|
प्रधानमन्त्री नेपालको भारत भ्
Monday, 08.17.2009, 05:42pm (GMT+5.5)
प्रधानमन्त्री माधवकुमार नेपालको पाँच दिवसीय भारत भ्रमण आजदेखि सुरु हुँदैछ । भारतका प्रधानमन्त्री मनमोहन सिंहको मैत्रीपर्ूण्ा निमन्त्रणामा हुन लागेको यो औपचारिक भ्रमणप्रति राजनीतिक, कूटनीतिक, बौद्धिक क्षेत्रमा व्यापक चासो जागृत छ भने र्सवसाधारण आमनेपाली जनताले समेत यो भ्रमणलाई गम्भीर अभिरुचिका साथ हेरिरहेका छन । यो भ्रमणका लागि औपचारिक रुपमा कुनै एजेण्डा तयार नभएको र कार्यक्रम सद्भावनापर्ूण्ा भ्रमणकै लागि मात्र तय भएको भनिए पनि प्रधानमन्त्री नेपालको भ्रमणको पर्ूवसन्ध्यामा पराराष्ट्रमन्त्री सुजाता कोइराला र त्यसअघि रक्षामन्त्री विद्यादेवी भण्डारीबाट भएको भारत भ्रमणका अवसरमा उठेका विविध प्रसङ्ग र यसबीचमा विभिन्न संचारमाध्यमहरुबाट प्रकाशमा आइरहेका विविध विषयवस्तुले यो भ्रमण बहुविध एजेण्डामा मुछिएको सहजबोध हुनुमा कुनै आर्श्चर्य छैन । पशुपतिको जात्रामा स्रि्राको व्यापार गर्ने भारतको पहिल्यैदेखिको प्रवृत्ति हो र भारतको राजनीतिक-प्रशासनिक संयन्त्रको संस्कार र प्रवृत्तिमा कुनै परिवर्तन नआएकाले नेपालसंग हुँदैआएको व्यवहारमा आशातीत परिवर्तनको कुनै अपेक्षा अहिले गर्न पनि सकिन्न । नेपाललाई औपनिवेशिक दृष्टिले हर्ेर्ने र तदनुरुपकै हैकमवादी व्यवहार गर्ने सन् १९५० को 'शान्ति तथा मैत्री' नाम दिइएको असमान सन्धि र दर्ुइ देशबीच अनियन्त्रित खुला सिमानाबाट हुने व्यवहार यथावत रहेसम्म नेपाल भारत सम्बन्धमा आधारभूत परिवर्तन कुनै हालतमा पनि सम्भव छैन । प्रधानमन्त्री नेपालबाट आज सुरु हुने भारत भ्रमणले परम्परादेखि चलिआएको चलन तोड्नसक्ने कुनै सम्भावना नरहेकाले र भारतकै सहयोगमा स्थापित सत्ताको नायकबाट नेपाली जनताको आकांक्षा प्रतिविम्बित हुने गरी कुनै साहसिक कदम चालिने अपेक्षा गर्न पनि नसकिने भएकाले यो भ्रमणबाट नेपाल-भारत सम्बन्धले गुणात्मक फड्को मार्ने पटक्कै सम्भावना छैन । यो भ्रमण नेपाललाई दर्ीघकालीन अहितको बाटोमा धकेल्न उपयोग नहोस् भन्ने मात्र आम देशभक्त नेपालीहरुको चाहना छ ।
नेपाल-भारत सम्बन्धलाई समयसापेक्ष गति दिनमा अवरोध खडा गर्ने अनेक समस्याहरु विद्यमान छन् । नेपालको ६० हजार हेक्टरभन्दा बढी जमिन भारतको अतिक्रमणमा परेको छ । तर्राईको कैयौं भूभाग डुबाउने गरी ठाउँठाउँमा बलमिच्याई गरी भारतले तटबन्ध निर्माण गरेको छ । भारतले नेपालको जलस्रोतमा एकाधिकार कायम गर्न बेलायती शासनदेखि गर्दैआएको प्रयास निरन्तर जारी छ । भारतको संकर्ीण्ा व्यवहारकै कारण नेपालमा आर्थिक विकासको आधार खडा हुन सकेको छैन । व्यापार घाटाको चरमता त्यसको ताजा उदाहरण हो । ५० लाख भारतीयले नेपाली नागरिकता लिएको भारतकै संचार माध्यमहरुले बताइरहेका छन् । नेपालले बोकेको १ लाख भुटानी शरणार्थीको भार पनि भारतकै उपहार हो । भारतमा आश्रति