युगान्तकारी परिवर्तनको महान आकांक्षा
Monday, 04.07.2008, 06:28pm (GMT+5.5)
युगान्तकारी परिवर्तनको महान आकांक्षा बोकेका नेपाली जनता यतिखेर इतिहासकै एउटा महत्वपर्ूण्ा तर उत्तिकै जटिलतम घुम्तीमा आइपुगेका छन् । अनेकौं व्यवधान, शंकै-शंका र चर्चा-षड्यन्त्रका चट्टानहरु पार गरेर संविधानसभा निर्वाचनको अन्तिम घडी आइपुगेको छ । नेपालको राजनीतिक परिघटना र विकासक्रमले अकल्पनीय गति लिएको छ । संविधानसभा निर्वाचनको प्रस्ताव केही वर्षअगाडिसम्म सीमित राजनीतिकर्मीहरुको मनोगत धारणामा सीमित थियो भने यसले राष्ट्रिय मुद्दाको रुप नै लिन नसक्ने व्याख्या विश्लेषणहरु गरिने गर्दथे । संविधानसभा निर्वाचन हाम्रो राष्ट्रिय एजेण्डा नभै बाहृयरुचि र रणनीतिक स्वार्थका कारण प्रक्षेपित मुद्दाका रुपमा समेत चर्चित हुने गर्दथ्यो । समयको अन्तरालमा परिवर्तनका धेरै लहरहरु चले । देश नेकपा माओवादीले सुरु गरेको सशस्त्र जनयुद्धमा होमियो । दश वर्षो जनयुद्धकालीन अवस्थामा १५ हजारभन्दा बढी नेपाली सपुतहरुको ज्यान गुम्यो, हजारौं जनता घाइते भए, बालबच्चा टुहुरा भए । बाँचेका नेपालीले पनि शान्तिको सास फर्ेन पाएनन् । हजारौं हजार वेपत्ता पारिए, घरवरिवारविहीन हुनेहरुको खासै गणना भएन । देश गृहयुद्धमा नै होमिएको प्रतीक भयो । राष्ट्रिय संरचना ध्वस्त हुने क्रम बढेर गयो । राष्ट्रिय लगानी र उत्पादकत्वमा ह्रास आयो । सोही अवधिमा लाखौं लाख युवाहरु वैदेशिक रोजगारीका लागि विदेशमा भौतारिन पुगे । युवा-बौद्धिक जनशक्ति विदेशिंदै गयो । राष्ट्रिय समृद्धिका लागि उपयोग हुनुपर्ने पूँजी र दक्ष-अदक्ष जनशक्ति सवै पलायन हुने क्रमको थालनी भयो । मुलुक हरप्रकारले रित्तो-रित्तो हुँदै गयो । समयको अन्तरालमा राजनीतिक घटनाक्रमले नयाँ मोड लियो । सशस्त्र जनयुद्धमा होमिएको नेकपा माओवादीले संविधानसभा निर्वाचनलाई राजनीतिक समझदारी र सहमितको विन्दुको रुपमा प्रस्तुत गर्यो । संसदीय मूलधारका सवै राजनीतिक दलहरुले माओवादीद्वारा प्रस्तुत सो मार्गचित्रलाई आत्मसात गरे । राजकीयसत्ता ग्रहण गरेका राजाले पनि सात दलको मार्गचित्र बन्न पुगेको संविधानसभा निर्वाचनलाई परोक्ष रुपमा स्वीकार गरेको अनुभूत भयो । अन्ततः संविधानसभा निर्वाचन राजनीतिक निकासका निम्ति निर्विकल्प माध्यम बन्यो । यतिखेर आमनेपाली जनता संविधानसभाका निम्ति मतदान गर्ने व्यग्र प्रतिक्षामा छन् । प्रतिक्षाको घडी नजिकिंदा उत्साह, उमंग र कुतुहलता एकसाथ जागृत भएको छ । यो ऐतिहासिक घडीले नेपाल र नेपाली जनताको सुदूर भविष्यलाई कुनरुपमा आलोकित गर्ने हो भन्नेबारे र्सवत्र जिज्ञासा जागृत छ । नेपाली जनता शान्तिपर्ूण्ा निर्वाचनको प्रतिक्षामा छन् । विगतका संसदीय निर्वाचनहरुमा अस्वस्थ प्रतिस्पर्धाका अवाञ्छित कसरतहरु जुनरुपमा देखिने