Yugasambad.Com.Np
National Weekly
 
Friday, 03.12.2010, 04:36pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
समय सीमाभित्र संविधान नबने के होला ? ; संवैधानिक संकट खडा गर्ने ; राप्रपा नेपालको उपत्यका बन्द ; राष्ट्रपतिको भारत भ्रमणबारे व्यापक ; सञ्चारकर्मी जमीम शाहको हत्याल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
सम्पादकीय
 

नागरिक सुरक्षाको प्रश्न


Tuesday, 06.30.2009, 11:56am (GMT+5.5)

नेपालमा अहिले नागरिक सुरक्षाको पर्ूण्ा प्रत्याभूति अकल्पनीय बन्दैगएको राज्यबाट नागरिकहरुले आफ्नो पर्ूण्ा सुरक्षा अधिकार उपभोगका लागि वाञ्छित वातावरणको अपेक्षा राख्ने गरेका भए पनि अहिले चौतर्फी रुपमा फैलिंदै गएको अराजकता दण्डहीनताले आम नागरिकलाई सन्त्राशको वातावरणमा दिन गुजार्न वाध्य पारेको कटुअनुभूति देशव्यापी रुपमा विस्तारित हत्या, अपहरण, लुटपाट, चोरी, डकैती, बलपर्ूवक चन्दा असुली, बन्द, चक्काजाम, हड्ताल जस्ता आम नागरिकलाई भयभित पार्ने दैनिक जीवनयापनलाई पनि मुस्किल पार्ने शृङ्खलाबद्ध घटनाहरु निरन्तर दोहोरिंदै आएका छन् भने नागरिक अधिकारको रक्षा गर्दै सुरक्षाको पर्ूण्ा प्रत्याभूति दिन राज्य विफल हुँदैआएको राज्य संचालनको निम्ति निरन्तर चुस्त दुरुस्त रुपमा क्रियाशील हुनुपर्ने अङ्गहरु अवाञ्छित राजनीतिकरण व्यवस्थापकीय अक्षमताका कारण पक्षघातको स्थितिमा पुगेका छन् अपराधकर्मले राजनीतिक आश्रय समेत पाउने गरेकाले पनि जनताले विधिको शासनको अपेक्षा कानुनी राजको प्रत्याभूति नै हुननसक्ने अकल्पनीय स्थिति भोग्नुपरेको अपराधकर्मीहरुको मनोबल यतिसम्म बढेको प्रतीत कि राजधानीमा समेत अहिले दिनहुँ जघन्य अपराधका शृङ्खलाबद्ध घटनाहरु उजागर भैरहेका छन् कलेज पढ्ने किशोरी ख्याती श्रेष्ठको जघन्य हत्यादेखि लिएर उद्योगपति महेश शारदाको अपहण फिरौतीबाट मुक्तिका घटना हुन् वा ललितपुरमा कलिला स्कूले विद्यार्थी अपहण प्रयासले उजागर गरेका आपराधिक घटना हुन् वा तर्राई-पहाडमा फैलिएको हिंसाको डढेलोको प्रसङ्ग होस् ती सवै घटना आम नागरिकलाई त्रासदीय मनोदशामा पुर्याउने अवाञ्छित प्रकरणहरु हुन् यदि राज्यले कानुनी राज्यको प्रत्याभूति दिएर अराजकता दण्डहीनताको सिथति अन्त्य गर्न सकेको भए अपराधकर्मीहरु यसरी छट्टाएर मनोमानी गर्नसक्ने अवस्थामा पुग्न नै सक्ने थिएनन्

राज्य कमजोर, निरीह अकर्मण्य एवं जवाफदेहिताविहीन हुँदै जानुको परिणाम नै नागरिक सुरक्षाको स्थिति यस्तो अवाञ्छित हालतमा पुग्नु हो यस्तो असामान्य अविश्वसनीय स्थितिलाई यथागतिबाट अगाडि बढ्नबाट रोक्ने नागरिक सुरक्षाको प्रत्याभूति दिने दायित्व राज्यको हो राज्य संचालकहरुका लागि अहिलेको र्सवाधिक ठूलो चुनौति भनेको अराजकता दण्डहीनताको स्थिति अन्त्य गर्नु आम नागरिकलाई सुरक्षाको पर्ूण्ा प्रत्याभूति दिनु नै हो राज्य संचालकहरु जिम्मेवार भए अवश्य नै यसमा सुधार आउन सक्छ अपराधकर्मीले राजनीतिक आश्रय नपाउने हो अपराध नियन्त्रणलाई राजनीतिक हस्तक्षेपमुक्त राख्न सके मात्र पनि सुधारका सकारात्मक लक्षणहरु तत्कालै देखिन सक्छन्

