| Yugasambad.Com.Np | ||||
|
नागरिक सुरक्षाको प्रश्न Tuesday, 06.30.2009, 11:56am (GMT5.5)
नेपालमा अहिले नागरिक सुरक्षाको पर्ूण्ा प्रत्याभूति अकल्पनीय बन्दैगएको छ । राज्यबाट नागरिकहरुले आफ्नो पर्ूण्ा सुरक्षा र अधिकार उपभोगका लागि वाञ्छित वातावरणको अपेक्षा राख्ने गरेका भए पनि अहिले चौतर्फी रुपमा फैलिंदै गएको अराजकता र दण्डहीनताले आम नागरिकलाई सन्त्राशको वातावरणमा दिन गुजार्न वाध्य पारेको कटुअनुभूति देशव्यापी रुपमा विस्तारित छ । हत्या, अपहरण, लुटपाट, चोरी, डकैती, बलपर्ूवक चन्दा असुली, बन्द, चक्काजाम, हड्ताल जस्ता आम नागरिकलाई भयभित पार्ने र दैनिक जीवनयापनलाई पनि मुस्किल पार्ने शृङ्खलाबद्ध घटनाहरु निरन्तर दोहोरिंदै आएका छन् भने नागरिक अधिकारको रक्षा गर्दै सुरक्षाको पर्ूण्ा प्रत्याभूति दिन राज्य विफल हुँदैआएको छ । राज्य संचालनको निम्ति निरन्तर चुस्त दुरुस्त रुपमा क्रियाशील हुनुपर्ने अङ्गहरु अवाञ्छित राजनीतिकरण र व्यवस्थापकीय अक्षमताका कारण पक्षघातको स्थितिमा पुगेका छन् । अपराधकर्मले राजनीतिक आश्रय समेत पाउने गरेकाले पनि जनताले विधिको शासनको अपेक्षा र कानुनी राजको प्रत्याभूति नै हुननसक्ने अकल्पनीय स्थिति भोग्नुपरेको छ । अपराधकर्मीहरुको मनोबल यतिसम्म बढेको प्रतीत छ कि राजधानीमा समेत अहिले दिनहुँ जघन्य अपराधका शृङ्खलाबद्ध घटनाहरु उजागर भैरहेका छन् । कलेज पढ्ने किशोरी ख्याती श्रेष्ठको जघन्य हत्यादेखि लिएर उद्योगपति महेश शारदाको अपहण र फिरौतीबाट मुक्तिका घटना हुन् वा ललितपुरमा कलिला स्कूले विद्यार्थी अपहण प्रयासले उजागर गरेका आपराधिक घटना हुन् वा तर्राई-पहाडमा फैलिएको हिंसाको डढेलोको प्रसङ्ग होस् ती सवै घटना आम नागरिकलाई त्रासदीय मनोदशामा पुर्याउने अवाञ्छित प्रकरणहरु हुन् । यदि राज्यले कानुनी राज्यको प्रत्याभूति दिएर अराजकता र दण्डहीनताको सिथति अन्त्य गर्न सकेको भए अपराधकर्मीहरु यसरी छट्टाएर मनोमानी गर्नसक्ने अवस्थामा पुग्न नै सक्ने थिएनन् ।
राज्य कमजोर, निरीह र अकर्मण्य एवं जवाफदेहिताविहीन हुँदै जानुको परिणाम नै नागरिक सुरक्षाको स्थिति यस्तो अवाञ्छित हालतमा पुग्नु हो । यस्तो असामान्य र अविश्वसनीय स्थितिलाई यथागतिबाट अगाडि बढ्नबाट रोक्ने र नागरिक सुरक्षाको प्रत्याभूति दिने दायित्व राज्यको हो । राज्य संचालकहरुका लागि अहिलेको र्सवाधिक ठूलो चुनौति भनेको अराजकता र दण्डहीनताको स्थिति अन्त्य गर्नु र आम नागरिकलाई सुरक्षाको पर्ूण्ा प्रत्याभूति दिनु नै हो । राज्य संचालकहरु जिम्मेवार भए अवश्य