अनर्थै अनर्थका कुरा
Monday, 03.31.2008, 05:58pm (GMT+5.5)
कठोर विगत भोगेका नेपाली जनताले वर्तमानलाई पनि सहज रुपमा अनुभूत गर्न पाएका छैनन् । भविष्यप्रति पनि भरोशा गर्न सकिने स्थिति अझै सिर्जना भएको छैन । संविधानसभा निर्वाचनको निर्धारित तिथि आइपुग्न अब नौ दिनमात्र बाँकी छ तापनि प्रचार अभियान र निर्वाचनको पर्ूवसन्ध्यामा देखापर्दै गएका अनेकौं असंगतिपर्ूण्ा क्रियाकलाप र व्यवधानहरुले स्वस्थ र निष्पक्ष निर्वाचन हुनसक्ने विश्वास मात्रै धुमिल पारेको नभै अन्तिम क्षणसम्म पुग्दा निर्वाचनकै भविष्य के हुने हो भन्ने आशंका जन्माइरहेका छन् । देशको परिस्थिति दिन प्रतिदिन असामान्य र जोखिमपर्ूण्ा बन्दै गएको छ । नेपाली जनताले विधिसम्मत प्रक्रियाले जनताको र्सार्वभौमिकताको पर्ूण्ा प्रत्याभूति हुने गरी लोकतन्त्रको संस्थागत विकासको अपेक्षा गरेका थिए र अझै पनि गरिरहेका छन् तर नियतिबस सधैं ठगिंदै आएका नेपाली जनताले निषेधको राजनीति र अराजकताको अनपेक्षित वातावरण बाहेक वर्तमानमा केही पाउन सकेका छैनन् । विधिको शासनविना सुशासनको प्रत्याभूति नहुने र विधिविहीनताको अवस्थाले दण्डहीनतालाई मौलाउन दिएर अराजक स्थिति सिर्जना हुने अवाञ्छित नियतिलाई नेपाली जनताले वर्तमानमा भोगिरहनु परेको कटुयथार्थ हो । राष्ट्र हाँक्ने जिम्मा लिएका र मुलुकको भविष्य बनाउने अठोट गरेका नेताहरुबाट नै अहिले जनता भ्रमित पारिएका छन् र ठगिएका छन् । देशको भविष्यमाथि उनीहरुबाट नै खेलवाड भएको छ । राजनीतिक गठबन्धन सत्ता साझेदारीतामा रहेका प्रमुख राजनीतिक दलहरुकै क्रियाकलाप, आन्तरिक कलह र खिचातानी एवं आरोप-प्रत्यारोपग्रस्त अस्वस्थ प्रतिस्पर्धाले संविधानसभा निर्वाचनको पर्ूवसन्ध्याको वातावरणलाई नराम्रोसंग प्रदूषित पारेको छ र सन्देहपर्ूण्ा परिस्थितिको सिर्जना गरेको छ । आम नेपाली जनताले अझै पनि निर्वाध ढंगले संविधानसभाको निर्वाचन हुनसक्ने विश्वास गर्न सकेका छैनन् । भय, त्रास र आतंकको वातावरणमा न्यूनता आउनुको सट्टा झनै विस्तार भएको छ । यस्तो अनपेक्षित परिस्थितिको सिर्जना राजनीतिक गठबन्धनमा सामेल ठूला दलहरुकै असमझदारी, अकर्मण्यता र सामूहिक जवाफदेहिताविहीन प्रवृत्तिकै उपज हो । राजनीतिक आडम्वर पर््रदर्शन गर्दै बाहिर बाहिर जसले जति नै गुड्डी हाँके पनि भित्री रुपमा प्रमुख प्रतिस्पर्धी ठूला दलहरुभित्रैबाट निषेध र अवरोधको भूमिका खेलेर निर्वाचनप्रति नै सन्देह र अविश्वास खडा गर्ने काम भएको छ । संविधानसभा निर्वाचनका निम्ति अपेक्षित वातावरण सिर्जना गर्न नसक्नु, सत्ता साझेदार ठूला दलहरुकै विफलता हो । विफलताको निरन्तरताले वैधानिक राजनीतिक निकासको बाटोलाई झन्झन् असहज बनाउँदै लैजाने अवाञ्छित सम्भावना बढेर गएको छ । यो मुलुकको निकट भविष्यका बारेमा थपिएको चिन्ता हो । नेपाली जनताले राजनीतिक परिवर्तन र प्रजातन्त्रमुखी अभियानमा निरन्तर उर्त्र्सगपर्ूण्ा योगदान दिंदैआएका छन् र पनि