गरेका थिए तीबाट उब्जेका विकृति र समस्याले मुलुकलाई प्रजातन्त्रको संस्थागत विकास, स्थायी शान्ति, राजनीतिक स्थिरता र आर्थिक समृद्धिको बाटोमा अगाडि बढाउन नसकेकाले नै माओवादी जनयुद्धको पृष्टभूमि र त्यसका लागि उर्बर वातावरण तयार गर्यो भन्ने तथ्य घटनाक्रमले नै सिद्ध गर्यो । २०४६ सालको सफल मानिएको जनआन्दोलनपछि आन्दोलनकारी दलहरुकै पहल र संलग्नतामा बनेको 'नेपाल अधिराज्यको संविधान २०४७' लाई विश्वकै उत्कृष्ट संविधान भनेर मूलधारका राजनीतिक नेताहरुले गर्वोक्तिको लहर उठाए । समयको गतिले त्यसलाई इतिहासको अँध्येरो कोठातिर फ्याँकिदियो । माओवादी जनयुद्धले उठाएका मुद्दाहरुलाई त्यसले सम्बोधन नै गर्न सकेन । त्यसको आयु त २०१९ मा जारी भएको पञ्चायती संविधानको जति पनि भएन । त्यसका बाबुआमा मानिएका राजनीतिक दलहरुले नै त्यसको प्रतिरक्षा गर्न सकेनन् र आफैं विकल्प प्रस्तावमा होमिए । संविधानसभा निर्वाचनको अपरिहार्यता त्यसैको परिणाम हो । संविधानसभा निर्वाचन प्रस्तावमा पछाडि अतीतका को कसका रणनीतिक स्वार्थहरु प्रक्षेपित थिए भन्ने कुरा सुदूरभविष्यसम्म पनि खोज र अनुसन्धानकै रुचिपर्ूण्ा विषय बन्नसक्छ तापनि वर्तमानको यथार्थ के हो भने यसलाई आमनेपाली जनताले भविष्यलाई उज्यालो दिने प्रवेशद्वारका रुपमा आशाप्रद दृष्टिले हेरिराखेका छन् । अन्तर्रर्ााट्रय समुदायले पनि संविधानसभा निर्वाचनलाई नितान्त सकारात्मक रुपले हेरेर हरप्रकारको सहयोग जुटाइरहेका छन् । सवल र राजनीतिक निकासको रथ हाँक्ने राजनीतिक नेताहरुले यो निर्वाचनलाई र्सार्थक परिणामदायी बनाउन कति सघाउने हुन् भन्ने मात्र हो । विगतको तिक्तता नदोहोरियोस् र संवैधानिक निकासको क्रम भविष्यमा भंग नहोस् भन्ने चाहना हो । संविधानसभाको निर्वाचन शान्तिपर्ूण्ा निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुनसके मात्र त्यसले भविष्यप्रति आशा र आस्था जगाउन सक्छ ।र् र्सवमान्य परिणाम संविधानसभा निर्वाचनका सर्न्दर्भमा आमजनताले गरेको अपेक्षा हो । निर्वाचनको पर्ूवसन्ध्यामा राजनीतिक क्षितिजमा जेजस्ता काला बादलहरु मडारिएका छन् तीबाट भविष्यप्रति आशंका गर्नुपर्ने ठाउँ बाँकी नै रहनु हुँदैन । नेपालको भविष्य निर्धारण गर्ने हामी नेपालीले नै हो । अरुको आडभरोसा र निर्देशनले मुलुकलाई व्रि्रहको दिशातिर धकेल्छ भन्ने तथ्यबोध गर्न अब पनि हामी चुक्यौं भने देशले भविष्यमा ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ । यो देशको र्सार्वभौमिक अखण्डता, स्थिरता, शान्ति र विकासका लागि राष्ट्रिय एकताको जग नै बलियो बनाउनु पर्दछ । त्यो हामी नेपालीकै जिम्मेवारीको विषय हो । संविधानसभाको निर्वाचन परिणाम र्सवस्वीकार्य हुनसके मात्र हाम्रो राष्ट्रिय सपना पूरा हुन्छ भन्ने हाम्रो दृढ अभिमत छ ।
|