Yugasambad.Com.Np
National Weekly
 
Wednesday, 01.07.2009, 01:55pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल ; राजनीतिक संकट गहिरिंदै जाने संकेत
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
सम्पादकीय
 
आमूल परिवर्तनको सन्देश
Monday, 06.02.2008, 05:35pm (GMT+5.5)

नेपाल जेठ १५ गते रातिदेखि राजतन्त्रविहीन संघीय लोकतान्त्रिक गणतन्त्र घोषित भएको छ । मन्त्रिपरिषद्को निर्ण्र्ाााट मनोनित हुनुपर्ने २६ सभासद्हरुको मनोनयनविना संविधानसभा गठनको संवैधानिक प्रक्रिया पूरा नहुने यथार्थ एकातिर रहँदा रहँदै पनि पाँच सय ६४ सभासद् उपस्थित रहेको संविधानसभा बैठकले पाँच सय ६० सभासद्हरुको मतबाट दर्ुइ सय ४० वर्षलामो शाहवंशीय राजतन्त्रको अन्त्य भएको घोषणा गरी संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयन भएको उद्घोष गरेर नेपाललाई नयाँ युगमा प्रवेश गराएको छ । लामो इतिहास भएको राजतन्त्रको सहज अवसान र गणतन्त्रको स्थापनाका पछाडि विश्लेषणयोग्य अन्तरनिहीत कारणहरु अनेक छन् तापनि नेपाल अब लोकतान्त्रिक गणतन्त्रको नयाँ युगमा प्रवेश गरेको कटुयथार्थलाई जो कोहीले पनि आत्मसात गर्नैपर्दछ र नयाँ नेपालको रुपान्तरण प्रक्रियालाई सकारात्मक र सिर्जनात्मक सोच राखेर सघाउनु बाहेकको अर्को विकल्प छैन । हालै सम्पन्न संविधानसभाको निर्वाचनमा आमूल परिवर्तनकामी नेपाली जनताले जुन रुपमा आफ्नो अभिमत व्यक्त गरे त्यसलाई विश्लेषण गर्दा नेपाली जनता राज्यको पुनःसंरचनाका लागि तयार भएको स्वतः प्रष्ट हुन्छ । समय बलवान् छ, समयको गतिलाई कसैले पनि रोक्न सक्दैन र समयले अवलम्बन गरेको बाटो अस्वीकार गरेर कसैको पनि अस्तित्व संरक्षित हुन सक्दैन भन्ने तथ्यलाई अहिलेको घटनाक्रमले पनि राम्रोसंग पुष्टि गरेको छ । मानिसले अतीतलाई कदापि विर्सन सक्दैन तापनि अतीतको गाथा गाएर वर्तमानको तीव्रवेग र गति पनि रोकिन सक्दैन । समयको गति चिनेर तदनुरुपका कदम चाल्दै जानसके मात्र वर्तमानमा पनि अस्तित्वको रक्षा हुन सक्दछ । अस्तित्वरक्षाको सवाल व्यक्ति, संस्था, समूहको मात्र होइन, राष्ट्रसित पनि सम्बन्धित छ । आन्तरिक राजनीतिक समायोजनको अभाव र अनपेक्षित अन्तरविरोधका कारण स्वतन्त्र राष्ट्रको अस्तित्व समेत हराउने गरेको तथ्य इतिहासका पानामा अंकित छन् । आमूल परिवर्तनको गति अविवेकीय शैलीमा हाँकियो र दूरगामी दृष्टि रहन सकेन भने अकल्पनीय र अवाञ्छित परिणामहरु पनि आउन सक्छन् भन्ने कुरालाई कसैले पनि उपेक्षा गर्न मिल्दैन । अहिले नेपाली जनताले आमूल परिवर्तनको दिशालाई ग्रहण गरेका छन् । नेपाली जनताले सवै नेपाली अटाउने, कुनै पनि नेपाली जनताले उपेक्षित एवं हीनताबोध गर्नुनपर्ने, राष्ट्रिय समृद्धिका लागि एकतावद्ध भएर काम गर्नपाउने र राष्ट्रिय एकता, सद्भाव, अखण्डता र र्सार्वभौमिकताको पर्ूण्ा अनुभूति हुने वातावरण सिर्जनाको अपेक्षा गरेका छन् । आम नेपाली जनताको सपना भनेकै अखण्डित, अविचलित, विकसित नेपाल नै हो । नेपाली जनताले सत्ता संर्घष्ाका अनेक स्वरुप देख्दै, त्यस्ता प्रवृत्तिबाट सिर्जित विकृतिहरु भोग्दै आए । परिवर्तनका प्रत्येक क्षणमा विकृति उन्मूलन र समृद्ध नेपाल निर्माणको आकांक्षा राख्दै आए । तर नेपाली जनताको समृद्ध नेपालको सपना मृगतृष्णा मात्र सावित हुँदैआयो । अबका दिन त्यस्ता नहुन र मुलुकले साँच्चिकै परिवर्तनको अनुभूति गर्न पाओस् । आमूल परिवर्तनको सुखद् परिणाम अनुभूत गर्न पाउने सहज परिस्थितिको सिर्जनातिर हामी सवै नेपालीका कदमहरु अगाडि बढुन् । तव मात्र नयाँ नेपाल निर्माण हुनसक्छ, नेपाली जनताका आकांक्षाहरु तृप्त हुनसक्छन्, लोकतान्त्रिक गणतन्त्र नेपालको र्सार्थकता त्यसमा झल्कन सक्छ । सडकमा पोखिने गरेको उत्साह र उमंगलाई निराशा र वितृष्णामा परिणत हुन नदिन आजैदेखि समवेत स्वर र प्रतिवद्ध सामूहिक प्रयासको बाटो अवलम्बन हुनर्ुपर्छ । राष्ट्रिय एकता र अखण्डता नै खलबलिने गरी अन्तरविरोध चर्काएर संकर्ीण्ा महत्वकांक्षा पूरा गर्ने निषेधात्मक प्रवृत्तिहरु नै यथार्थमा आमूल परिवर्तनका बाधक हुन् भन्ने तथ्यलाई सवैले आत्मसात गर्न सके अवश्य नै नयाँ नेपालको निर्माण हुनसक्छ, सवै नेपालीको सपना पूरा हुनसक्छ ।

