
 
सीमा अतिक्रमणको पीडा
Tuesday, 06.09.2009, 10:04am (GMT+5.5)

सीमा अतिक्रमण नेपालको एउटा स्थायी समस्या नै बनेको छ । भारतबाट तीनतिर घेरिएको नेपालले लामो समयदेखि सीमा अतिक्रमणको दर्ुदान्त पीडा भोग्दैआएको छ । बेलायती उपनिवेशबाट मुक्त भएर विश्वकै र्सवाधिक ठूलो लोकतान्त्रिक मुलुकमा दर्ज भएको हाम्रो दक्षिणी छिमेकी देश भारतले आफ्नो वरपरका कुनै पनि मुलुकलाई चैनले बस्न दिएको छैन । ठूलो भारतका बडे नेताहरुको भनौं वा शासकवर्गको सानो चित्तले छरछिमेकमा दखल दिने नराम्रो काम गरिरहेको छ । आफूलाई दक्षिण एसियाकै अभिभावक सरह ठान्ने भारतले देखाउँदै आएको दादागिरी देशभक्त नेपालीहरुका लागि मुटुको किला बनिरहेको छ । सन् १८१६ को सुगौली सन्धिबाट संकुचनमा परेको नेपाल अहिलेसम्म पनि भूअतिक्रमणको पीडा भोग्न विवश छ । पूर्ूर्वी नेपालको मानेभञ्ज्याङ्गदेखि लिएर दक्षिणी सीमाका प्रायः सवै जिल्लाहरु हुँदै अतिक्रमणको विस्तार पश्चिम दार्चुलाको कालापानीसम्म फैलिएको छ । तर्राईबासी नेपालीको मसिहा नै बन्न खोज्ने भारतले तर्राईबासी भूमिपुत्र नेपालीहरुलाई नै विस्थापन गर्ने गरी सीमा अतिक्रमणको क्रुर अभियान जारी राखेको छ । त्यसको पछिल्लो उदाहरण दाङको कोइलाबास क्षेत्रका २२ नाकामा भएको सीमा अतिक्रमण हो । सीमा सुरक्षा बलकै प्रयोग गरी स्थानीय बासिन्दालाई विस्थापित गर्ने र सीमा अतिक्रमणलाई जारी राख्ने भारतको ज्यादतीपर्ूण्ा व्यवहार ज्यादै क्षोभपर्ूण्ा मात्र होइन अति निन्दनीय पनि छ ।

नेपाल र भारत खुला सिमाना भएका देश हुन् । दर्ुइ देशका नागरिकबीच आवागमनमा कुनै नियन्त्रण छैन । दर्ुइ देशबीचको सीमालाई ठाउँ ठाउँमा सीमास्तम्भ गाडेर छुट्याइएको छ । नेपालको व्यवस्थापकीय अक्षमता र कमजोरीले गर्दा सीमा स्तम्भहरुको नियमित अनुगमन र स्याहार-सम्भार हुन नसकेको अवाञ्छित लाभ भारतले उठाउँदै आएको छ । सीमा स्तम्भ गायव पार्ने, उखेल्ने र सार्ने जस्ता अमैत्रीपर्ूण्ा कामलाई जारी राखेर नेपालभूमि अतिक्रमण गरी दादागिरी देखाउने कलामा भारत पारंगत छ । नेपालका सत्ताधारीहरुलाई सुम्सुम्याएर लठ्याउने र उनीहरुलाई अनेक प्रलोभनमा पारेर थुमथुम्याउने गर्दैआएको भारतले अहिले पनि त्यस्तै गर्न खोजिरहेको भए पनि जनता स्वयं अग्रसर भएर आफ्नो पीडा छताछुल्ल पार्न विवश भएकाले भारतको अतिक्रमणकारी नाङ्गो चरित्र उदाङ्ग भएको छ । दाङमा सीमा अतिक्रमणबाट लखेटिएर विस्थापित भएका हजारौं जनता पाल टाँगेर वनबास गरिरहेका भए पनि काठमाडौं बसेर शासनको वागडोर समातिरहेका भारतीय राजदूत राकेश सुदले र्सर्ूयलाई हत्केलाले छेक्ने धृष्टता गर्दै सीमा अतिक्रमण र विस्थापन नभएको र यो सवै राजनीतिक खपतका लागि गरिएको प्रचारवाजी भएको वयानवाजी गरेर आफ्नो कालो कर्तुत ढाक्ने असफल चेष्टा गरिरहेका छन् । भारतको अतिक्रमणकारी निन्दनीय चरित्रको विरोधमा नेपाली जनता सडकमा उत्रिनुपर्ने अवस्था आएको र राजनीतिक मूलधारका १८ वटा दलले औपचारिकता निर्वाहकै लागि मात्रै भने पनि विरोधको स्वर उरालेको बेलामा नेपालकै केही दासानुदासी चरित्रका राजनीतिक दल र तिनका नेताहरुले चरम स्वामिभक्ति पर््रदर्शन गर्दै राकेश सुदको प्रवक्ता बन्ने धृष्टा गरेका छन् । नेपालभित्र कृतदासी जमात खडा गरेर राजनीतिदेखि हरेक क्षेत्रमा तिनलाई स्थापित गर्ने र आफ्ना तिनै गुमास्ताहरुलाई उपयोग गरी नेपाललाई चौतर्फी शोषण गर्दै संकुचनमा पार्ने भारतका कुत्सित सत्ताधारीहरुको चरित्रले नेपालको अखण्डता र र्सार्वभौमिकतामाथि नै चुनौति खडा गरेको छ । भारतीय अतिक्रमणबाट नेपालले सुगौली सन्धिपछि पनि ६० हजार हेक्टरभन्दा बढी भूमि गुमाउनु परेको प्रामाणिक तथ्य रहेको सीमाविद्हरुले बारम्बार उजागर गरिरहेका छन् । भारतको मिचाहा नीति र व्यवहार नबदलिएकाले सीमा अतिक्रमण नेपालको स्थायी समस्या बनेको छ ।

