नेपाली जनमानसका जिज्ञासाहरु
Monday, 04.28.2008, 06:39pm (GMT+5.5)
संविधानसभा निर्वाचनको परिणामले नयाँ नेपाल निर्माणको चाहनालाई कुनरुपमा कसरी गति प्रदान गर्ने हो भन्नेबारे र्सवत्र कुतुहलता व्याप्त छ । अपेक्षाकृत शान्तिपर्ूण्ा वातावरणमा सम्पन्न भएको निर्वाचनमा नेपाली जनताको उत्साहपर्ूण्ा सहभागिता देखिए तापनि कुनै प्नि दलले दर्ुइ तिहाईको त कुरै छोडौं सामान्य बहुमत समेत प्राप्त गर्न नसकेको भए पनि नेकपा माओवादीले प्रत्यक्ष र समानुपातिक दुवैतिर अग्रता हाँसिल गरेर वर्तमान नेपालको प्रमुख र निर्ण्ाायक राजनीतिक शक्तिको रुपमा आफूलाई उभ्याएको छ । संविधानसभाको निर्वाचनदेखि लिएर संघीय गणतन्त्रसम्मको मुद्दालाई नेपालको राजनीतिमा स्थापित गर्ने र ती मुद्दालाई परिणामदायी दिशातिर डोर्याउने काममा माओवादीले खेलेको भूमिकाले नै सो दललाई यो हैसियतमा स्थापित गरेको हो भन्ने कुरामा कुनै शंका छैन । राज्यको पुनःसंरचनादेखि लिएर राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरणका अनेक आकांक्षाहरु जनमानसमा जागृत गराएर राजनीतिक शक्ति आर्जन गर्न सफल भएको नेकपा माओवादीले अहिलेसम्म जति चामत्कारिक कामहरु गर्दैआएको छ त्यसलाई अब कुन दिशा दिएर कस्तो गति निर्धारण गर्दछ भन्नेबारे नेपाली जनमानसमा अनेक जिज्ञासाहरु जागृत छन् भने नेपाली जनताका उर्लदा आकांक्षाहरु र वर्तमानको अव्यवस्था, अराजकता, अभाव र दिशाहीनताको स्थितिबीचको दूरी मेटाउन गर्नुपर्ने चुनौतीपर्ूण्ा कामहरु पनि त्यत्तिकै छन् । आन्तरिक राजनीतिक व्यवस्थापनभित्रका जटिलताहरु एकातिर आफ्नै ठाउँमा छन् भने अर्कातिर जनजीवनलाई प्रत्यक्ष प्रभाव पारिरहेका विकराल समस्याहरु पनि उत्तिकै चुनौतीपर्ूण्ा छन् । त्यसका अतिरिक्त नेपालको राजनीतिक परिवर्तन र दिशा निर्धारणमा निर्देशनात्मक भूमिका स्थापित गर्न निरन्तर प्रयत्नशील बाहृयशक्तिको हस्तक्षेपकारी भूमिकालाई विस्थापित गर्नु र राष्ट्रिय स्वाभिमानलाई उच्चो राखेर आत्मनिर्ण्र्ााो अधिकार अभ्यासलाई नयाँ ढंगले परिचालित गर्नु पनि त्यत्तिकै चुनौतीपर्ूण्ा छ । नेपाली जनता जहिल्यै पनि बाहृयशक्तिको हस्तक्षेपकारी भूमिकाको विपक्षमा छन् तापनि स्थापित राजनीतिक नेतृत्वपंक्तिले भने त्यसलाई आत्मसात गरेर आत्मसम्मानपर्ूण्ा भूमिका स्थापित गर्न नसक्दा त्यसबाट नेपाली जनमानसमा निरन्तर चोट पुग्ने गरेको छ । आमूल परिवर्तनको नेपाली जनआकांक्षाभित्र बाहृय हस्तक्षेपका शृङ्खलाहरु पनि अब नदोहोरियुन् भन्ने छ । संविधानसभाको निर्वाचन परिणाम र्सार्वजनिक भैसकेपछि नयाँ सरकार गठनको सवालदेखि लिएर राजनीतिक शक्ति सन्तुलन, समीकरण र भावी दिशा अवलम्बनबारे सवैतिर