Yugasambad.Com.Np
National Weekly
 
Friday, 09.10.2010, 07:58pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
बाहृयशक्तिको व्यूहरचनाले गञ्जागोल बढायो ; संविधानबाटै निकासको बाटो अवरु ; व्यवस्थापिका संसद् प्रधानमन्त्री चयन गर्न पुनः विफल ; राजनीतिक भाँडभैलोले सबै क्षेत्र अस्तव्यस्त ; राजनीतिक विकृतिको महामारी फैल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
सम्पादकीय
 

राजनीतिक असन्तुलनको दुष्परिणाम


Monday, 07.20.2009, 06:21pm (GMT+5.5)

राजनीतिक सन्तुलनको अभावमा देशले नानाथरिका संकट झेल्दै जानुपरेको छ । मुलुकमा उत्पन्न राजनीतिक व्रि्रहका प्रतिकूल परिणामहरु हरेक क्षेत्रमा सहउत्पादकका रुपमा झयाँगिदै गएका छन् । सामाजिक, आर्थिक, सांस्कृतिक, भाषिक अनेक क्षेत्रमा आग्रहजन्य राजनीतिक धारणा अनुकुलका गतिविधिहरु उत्कर्षुखी रहेकाले तिनको प्रभावले सिर्जना गरेका क्रियाकलापहरु देशले थेग्नै पो नसक्ने हो कि भन्ने स्थिति पैदा भैरहेको छ । अर्थमन्त्री सुरेन्द्र पाण्डेले नयाँ आर्थिक वर्षा लागि व्यवस्थापिका संसद्मा अनुमानित आय-व्ययको आँकडाको लिखत- बजेट प्रस्तुत गरेपछि केन्द्रीय प्रशासनको केन्द्रभित्रै कर्मचारी आन्दोलन सुरु भयो । स्थायी सरकारको रुपमा मानिने प्रशासनभित्र मच्चिएको आन्दोलनले सरकारको बजेटलाई नै प्रभावित पार्ने निश्चित प्रायः देखिएको छ । तलववृद्धिको माग राखेका कर्मचारीहरुले महंगीको वेग थेग्न नसकिने पीडा पोख्दै तलववृद्धि नगरे प्रशासनिक संयन्त्र नै ठप्प पार्ने कसरत गरे । सरकारी कर्मचारीले राखेका मागहरु कति सामयिक र उचित छन् भन्ने भन्दा पनि सरकारले नै बन्द-विरोध र आन्दोलन निषेध गरेको क्षेत्रमा आन्दोलनको मेहरो नै उठ्यो । सरकारले आफ्ना मातहतका कर्मचारीबाट आफ्नो कार्यक्रम कार्यान्वयन गर्नुपर्ने अपरिहार्यता रहँदा रहँदै पनि आफ्नै कर्मचारीबाट अकल्पनीय विरोध खेप्न पर्नु सामान्य घटना होइन । राष्ट्रसेवक कर्मचारीहरुलाई राजनीतिक खेमावन्दी गरी उपयोग गर्ने अनौठो कसरतले गर्दा देशमा व्याप्त राजनीतिक असन्तुलनको प्रभाव सिंहदरबारभित्रै पर््रदर्शन हुन पुग्यो । राजनीतिक खेमावद्ध कर्मचारीहरुले आ-आफ्नै शैलीका प्रस्तावहरु पनि अगाडि सारेको देखियो । तलबवृद्धिको मुद्दामा सहमति देखिए पनि समायोजन के कसरी भन्ने बारेका मतमतान्तरहरु दलगत प्रभावका आधारमा छताछुल्ल भए । प्रशासनिक संयन्त्रलाई निष्पक्ष र स्वतन्त्र राख्नुपर्ने मूल मान्यताबाट विचलित हुँदै राजनीतिक खेमावद्ध गरी कर्मचारीहरुलाई उपयोग गर्ने राजनीतिक अभ्यास हुँदा योग्यता, क्षमता र अनुभवकोभन्दा राजनीतिक पहुँचको प्रभाव विस्तारित हुँदै आयो । यसपटकको कर्मचारी आन्दोलनभित्र पनि राजनीतिक खेमावद्धको प्रचूर प्रभाव परेको कुरामा कुनै द्विविधा छैन । सरकार स्वयंले यस्तो स्थिति निम्त्याउनु सुदूर भविष्यसम्मका लागि ठूलो समस्या हो ।

