|
धर्तीपूत्रहरुको आवाज
Monday, 07.07.2008, 06:41pm (GMT+5.5)
देश अहिले मधेसी दलदलमा फँसेको छ । राष्ट्रिय संकटलाई यो प्रकरणले गम्भीर मोडमा पुर्याएको छ । नेपालमा मधेस नभए पनि मधेसीहरु छन् र तिनै मधेसीहरुले नेपालको अखण्डभूमि तर्राईलाई मधेस नामाकरण गरेर 'एक मधेस एक प्रदेश'को नारा उरालेर संविधानसभाको बैठक अवरुद्ध पार्दै आएका छन् । एक मधेस एक प्रदेशको प्रक्षेपित अवधारणा मुलुकलाई विखण्डनतिर धकेल्ने सुनियोजित षड्यन्त्रभित्रको एउटा योजना हो भन्ने प्रष्ट किटान गर्दै तर्राईका आदिवासी जनजाति थारुहरु त्यो षड्यन्त्रको विरोधमा सडकमा उत्रिएका छन् । धर्तीपुत्र देशप्रेमी ती जनताको आवाजमा अहिले सिंगो नेपालीको आत्मा बोलेको छ । राष्ट्रिय एकता र अखण्डताको पक्षमा जनजागरण पैदा गरेर राष्ट्रिय जागरणको अभियान छेड्ने महान कार्य सुरु भएको छ । मुलुकलाई विखण्डनको षड्यन्त्रबाट जोगाउने अभियानको थालनी तर्राईका आदिवासी भूमिपुत्रहरुले नै गरेका छन् । यस अर्थमा उनीहरु अभिनन्दनीय छन् । यो मुलुक जोगाउनका लागि- राष्ट्रिय एकता र अखण्डता जोगाउनका लागि विखण्डनकारी सोच अनुरुप प्रक्षेपण गरिएको 'एक मधेस एक प्रदेश'को अवधारणाविरुद्ध राष्ट्रिय अभियान नै अपरिहार्य भैसकेको छ । मधेसवादीहरुले व्यवस्थापिका संसद्को कार्यभार समेत ग्रहण गरेको संविधानसभाको बैठक लामो समयदेखि चल्न दिएका छैनन् । अन्तरिम संविधानको पाँचौ संशोधनको प्रक्रिया अवरुद्ध भएको छ । विगतमा सत्ताधारी दलहरुले प्रकारान्तरले 'एक मधेस एक प्रदेश'को प्रक्षेपित अवधारणाकासामु अल्पकालीन सत्तास्वार्थ पूरा गर्न दर्ीघकालीन राष्ट्रहित विरुद्ध सम्झौता गर्ने महाभूल गरेकाले नै त्यसैको आडमा मधेसवादीहरुले वितण्डा मच्चाएका हुन् । मधेस कुन हो, कहाँदेखि कहाँसम्म हो भन्ने समेत परिभाषित नगरी मधेस स्वायत्त प्रदेशको माग स्वीकार गर्दै भारतीय राजदूतावास परिसरभित्र गएर सम्झौताका निम्ति जुन सहमति गरियो त्यो नै राष्ट्रघात थियो भन्ने कुरा आजको समयले नै सिद्ध गरेको छ । सत्ता स्वार्थको रक्षाका निम्ति सत्ताधारीहरुले गरेको त्यो महाभूल सच्याउनुपर्ने महान् सन्देश दिंदै तर्राईका देशप्रेमी आदिवासीहरुले 'एक मधेस एक प्रदेश' मान्दैनौं भनेर जसरी शंखनाद गरेका छन् त्यसबाट विखण्डनवादी रणनीतिक अभियानविरुद्ध राष्ट्रिय चेतना जागृत भैरहेको र नेपाली जनतामा देशभक्तिको धार कसैले मारेर मर्न नसक्ने अवस्थामा रहेको प्रष्ट भएको छ । राष्ट्रिय स्वाभिमान र स्वार्थलाई बन्धकीमा राखेर संकर्ीण्ा र अल्पकालीन महत्वाकांक्षा राखेर आत्मर्समर्पण गर्ने परावलम्बी मुठ्ठीभरका राजनीतिक नेताहरुले समयक्रममा जति नै गद्दारी गर्दैआए पनि नेपाली जनता उनीहरुको सती जाने पक्षमा छैनन् । नेपालीको स्वाभिमानी आत्मा मरेको छैन । यो महान् सन्देश तर्राईका आदिवासी भूमिपुत्रहरुले दिएका छन् । राष्ट्रिय अखण्डताको रक्षाका लागि यो शुभसंकेत हो ।