देशमा हिंसा, अराजकता, अपहरण, बलात चन्दा असुली आम नागरिकको दैनिकीलाई प्रत्यक्ष प्रतिकूल प्रभाव पार्ने शृङ्खलाबद्ध घटना वृद्धिको पछाडि हिंसात्मक राजनीतिक व्रि्रोहको प्रभाव समेत अन्तरनिहित रहेको देखिन्छ नेकपा माओवादीको सशस्त्र राजनीतिक व्रि्रोहको अन्त्य भएको शान्तिपर्ूण्ा राजनीतिक प्रतिस्पर्धाबाट देशको र्सवाधिक ठूलो दलको रुपमा रुपान्तरित हुँदै राज्य संचालनको महत्वपर्ूण्ा जिम्मेवारी निर्वाहमा समेत उसको प्रयोग भएको स्थिति एकातिर भने सशस्त्र व्रि्रोहले प्रवेश गराएको हत्या, अपहरण, चन्दा असुली त्रासको संस्कार अझै हट्न नसकेको स्थिति अर्कातिर हिजो हतियारले सुसज्जित भै राजनीतिक व्रि्रोहमा समाहित भएका कैयौं व्यक्तिहरु अहिले पलायन हुँदै अपराधकर्मीतिर प्रेरित भएका थुप्रै घटनाहरु उजागर भएका छन् अर्कातिर पेशा व्यवसायमा संलग्न व्यक्तिहरु अझै पनि ठाउँठाउँमा प्रताडित भैरहनु परेको अवस्था विद्यमान नै राजनीतिक आवरणमा अपराधकर्म गर्ने थुप्रै जमातहरु खडा भएका छन् तर्राईको जनजीवन त्यस्ता अपराधकर्मीहरुबाट अत्यन्त त्रस्त रहिरहेको हुँदाहुँदा केही समय अगाडि तर्राईमा फैलिएको बालबालिका अपहरणको सन्त्रास अहिले राजधानीभित्रै भित्रिएको अभिभावकहरु आफ्ना सन्नतिहरुलाई निर्धर्क्कसंग विद्यालय पठाउन समेत नसक्ने अवस्थामा पुगेका छन् राजनीतिक परिवर्तनका लागि प्रवेश गरेको हतियार प्रयोगको अपसंस्कृतिले अपराध जगतमा प्रवेश पाएर मौलाउन थालेपछि देशमा नागरिक सुरक्षाको स्थिति अत्यन्त सम्वेदनशील, जटिल नाजुक बनेको यसलाई नियन्त्रणमा ल्याउन राज्य संयन्त्रले उच्च मनोबल राखेर काम गर्न सक्नर्ुपर्दछ भने राज्य संचालकहरुले राज्य संयन्त्रलाई सेवा प्रदायक, जनताप्रति उत्तरदायी देशप्रति बफादार बनाउन राजनीतिक आग्रहमुक्त प्रयास गर्नुपर्दछ राज्य संयन्त्रका प्रत्येक अङ्गहरु आज राजनीतिक स्वार्थपर्ूर्तिका प्रयोगथलो बन्दै गएकाले पनि ती अङ्गहरु दिशाहीन, दृष्टिहीन हुँदै अकर्मण्य सिद्ध भएका हुन् अपराधकर्मले मौलाउने अवसर पाएको हो यस्तो अवाञ्छित स्थितिको अन्त्य गर्न सत्ताधारीहरु सहमत भएर जाफदेहितापर्ूण्ा प्रयास गर्ने हो भने नागरिकहरुले आफ्नो सुरक्षाप्रति राज्यको भर-विश्वास गर्नसक्ने दिन पलाउन सक्दछ भन्ने हाम्रो दृढ अभिमत


Comments (0)        Print        Tell friend        Top


Other Articles:
मेनन्को नेपाल भ्रमणले (06.23.2009)
मुलुककै भविष्यप्रति चिन्ता जागृत छ (06.16.2009)
सीमा अतिक्रमणको पीडा (06.09.2009)
प्रयोगपरक राजनीतिका परिदृश्यहरु (06.02.2009)
अवसरको सदुपयोग होस् (05.26.2009)
पर्ख र हेरको स्थिति (05.19.2009)
भारतीय हस्तक्षेपको < (05.12.2009)
महासंकटको क्षण (05.05.2009)
त्रिविमा कलङ्कको धब्बा (04.28.2009)
संविधान निर्माणक्रममा उठेको आशंका (04.21.2009)



 
  ::| Events
March 2010  
Su Mo Tu We Th Fr Sa
  1 2 3 4 5 6
7 8 9 10 11 12 13
14 15 16 17 18 19 20
21 22 23 24 25 26 27
28 29 30 31      
 

© Neeraz.Com 2007
[Top Page]