Yugasambad.Com.Np
National Weekly
 
Wednesday, 09.08.2010, 07:24pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
बाहृयशक्तिको व्यूहरचनाले गञ्जागोल बढायो ; संविधानबाटै निकासको बाटो अवरु ; व्यवस्थापिका संसद् प्रधानमन्त्री चयन गर्न पुनः विफल ; राजनीतिक भाँडभैलोले सबै क्षेत्र अस्तव्यस्त ; राजनीतिक विकृतिको महामारी फैल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
सम्पादकीय
 

प्रधानमन्त्री नेपालको भारत भ्
Monday, 08.17.2009, 05:42pm (GMT+5.5)

प्रधानमन्त्री माधवकुमार नेपालको पाँच दिवसीय भारत भ्रमण आजदेखि सुरु हुँदैछ भारतका प्रधानमन्त्री मनमोहन सिंहको मैत्रीपर्ूण्ा निमन्त्रणामा हुन लागेको यो औपचारिक भ्रमणप्रति राजनीतिक, कूटनीतिक, बौद्धिक क्षेत्रमा व्यापक चासो जागृत भने र्सवसाधारण आमनेपाली जनताले समेत यो भ्रमणलाई गम्भीर अभिरुचिका साथ हेरिरहेका छन यो भ्रमणका लागि औपचारिक रुपमा कुनै एजेण्डा तयार नभएको कार्यक्रम सद्भावनापर्ूण्ा भ्रमणकै लागि मात्र तय भएको भनिए पनि प्रधानमन्त्री नेपालको भ्रमणको पर्ूवसन्ध्यामा पराराष्ट्रमन्त्री सुजाता कोइराला त्यसअघि रक्षामन्त्री विद्यादेवी भण्डारीबाट भएको भारत भ्रमणका अवसरमा उठेका विविध प्रसङ्ग यसबीचमा विभिन्न संचारमाध्यमहरुबाट प्रकाशमा आइरहेका विविध विषयवस्तुले यो भ्रमण बहुविध एजेण्डामा मुछिएको सहजबोध हुनुमा कुनै आर्श्चर्य छैन पशुपतिको जात्रामा स्रि्राको व्यापार गर्ने भारतको पहिल्यैदेखिको प्रवृत्ति हो भारतको राजनीतिक-प्रशासनिक संयन्त्रको संस्कार प्रवृत्तिमा कुनै परिवर्तन नआएकाले नेपालसंग हुँदैआएको व्यवहारमा आशातीत परिवर्तनको कुनै अपेक्षा अहिले गर्न पनि सकिन्न नेपाललाई औपनिवेशिक दृष्टिले हर्ेर्ने तदनुरुपकै हैकमवादी व्यवहार गर्ने सन् १९५० को 'शान्ति तथा मैत्री' नाम दिइएको असमान सन्धि दर्ुइ देशबीच अनियन्त्रित खुला सिमानाबाट हुने व्यवहार यथावत रहेसम्म नेपाल भारत सम्बन्धमा आधारभूत परिवर्तन कुनै हालतमा पनि सम्भव छैन प्रधानमन्त्री नेपालबाट आज सुरु हुने भारत भ्रमणले परम्परादेखि चलिआएको चलन तोड्नसक्ने कुनै सम्भावना नरहेकाले भारतकै सहयोगमा स्थापित सत्ताको नायकबाट नेपाली जनताको आकांक्षा प्रतिविम्बित हुने गरी कुनै साहसिक कदम चालिने अपेक्षा गर्न पनि नसकिने भएकाले यो भ्रमणबाट नेपाल-भारत सम्बन्धले गुणात्मक फड्को मार्ने पटक्कै सम्भावना छैन यो भ्रमण नेपाललाई दर्ीघकालीन अहितको बाटोमा धकेल्न उपयोग नहोस् भन्ने मात्र आम देशभक्त नेपालीहरुको चाहना

नेपाल-भारत सम्बन्धलाई समयसापेक्ष गति दिनमा अवरोध खडा गर्ने अनेक समस्याहरु विद्यमान छन् नेपालको ६० हजार हेक्टरभन्दा बढी जमिन भारतको अतिक्रमणमा परेको तर्राईको कैयौं भूभाग डुबाउने गरी ठाउँठाउँमा बलमिच्याई गरी भारतले तटबन्ध निर्माण गरेको भारतले नेपालको जलस्रोतमा एकाधिकार कायम गर्न बेलायती शासनदेखि गर्दैआएको प्रयास निरन्तर जारी भारतको संकर्ीण्ा व्यवहारकै कारण नेपालमा आर्थिक विकासको आधार खडा हुन सकेको छैन व्यापार घाटाको चरमता त्यसको ताजा उदाहरण हो ५० लाख भारतीयले नेपाली नागरिकता लिएको भारतकै संचार माध्यमहरुले बताइरहेका छन् नेपालले बोकेको लाख भुटानी शरणार्थीको भार पनि भारतकै उपहार हो भारतमा आश्रति रहेर नेपालमा हिंसा मच्चाउनेहरु वर्तमानसम्म उत्तिकै संरक्षण, प्रशिक्षण छुट पाउँदै आएका छन् नेपालको सम्प्रभुता सीमित गर्न मात्र होइन छिन्नभिन्न पार्ने योजनाका अनेक रुपहरु छताछुल्ल छन् नेपालमा राजनीतिक स्थिरता, शान्ति विकास अकल्पनीय बन्दैगएको भारतले शब्दमा भन्ने गरेझैं व्यवहार गरेको भए यी अनेक समस्याहरु यसरी जन्मने झयाँगिने थिएनन् भारतले सदासयतापर्ूण्ा व्यवहार देखाउने हो भने यी समस्या समाधान स्वतः हुँदैजानेमा कुनै शंका गर्नुपर्दैछ

