Yugasambad.Com.Np
National Weekly
 
Sunday, 08.01.2010, 11:54am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
यथास्थितिमा गतिरोध अन्त्य असम ; प्रधानमन्त्रीका लागि लिगलिगे दौड ; प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब ; तीन ; सरकार कसको बलमा टिकेको
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
सम्पादकीय
 

आतंकित संचार क्षेत्र


Tuesday, 03.09.2010, 08:19am (GMT+5.5)

संचारकर्मी र संचार उद्यमीहरू अपराधकर्मीहरूको निशाना बन्दैआएकाले सिंगो संचार क्षेत्र सरकारको सुरक्षा प्रबन्धप्रति आक्रोशित मात्र नभै असुरक्षाको भयले सन्त्रस्त छ । नागरिकहरूलाई सुसूचित गर्ने, मानवअधिकार उपभोगप्रति सचेत गराउने र राज्यप्रति नागरिक उत्तरदायित्व बोध गराउन निरन्तर क्रियाशील रहनुपर्ने संचार क्षेत्र नै नितान्त असुरक्षित हुँदै जान्छ भने निष्पक्ष र स्वतन्त्र ढङ्गले सूचना र विचार प्रवाहमा नै ठूलो अवरोध आउँछ र लोकतान्त्रिक राजनीतिक पद्धतिले संस्थागत विकासको बाटो समेत पहिल्याउन सक्दैन । अघिल्लो हप्तामात्रै 'जनकपुर टुडे' दैनिकका प्रकाशक अरुण सिंघानिया अपराधर्मीको निशाना बने । वित्थामा उनको इहलिला समाप्त भयो । ठीक त्यसको एक महिना अगाडि मात्र राजधानीको विशेष सुरक्षा व्यवस्था हुने गरेको भनिएकै क्षेत्रमा स्पेशटाइम नेर्टवर्कका अध्यक्ष जमीम शाह मारिए । यी दुबै सञ्चार उद्यमीलाई सरकारले अपराधकर्मीहरूको प्रहारबाट त बचाउन सकेन सकेन अपराधकर्मीहरूले के उद्देश्यले उनीहरूको ज्यान लिएका हुन् त्यो समेत अनुसन्धानमा संलग्न प्रहरीले खुलाउन सकेको छैन । अपराधर्मीहरू सुरक्षाकर्मीहरूको पहुँच र नियन्त्रणभन्दा धेरै टाढा पुगिसकेको स्वतः प्रष्ट भएको छ । यी दुबै घटनाको बिरोधमा संचारकर्मीहरूले ऐक्यवद्ध रुपमा देशव्यापी विरोधको लहर उठाएका छन् भने अरु पेशा-व्यवसायी संगठनहरूले पनि संयुक्त रुपमा यी घटनाको विरोधमा आवाज उठाएका छन् । अरुण सिंघानियाको हत्यापछि 'जनकपुर टुडे'का सम्पादक वृजकुमार यादव लगायतका संचारकर्मीलाई ज्यानमार्ने धम्की आएको समेत खुलस्त भैसकेको छ भने जमीम शाहको हत्या प्रकरणबारेमा समाचार बढी नलेख्न कान्तिपुर र नयाँ पत्रिकाका संचारकर्मीहरूलाई पनि धम्की आएको समाचार प्रकाशमा आएको थियो । संचार क्षेत्रप्रति अपराधकर्मीहरूको आक्रोश बढ्दै जाँदा सुरक्षा प्रबन्धका निम्ति दबाब बढ्ने र आपराधकर्मीको गतिविधिबारे संचारकर्मीहरूको निष्पक्ष खोज-अनुसन्धानले असजिलो पार्ने भएकाले नै अपराधकर्मीहरूले संचार क्षेत्रलाई प्रहारको निशाना बनाएका हुन् भनी बुझन कठीन छैन । संचारकर्मी र संचार उद्यमीहरूमाथिको सांघातिक प्रहार यी मात्र उदाहरण होइनन्, माओवादी जनयुद्धकालीन अवस्थामा राज्य पक्ष र युद्धरत पक्ष दुबैबाट दर्जनौं संचारकर्मीको हत्या भएको अभिलेख अविष्मरणीय पीडाका रुपमा अंकित छँदैछ भने 'जनयुद्ध'ले विश्राम लिएर मुलुक शान्ति प्रक्रियामा अगाडि बढिसकेको पौने चार वर्षो अवधिमा पनि थुप्रै पत्रकारले ज्यान गुमाएका छन् र कैयौंमाथि सांघातिक हमला भएको छ । वीरेन्द्र साह, जे.पी. जोशी, प्रकाश ठकुरी, उमा सिंहको हत्या र अपहरण प्रकरणदेखि लिएर टीका बिष्टसम्मका घटनाले संचारकर्मीले भोग्नुपरेको नियतिको दारुण चित्र प्रस्तुत गरेका छन् । नेपालमा संचारकर्मीहरूले यस्तो दर्ुदान्त स्थिति कहिलेसम्म र कतिसम्म भोग्नुपर्ने हो - कसैले अनुमान गर्न सक्दैन ।

