राजनीतिमा नैतिकताको सवाल
Monday, 05.12.2008, 05:38pm (GMT+5.5)
नेपालको राजनीतिमा नैतिकता र जिम्मेवारीको प्रश्न बेलाबखत उठ्ने गर्दछ । अहिले पनि केही राजनीतिकर्मीहरुले यस्ता प्रश्न उठाउन थालेका छन् । लामो समयदेखि राजनीतिमा नैतिकता र जवाफदेहिताको खडेरी परेकाले नेपालको राजनीतिले स्वस्थ, स्वाभाविक र अपेक्षित गति लिन नसकेको हो भन्दा कत्ति पनि अत्युक्ति हु"दैन । राजनीतिमा अन्योल, अस्थिरता र अनिश्चितता लामो समयसम्म रहिरहनु र आन्तरिक राजनीतिमा बाह्यशक्तिका प्रक्षेपित खेलहरु चल्दै जानुका पछाडि पनि राजनीतिमा नैतिकता पराजित हु"दैजानु प्रमुख कारण रहेको मान्नैपर्ने हुन्छ । क्षणिक राजनीतिक स्वार्थका लागि राष्ट्रिय स्वार्थलाई तिलाञ्जली दिनेसम्मका क्रियाकलापहरु मूलधारभित्रका भनिने राजनीतिक समूहहरुभित्र नै व्याप्त छन् । जो अगुवा उसैले बाटोमा फोहोर गर्दै हिंड्ने अपसंस्कृतिको विकासले राष्ट्रहितमा समाहित मूलधारको राजनीति कुन हो भन्ने चिन्न नै गाहारो परिसकेको छ । देशलाई माया गर्ने राजनीतिक नेतृत्वको विकास हुन नसक्दाको पीडा नेपालले लामो समयदेखि भोग्दैआएको छ । यस्तै प्रवृत्तिको निरन्तरताले स्वतन्त्र नेपालको सुदूर भविष्य सुनिश्चित हुन नसक्ने चिन्ता र आशंका जागृत भैरहेका छन् । नेपालको राजनीतिमा समयसमयमा अग्रता हा"सल गरेका समूहहरुले जनविश्वासलाई स्थायी रुपमा जोगाउन सक्ने हैसियत र क्षमता नै राखेका छैनन् । राष्ट्रिय स्वार्थलाई तिलाञ्जली दिंदै बाह्यशक्तिलाई रिझाएर शक्ति आर्जन गर्ने र सत्ता उपभोगको अवसर प्राप्तगर्ने एक किसिमको होडवाजीले आमजनताको आकांक्षा र राष्ट्रिय आवश्यकतामाथि सधैं खेलवाड हुने गरेको छ । नैतिक मूल्य र मान्यताका, सिद्धान्त र आदर्शका अनि राष्ट्रिय स्वाभिमानका यावत् अपेक्षित कुरालाई तिलाञ्जली दिंदै क्षणिक सत्ता स्वार्थमा मात्रै रमिरहने लामो समयदेखि विकसित भएको अपसंस्कृति अब पनि फेरिएन र त्यसले निरन्तरता पाइराख्यो भने त्यसका दुष्परिणामहरुले नेपाली जनताको स्वाभिमान र आकांक्षालाई मात्र आघात पुर्याउने नभै मुलुकको एकता, अखण्डता र सिंगो भविष्यलाई समेत कोपर्नेछ । चिन्ताका क्षणहरु र लहरहरुबाट नेपाली जनमानस अहिले पनि मुक्त हुन नसकेको कटुयथार्थ नै हो ।
संविधानसभा निर्वाचन सम्पन्न भएको एक महिना नाघिसक्यो । जनमतका आधारमा नया" सरकार बनाउने कामसमेत भएको छैन । सत्ताको नेतृत्व हा"केको नेपाली कांग्रेस निर्वाचनमा नराम्रोसंग पराजित भयो, सरकारका मन्त्रीहरु पनि नराम्रोसंग पराजित भयो, पार्टर्ीीभापति तथा प्रधानमन्त्री कोइरालाका पारिवारिक सदस्यहरुलाई पनि जनताको अदालतले हराइदियो तर यसका निम्ति पार्टर्ीीेतृत्व र सरकारको नेतृत्वले कुनै लज्जाबोध गरेन, जवाफदेहिताबोध र नैतिक जिम्मेवारीबोध गरेन । लोकलज्जाको पनि कुनै ख्याल भएन । नेपालको समसामयिक राजनीतिक नेतृत्व कति जवाफदेहिताविहीन र नैतिक स्खलनको चरम सीमामा पुगेको रहेछ भन्ने तथ्यको उद्घाटन यो प्रकरणले गरेको छ । निर्वाचनको नतिजा र्सार्वजनिक भएपछि नेकपा एमालेका महासचिव माधवकुमार