देशमा अहिले प्रशासनिक संयन्त्र कति शिथिल र अकर्मण्य छ भन्ने ताजा उदाहरण त तीन महिनादेखि मध्यपश्चिमका जाजरकोट लगायतका जिल्लामा व्याप्त झाडापखालाको महामारीले नै सिद्ध गरेर देखाएको छ । झाडापखालाग्रस्त जिल्लाहरुमा महिनौं दिनदेखि मानिस नमरेको दिन नै छैन जस्तो भएको छ । भरखरै मात्र पनि औषधिको अभाव व्याप्त रहेको खबर प्रकाशमा आएको छ भने औषधि ढुवानीका लागि खच्चरको प्रयोग भएको लाजमर्दो स्थिति पनि उजागर भएको छ । परिस्थितिको जटिलतालाई हेरेर तत्काल हेलिकोप्टरबाट औषधि र स्वास्थ्यसेवीहरु ठाउँ ठाउँमा उतार्ने सामान्य चेत पनि सिंहदरबारभित्र जागृत छैन । दर्ुगम क्षेत्रका आवाजहीन जनताको आवाज सिंहदरबारको घुमाउने कर्ुर्सर्ीी बस्नेहरुको कानमा पुग्दैन । सत्तारोही नेताहरुसंग राजनीतिक आग्रह प्रवाह गर्नका लागि बाहेक जनताको आवाज सुन्ने, समस्या बुझ्ने र त्यसको निराकरण गर्ने फर्ुसद छैन । स्थायी सरकार हाँक्ने उच्च जिम्मेवारीमा रहेका उच्च प्रशासनिक कर्मचारीलाई पनि राजनीतिक नेतागणलाई रिझाउनकै लागि पनि समय पुगेको छैन । जनताका समस्या तत्काल समाधान गर्ने जिम्मेवारीपर्ूण्ा सोच पलाउन नसक्नुको पछाडि पनि असन्तुलित राजनीतिक वातावरणकै प्रभाव छ भन्नु अनर्थ हुँदैन ।

देशका विभिन्न भागमा अराजकता र हिंसा विस्तारका घटनाले नियमित आकस्मिकताकै गति लिएका छन् । खेतीका लागि सरकारले समयमै मल उपलब्ध गराउने कुनै प्रबन्ध नगरेकै कारण खुला सीमाको उपयोग गरी भारतबाट साइकलमा राखेर थोरै परिणामको मल आयात गर्दा उब्जिएको तनावकै कारण राजविराजमा एक किसानको प्रहरीको गोलीबाट मृत्यु भएको दर्ुदान्त घटना उजागर भएको छ । दर्ुगम क्षेत्रका कतिपय जिल्लामा खाद्यान्नको अभाव उत्तिकै चर्को छ । सामाजिक सद्भाव कति टुटेको छ त्यो तर्राईले मात्र होइन केही दिन अगाडि मनाङमा मारिएका गोर्खाका बासिन्दाहरुको कारुणिक अवस्थाले समेत इङ्गति गरेको छ । राजनीतिक स्वार्थपर्ूर्तिका लागि हरेक क्षेत्रमा द्वन्द्व पैदा गर्ने र राजनीतिक आग्रह अनुरुप द्वन्द्व विस्तार गर्ने गलत अभ्यासले आज देशमा नै बसिनसक्नुको स्थिति पैदा भएको कटु अनुभूति धेरैले गर्न थालेका छन् । प्रशासनिक यन्त्र पूरै राजनीतिक स्वार्थपर्ूर्तिमा उपयोग गर्ने अनपेक्षित कसरत र हरेक क्षेत्रलाई राजनीतिक स्वार्थ अनुकूल उपयोग गर्ने प्रवृत्तिले राज्यसंयन्त्र पूरै खलबलिएर देश राज्यविहीनताको स्थितिमा पुगेको छ । जनताले राज्यबाट सेवा-सुरक्षाको प्रत्याभूति पाउन नसक्ने अवस्थाको सिर्जना राजनीतिक असन्तुलन र अदुरदर्शिताको परिणाम हो भन्नेमा कुनै शंका छैन । देश यस्तै विडम्वनाको शिकार भएको छ ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
सपनै सपनाको पुल (07.14.2009)
राजनीतिक चक्काजाम (07.07.2009)
नागरिक सुरक्षाको प्रश्न (06.30.2009)
मेनन्को नेपाल भ्रमणले (06.23.2009)
मुलुककै भविष्यप्रति चिन्ता जागृत छ (06.16.2009)
सीमा अतिक्रमणको पीडा (06.09.2009)
प्रयोगपरक राजनीतिका परिदृश्यहरु (06.02.2009)
अवसरको सदुपयोग होस् (05.26.2009)
पर्ख र हेरको स्थिति (05.19.2009)
भारतीय हस्तक्षेपको < (05.12.2009)



 
  ::| Events
September 2010  
Su Mo Tu We Th Fr Sa
      1 2 3 4
5 6 7 8 9 10 11
12 13 14 15 16 17 18
19 20 21 22 23 24 25
26 27 28 29 30    
 

© Neeraz.Com 2007
[Top Page]