गम्भीर चासो बढ्नु नितान्त स्वाभाविक छ तर नेपाली जनताको चाहना विपरीत यी सवालहरुमा पनि बाहृयशक्तिका खेलहरु अनपेक्षित ढंगले मडारिन थालेका छन् र कूटनीतिक तहबाट पुनः निर्देशनात्मक भूमिकालाई निरन्तरता दिन चर्को सक्रियता देखाइन थालेको खुलस्त भैसकेको छ । कुनै पनि क्षेत्रमा निरंकुशताको विपक्षमा रहेका नेपाली जनता बाहृयशक्तिको अंकुशमा नेपालको आन्तरिक परिस्थिति प्रभावित हुनुहुन्न भन्ने दृढ मान्यतामा छन् तापनि पराश्रयी चरित्र वरण गर्दैआएको यथास्थितिवादी राजनीतिक नेतृत्ववर्गलाई प्रभावित पारेर नेपाली जनताको आत्मसम्मानमा प्रहार गर्ने भित्री खेलहरु चलिरहेको आभास अहिले पनि हुनुलाई सहज रुपमा लिन सकिन्न । कार्यकाल सकिएर पनि संविधानसभा निर्वाचन नसकिंदासम्म राजनीतिक वृत्तमा दह्रो चलखेल गरेका भारतीय राजदूत शिवशंकर मुखर्जी स्वदेश फर्किनासाथ नेपाल आएका नयाँ राजदूत राकेश सुदको राजनीतिक नेताहरुसंग भेटघाट गर्ने सक्रियता जुनरुपमा देखिएको छ त्यसले राजनीतिक समीकरणका आन्तरिक खेलमा समेत प्रभाव पार्ने सम्भावनाका संकेतहरु देखापर्न थालेका छन् । नेपालले आमूल राजनीतिक परिवर्तनको नयाँ दिशा ग्रहण गर्दा छरछिमेकसितको सम्बन्ध र समग्रतामा अन्तर्रर्ााट्रय सम्बन्धलाई पनि नयाँ आलोकमा हर्ेर्नु जरुरी छ । नयाँ नेपाल भनेको- स्वाभिमानी नेपाल, समृद्ध नेपाल, बाहृय हस्तक्षेपमुक्त नेपाल नै हो, परोक्ष रुपमा गुलाम नेपाल, आत्मनिर्ण्र्ाावहीन नेपाल र अकिञ्चन नेपाल होइन । पुराना संरचनाहरु बदल्ने क्रममा नयाँ सोच, नयाँ आधार र नयाँ कार्यक्रमहरु पनि आवश्यक छन् । जनसंख्यामा भएको अतिक्रमण, सीमा अतिक्रमण र खुला सीमाको वर्तमान अवस्थाले उब्जाएका समस्यालाई यथास्थितिमा राखेर पनि नयाँ नेपालको निर्माण हुन सक्दैन । हरेक प्रकृतिका अतिक्रमणलाई रोकेर अन्तर्रर्ााट्रय मान्यता अनुरुप समानताका आधारमा सम्बन्ध विकसित गर्न सके मात्र राष्ट्रको स्वाभिमान कायम हुनसक्छ । एकतन्त्रीय राणाशासन ढल्नै लागेको बला भारतले सन् १९५० मा गरेको असमान सन्धिले समयको क्रममा नेपाली स्वाभिमानमाथि पारेको चोटलाई नेपाली जनताले सधैं कुण्ठाग्रस्त भएर सहनुपरेको छ भने असमान सन्धि र व्यवहारका अनेक प्रकरणहरु अभिलेखमा रहेका छन् । ती सवै प्रकरणहरुको पुनरावलोकन गरी हस्तक्षेपमुक्त एवं समानतापर्ूण्ा व्यवहारका लागि आधार खडा गर्न अपरिहार्य पहलको आवश्यकता छ । बाहिरी शक्ति केन्द्रहरुलाई नै शक्तिको स्रोत मान्ने परम्पराले अब पनि निरन्तरता पायो भने नयाँ नेपालको आकांक्षा पूरा हुन सक्दैन । स्वाभिमानी र यथार्थमा स्वतन्त्रताप्रेमी नेपालीको आकांक्षा र सपना फेरि पनि अधुरै रहनेछ । अब त्यस्तो नहोस् ।
|