दोष अरुलाई मात्र दिएर पुग्दैन । हाम्रा कुनै पनि बेलाका सत्ताधारीहरुले आफ्नो अखण्डभूमिको रक्षाका लागि जवाफदेहितापर्ूण्ा चरित्र पटक्कै पर््रदर्शन गर्न सकेका छैनन् । स्थानीय वासिन्दा र प्राविधिक ज्ञान भएका सीमाविद्हरुले सीमा अतिक्रमणको पीडा र तथ्य निरन्तररुपमा उजागर गर्दैआएको भए पनि सीमा अतिक्रमण हुन नदिई राष्ट्रको रक्षा गर्ने अग्रसरता पटक्कै देखिएन । सीमा व्यवस्थापन र नियमनका कुरा बारम्बार उठे पनि भारतको रणनीतिक चाहना विपरीत राष्ट्र रक्षाको दायित्व निर्वाह गर्ने देशभक्तिपर्ूण्ा भावना सत्ताधारीहरुमा जागृत भएन । सीमा अतिक्रमणको पीडा स्थलगत पीडा र देशभक्त जनताको भावना एवं आक्रोशमा मात्रै सीमित रहिरहृयो । यसबीचमा कोशी, गण्डकी र कर्ण्ाालीमा धेरै पानी वगेको भए पनि राष्ट्रिय चेत जागृत नहुँदा पीडा थपिने क्रमले मात्र निरन्तरता पाएको छ । मुलुक साँघुरिने क्रम जारी छ । देशभक्त नेपालीहरु छटपटिरहेका छन् । यो देशकै दर्ुभाग्य हो ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
प्रयोगपरक राजनीतिका परिदृश्यहरु (06.02.2009)
अवसरको सदुपयोग होस् (05.26.2009)
पर्ख र हेरको स्थिति (05.19.2009)
भारतीय हस्तक्षेपको < (05.12.2009)
महासंकटको क्षण (05.05.2009)
त्रिविमा कलङ्कको धब्बा (04.28.2009)
संविधान निर्माणक्रममा उठेको आशंका (04.21.2009)
नयाँ वर्ष२०६६ को शुभकामना (04.14.2009)
सुनुवाइ समितिको अग्निपरीक्षा (04.07.2009)
व्यवस्थापिका संसद्को के भूमिका ? (03.31.2009)



 
  ::| Events
August 2010  
Su Mo Tu We Th Fr Sa
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        
 

© Neeraz.Com 2007
[Top Page]