प्रधानमन्त्री प्रचण्डलाई बधाई
Tuesday, 08.19.2008, 09:47am (GMT+5.5)
लोकतान्त्रिक गणतन्त्र नेपालको जननिर्वाचित प्रथम प्रधानमन्त्रीमा नेकपा माओवादीका अध्यक्ष क. पुष्पकमल दाहाल प्रचण्ड अत्याधिक बहुमतले निर्वाचित हुनु भएकोमा र्सवप्रथम उहाँलाई हार्दिक बधाई दिंदै उहाँको कार्यकालको पर्ूण्ा सफलताको कामना गर्दछौं । ऐतिहासिक संविधानसभाको निर्वाचन परिणाम र्सार्वजनिक भएदेखि नै नेपाली जनता र अन्तर्रर्ााट्रय समुदाय क. प्रचण्डकै प्रधानमन्त्रीत्वमा नयाँ सरकार बन्ने अपेक्षा राखेर प्रतिक्षारत थिए । नेपालको समसामयिक राजनीतिक गतिविधिभित्रका विकृतिपर्ूण्ा अनेकौं प्रक्षेपित खेलहरुले गर्दा सरकार गठन प्रक्रियामा विलम्ब हुँदै गए पनि अन्ततः चार महिनाको अन्तरालपछि नेपाली जनताले निर्वाचन मार्फ् अभिव्यक्त गरेको चाहना पूरा भयो । नेपालले राजनीतिक स्थिरता, दीगो शान्ति, युगसापेक्ष प्रगति र समृद्धिको तीब्र चाहना राखी तदनुकूलको वातावरण सिर्जनाको प्रतीक्षा गरिरहेको पृष्टभूमिमा इतिहासले सुम्पेको गुरुतर उत्तरदायित्व निर्वाह गर्ने अवसर क. प्रचण्डलाई मिलेको छ । सामन्ती संस्कारले जेलिएको नेपाली समाजको एउटा विपन्न परिवारमा जन्मिएर प्रयोगपरक जीवनका अनेक घुम्तीहरु पार गर्दै उहाँ अन्ततः सत्ता शिखरमा आइपुग्नुभएको छ । यहाँसम्मको यात्रा तय गर्दा उहाँको दृढ इच्छाशक्ति, अदम्य साहस र कुनै पनि विपरीत परिस्थितिलाई आफ्नो अनुकूल पार्न सक्ने क्षमता जुन रुपमा प्रदर्शित भएको देखियो, त्यसलाई समान्य रुपमा लिन मिल्दैन भने उहाँको त्यो चमत्कारिक व्यक्तित्वकै आधारमा नेपाली समाजको रुपान्तरण र नयाँ नेपालको संरचना हुनसक्ने आशा जागृत भएको जनस्वीकृत यथार्थ नै हो । नेपाली जनताले उहाँको सबल र गतिशील नेतृत्वमा नयाँ नेपालको निर्माण चाहेका छन् । नयाँ नेपाल, शान्त नेपाल, स्वाभिमानी नेपाल, आत्मसम्मननले गौरवान्वित नेपाल बनोस् । देशभक्त नेपालीहरुको सदाको चाहना यही नै हो र त्यो चाहना पूरा गर्ने जवाफदेहितापर्ूण्ा जिम्मेवारीमा क. प्रचण्ड पुग्नुभएको छ । लामो भूमिगत राजनीतिक जीवन र दश वर्षजनयुद्धदेखि लिएर प्रतिस्पर्धाको खुला राजनीतिमा होमिएर राजनीतिक शक्ति आर्जन गर्दासम्म उहाँले कुशल राजनीतिक नेतृत्वको क्षमता जुन चुनौतीका साथ पर््रदर्शन गर्नुभएको थियो, त्योभन्दा कठिन चुनौतीको सामना गर्नुपर्ने अवस्थामा उहाँ आइपुग्नुभएको छ । सबल, दूरदर्शी र समयको पहिचान गर्नसक्ने राजनीतिक नेतृत्वले मुलुकलाई छोटो समयमा नै राजनीतिक स्थायित्व, शान्ति, प्रगति र समृद्धिको बाटोमा डोर्याउन सक्छ भने सत्तारोहणलाई नै अन्तिम धेय राखेर सत्ता प्राप्तिपछि देश र जनता बिर्सर्ेेसंकर्ीण्ा स्वार्थवृत्तमा मात्र घुमी अवसरको दुरुपयोग हुन जाँदा मुलुकले दर्ुदान्त पीडा भोग्नर्ुपर्छ भन्ने र्सवकालिक तथ्यलाई आत्मसात् गरेर चुनौतीका पहाडहरु चढ्ने साहस र धर्ैयता क. प्रचण्डले देखाउन सके नेपाली जनताले निकट भविष्यमा नै नयाँ युगमा प्रवेश गरेको अनुभूति गर्न पाउने छन् । यही विश्वास राखेर नै नेपाली जनता लामो प्रतिक्षाको घडीमा बसेका छन् । बधाई र शुभकामनाको लहरले पनि त्यही अपेक्षा र आकांक्षा प्रतिबिम्बित गरेको छ ।