नेपाल अहिले परिवर्तनको संघारमा छ । राज्यको रुपान्तरण गर्ने वैधानिक आधार खडा भएको छ । नेपाली जनताले २००७ सालको प्रजातान्त्रिक परिवर्तनलाई पनि आत्मसात गरे, २०१७ सालको परिवर्तनका परिणाम पनि भोगे, २०३६ साल र ०४६ सालमा पनि परिवर्तनको पक्षमा आफूलाई उभ्याए तर ती कुनै पनि परिवर्तनले समृद्धशाली नेपाल निर्माणको आकांक्षा पूरा गर्न सकेनन् । २०६२-०६३ को आन्दोलनको अपरिहार्यता त्यसैको पृष्टभूमिमा खडा भयो । नेपालको राजनीतिक घटनाचक्रले नायकको आवरणमा देखिएका कतिपय खलनायकहरुको आवरण उतार्दै गयो । जनताका सामु बाँडिएका सपनाहरु भंग मात्र हुँदै गए । शान्ति-समृद्धि र राष्ट्रिय एकताको अपरिहार्यतामाथि नै ग्रहण लागेको अवस्था सिर्जना हुँदैगयो । देश र जनतामाथि धोखा सिवाय केही भएन । संवैधानिक विकास प्रक्रिया निरन्तर अवरुद्ध हुँदै आयो । विगत छ दशकको कालखण्डमा नेपालभन्दा साना र साधन स्रोतविहीन कतिपय मुलुकले विकास र समृद्धिको बाटो समाते, हामी नेपाली भने आन्तरिक कलहमा रमाउने र अरुकै उपयोगमा मात्र आइरहने अवस्थाबाट गुज्रिन पुग्यौं । नियतिले हामीलाई धेरै पछिपार्दै लग्यो । आर्थिक परनिर्भरता मात्रै होइन राजनीतिक परनिर्भरताको दर्ुर्नियतिपर्ूण्ा बाटो अवलम्बन हुन थाल्यो । त्यसका दुष्परिणामहरु पनि छ्यापछ्याप्ती छन् । आमूल परिवर्तनको आकांक्षा तृप्ती र समृद्ध नेपाल निर्माणका निम्ति यस्ता प्रवृत्तिहरु हिजो पनि बाधक थिए भने भोलि पनि बाधक बन्न सक्छन् । सजगता र शतर्कता अपनाउनुपर्ने अति महत्वपर्ूण्ा पक्ष भनेको यो पनि एउटा हो । नेपाली जनताले आमूल परिवर्तनको सन्देश ग्रहण गरिसकेका छन् । त्यसको प्रतिफलको व्यग्र प्रतिक्षा अहिले भैरहेको छ । आफूबीचका अन्तरविरोध केलाएर असहमतिकै बीचबाट आफैं सहमति खोज्ने अनवरत प्रयास हुनसके मात्र आमूल परिवर्तनको सकारात्मक परिणाम निकट भविष्यमा नै अनुभूत हुनसक्छ भन्नेमा हामी विश्वस्त छौं । आमूल परिवर्तनमुखी नयाँ युगलाई हाम्रो न्यानो अभिवादन ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
आजको मूल प्रश्न (05.26.2008)
पाठ्यपुस्तकको अभाव ः लाजमर्दो अवस्था (05.19.2008)
राजनीतिमा नैतिकताको सवाल (05.12.2008)
kqsfl/tf M k]zfut dof{bfsf] vfFrf] (05.08.2008)
नेपाली जनमानसका जिज्ञासाहरु (04.28.2008)
नयाँ युगको थालनी (04.21.2008)
युगान्तकारी परिवर्तनको महान आकांक्षा (04.07.2008)
अनर्थै अनर्थका कुरा (03.31.2008)
अनर्थ नहोस् (03.24.2008)
उपेक्षा गर्न नमिल्ने पक्ष (03.17.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 

© Neeraz.Com 2007
[Top Page]