रहेर नेपालमा हिंसा मच्चाउनेहरु वर्तमानसम्म उत्तिकै संरक्षण, प्रशिक्षण र छुट पाउँदै आएका छन् । नेपालको सम्प्रभुता सीमित गर्न मात्र होइन छिन्नभिन्न पार्ने योजनाका अनेक रुपहरु छताछुल्ल छन् । नेपालमा राजनीतिक स्थिरता, शान्ति र विकास अकल्पनीय बन्दैगएको छ । भारतले शब्दमा भन्ने गरेझैं व्यवहार गरेको भए यी अनेक समस्याहरु यसरी जन्मने र झयाँगिने थिएनन् । भारतले सदासयतापर्ूण्ा व्यवहार देखाउने हो भने यी समस्या समाधान स्वतः हुँदैजानेमा कुनै शंका गर्नुपर्दैछ ।
नेपाल तीनतिरबाट भारतवेष्ठित-भूपरिवेष्ठित मुलुक हो र यसको भारतसित बहुआयामिक सम्बन्ध छ । नेपालले चाहेर पनि आफ्नो सम्वेदनशील भूराजनीतिक अवस्थितिलाई परिवर्तन गर्न नसक्ने भएकाले भारतसंग पर्ूण्ा समझदारीका आधारमा द्विपक्षीय सम्बन्ध विस्तार गर्नु अपरिहार्य नै छ । तर भौगोलिक विकटता, सांस्कृतिक एकरुपता वा आर्थिक निर्भरताकै मात्र दुहाई दिएर दर्ुइ देशबीचको सम्बन्धलाई संरक्षक र संरक्षितका रुपमा अनुभूत गर्न गराउन चाहनु र तदनुरुपकै असंगत व्यवहार प्रदर्शित हुँदैजानुले अनेक समस्याहरु पैदा हुने र दर्ुइ देशबीच मानसिक दूरी बढ्दै जाने गरेको कटु अनुभूति पनि नेपाली जनताले आत्मसात गर्दैआएको यथार्थ हो । बेलायतको औपनिवेशिक दासताबाट मुक्त भएको भारतले स्वतन्त्रता प्राप्तिको लगत्तैपछिदेखि नेपालको आन्तरिक राजनीतिक परिवर्तन र व्यवस्थापनमा निर्देशनात्मक भूमिका स्थापित गर्न जुन दवावपर्ूण्ा हस्तक्षेपकारी क्रियाकलाप पर््रदर्शन गर्दैआएको देखिन्छ त्यसले उपनिवेशवादी मानसिकताको चरित्रलाई नै पर््रदर्शन गरेको छ र त्यसै पृष्टभूमिमा अनेकौं असमान सन्धिहरु थोपरिएका छन् । सन् १९५० को असमान सन्धिदेखि लिएर कोशी, गण्डकी, महाकालीसम्मका कुनै पनि प्रकरणले नेपालको सम्प्रभुतालाई अंकुश लगाउने चेष्टा गरेका छन् भने व्यापार-पारवहनका क्षेत्रमा पनि त्यस्तै तीता प्रकरणहरु छन् । स्वतन्त्र भारतले स्वतन्त्र नेपालसंग अकुण्ठित एवं सरल सम्बन्ध विकसित गर्न कहिल्यै चाहेको व्यवहारले सिद्ध गरेको छैन । आफ्नो संकर्ीण्ा स्वार्थपर्ूर्तिका लागि नेपालका राजनीतिक शक्ति समूहहरुलाई फेरी फेरी उपयोग गर्ने भारतको रणनीतिक चलाखीप्रति सचेत रहन नसक्दा नेपालको आत्मसम्मानमा धेरैपटक चोट लागेको र सुदूरभविष्यसम्म क्षति पुग्ने कामहरु शृङ्खलावद्ध रुपमा भैरहेको कटुयथार्थ उजागर हुँदैआएको छ । दुःखको कुरा त्यो शृङ्खला अझै पनि टुटेको छैन र अरु मजबुतीका साथ त्यसले निरन्तरता पाएको छ । प्रधानमन्त्री नेपालको सान्दर्भिक भारत भ्रमणलाई उत्साहप्रद एवं आशाप्रद रुपमा नलिई आशंकापर्ूण्ा दृष्टिले हेरिनुको कारण पनि यही नै हो । कमजोर र अस्थिर प्रकृतिको सरकारबाट भारतले के के हत्याउने हो भन्ने चिन्ता र आशंका अहिले पनि यथावत छ । यसले नेपाली मनोदशालाई चित्रित गरेको छ भन्नु कुनै अत्युक्ति हुँदैन ।
|