नै यसमा सुधार आउन सक्छ । अपराधकर्मीले राजनीतिक आश्रय नपाउने हो र अपराध नियन्त्रणलाई राजनीतिक हस्तक्षेपमुक्त राख्न सके मात्र पनि सुधारका सकारात्मक लक्षणहरु तत्कालै देखिन सक्छन् । देशमा हिंसा, अराजकता, अपहरण, बलात चन्दा असुली र आम नागरिकको दैनिकीलाई प्रत्यक्ष प्रतिकूल प्रभाव पार्ने शृङ्खलाबद्ध घटना वृद्धिको पछाडि हिंसात्मक राजनीतिक व्रि्रोहको प्रभाव समेत अन्तरनिहित रहेको देखिन्छ । नेकपा माओवादीको सशस्त्र राजनीतिक व्रि्रोहको अन्त्य भएको र शान्तिपर्ूण्ा राजनीतिक प्रतिस्पर्धाबाट देशको र्सवाधिक ठूलो दलको रुपमा रुपान्तरित हुँदै राज्य संचालनको महत्वपर्ूण्ा जिम्मेवारी निर्वाहमा समेत उसको प्रयोग भएको स्थिति एकातिर छ भने सशस्त्र व्रि्रोहले प्रवेश गराएको हत्या, अपहरण, चन्दा असुली र त्रासको संस्कार अझै हट्न नसकेको स्थिति अर्कातिर छ । हिजो हतियारले सुसज्जित भै राजनीतिक व्रि्रोहमा समाहित भएका कैयौं व्यक्तिहरु अहिले पलायन हुँदै अपराधकर्मीतिर प्रेरित भएका थुप्रै घटनाहरु उजागर भएका छन् । अर्कातिर पेशा व्यवसायमा संलग्न व्यक्तिहरु अझै पनि ठाउँठाउँमा प्रताडित भैरहनु परेको अवस्था विद्यमान नै छ । राजनीतिक आवरणमा अपराधकर्म गर्ने थुप्रै जमातहरु खडा भएका छन् । तर्राईको जनजीवन त त्यस्ता अपराधकर्मीहरुबाट अत्यन्त त्रस्त रहिरहेको छ । हुँदाहुँदा केही समय अगाडि तर्राईमा फैलिएको बालबालिका अपहरणको सन्त्रास अहिले राजधानीभित्रै भित्रिएको छ । अभिभावकहरु आफ्ना सन्नतिहरुलाई निर्धर्क्कसंग विद्यालय पठाउन समेत नसक्ने अवस्थामा पुगेका छन् । राजनीतिक परिवर्तनका लागि प्रवेश गरेको हतियार प्रयोगको अपसंस्कृतिले अपराध जगतमा प्रवेश पाएर मौलाउन थालेपछि देशमा नागरिक सुरक्षाको स्थिति अत्यन्त सम्वेदनशील, जटिल र नाजुक बनेको छ । यसलाई नियन्त्रणमा ल्याउन राज्य संयन्त्रले उच्च मनोबल राखेर काम गर्न सक्नर्ुपर्दछ भने राज्य संचालकहरुले राज्य संयन्त्रलाई सेवा प्रदायक, जनताप्रति उत्तरदायी र देशप्रति बफादार बनाउन राजनीतिक आग्रहमुक्त प्रयास गर्नुपर्दछ । राज्य संयन्त्रका प्रत्येक अङ्गहरु आज राजनीतिक स्वार्थपर्ूर्तिका प्रयोगथलो बन्दै गएकाले पनि ती अङ्गहरु दिशाहीन, दृष्टिहीन हुँदै अकर्मण्य सिद्ध भएका हुन् र अपराधकर्मले मौलाउने अवसर पाएको हो । यस्तो अवाञ्छित स्थितिको अन्त्य गर्न सत्ताधारीहरु सहमत भएर जाफदेहितापर्ूण्ा प्रयास गर्ने हो भने नागरिकहरुले आफ्नो सुरक्षाप्रति राज्यको भर-विश्वास गर्नसक्ने दिन पलाउन सक्दछ भन्ने हाम्रो दृढ अभिमत छ । |
||||