दासता होइन मित्रताको बाटो रोज
Monday, 07.21.2008, 05:29pm (GMT+5.5)
नेपालमा पहिलोपटक भएको राष्ट्रपति-उपराष्ट्रपति निर्वाचनको ताजा प्रसंगले फेरि एकचोटी नेपालको आन्तरिक राजनीतिमा भारतको चलखेल र खुला हस्तक्षेपलाई उजागर गरेको छ । संविधानसभाको निर्वाचनमा ६२ प्रतिशत मत आकषिर्त गर्न सफल भएका वामपन्थी राजनीतिक दलहरुबीच न्यूनतम समझदारी र सहकार्य स्थापित गर्न ठूला वाम दलहरुको अहंकार बाधक देखिएको पृष्टभूमिमा मुलुकको भावी राजनीतिक दिशा नै अन्योलग्रस्त हुन पुगेको कटुबोध एकातिर गराएको छ भने अर्कातिर त्यस्तो स्थिति सिर्जना गर्न भारतीय हस्तक्षेप नै मुख्य कारण रहेको ठहर राजनीतिक दलहरुले नै गरेका छन् । २०६२ मंसिर ७ गते भारतको राजधानीमा भएको निर्देशित सम्झौतापछि क्रियाशील हुँदैआएको सात दलीय गठबन्धनको सहमतीय राजनीति नाटकीय ढंगले बहुमतीय प्रणालीतर्फउन्मुख भएपछि सत्ता गठबन्धनका लागि नजिक पुगेका नेकपा माओवादी र नेकपा एमालेबीच अप्रत्यासित ढंगले पानी बाराबारको स्थिति उत्पन्न हुनपुगेको छ र अहिले ती दर्ुइ पार्टर्ीी नेताहरु एकले अर्कोमाथि ठूलो धोका दिएको आरोप लगाइरहेका छन् । आरोप लगाउने क्रममा नै नेकपा एमालेका नेताहरुले नेकपा माओवादीले भारतीय दबाबमा परेर रातारात दर्ुइ पार्टर्ीीच भएको सहमति उल्टाएको दावी गरेका छन् । नेकपा एमालेको भनाइमा राष्ट्रपतिमा एमालेले अगाडि सारेको उम्मेदवारलाई नै माओवादीले सघाउने निर्ण्र्ााभएको थियो तर त्यो निर्ण्र्ााकार्यान्वयन हुन नदिन भारतले माओवादीलाई दबाव दिएर सहमति तोड्दै रामराजाप्रसाद सिंहलाई उम्मेदवार बनाउन दबाब दियो र माओवादी र एमालेबीच सम्भव सहकार्य र सत्ता गठबन्धनको सेतु टुट्यो । त्यसो त भारतीय राजदूत राकेश सुदले गत असार १ गते नारायणहिटी राजदरबारलाई राष्ट्रिय संग्रहालय घोषित गर्न आयोजित कार्यक्रममा रामराजाप्रसाद सिंहलाई तपाईंको काँधमा ठूलो जिम्मेवारी आउँदैछ भनी अग्रिम बधाई दिएको प्रसंग पनि राजनीतिक वृत्तमा चर्चा बाहिर थिएन । अर्कातिर संविधानसभा निर्वाचनमा राम्रो अग्रता हाँसिल गरेपछि पनि नेकपा माओवादीलाई सरकार गठन गर्ने बाटो खुला नगर्न प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले खेलेको लज्जास्पद भूमिकाको पछाडि पनि भारतकै दबावपर्ूण्ा हात रहेको चर्चा माओवादीवृत्तभित्र उत्तिकै व्यापक थियो भने नेकपा माओवादीका नेताहरुले पनि बाहृय हस्तक्षेप त्यसमा पनि भारतीय हस्तक्षेप निरन्तर प्रवाहित भएको अनुभूत गराउँदै आएका थिए । त्यो पनि तथ्यको एउटा पाटो नै हो । नेपाली कांग्रेसका नेताहरु