आखिर यस्तो स्थितिको सिर्जना कसरी भयो - वर्तमान समयले उठाएको यो गम्भीर प्रश्न हो । मुलुकमा अहिले जुन रुपमा राजनीतिक भाँडभैलो मच्चिएको छ त्यसैको सहउत्पादनका रुपमा हिंसा, अराजकता, दण्डहीनता फैलिदै गएकोमा तर्क वितर्क गर्नुपर्ने कुनै आवश्यकता छैन । सुरक्षा निकायहरूभित्र व्यावसायिक दक्षता र नैतिक जिम्मेवारीबोध परास्त हुँदै राजनीतिक चाकरी र चापलुसी प्रोत्साहन हुन थालेकाले अपराधकर्मीहरूका लागि त्यस्तो स्थिति उत्साहवर्धक बन्न पुगेको विभिन्न प्रकृतिका आपराधिक घटनाहरूले नै सिद्ध गरेका छन् । राजनीतिक नेताहरूले सत्ता प्राप्तिको अवसरलाई देश र जनताको सेवाका लागि नभै संकर्ीण्ा राजनीतिक स्वार्थ, गुटगत, पारिवारिक र व्यक्तिगत स्वार्थ पर्ूर्तिका लागि अधिकतम उपयोग गर्ने अपसंस्कृतिको विकास गरेकाले नै मुलुकमा अहिले नागरिक सुरक्षाको कुनै प्रत्याभूति छैन । सत्ताधारीहरू नागरिक सुरक्षाको प्रत्याभूति दिनुपर्ने प्रथम दायित्वबाटै च्यूत भैसकेपछि पेशाकर्मी, व्यवसायी, लगानीकर्ता कसैको पनि सुरक्षा राज्यले गर्नसक्ने कल्पना मात्र पनि गर्न सकिन्न । चाकरी, चुक्ली र द्रव्यशक्तिको बलमा जिम्मेदारपर्ूण्ा पदमा आशीन हुनपुगेका कुनै पनि क्षेत्रका पदाधिकारीसंग नैतिक बल, कर्तव्य परायणता र राज्यप्रतिको दायित्वबोध हुन सक्दैन । अहिले सुरक्षा अङ्गदेखि लिएर सिंगो प्रशासनिक क्षेत्रमा समेत व्याप्त भएको प्रत्युत्पादक स्थिति त्यसैको उपज हो । यस्तो विसंगत एवं विडम्वनापर्ूण्ा स्थितिले राष्ट्रिय जीवनको र्सवाङ्ग पक्ष प्रताडित र आहत छ ।

प्रशासनिक क्षेत्र र सुरक्षा अङ्गहरूमा जवाफदेहितापर्ूण्ा व्यावसायिकताको विकास हुनसके मात्र नागरिक सुरक्षाको प्रत्याभूतिको स्थिति सिर्जना हुनसक्छ । तर लामो समयदेखि प्रशासनिक क्षेत्रका यावत अङ्ग र सुरक्षा अङ्गहरूमा सत्ता राजनीतिको तदर्थवादी प्रभाव स्थापित हुँदैआएकाले अब निक्कै लामो समयसम्म त्यसको पीडा देश र जनताले भोग्नैपर्ने नियति सबैको सामु छ । अपराध नियन्त्रण र अनुसन्धानमा समेत राजनीतिक हस्तक्षेपको लामो शृङ्खलाले सिर्जित गरेका विकृतिहरू सहजै र तत्कालै हट्नसक्ने कुनै सम्भावना छैन । यदि राजनीतिक नेतृत्ववर्ग संकर्ीण्ा र क्षणिक स्वार्थबाट मुक्त भएर व्यावसायिक दक्षतावृद्धि र पर््रवर्द्धनका लागि प्रतिवद्ध रहनसक्ने हो भने केही वर्षभत्रै यसका राम्रा नतिजाहरू आउनसक्छन् । कुनै पनि क्षेत्रका पेशाकर्मी र व्यवसायीहरूको सुरक्षाविना मुलुकले अग्रगति लिन सक्दैन । अहिले संचार क्षेत्रलाई र्सवाधिक आतंकित बनाएर यो मुलुकलाई अराजकता र दण्डहीनताको फन्दामा पारी असफल राष्ट्र बनाउने जुन षड्यन्त्र भैरहेछ संचारकर्मीहरू एकजुट भएर त्यसलाई नंग्याउनर्ुपर्छ भन्ने हाम्रो दृढ अभिमत छ ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
बन्द नगर्ने सुखद् प्रतिवद्धता& (03.02.2010)
समय चेतको अभाव (02.23.2010)
राष्ट्रपतिको भारत भ्रमण (02.16.2010)
नेताहरूको क्रियाकलाप ः शंकाको& (02.09.2010)
मुलुकले कसरी पार पाउला ? (02.02.2010)
जनता आश्वस्त छैनन् (01.26.2010)
राष्ट्रिय स्वाधीनताको प्रश्न (01.18.2010)
इतिहासको सम्मान गरौं (01.12.2010)
अस्वाभाविक प्रश्नहरुको जन्म (01.04.2010)
आरोप-प्रत्यारोपका कुरा (12.28.2009)



 
  ::| Events
August 2010  
Su Mo Tu We Th Fr Sa
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        
 

© Neeraz.Com 2007
[Top Page]