नेपाल तीनतिरबाट भारतवेष्ठित-भूपरिवेष्ठित मुलुक हो यसको भारतसित बहुआयामिक सम्बन्ध नेपालले चाहेर पनि आफ्नो सम्वेदनशील भूराजनीतिक अवस्थितिलाई परिवर्तन गर्न नसक्ने भएकाले भारतसंग पर्ूण्ा समझदारीका आधारमा द्विपक्षीय सम्बन्ध विस्तार गर्नु अपरिहार्य नै तर भौगोलिक विकटता, सांस्कृतिक एकरुपता वा आर्थिक निर्भरताकै मात्र दुहाई दिएर दर्ुइ देशबीचको सम्बन्धलाई संरक्षक संरक्षितका रुपमा अनुभूत गर्न गराउन चाहनु तदनुरुपकै असंगत व्यवहार प्रदर्शित हुँदैजानुले अनेक समस्याहरु पैदा हुने दर्ुइ देशबीच मानसिक दूरी बढ्दै जाने गरेको कटु अनुभूति पनि नेपाली जनताले आत्मसात गर्दैआएको यथार्थ हो बेलायतको औपनिवेशिक दासताबाट मुक्त भएको भारतले स्वतन्त्रता प्राप्तिको लगत्तैपछिदेखि नेपालको आन्तरिक राजनीतिक परिवर्तन व्यवस्थापनमा निर्देशनात्मक भूमिका स्थापित गर्न जुन दवावपर्ूण्ा हस्तक्षेपकारी क्रियाकलाप पर््रदर्शन गर्दैआएको देखिन्छ त्यसले उपनिवेशवादी मानसिकताको चरित्रलाई नै पर््रदर्शन गरेको त्यसै पृष्टभूमिमा अनेकौं असमान सन्धिहरु थोपरिएका छन् सन् १९५० को असमान सन्धिदेखि लिएर कोशी, गण्डकी, महाकालीसम्मका कुनै पनि प्रकरणले नेपालको सम्प्रभुतालाई अंकुश लगाउने चेष्टा गरेका छन् भने व्यापार-पारवहनका क्षेत्रमा पनि त्यस्तै तीता प्रकरणहरु छन् स्वतन्त्र भारतले स्वतन्त्र नेपालसंग अकुण्ठित एवं सरल सम्बन्ध विकसित गर्न कहिल्यै चाहेको व्यवहारले सिद्ध गरेको छैन आफ्नो संकर्ीण्ा स्वार्थपर्ूर्तिका लागि नेपालका राजनीतिक शक्ति समूहहरुलाई फेरी फेरी उपयोग गर्ने भारतको रणनीतिक चलाखीप्रति सचेत रहन नसक्दा नेपालको आत्मसम्मानमा धेरैपटक चोट लागेको सुदूरभविष्यसम्म क्षति पुग्ने कामहरु शृङ्खलावद्ध रुपमा भैरहेको कटुयथार्थ उजागर हुँदैआएको दुःखको कुरा त्यो शृङ्खला अझै पनि टुटेको छैन अरु मजबुतीका साथ त्यसले निरन्तरता पाएको प्रधानमन्त्री नेपालको सान्दर्भिक भारत भ्रमणलाई उत्साहप्रद एवं आशाप्रद रुपमा नलिई आशंकापर्ूण्ा दृष्टिले हेरिनुको कारण पनि यही नै हो कमजोर अस्थिर प्रकृतिको सरकारबाट भारतले के के हत्याउने हो भन्ने चिन्ता आशंका अहिले पनि यथावत यसले नेपाली मनोदशालाई चित्रित गरेको भन्नु कुनै अत्युक्ति हुँदैन


Comments (0)        Print        Tell friend        Top


Other Articles:
राष्ट्रको गौरव संकटमा (08.10.2009)
राज्यविहीनताको अवस्था (08.03.2009)
बेथिति बढाउन सरकार नै (07.27.2009)
राजनीतिक असन्तुलनको दुष्परिणाम (07.20.2009)
सपनै सपनाको पुल (07.14.2009)
राजनीतिक चक्काजाम (07.07.2009)
नागरिक सुरक्षाको प्रश्न (06.30.2009)
मेनन्को नेपाल भ्रमणले (06.23.2009)
मुलुककै भविष्यप्रति चिन्ता जागृत छ (06.16.2009)
सीमा अतिक्रमणको पीडा (06.09.2009)



 
  ::| Events
September 2010  
Su Mo Tu We Th Fr Sa
      1 2 3 4
5 6 7 8 9 10 11
12 13 14 15 16 17 18
19 20 21 22 23 24 25
26 27 28 29 30    
 

© Neeraz.Com 2007
[Top Page]