राष्ट्रका सामु उपस्थित सवभन्दा ठूलो संकट भनेको राष्ट्रिय एकता, अखण्डता र र्सार्वभौमिकतामाथि आँच आउनु नै हो । नेपाली जनताले यतिखेर त्यस्तै अपसकुनको संकट आइपरेको अनुभूत गरेका छन् । मधेसवादी दलहरु अहिले रणनीतिक उपयोगमा आएका छन् । उनीहरुले अहिले जुन गतिविधि देखाएका छन् ती विखण्डनमुखी छन् र भारतीय गुप्तचर संस्था 'रअ' र 'साउथ ब्लक'को रणनीतिक योजनाअनुसार भैरहेका छन् भन्ने कुरा तर्राईबासी नेताहरुले समेत खुलासा गरिरहेका छन् र संचार माध्यमहरुमा पनि धाराप्रवाह आइरहेका छन् । तर राष्ट्र विखण्डनको अस्वीकार्य र अति निन्दनीय अभियानमा लागेको खुला आरोप लाग्दा पनि मधेसवादी दलका नेताहरुले त्यो आरोपको प्रतिवाद गरेर राष्ट्रिय एकता, अखण्डता र र्सार्वभौमिकतामाथि उनीहरुको अभियानले आँच नपुर्याउने प्रत्याभूति दिने आँट गरेका छैनन् । उनीहरु जुन पृष्टशक्तिको बलमा 'एक मधेस एक प्रदेश' नमानेसम्म अवरोध खडा गरिरहने र परेमा तर्राई-मधेस नै ठप्प पार्ने हुँकार गरिरहेछन् त्यसले उनीहरुलाई निर्देशनको सीमा नाघेर देशभक्ति पर््रदर्शन गर्ने अनुमति नै छैन । तर्राईमा नेपालको राष्ट्रिय झण्डा जलाउनेहरु र तर्राईलाई नेपालबाट अलग गरी अर्कै राज्य बनाउने भन्दै हिंसात्मक गतिविधि जारी राख्नेहरु विरुद्ध संविधानसभाको बैठक अवरुद्ध गर्ने मधेसवादीहरु एक शब्द बोल्दैनन् बरु प्रकारान्तरले एउटै सिक्काको अर्को पाटोको रुपमा आफूलाई प्रस्तुत गर्दछन । नेपालको सम्वेदनशील भूराजनीतिक अवस्थिति जटिलतम् मोडमा पुग्नुको कारण पनि यही हो ।
नेपाली जनताको एउटै मात्र चाहना राष्ट्रिय एकता, अखण्डता, र्सार्वभौमिकता र स्वाभिमानमा आँच ल्याउने काम भूलबस पनि कुनै नेपालीबाट नहोस् भन्ने नै हो । मुलुकको पुनःसंरचनासहित आमूल परिवर्तनको दिशा निर्धारण गर्ने ऐतिहासिक संविधानसभाको निर्वाचनपछि राजनीतिक स्थिरता र शान्ति कायम हुनेछ र आम जनजीवनले अनुभूत गर्न सक्ने गरी अनुकूल परिणामदायी गतिविधि परिचालित हुनेछन् भनी जनताले गरेको अपेक्षामाथि प्रथम चरणदेखि नै तुषारापात हुनथालेको छ । राष्ट्रिय अस्तित्व नै खतरामा पर्न थालेका अशुभ संकेतहरु यथेष्ट रुपमा देखापरेका छन् । विदेशी चलखेल चरम रुपमा बढेको छ । यस्तो अवाञ्छित परिस्थितिको सिर्जना आत्मर्समर्पणवादी एवं पराश्रयी राजनीतिक नेतृत्वलाई रणनीतिक उपयोगमा ल्याएर नै भैरहेको छ । नेपाल सिध्याउने नाटकीय अभियानको रंगमञ्चमा कहिले कुनै नेता, कहिले कुनै नेता महानायक-नायकका रुपमा प्रस्तुत गरिंदै आएका छन् । राष्ट्रिय चेतना जनमानसमा जति छ त्यति पनि नेताहरुमा नरहेको विडम्वनापर्ूण्ा स्थिति बारम्बार उजागर हुँदैआएको छ । धर्तीपुत्रहरुले राष्ट्रिय अखण्डता र स्वाभिमानको रक्षाका लागि अहिले जसरी देशभक्तिपर्ूण्ा आवाज दिएका छन् त्यसबाट आजको राजनीतिक नेतृत्वले थोरै मात्र पनि शिक्षा लिएर बाहृय स्वार्थको रणनीतिक उपयोगमा आउने गलत बानीमा सुधार ल्याउने हो भने साम्प्रदायिक सद्भाव टुटाएर नेपालको अखण्डित स्वतन्त्र अस्तित्व समाप्त पार्न खोज्नेहरुले अवाञ्छित खेल खेलिरहने मौका पाउने छैनन् र नेपालको स्वतन्त्र अस्तित्व पनि सदा जीवित रहनेछ । नेपाली जनताको मर्ूत-अमर्ूत चाहना नै मूलतः यही हो ।
|