नयाँ युगको थालनी
Monday, 04.21.2008, 05:35pm (GMT+5.5)
संविधानसभाको निर्वाचन शान्तिपर्ूण्ा वातावरणमा सम्पन्न भएको छ । नयाँ वर्ष२०६५ को प्रवेशसंगै नेपाली जनता नयाँ युगमा प्रवेश गरिरहेका छन् । नेपालको समसामयिक राजनीतिक घटनाक्रमले ऐतिहासिक मोड लिएको छ । हिजोसम्म कसैले कल्पना नगरेका कुराहरु आज यथार्थमा परिणत भएका छन् । इतिहासका निर्माता जनता हुन् भन्ने फेरि सिद्ध भएको छ । जनताको अभिमत आमूल परिवर्तनको पक्षमा उर्लिएर अभिव्यक्त भएको छ । जनताले गोप्य मतदान गरेर मतपेटिकाका माध्यमबाट आफू आमूल परिवर्तनको पक्षमा रहेको पर्याप्त अनुभूत गराएका छन् । जनताको यो ऐतिहासिक निर्ण्र्ाााई कतिपयले पचाउन नसकेर यसलाई अस्वाभाविक, असन्तुलित, अनपयुक्त, अवाञ्छित जस्ता अनेकौं विशेषण लगाएर आमूल परिवर्तनको सन्देशलाई आत्मसात गर्न हिच्किचाइरहे तापनि नेपाल अब यथास्थितिवादी राजनीतिक चिन्तनधारलाई खलबल्याएर धेरै अगाडि बढेको छ । नेपाली जनता साँच्चि नै राजनीतिक नेताहरुभन्दा धेरै अगाडि छन्, दूरगामी सोचका छन् र समयको गतिलाई पारख गर्नसक्ने क्षमताका छन् भन्ने तथ्यको उद्घाटन एक युगमा एकपटक आउने संविधानसभा निर्वाचनको परिणामले देखाएको छ । प्रजातान्त्रिक निर्वाचन प्रक्रियाका माध्यमले आमूल परिवर्तनको सन्देश प्रवाह गर्न मेची-महाकाली, हिमाल-तर्राई सवै क्षेत्रका जनताले जसरी ऐक्यवद्धता पर््रदर्शन गरे त्यो विष्मयकारी मात्र नभै नयाँ नेपाल निर्माणका लागि मार्ग निर्देशक पनि बनेको छ । नेपाली जनताको यो समवेत स्वरलाई नयाँ-पुराना सवै राजनीतिक नेताहरुले आत्मसात गरेर सहकार्य गर्नुपर्ने आवश्यकता अहिले छ । इतिहासको कालक्रममा विरलै आउने यस्तो क्षणले नेपाली जनताको राजनीतिक संचेतनालाई जुनरुपमा प्रस्तुत गरेको छ त्यसले राष्ट्रिय-अन्तर्रर्ााट्रय परिवेशलाई नै कम्पित गराएको छ । नेपाली जनता दर्ीघकालीन परिणामको प्रतीक्षामा छन् । आस्था, विश्वास र सम्भावनाको नयाँ चरण सुरु भएको छ । आफूलाई युगान्तकारी परिवर्तनको पक्षमा उभ्याउने जनता निश्चय नै बधाइका पात्र छन् र अभिनन्दनीय बनेका छन् । संविधानसभा निर्वाचनमा नेपाली जनताले उत्साहपर्ूण्ा सहभागिता देखाए । र्सार्वभौम नेपाली जनता आमूल परिवर्तनको पक्षमा रहेको निर्वाचन परिणामले प्रमाणित गरिदियो । नेपालको राजनीतिक इतिहासमा नयाँ अध्यायको प्रारम्भ भयो । नेपाली जनताले २००७ सालको ऐतिहासिक परिवर्तनको क्षणभन्दा पनि उर्त्र्सगपर्ूण्ा सहभागिता देखाए तर दर्ीघकालीन परिणाम प्रजातन्त्रको संस्थागत विकास र सुदृढताको पक्षमा रुपान्तरित भएन । २०३६ सालमा पनि परिवर्तनको नेतृत्वले त्यसलाई आत्मसात गरेर व्यवस्थित गर्न सकेन । २०४६ सालको जनआन्दोलनमा पनि जनताले उर्त्र्सगपर्ूण्ा भूमिका खेले र परिवर्तनको पक्षमा आफूलाई दह्रो रुपमा प्रस्तुत गरे । संसदीय राजनीतिक अभ्यास पुनः सुरु भयो र पनि नेपाल र नेपालीको अनुहार फेरिएन । नेकपा माओवादीले ४० सूत्रीय माग राखेर २०५१ साल फागुन १ गते सशस्त्र जनयुद्ध सुरु गर्यो । दश वर्षो