|
मुलुककै भविष्यप्रति चिन्ता जागृत छ
Tuesday, 06.16.2009, 01:08pm (GMT+5.5)
देशको वर्तमान अवस्था कसैका लागि पनि प्रीतिकर छैन । मुलुकलाई शान्ति, स्थिरता र विकासको बाटोमा डोर्याउने दायित्व बोकेका प्रमुख राजनीतिक दलका नेताहरु आफैं अलमलमा मात्र छैनन्, उनीहरुको इमान्दारिता र क्षमता दुवैमा प्रश्नचिन्ह खडा छ । संकर्ीण्ा स्वार्थले नेतागणलाई यति साह्रो घेरेको छ कि उनीहरुसंग देशको भविष्य र जनताको अवस्थाबारे सोच्ने, सामूहिक छलफल गर्ने र न्यूनतम समझदारीमा एकीकृत राष्ट्रिय दृष्टिकोण बनाएर अगाडि बढ्ने सम्भावना नै नरहेको प्रतीत हुन्छ । नेतागणको ताल देखेर जनता विस्मित मात्रै होइन हतप्रभ हुँदै निराश बन्दैगएका छन् । मुलुकलाई नयाँ बाटोमा हिंडाउनुपर्ने गहनतम जिम्मेवारी बोकेका नेताहरु नै पथविचलित हुँदै एकाङ्गी सोच राखेर तथानाम गर्न अग्रसर हुँदैआएको पृष्टभूमिमा देशले समयसापेक्ष अग्रगामी दिशा अलवम्बन गर्ने सम्भावना नितान्त क्षीण बन्दैगएको छ । निर्ण्ाायक क्षमता पर््रदर्शन गर्नुपर्ने हैसियतमा रहेको नेतृत्ववर्ग नै अनिर्ण्र्ााो बन्दी बनेर मुलुकलाई अन्धकारको दिशातिर धकेलिरहेको छ । राष्ट्रिय सरोकारका गहन मुद्दाहरुलाई पटाक्षेप गर्दै विवादास्पद ससाना मुद्दाहरुमा अल्भिmएर कालक्षेपण गर्ने प्रवृत्तिले नराम्रोसंग जरा गाडेको छ । बाहिरका शक्तिकेन्द्रका संकेतको प्रतिक्षा गर्दै भावी कदमको दिशा निर्दिष्ट गर्न अभ्यस्त हुनेहरुले मुलुकलाई सुनिश्चित दिशामा अगाडि बढाउनसक्ने कुनै सम्भावना नरहेको भए पनि नियतिले मुलुकलाई हाँक्ने जिम्मा त्यस्तै त्यस्तैलाई सुम्पिएको तीतो अनुभूतिले नेपाली जनहृदय दग्ध हुँदैआएको छ । जनताले जे खोजेको थिए त्यो पाएका छैनन्, जे चाहेका थिएनन्, त्यो मात्र भोग्नु परिरहेको छ ।
देश अहिले लथालिङ्ग मात्र छैन, भताभुङ्ग नै हुने नराम्रो संकेतले घेरिएको छ । तीनतिरबाट भारत वेष्ठित नेपालले निरन्तर रुपमा सीमा अतिक्रमणको पीडा भोग्दै आएको बारम्बार उजागर भैरहे पनि सीमा अतिक्रमण नभएका वक्तव्यवाजी गरेर गुलामी गर्ने औपनिवेशिक मानसिकतामा चर्ुर्लुम्म डुबेकाहरुलाई यो देशको भाग्यविधाता मान्नुपर्ने विष्मयकारी स्थितिको सिर्जनालाई नियतिकै खेलको रुपमा स्वीकार गर्न नेपाली जनता विवश छन् । देशको विक्षिप्त एवं दर्ुदान्त अवस्थाले नेतागणलाई पटक्कै छोएको छैन । एक आपसमा आरोप-प्रत्यारोप प्रवाह गरेर समग्रतामा राष्ट्रिय वातावरणलाई नै धुमिल पार्ने अभ्यासले अहिले पनि गति लिइरहेको छ । लाग्छ- थरिथरिका नेताहरुले मार्गनिर्देशन प्राप्त गर्ने थलो एउटै रहँदैआएको भए पनि राजनीतिक रङ्गमञ्चमा अभिनय गर्नुपर्ने पाठ भने वेग्लावेग्लै रहने गरेकाले सुनिश्चित राजनीतिक भविष्यप्रति नै सन्देह जागृत भैरहने अवस्थाले निरन्तरता पाएको हो ।
