Yugasambad.Com.Np
National Weekly
 
Sunday, 08.01.2010, 11:56am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
यथास्थितिमा गतिरोध अन्त्य असम ; प्रधानमन्त्रीका लागि लिगलिगे दौड ; प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब ; तीन ; सरकार कसको बलमा टिकेको
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
सम्पादकीय
 

आरोप-प्रत्यारोपका कुरा


Monday, 12.28.2009, 03:59pm (GMT+5.5)

एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अघिल्लो हप्ता तेस्रो चरणको आन्दोलन समापन चौथो चरणको आन्दोलन घोषणाका क्रममा राजधानीमा आयोजित विशेष आमसभामा नेपालको आन्तरिक राजनीतिमा भारतले गर्दैआएको हस्तक्षेप, सत्ता परिवर्तन समीकरणमा खेल्दैआएको भूमिका सत्ताधारी दलहरुको भारत निर्देशित पराश्रयी भूमिकाबारे उजागर गर्नुभएको धारणाले राजनीतिक-कूटनीतिक वृत्तमा ठूलै तरङ्ग पैदा गरेको नेपाली जनता र्सार्वभौम भए, नागरिक अधिकार वहालीको पर्ूण्ा प्रत्याभूति भयो, नेपाली जनता अब आफ्नो भाग्य निर्माण गर्न आफैं सक्षम भएका छन् भनेर विभिन्न राजनीतिक दलका नेताहरुले गुड्डी हाँकिरहेको बेलामा पर्ूव प्रधानमन्त्री समेत रहनुभएका माओवादी अध्यक्ष प्रचण्डले सत्ताधारी दलहरु दिल्लीका दलाल हुन्, अहिलेको सरकार दिल्लीले नै स्थापना गरेको कठपुतली सरकार हो सत्ताधारी प्रमुख दलका नेताहरुसंग कुरा गरेर कुनै निर्ण्र्ााा पुग्न नसकिने भयो, बरु उनीहरुकै 'मालिक'संग सोझै कुरा गर्र्छौं भनेर उहाँले देशको वर्तमान राजनीतिक स्थितिको एउटा पाटो उदाङ्ग पार्नुभयो भलै उहाँले भोलिपल्टै आफ्नो सो भनाइ व्यंग्य मात्र थियो भनेर थामथुम पार्न खोजे पनि त्यसले खासै अर्थ राखेको छैन प्रचण्डको सो भनाइले र्सवाधिक रुपमा तिनै तिनै दलका नेताहरुलाई प्रतिक्रियात्मक धारणा र्सार्वजनिक गर्न उत्तेजित पार्यो, जुन जुन दलका नेताहरु दिल्लीकै वैशाखी टेकेर आफ्नो अहिलेको हैसियत बनाउन उद्यत रहेका थिए यथार्थमा आज मुलुकको अवस्था यति नाजुक भैसकेको कि मुलुकको स्वाधिनता, अखण्डता एकता नै सुरक्षित गर्न धौ धौ परेको बाहिरी शक्तिलाई निर्ण्ाायक शक्ति मानेर उसैको इशारा, सहयोग उक्साहटमा काम गर्ने राजनीतिक नेतागणको दर्ुदान्त प्रवृत्तिले नेपाली जनताको मानमर्दन मात्रै गर्दैआएको छैन मुलुककै भविष्यमाथि पनि खेलवाड गर्दैआएको १२ बुँदे दिल्ली सम्झौतापछिको आमूल परिवर्तनको लहरले नेपाली जनतालाई कति र्सवाधिकार सम्पन्न बनायो - आमूल परिवर्तनको दिशा निर्धारण गर्न उर्त्र्सगपर्ूण्ा भूमिका खेलेका जनता सबल हुन सके कि दर्ुबल बने - मुलुकको राजनीतिक दिशा निर्धारण मुलुकभित्रैको राजनीतिक परामर्श सहमतिबाट हुने क्रम बस्यो कि दिल्ली धाएर निर्धारण गर्ने अभ्यासको क्रम बस्यो - यस्ता गम्भीर प्रश्नहरु छ्यास्छ्यास्ती उभिएका छन् र्सवसाधारण नेपाली जनतालाई समेत अहिलेसम्म के थाहा भैसकेको भने नेपालको आन्तरिक राजनीतिक दिशा निर्धारण अन्यत्रबाटै हुन थालेको नेपाली अनुहारकै नेताहरु नेपाली जनताको स्वाभिमान राष्ट्रिय स्वाधिनताको मर्ममाथि एकपछि अर्को प्रहार गर्दै आफ्नो हैसियत निर्धारण सुरक्षाका निम्ति पराश्रति मानसिकताले ग्रस्त भएर बाहृयशक्तिकै रणनीतिक उपयोगमा तछाडमछाड गरिरहेका छन् यो क्रम टुटाउने कुनै हिम्मतिलो नेता नेपाली जनताले पाउन सकेनन् भने आमूल परिवर्तनको अर्थ राष्ट्रिय स्वाधिनताको समाप्तिमा परिणत हुने भय