नेपालले पदत्याग गरेर नैतिक जिम्मेवारीबोधको आभास दिए भने एमालबेबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुले पनि सामूहिक राजीनामा दिएर लाज बचाउने उपाय अपनाए । नेपाली कांग्रेसले आफूलाई नेपाली राजनीतिको माउ पार्टर्ीी प्रजातान्त्रिक आन्दोलनको अग्रणी भन्दै आए पनि राजनीतिक नैतिकता र जिम्मेवारीबोध गर्न सकेन । गिरिजाप्रसाद कोइराला र उहा"को भृत्यमण्डलीका लागि हिजो पनि राष्ट्रिय स्वार्थभन्दा दलगत स्वार्थ, गुटगत स्वार्थ र व्यक्तिगत स्वार्थ ठूलो थियो, नैतिक मूल्य, मान्यता एवं सिद्धान्त र आदर्शभन्दा सत्तास्वार्थ नै ठूलो थियो भने परिवर्तित सर्न्दर्भमा पनि गिरिजा नेतृत्वको कांग्रेसले त्यो संस्कार र प्रवृत्ति परित्याग गर्न सकेको देखिएन । पार्टर्ीीे केन्द्रीय समितिको बैठकमा उठेका नैतिक जिम्मेवारी र जवाफदेहिताका सवालहरु हावाले उडाएर लगे । नेपाली कांग्रेसका निर्वाचित एक सदस्य पर्ूण्ाबहादुर खड्का अहिले एकमात्र कांग्रेसी नेता देखिएका छन् जसले लोकलज्जाबाट बच्न केन्द्रीय सदस्यबाट राजीनामा दिएका छन् । नेपाली कांग्रेसभित्र निर्वाचनमा जनताले तिरस्कार गरेपछि कांगेसले तत्काल सरकार छोड्नुपर्ने र अब बन्ने सरकारमा पनि सामेल नभै प्रतिपक्षमा बस्नुपर्ने आवाज उठाउनेहरु प्रशस्त देखिएका छन । सिद्धान्त, आदर्श, मूल्य, मान्यता सवै तिलाञ्जली दिएर केवल सत्ताका लागि जे पनि गर्न र जस्तो पनि निर्देशित भूमिकामा उत्रन पछाडि नपर्ने नेपाली कांग्रेसको नेतृत्वले नैतिक जवाफदेहिताका आदर्शवादी मूल्य-मान्यताको सम्मान गर्ने कुनै आवश्यकता ठानेको छैन । बाह्यशक्ति र स्वार्थको गोटी बनेर अझै पनि सत्ताको बागडोर आफ्नै हातमा राखिरहन सकिन्छ कि भन्ने दुःस्वप्नमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला रहनु वैचारिक विचलन र नैतिक स्खलनको चरम नमूना मात्र हो । योभन्दा ठूलो जनमतको अपहेलना अर्को हुन सक्दैन ।
नेपाल यतिखेर राष्ट्रको पुनःसंरचनाको क्रममा छ । नया" नेपालको खाका कोर्न संविधानसभाको निर्वाचन सम्पन्न भएको छ । यो बेला पनि राष्ट्रिय स्वाभिमानमाथि नै खेलवाड हुने गरी बाह्यशक्तिका हस्तक्षेपकारी चलखेलहरु धूमधामसंग चलिरहेका छन् । नेपाली जनमतको बलमा मात्र होइन बाह्यशक्तिसंग आत्मर्समर्पण समेत नगरिकन सत्तामा पुग्ने र हा"ँक्ने आकांक्षा कसैले नराखे हुन्छ भन्ने बोध गराउन अनेक प्रकृतिका कसरतहरु भैरहेका छन् भन्ने आभास निरन्तर मिलिरहेको छ । यस्तो अवाञ्छित प्रवृत्तिको निरन्तरता राजनीतिमा नैतिकताको ह्रास भएको कारणले नै पाएको हो । क्षणिक स्वार्थमा लिप्त भएर एक आपसमा जुधिरहने र सहमति सिर्जनाका नाममा बाह्शक्तिको भूमिकालाई अपरिहार्य रुपमा स्वीकार गर्दैजाने प्रवृत्ति रहिरहेसम्म मुलुकले नया" दिशा ग्रहण गर्न सक्दैन । आन्तरिक मामिलामा बाह्शक्तिको हस्तक्षेपकारी भूमिका राजनीतिक नेतृत्वको नैतिक पराजयको द्योतक भएकाले नैतिक मूल्यको राजनीतिक संस्कार निर्माण नै नया" नेपाल निर्माणका लागि र्सवाधिक ठूलो चुनौती हो भन्ने कुरामा कुनै द्विविधा छैन ।
|