नेपाल यतिखेर चौतर्फी समस्याले घेरिएको छ । नेपाली जनता समस्यै समस्याको डोरीले बाँधिएका छन् । नेपालको राष्ट्रियता संकटमा पर्दै गएको र सिक्किमीकरणको खतरा बढेको सम्मका धारणाहरु जिम्मेवार राजनीतिक नेताहरुकै मुखबाट प्रवाहित भैरहेका छन् । राष्ट्रको अस्तित्व नै जोगिन सक्छ-सक्दैन भन्ने सवाल उठ्नु अत्यन्त संवेदनशील क्षण हो । नेपाल रहेन भने हामी कुनै पनि नेपालीको स्वाभिमान र अस्तित्व रहँदैन । राष्ट्र विखण्डन र विलयको दर्ुदान्त नियति भोगेका मुलुकहरु इतिहासको कालखअण्डमा अनेक भेटिन्छन । नेपालको स्वतन्त्रता, र्सार्वभौमिकता र अखण्डतामाथि नै आँच पुर्याउने खालका गतिविधिहरु लामो कालदेखि प्रक्षेपित हुँदै आएको तीतो अनुभव नेपाली जनतासंग छ । राष्ट्रियताको क्षयीकरण र राष्ट्रिय अखण्डतामाथिको सुनियोजित प्रहारलाई प्रत्यक्ष-परोक्ष सघाउने व्यवहार राजनीतिक क्षेत्र र सत्ताबाट प्रदर्शित हुने गरेको पीडादायी अभिलेख पनि तीतो सत्यकै रुपमा स्वीकार गर्नुपरेको छ । नेापलको सत्ता निर्माणदेखि लिएर सत्ता संचालनको राजनीतिमा बाह्यशक्तिको अवाञ्छित चलखेल राष्ट्रको सम्मान र मर्यादाका निम्ति निरन्तर चुनौती बन्दै आए पनि त्यस्तो अनपेक्षित परिस्थिति सिर्जना हुन नदिन हाम्रो राजनीतिक नेतृत्वदायी वर्ग सचेत र र्सतर्क देखिन सकेको छैन । नेपालमा उत्पन्न हुने राजनीतिक अस्थिरता र राजनीतिक समायोजनको समस्याभित्र पनि बाह्य प्रक्षेपणका निहितार्थ खेलहरु प्रमुख कारण रहने गरेको तीतो अनुभूति र्सवकालिक जस्तै छ । नयाँ नेपाल निर्माणका क्रममा खडा भएको र्सवाधिक ठूलो चुनौती पनि यही नै हो । मुलुकलाई बाहिरी स्वार्थको खेल मैदानबाट जोगाउन नसकेसम्म नेपालको राष्ट्रियतामाथि उत्पन्न हुँदैआएको खताराको अनुभूति मेटिन सक्तैन । राष्ट्र ठूला-साना, बलशाली-कमजोर, विकसित-अविकसित जे-जस्ता भए पनि सहअस्तित्वको भावना र अहस्तक्षेपको व्यवहारले नै स्थायी र भरपर्दो मित्रताको बोध गराउँछ । नेपालसंग सहकार्य गर्न चाहने नेपालका छिमेकी राष्ट्रहरुसंग नेपालले निरन्तर गर्नुपर्ने अपेक्षा पनि यही नै हो । यस्तो वाञ्छित परिस्थिति सिर्जना गर्न क. प्रचण्डको सत्ताले प्रभावकारी भूमिका खेलोस् भन्ने आम नेपालीको चाहना छ । नेपाल अव दश वर्षो जनयुद्धकालको जस्तो अस्थिर आतंक र विध्वंशको बाटोमा पनि कहिल्यै नफर्कोस् र संसदीय कालका जस्ता विकृतिपर्ूण्ा राजनीतिक अभ्यासहरु पनि नदोहोरिउन् भन्ने चाहना नेपाली जनताले राखेका छन् । यो चाहना पूरा गर्ने गुरुतर दायित्व अब क. प्रचण्डको काँधमा आएको छ ।
नेपाली जनताले लामो समयदेखि राजनीतिक नेताहरुका सत्ता हत्याउने र सत्ता जोगाउने मात्र प्रकृतिका खेलहरु देख्दै भोग्दै आएका छन् । त्यो क्रममा मुलुकले नेपाली भूभाग र जनस्रोतदेखि लिएर धेरै चीज गुमाउँदै आएको छ । सत्ताधारीहरु विभिन्न आवरणमा फेरिने गरेका भए पनि नेपालले आधारभूत रुपमा युगसापेक्ष परिवर्तनको दिशा अबलम्बन गर्न सकेको छैन । आफ्नै पूँजी, प्रविधि र सीपको विकास गर्न राष्ट्रिय स्रोत र जनशक्ति परिचालन गर्ने प्रयास पनि भएको छैन । नयाँ नेपालको निर्माणका लागि नयाँ कदमकै अपरिहार्यता छ । खेल मैदानका खेलाडीमा परिवर्तन हुने, खेलहरु भने पुरानै प्रकृतिका तर नयाँ शैलीमा मात्रै प्रस्तुत हुने भयो भने आमूल राजनीतिक परिवर्तनको कुनै र्सार्थकता रहँदैन । नेपाली जनताले राजनीतिक, आर्थिक, सामाजिक सबै क्षेत्रमा जनपक्षीय रुपान्तरण खोजेका छन् । नेपाली जनताको त्यो चाहना पूरा गर्न क. प्रचण्डको सरकार सचेत रहोस् भन्ने हाम्रो शुभकामना छ ।
|