कमजोरीहरु हामीभित्रै छन् । आफ्नो आँखाले मुलुक हर्ेर्ने क्षमता र दूरदृष्टि बनाउन नसक्दाका दूरगामी परिणामहरु क्रमिकरुपमा इङ्गति हुँदैआएका छन् । अरुको रणनीतिक स्वार्थपर्ूर्तिका लागि उपयोगमा आउने प्रतिस्पर्धाले सिर्जना गरेका विकृतिहरुको जञ्जालमा देश फस्दैगएको छ । जनमानसमा आशा, उत्साह र उमङ्ग पैदा गर्नसक्ने कुनै नेता र राजनीतिक समूह अभ्युदित हुन सकेन । जनताले आमूल परिवर्तनका लागि पटकपटक खेलेको उर्त्र्सगपर्ूण्ा भूमिका त्यसै खेरगएको कटुअनुभुति विस्तारित हुँदैगएको छ भने राष्ट्रिय सहमति र सहकार्यको संस्कार बन्न नदिन भैरहेका अदृश्य खेलले सिर्जना गरेका जटिलताहरु जताततै छताछुल्ल छन् । प्रतिशोधको भावना र अहंकारको लहरले सिंगो राजनीतिक क्षेत्र रुल्मुलिएको छ र दिग्भ्रम बढेर गएको छ । अब जनताले कसको आड भरोसा राख्ने - अहं प्रश्न खडा भएको छ ।
अघिल्लो सरकारका प्रधानमन्त्रीबाट वैशाख २१ गते राजीनामा आयो । २२ दल मिलेर सरकार बनाउने सहमति कायम गर्न दर्ुइ हप्ता लाग्यो । नयाँ प्रधानमन्त्रीको चयन त भयो तर भागवण्डाको खिचलोले गर्दा तीन हप्ता वितेर चार हप्ता लाग्दा पनि सरकारले पर्ूण्ाता पाउन सकेको छैन । साना दलहरु ठूला दलहरुको मनोमानी, उपेक्षापर्ूण्ा व्यवहार र परामर्शविनाको भागवण्डाबाट कुण्ठित हुँदै सहकार्यको संस्कार नबसेको गुनासो गर्न पुगेका छन् । ठूला दलहरुभित्रै पुरस्कार र तिरस्कारको भेदकारी संस्कारले उब्जाएका समस्याहरु अंकुरित भैरहेका छन् । राजनीतिक हस्तक्षेपको शिकार भएर थलिएको प्रशासनिकयन्त्रले स्थायी सरकारको रुपमा क्रियाशीलता देखाउन नसकेकै कारण अराजकता र दण्डहीनता मौलाएर नागरिक सर्वोच्चताको हुँकारलाई उपहास गरिरहेको छ । राजनीतिमा एकातिर वैदेशिक हस्तक्षेपको गति तीब्रत्तर रहनु र अर्कातिर अपराधीकरण बढ्दै जानुले आम जनजीवन सन्त्रस्त मात्रै बनेको नभै मुलुककै भविष्य कसरी सुरक्षित हुने होला भन्ने चिन्ता व्याप्त भैरहेको छ । देश अहिलेकै जस्तो असहज र असामान्य परिस्थितिमा रुल्मुलिइरहृयो भने त्यसका घातक परिणामलाई कसैले पनि र्टार्नसक्ने छैनन् । यदि नेतागणमा थोरै मात्र पनि देशभक्तिको भावना छ र जनताप्रतिको उत्तरदायित्वबोध छ भने संकर्ीण्ा स्वार्थमा बसिभूत हुन छोडेर र प्रतिशोधको भावना त्यागेर राष्ट्रिय सहमति र सहकार्ष्को संस्कार निर्माण गर्नअग्रसर हुनर्ैपर्दछ । लोकलज्जा त्यागेर क्षणिक स्वार्थपर्ूर्तिका निम्ति जे गर्न पनि उद्यत हुने प्रवृत्तिले अन्ततः कसैको पनि भलो गर्दैन भन्ने चेतना नेतागणमा जागृत होस् ।
|