Yugasambad.Com.Np

नेताहरूको क्रियाकलाप शंकाको&
Tuesday, 02.09.2010, 08:16am (GMT5.5)

निर्धारित समय सीमाभित्र नयाँ संविधान बन्न सक्छ-सक्दैन भन्नेबारे अहिलेसम्म पनि आशंकापर्ूण्ा प्रश्नहरू जताततै व्याप्त छन् आमरुपमा उत्पन्न भएको आशंका निवारण गरेर समय सीमाभित्र संविधान जारी हुनसक्छ भनी जनतालाई आश्वस्त पार्न राजनीतिक नेतृत्वपंक्तिले सकेको छैन प्रमुख ठूला दलका नेताहरूले जननिर्वाचित संविधानसभालाई जनसंविधान निर्माणका लागि वैचारिक बहस गर्ने थलोका रुपमा उपयोग गर्ने कसरत सुरुदेखि नै गरेनन् भन्ने दृष्टान्त शर्ीष्ा नेताहरूको संविधानसभा बैठकमा हुने गरेको अति न्यून उपस्थितिको अभिलेखले नै दिएको लोकतन्त्रमा जननिर्वाचित सर्वोच्च निकायलाई र्सवाधिक महत्व दिएर मुलुकका यावत् समस्याको निकास सम्भावनाको खोजी त्यही थलोबाट गर्नुपर्नेमा ठीक विपरीतका अभ्यासहरू हुँदैआएकाले मुलुकले प्रष्ट राजनीतिक दिशा अवलम्बन गर्न नसकेको हो मुलुक लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेको भनिए पनि यथार्थमा अहिले पनि राजनीतिक नेताहरूको केन्द्रिकृत सोच प्रवृत्तिले राज्यको पुनःसंरचनाको स्वरुप गति नै अलमलमा दिग्भ्रमितका दुष्प्रभावहरू मौलाउँदै गएका छन् भन्न प्रायः सबै ठूला दलका नेताहरू बुझ पचाएर समय सीमाभित्रै जनताले अपेक्षा गरेअनुसारको संविधान जारी हुनसक्छ भनिरहेका छन् तर नेताहरूको कथनी करनीमा निरन्तर देखापर्दैआएको अन्तरले जनमानसमा पटक्कै विश्वास पलाउन सकेको छैन राजनीतिक क्षेत्रमा व्याप्त अन्तरविरोध विरोधाभासपर्ूण्ा धारणाको प्रवाहले थप आशंकाहरू जन्मिरहेका छन् राजनीतिक परिस्थिति सुधारोन्मुख देखिएको छैन देशको सम्वेदनशील राजनीतिक परिस्थितिले उच्च राजनीतिक समझदारी, विवेक संयमको अपरिहार्यता बोध गराए तापनि उच्च जिम्मेवारीमा रहेका नेताहरूले नानीदेखि लागेको बानी छोड्न सकेका छैनन् कर्ुर्सर्ीीोहका वितण्डाकारी खेलहरूबाट वर्तमान समय पनि मुक्त छैन