राजनीतिक नेतृत्व गर्नेहरुबाट सधैं ठगिंदै धोखा पाउँदै आएका छन् । जनतालाई र्सार्वभौम अधिकार सम्पन्न बनाउने सपना बाँड्ने तर जनतालाई सधैं भ्रममा पार्ने, उपेक्षा गर्ने र भेडा-बाख्रासरह ठान्ने गलत प्रवृत्तिको अनुसरण नेतागणबाट नै हुने गरेको छ । नेपालमा राजनेता कोही भएनन्- हुन सकेनन्, जो अग्रपंक्तिमा पुगे ती प्रायः निमित्त नायक, अभिनेता र बुख्याचाभन्दा बढी केही बन्न सकेनन् । क्षणिक स्वार्थका लागि मुलुकको सुदूरभविष्य र आमजनताको हितलाई आहुति दिन कत्ति पनि पछिनपर्नेहरु नै यो देशका ठूला ठूला नेता कहलिन पुगे । बाहृयस्वार्थका प्रक्षेपित खेलहरुमा नराम्रोसंग उपयोग हुनेहरुकै हातमा देशको भविष्य थाती रहन पुग्यो । अनर्थका शृङ्खलाहरु त्यहीबाट लम्बिदै गए । त्यसको दर्ुदान्त पीडा मुलुकले हिजो पनि भोगेको थियो र आज पनि भोग्दैछ । नेपालीले आफ्नो भाग्य आफैंले कोर्न पाउने समय अझै आउन सकेको छैन । त्यसका निम्ति नेपाली जनताले कति लामो संर्घष्ा गर्नुपर्ने हो, कति उर्त्र्सगको बाटो पछ्याउनुपर्ने हो र कति बलिदान दिनुपर्ने हो त्यो वर्तमान सर्न्दर्भमा अकल्पनीय नै छ । संविधानसभा निर्वाचनको माग केही वर्षअगाडिसम्म राजनीतिक बहसका प्रसंगमा एउटा सैद्धान्तिक पक्षमा मात्र सीमित रहेर पनि सम्भाव्य चर्चाभन्दा पनि धेरै बाहिरको विषय थियो । अग्रगामी राजनीतिक निकासका निम्ति सहमतिको विन्दूका रुपमा यो मागलाई नेकपा माओवादीले दश वर्षो सशस्त्र जनयुद्धको बलले जवर्जस्त रुपमा स्थापित गर्यो । नेपालभूमिमा संविधानसभाको निर्वाचनलाई असम्भव ठान्ने, यसलाई परोक्ष रुपमा भारतकै प्रक्षेपित एजेण्डा मान्ने र यसको आवश्यकतालाई अस्वीकार गर्नेहरु सवैले समयको अन्तरालमा संविधानसभा निर्वाचनलाई निर्विकल्प राजनीतिक निकासका रुपमा वरण गर्नपुगे । संविधानसभा निर्वाचन अभियान विरुद्ध कुनै शक्ति-व्यक्ति मुखरित भएर अगाडि नबढेको अहिलेको यथार्थ नै हो । यतिसम्म भैसक्दा पनि संविधानसभा निर्वाचनका निम्ति उपयुक्त विश्वसनीय वातावरण बन्न नसक्नु ठूलो राजनीतिक पहेली हो । निर्वाचनमा होमिएका महारथीहरु नै आत्मरक्षाको क्रन्दन गरिरहेका छन् । सत्ताको बागडोर समालेकाहरु नै आफूहरु असुरक्षित रहेको शंख फुक्दैछन्, देशको रक्षा र जनताको सुरक्षाको समस्याले त हिजो पनि उनीहरुलाई छोएको थिएन, आज पनि छोएको छैन । चाहे आन्तरिक परिस्थितिमा उत्पन्न भएको जटिलता होस्, चाहे बाहृय हस्तक्षेपका शृङ्खलावद्ध पीडाका उच्छवासहरुमा होस् तिनमा आफ्नै अकर्मण्यता र जवाफदेहताविहीनपनाको प्रतिफल प्रतिविम्बित छ । आफूले थापेको राजनीतिक धरापमा नेताहरु आफैं परिरहेका छन् । षड्यन्त्र र दर्ुघटनाको अभ्यास प्रवाह गरेर जनमानसमा त्रास फैलाउने र आत्मरक्षाको पीडाबाट छटपटिएर कोलाहल मच्चाउने अहिले देखिएको चरित्रले यो देशका भावी दिनहरु अत्यन्त जोखिमपर्ूण्ा हुने संकेत गरिरहेका छन् । मुलुक अनर्थको शिकार नबनोस्- हाम्रो यही चाहना, यही कामना छ ।
|