Yugasambad.Com.Np
National Weekly
 
Wednesday, 01.07.2009, 02:03pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल ; राजनीतिक संकट गहिरिंदै जाने संकेत
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
सम्पादकीय
 
आजको मूल प्रश्न
Monday, 05.26.2008, 06:59pm (GMT+5.5)

नेपाल युग परिवर्तनको संघारमा आइपुगेको छ । आस्था र विश्वासका मात्र होइन आशंका र चिन्ताका क्षणहरु पनि अनुभूत भैरहेका छन् । जननिर्वाचित संविधानसभाको पहिलो बैठक भोलिबाट सुरु हुँदैछ । निर्वाचित, समानुपातिकबाट छनोट भएका र सत्ताधारी दलहरुको भागवण्डापर्ूण्ा सहमतिबाट मनोनित भएका गरी छ सय एकजना सभासद् रहने संविधानसभाको पहिलो बैठकले नेपालका भावी राजनीतिक दिशा निर्धारणमा कस्तो कदमको सुरुवात गर्ने हो भन्ने आमजिज्ञासा र्सवत्र जागृत हुनु स्वाभाविक नै छ । संविधानसभाको पहिलो बैठकबाट लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन गर्ने निर्ण्र्ाासत्ताधारी सात दलले निर्वाचनपर्ूव नै गरेका र निर्वाचन परिणामले पनि तिनै दलहरुलाई अग्रतामा ल्याएकाले गणतन्त्र कार्यान्वयनको एजेण्डा र्सवाधिक उत्सुकता र चासोको विषय बन्नु पनि उत्तिकै स्वाभाविक छ । बडामहाराजा पृथ्वीनारायण शाहको दूरदर्शी नेतृत्वमा नेपालको पर्ुनर्एकीकरण भएपछिको दर्ुइ सय ४० वर्षो इतिहास मेटेर राजतन्त्रको अन्त्य गरी लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन गर्ने दिशामा अगाडि बढेका दलहरुले राजतन्त्रविनाको नेपाललाई अहिलेकै जस्तो एकीकृत, अखण्डित र र्सार्वभौमसत्ता सम्पन्न राष्ट्रका रुपमा जोगाइराख्न सक्छन् कि सक्दैनन् भन्ने प्रश्न पनि योबेला गम्भीर रुपमा उठेको छ । नेपालको राजनीतिले अहिलेको अवस्थामा आइपुग्दासम्म आन्तरिक समायोजन र व्यवस्थापनमा अपेक्षित मार्ग अवलम्बन गर्न नसकेको कटु यथार्थ नै हो । राजनीतिक आरोह अवरोहका अनेकौं चरणमा आन्तरिक कसरतले र आन्तरिक सहमतिलेभन्दा पनि बाहृय रुचिका खेलहरुले निर्ण्ाायक भूमिका खेल्दैआएको नमीठो इतिहास निर्मित हुँदैआएको छ र आमूल परिवर्तनको नयाँ संघारमा आइपुग्दासम्म पनि त्यो क्रम टुटेको छैन । राजतन्त्र र प्रजातन्त्रलाई एक अर्काका परिपूरकका रुपमा अनुभूत गराउने अपेक्षित वातावरणको सिर्जना गर्न नसक्दाका अवाञ्छित परिणामहरु नेपाली जनताले लामो समयदेखि भोग्दैआएका हुन् । मुलुकभित्रका विभिन्न शक्तिहरुबीच समन्यात्मक चरित्रको विकास नहुँदा मुलुकले राजनीतिक-सामाजिक द्वन्द्वका अनेकौं चरणहरु पार गर्दै आयो र त्यसभित्र विदेशी शक्तिले नराम्रोसंग खेल्ने मौका पायो । नेपाली जनताको र्सार्वभौम अधिकारमाथि नै अंकुश लगाउने, उपहास गर्ने र निर्देशनात्मक भूमिका स्थापित गर्ने नवउपनिवेशवादी चरित्रका खेलहरु नेपालको राजनीतिक क्षितिजमा अहिले पनि मडारिइरहेका छन् भनी युग परिवर्तनको संघारमा आइपुग्दा पनि अनुभूत हुनु नै दुःख, आशंका र चिन्ताको विषय हो । इतिहासको एउटा अध्यायको अन्त्य र अर्को अध्यायको सुरुवात हुनु नै ठूलो उपलब्धि होइन । ठूलो उपलब्धि त त्यतिखेर मात्रै हुन सक्छ जतिबेला नेपाली जनता आमसहमतिको बाटो अवलम्बन गरी राष्ट्रिय एकता र अखण्डताको रक्षा गर्दै र्सार्वभौम अधिकार उपभोग गर्न र मुलुकलाई समृद्धिको दिशामा हाँक्न सक्षम सावित हुनेछन् । उत्साह र उमंगपर्ूण्ा प्रतीक्षा त त्यस्तै क्षणको मात्र हो । नेपाल अब त्यो अवस्थामा पुग्न सक्छ सक्दैन आजको मूल प्रश्न त्यही नै हो ।