अन्तरालमा मेची-महाकालीमा पानी मात्र बगेन, रगतको खोलै बग्यो । नेपाल आमाका हजारौं सपुतहरुले जीवनको बलिदान दिए । बुद्धभूमि नेपाल रक्तरञ्जित भयो । त्यसले मुलुकलाई आमूल राजनीतिक परिवर्तनको संघारतिर धकेल्यो । २०६२-०६३ को शान्तिपर्ूण्ा जनआन्दोलन त्यसैको पृष्टभूमिमा ऐतिहासिक बन्यो । राजनीतिक विधर्मीहरु एकाकार भए, आमूल परिवर्तनका लागि सम्भावनाको नयाँ ढोका खोलियो । अन्ततः नेपालको राजनीतिक मूलधार फेरियो । अकल्पनीय गतिमा राजनीतिक घटनाक्रम विकसित भए । र्सार्वभौम नेपाली जनताले आफ्ना लागि नयाँ संविधान लेख्न आफ्ना प्रतिनिधि चुन्ने ऐतिहासिक अवसर उपयोग गरे । नेपाली जनताको निरन्तरको आमूल परिवर्तनकारी चाहनाले विगतमा जसरी पटकपटक धोखा पाएका थिए त्यस्ता प्रवृत्ति र क्षण अब दोहोरिएनन् भने अब साँच्चै नै नयाँ नेपालको निर्माण हुनेछ, स्थायी शान्ति र विकासका माध्यमले सवल राष्ट्रको निर्माण हुनेछ । नेपाली जनताको सपना साकार हुनेछ । नयाँ युगको थालनी निश्चय नै चुनौतीपर्ूण्ा छ । नेकपा माओवादीले संविधानसभा निर्वाचनको मुद्दामा अडिएर राजनीतिक सहकार्यको मिलनविन्दुका रुपमा यसलाई जुनरुपमा स्थापित गर्यो, अब त्यसलाई सफल परिणतिको अवस्थामा पुर्याउने गुरुत्तर अभिभारी पनि नेकपा माओवादीकै काँधमा आएको छ । नेपाली जनताले अरुले उठाएको मुद्दा र पाएको अवसरलाई भजाएर राजकीय सत्ता उपभोग गर्ने अवसरवादी राजनीतिक शक्तिहरुलाई किनारा लगाएर अब सहायक भूमिकामा मात्र रहन निर्देश गरेका छन् भने नेकपा माओवादीलाई राज्यको पुनःसंरचना र नयाँ नेपाल-सबल नेपाल निर्माणका लागि दरिलो नेतृत्व प्रदन गर्न जनादेश दिएका छन् । संविधानसभा निर्वाचनमा नेकपा माओवादीले प्राप्त गरेको जनमत विमष्कारीका साथै आमजनतालाई उद्वेलित पार्नेखालको छ । नेपाली कांग्रेस र नेकपा एमालेजस्ता स्थापित ठूला राजनीतिक दलहरुले विगतमा जनताको अभिमतलाई सत्तास्वार्थमा मात्र परिणत गर्न गर्दैआएको अभ्यासलाई ठाडै इन्कार गरे । त्यसको वाञ्छित लाभ नेकपा माओवादीको हातमा परेको छ । नयाँ नेपाल निर्माणका लागि नेकपा माओवादीले जुन खाका तयार गरेको छ त्यसलाई जनताले अनुमोदन गरिदिएका छन् । नेकपा माओवादीले आर्जन गरेको राजनीतिक शक्तिको आधार हिजोसम्म बन्दुकको बल मानिन्थ्यो भने अब जनमतको बलमा रुपान्तरित भएको छ । यसका निम्ति नेकपा माओवादी पनि बधाइको पात्र छ । राष्ट्रिय एकता र अखण्डतालाई अक्षुण राखेर स्वाभिमानी र सबल नेपाल निर्माणका लागि नेतृत्व गर्ने ऐतिहासिक अवसर माओवादीले प्राप्त गरेको छ । हिंसाको बाटो परित्याग गरी बहुदलीय प्रतिस्पर्धाको प्रजातान्त्रिक अभ्यासमा समाहित भएर नेकपा माओवादीले जसरी राजनीतिक शक्ति निर्माण गरेकेा छ त्यसले विश्व राजनीतिमा नै नयाँ प्रतिमान कायम गरेको छ । यसका भावी परिणामहरु अझै पनि कुतुहलता र रोचक जिज्ञासाको विषय बनेका छन् । जनमतको कुशल व्यवस्थापन हुनसके मात्र नयाँ नेपाल-स्वाभिमानी र सबल नेपालको निर्माण सम्भव छ । स्वप्नशील नेपाली जनता अहिले त्यसैको प्रतिक्षामा छन् ।
|