देशमा समयचेत भएको भविष्य दृष्टि राख्ने नेतृत्वको अभाव दिनानुदिन खड्किदै गएको राष्ट्रले र्सवाङ्गण्िा दृष्टि राख्ने र्सवस्वीकार्य नेतृत्व पाउन नसकेकै कारण एकपछि अर्का समस्या उब्जिएका छन् तदर्थवादी एकाङ्गी दृष्टिकोणले ग्रस्त नेतृत्वले मुलुकलाई अगाडि बढाउन सक्दैन भन्ने कटु यथार्थबोध अहिलेकै राष्ट्रिय परिस्थितिले देखाएको मुलुकमा दलीय स्वार्थबाट माथि उठेको कुनै नेता पाउन मात्र मुस्किल परेको नभै हरेक दलभित्रै पनि स्वीकार्य नेतृत्व उपस्थित हुन नसकेको टड्कारो देखिन्छ हरेक दलमा गुटगत स्वार्थका मौसमी खेेलहरू उत्कर्षुखी बन्दैआएका छन् त्यसको प्रभाव मुलुकको समग्र राजनीतिमा पर्ने गरेको राजनीतिक क्षेत्रमा चरम विकृति सिर्जना गर्ने स्रोत नै तिनै बन्ने गरेका छन् यसरी राजनीतिक क्षेत्रमा व्याप्त रहेका विकृति विसंगतिले मुलुकलाई चौतर्फी संकटमा पार्दै लगेका छन् राष्ट्रिय सद्भाव अब अतीतको विषय भएको समग्रतामा हामी नेपाली हौं भन्ने भावना हराउँदै यो जात, यो भाषा, यो क्षेत्र यो विरादरीको भन्ने मनोदशाको सिर्जना प्रेरित हुँदा राष्ट्रिय एकताको भावना नै हराउन पुगेको राष्ट्रिय एकता अखण्डतालाई आँच पुर्याउने खालका अनपेक्षित गतिविधिले राजनीतिक आकांक्षा पर््रदर्शनकै स्वरुप ग्रहण गरेका छन् मुलुक लामो समयसम्म राजनीतिक उहापोहको स्थितिमा रुल्मुलिइरहँदा सामाजिक-आर्थिक क्षेत्रमा उत्पन्न हुँदैगएका विकराल संकटहरू मुलुकले धान्नै नसक्ने अवस्था सिर्जित भैसकेको तापनि सामूहिक चेत जागृत छैन विवाद बढाउने समस्या चर्क्याउने खालका प्रवृत्तिहरू नै मौलाइरहेका देखिन्छन् राजनीतिक नेताहरूले र्सार्वजनिक छवि उज्यालो बनाउन नसक्नुको कारण नै यही हो

संविधानसभाले संविधान निर्माण कार्यतालिका नवौंपटकसम्म फेरवदल किन गर्नुपरेको थियो भन्नेबारे धेरै खोतलिरहनु पर्दैन किनभने त्यो सबै उच्च राजनीतिक जवाफदेहीताकै अभावको परिणाम थियो पछिल्लो कार्यतालिका अनुसार संविधान निर्माणका लागि एकीकृत मस्यौदा निर्माणको काम सुरु भैसकेको बताइए पनि विभिन्न समितिका प्रतिवेदनहरूभित्र प्रतिबिम्वित भएका विवादहरूको निक्र्योल कसरी गर्ने भन्ने जटिलता यथास्थानमा नै माओवादी लडाकुको समायोजनदेखि लिएर राज्यको पुनःसंरचना, शासकीय स्वरुप, न्यायपालिका कार्यपालिकाको स्वरुप एवं सरकारी कामकाजको भाषा बारेका विवादहरूको निक्र्योल कसरी हुने हो भन्ने जटिलतम् प्रश्नहरू जीवन्त नै छन् एनेकपा माओवादीले शान्ति संविधानको पक्षमा आफूलाई उभ्याएको प्रष्ट कथन राख्दैआए पनि संविधानको घोषणापछि मात्रै सेना समायोजनको धारणा प्रस्तुत गरेको भने सत्ताधारी दलहरू सेना समायोजन नभए संविधान बन्न नसक्ने धारणामा छन् सरकारले सेना समायोजनको कार्यतालिका नै प्रस्तुत गरिसकेको विवादको चूरो त्यहींभित्र माथि उल्लेखित विविध विषयक विवादहरूको छिनोफानो हतार हतारमा कसरी हुने हो भन्ने कुतुहलता आफ्नै ठाउँमा भने अझै पनि संविधानसभाको परिवेश बाहिरबाट निकास खोज्ने कसरतले कुन रुप गति लिने हो भन्ने प्रश्न पनि उत्तिकै ज्वलन्त उच्च राजनीतिक समझदारीका लागि राजनीतिक परिस्थिति सुधारोन्मुख नदेखिएकाले समय सीमाभित्र संविधान कसरी आउला जेठ १४ को नेटो काटेपछि के होला भन्ने सवाल जताततै व्याप्त हुन थालेको शर्ीष्ा दलका नेताहरूको क्रियाकलाप अझै शंकाको घेरामा