देश अहिले अत्यन्त उकुसमुकस अवस्थामा बाहृयशक्तिको रणनीतिक प्रक्षेपणले देशलाई अस्थिरताको जञ्जालमा नराम्रोसंग फसाएको नेपालमा अरु मित्रदेशको सकारात्मक भूमिकालाई पनि सोझो आँखाले हर्ेन नसक्ने भारतले नेपाललाई सधैं अस्थिरताको जञ्जालमा फसाएर अवाञ्छित दोहन गर्दैआएको लामो परम्परा भन्ने कुरामा कुनै द्विविधा छैन नेपालले लामो समयदेखि भारतको 'मुखमा राम राम बगलीमा छुरा'को व्यवहार भोग्दैआएको भए पनि युगसापेक्ष परिवर्तनको लहरले पनि त्यस्तो व्यवहारलाई न्यूनीकरण गर्नुको सट्टा उल्टै थप गति दिएको पीडादायी कटुअनुभूति बढ्दो भारतकै दर्ीघकालीक रणनीतिक चाहना पूरा गर्न नेपालमा नेपालीहरु नै अल्पमतमा पर्ने गरी विदेशीलाई नागरिकता उपलब्ध गराउने ठूलो साजिस सफल भयो नेपालमा अस्थिरताको शृङ्खला सिर्जित गर्दै नेपालको जलस्रोतमाथि पर्ूण्ा नियन्त्रण कायम गर्ने अभियानमा भारत सधैं सक्रिय नेपालमा राजनीतिक स्थिरता कायम हुनासाथ रणनीतिक चलखेल गर्न नपाइने भारतको परम्परागत धारणा रहिआएकाले भारत नेपालमा नियोजित स्थिरताको पक्षमा रहेकेा निरन्तर अनुभूत हुँदैआएको तथ्य हो यति हुँदाहुँदै पनि नेपालका राजनीतिक शक्ति समूहहरु वस्तुगत विश्लेषणका आधारमा राष्ट्रिय सम्मान हितका पक्षमा एकीकृत धारणा बनाउने कसरतसम्म गर्न पनि उत्सुक अग्रसर छैनन् नेपालमा भारतले नै प्रश्रय दिएर स्थापित गरेका नेताहरुको अग्रता रहने अनपेक्षित स्थितिको सिर्जनाले नै बेलाबेलामा पोलापोलको स्थिति सिर्जना गरेको प्रहार-प्रत्रि्रहारको पछिल्लो शृङ्खलाले पनि त्यस्तै मात्र देखाएको

एनेकपा माओवादीका अध्यक्ष . प्रचण्डले सत्ताधारी दलका नेताहरुमाथि लगाएको आरोप अरु दलका नेताहरु प्रकारान्तरले नेपालमा भारतकै निर्ण्ाायक भूमिका सिद्ध गर्न प्रचण्डबाट नै त्यस्तो कथन आएको प्रत्यारोपले अन्ततः सम्वद्ध सबै पक्षलाई अग्निपरीक्षामा उतारेको प्रचण्डले भारतसंग कुनकुन पक्षमा कुरा गर्ने भनी किटानीसाथ उठाएका मुद्दाहरुबारे विमति राख्नुपर्ने कुनै ठाउँ छैन . प्रचण्डको कथनले माओवादी भारतबीच विगतको तुलनामा धेरै दूरी बढेको बुझन पनि कठिन छैन . प्रचण्डको सो कथन भारत आफ्नो दाहिने नबन्दाको तीतो अनुभूतिको उजागर मात्रै हो कि भारतीय हस्तक्षेपको निरन्तरता रोक्न भविष्यमा उहाँले प्रतिवद्ध प्रयास गर्नु हुने हो, त्यो भविष्यले नै प्रष्ट पार्नेछ नेपालको भविष्य नेपालीले नै निर्धारण गर्नसक्ने दिन नआएसम्म यथार्थमा नेपाल राष्ट्रको स्वाभिमान उच्च रहन नेपाली जनताको आकांक्षा तृप्त हुन सक्दैन नेपालका राजनीतिक नेताहरु शक्ति सूहहरुलाई फेरि फेरि उपयोग गरेर नेपालमा निरन्तर अस्थिरता कायम गर्ने आफ्नो रणनीतिक स्वार्थ पूरा गर्ने भारतको चालवाजी उदाङ्ग भैसकेको स्थितिमा नेपालका राजनीतिक शक्ति समूहहरुले राष्ट्रिय स्वाधिनता आत्मनिर्ण्र्ााो अधिकार रक्षाका लागि संकर्ीण्ा सत्तास्वार्थको उन्मादपर्ूण्ा बाटो परित्याग गरी एकतावद्ध प्रयास गरी राष्ट्रियताको भावना पर््रदर्शन गर्न सक्नर्ुपर्छ वर्तमान समयको माग नै यही हो


Comments (0)        Print        Tell friend        Top


Other Articles:
अवाञ्छित मुठभेडको आशंका (12.15.2009)
जनतालाई सास्ती नै सास्ती& (12.07.2009)
समयचेतको प्रचूर अभाव (11.30.2009)
शान्ति सम्झौताको विचल्ली (11.23.2009)
कसले बुझने जनताको पीडा ? (11.16.2009)
बाहिरी हस्तक्षेपको कोलाहल (11.09.2009)
द्वन्द्वमुखी राजनीति ः मुलुकको दर्ुभाग्य (11.02.2009)
दर्ुभाग्यपर्ूण्ा स्थितिको सिर्जना (10.26.2009)
नेपाली जनताको विवशता (10.12.2009)
मेलमिलापको पर्व बडा दशैं (09.21.2009)



 
  ::| Events
August 2010  
Su Mo Tu We Th Fr Sa
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        
 

© Neeraz.Com 2007
[Top Page]