नेपाली जनता सधैं नै परिवर्तनको पक्षमा छन् । नेपाली जनता राष्ट्रियताका पूजारी छन् । यथास्थितिमा रमिरहने नेपाली जनताको प्रवृत्ति छैन । त्यसै गरी नेपाली जनता कुनै पनि प्रकृतिको बाहृय हस्तक्षेपको विरुद्धमा छन् । तर नेपालको राजनीतिक नेतृत्वले समयसमयमा राजनीतिक परिवर्तनका लागि अग्रणी भूमिका खेल्दै आए पनि नेपाली जनताको भावनालाई पर्ूण्ारुपमा आत्मसात गर्न सकेको छैन । युगान्तकारी परिवर्तनका ऐतिहासिक क्षणहरुपछि नेपाली जनता सधैंजसो छक्किदै, उपेक्षित हुँदै आएका छन् । २००७ सालअघिको कुरा छोडौं २००७ को परिवर्तनपछि नेपाली जनताको आकांक्षा र आवश्यकतालाई अनुभूत गरेर राजनीति र सत्ता परिचालन गर्ने परिणामदायी रचनात्मक प्रयास नभएकाले नै नेपालले युगसापेक्ष गति लिन नसकेको हो । राजनीतिक आरोह अवरोह, अधिकार हरण र द्वन्द्वका अनेक लहरहरु उठ्नाका कारण पनि तिनै हुन् । इतिहासको यो कालखण्डमा नेपालभन्दा पछौटे, साना र स्रोत साधनविहीन कतिपय मुलुकले विकास र समृद्धिको बाटो अवलम्बन गरेर राष्ट्रिय एकता बलियो पार्दै आफ्नो देशलाई सबल राष्ट्रका रुपमा परिणत गरे । तर आन्तरिक राजनीतिक समायोजन र व्यवस्थापनको अभावमा नेपाल सधैं पछाडि धकेलिंदै गयो । आन्तरिक कलह र पारस्परिक असहयोगको दर्ुदान्त स्थितिलाई भजाएर बाहृय हस्तक्षेपका अनेक लहरहरु प्रवेश भए । राजनीतिक परिवर्तनका मुहानहरु कहिल्यै पनि संग्लिन पाएनन् । त्यसैको दर्ुदान्त नियति नेपालीले भोग्दै आउनुपर्‍यो । नेपालको भविष्य अब त्यतातिर नडोरियोस् भन्ने कामना गर्नु सिवाय अर्को विकल्प छैन । नेपालले सिक्किमको नियति भोग्नु नपरोस्, नेपाल अफगानिस्तान पनि नबनोस्, चिन्तापर्ूण्ा चासो अहिले यस्तो पनि छ । युगान्तकारी परिवर्तनको यो क्षणलाई भविष्यमा कुनै पनि स्वाभिमानी नेपालीले पश्चाताप र आत्मग्लानीका रुपमा अनुभूत गर्न नपरोस् । नेपाली जनताले आफ्नो भविष्य निर्माण आफ्नै हातले गर्न पाउने अवसरको सिर्जना होस् । हामी अहिले यस्तै अपेक्षा मात्र राख्न सक्छौं ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
पाठ्यपुस्तकको अभाव ः लाजमर्दो अवस्था (05.19.2008)
राजनीतिमा नैतिकताको सवाल (05.12.2008)
kqsfl/tf M k]zfut dof{bfsf] vfFrf] (05.08.2008)
नेपाली जनमानसका जिज्ञासाहरु (04.28.2008)
नयाँ युगको थालनी (04.21.2008)
युगान्तकारी परिवर्तनको महान आकांक्षा (04.07.2008)
अनर्थै अनर्थका कुरा (03.31.2008)
अनर्थ नहोस् (03.24.2008)
उपेक्षा गर्न नमिल्ने पक्ष (03.17.2008)
निर्वाचन आचारसंहिता र उल्लंघनको क्रमबद्धता (03.10.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 

© Neeraz.Com 2007
[Top Page]