भारतीय हस्तक्षेपको खुला विरोध गर्न हिच्किचाउने गरे पनि एक आपसमा भने भारतीय हस्तक्षेप धानीनसक्नु र खपिनसक्नु भएको गुनासो गर्न पछि पर्दैनन् । नेपालको आन्तरिक राजनीतिमा भारतीय हस्तक्षेप रहने गरेको र त्यसबाट अनेक समस्या पैदा हुने गरेको स्वीकार गरेर पनि बारम्बार उसैको उपयोगमा आउने नियति स्वीकार गर्न प्रायः सवै ठूला दलका नेताहरु तम्तयार हुने शृङ्खला नटुट्नु एउटा पहेली नै हो । मुलुकको स्वाभिमानमाथि निरन्तर प्रहार हुने कारण पनि यही हो र मुलतः नेपालको आन्तरिक राजनीतिमा स्थायित्व कायम नहुने समस्याको मुहान पनि त्यही हो । नेपालले आमूल परिवर्तनकारी राजनीतिक दिशा ग्रहण गर्दा पनि भारतीय हस्तक्षेपको समस्या झन् तीब्र रुपमा बढ्नु तमाम देशभक्त नेपालीका लागि क्षोभको विषय हो भने जनपक्षीय राजनीतिको दावी गर्नेहरुका लागि ठूलो चुनौतीको विषय हो । वर्तमान प्रसंगले पनि यो तथ्यलाई राम्रैसंग उजागर गरेको छ ।र्
वर्तमान प्रसंगमा जीत कसको भन्ने सवाल गौण भएको छ । देशले जताततै हार्दै मात्र गएको तीतो अनुभूति बढ्दै गएको छ । जनताबाट अनुमोदित ठूला राजनीतिक दलहरु नै देशको संवेदनशील भूराजनीतिक स्थित्रि्रति सम्वेदनशील बन्न सकेका छैनन् । आफ्नो अभीष्ट पूरा गर्न बाहृयशक्तिको खुला हस्तक्षेप निम्त्याउन निरन्तर अग्रसर हुने दलका नेताहरु नै आफ्नो आकांक्षा तृप्त नहुनासाथ बाहृय हस्तक्षेपको तीतो सत्य उकल्न विवश हुने गर्दछन् । केही समय अगाडि मात्र पनि नेकपा एमालेका महासचिव झलनाथ खनालको के भनाइ प्रकाशमा आएको थियो भने- नेपालमा राजनीतिक गतिरोध जारी रहनुको कारण भारत हो र उसले विभिन्न दलमा 'प्रोभोकेशन'को काम गरिरहेको छ । यसलाई नेपालका राजनीतिक विश्लेषकहरुले पनि तीतो सत्यकै रुपमा स्वीकार गर्दैआएका छन् । यो प्रसंगमा उठ्ने गरेको अहं प्रश्न के पनि हो भने आखिर नेपालको आन्तरिक राजनीति र दलहरुको अन्तरसंरचनाभित्र भारतको नांगो हस्तक्षेपलाई निम्त्याउने र स्थापित गर्ने काम कसले गर्यो - यसको खुला जवाफ हो- राजनीतिक दलहरुले नै गरे । यो अहिले र्सवत्र स्वीकार गरिएको सत्य हो । यदि नेपालमा राजनीतिक स्थायित्वको चाहना ठूला राजनीतिक दलहरुले राखेका छन् र राष्ट्रिय स्वाभिमानको रक्षाप्रति राजनीतिक नेतृत्व थोरै मात्र पनि सचेत र संवेदनशील रहन चाहन्छन् भने भारतीय हस्तक्षेपबाट नेपाललाई कसरी मुक्त राख्ने भनी गम्भीर रुपमा सोच्नर्ुपर्छ र आन्तरिक सहमतिका लागि संकर्ीण्ा स्वार्थ त्यागेर रचनात्मक प्रयास गर्नैपर्दछ, दासता होइन मित्रताको बाटो रोज्नर्ुपर्दछ । यसको विकल्प छैन ।
|