प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण
Monday, 08.25.2008, 07:11pm (GMT+5.5)
नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' यतिखेर छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको पाँचदिने भ्रमणका क्रममा बेइजिङमा हुनुहुन्छ । चीनको राजधानी बेइजिङमा आयोजित ओलम्पिक खेलको समापन समारोहमा भागलिने कार्यक्रम राखेर उहाँ त्यहाँ पुग्नुभएको भए पनि प्रधानमन्त्री बनेपछि भारत भ्रमण गरेर मात्र अरु मित्रदेशको भ्रमण गर्ने पर्ूव परम्परा तोडेर उहाँ चीनको ऐतिहासिक भ्रमणमा जानुभएकाले पनि यो भ्रमणले विशेष महत्व राखेको स्वतः अनुभूत हुन्छ । नेपाल कम्युनिष्ट पार्टर्ीीाओवादीका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री प्रचण्डको पहिलो विदेश भ्रमण चीनमा नै हुनु एउटा संयोग जस्तै मात्र भए पनि यसले राजनीतिक-कूटनीतिक क्षेत्रमा विशेष चर्चाको स्थान ओगटेको छ । यो भ्रमणले नेपाल र चीनबीचको अत्यन्त विश्वासिलो र भरपर्दो सम्बन्धलाई नयाँ आयाम र नयाँ गति दिने क्रममा ठूलो आधारशीला खडा गर्ने र यसका सकारात्मक र सिर्जनात्मक परिणामहरु निकट भविष्यदेखि नै अनुभूत हुनसक्ने स्वतः अपेक्षा गर्न सकिन्छ । जनवादी गणतन्त्र चीन नेपालको असल मित्र हो । पञ्चशीलको आदर्श सिद्धान्तका आधारमा स्थापित द्विपक्षीय सम्बन्धले ठूलो र सानो, विकसित र अल्पविकसित, शक्तिशाली र कमजोरको कुनै भेद नराखी दर्ुइ देशबीचको मैत्री भावलाई जुन उचाइमा पुर्याएको छ, त्यो अनुपम उदाहरणको रुपमा छ । नेपालले वर्तमान समयमा आमूल राजनीतिक परिवर्तनको दिशा अवलम्बन गरेर मुलुकको भविष्य निर्धारण र निर्माणका निम्ति सम्भावनाको जुन नयाँ ढोका खोलेको छ, त्यसलाई आत्मसात गरेर मित्रराष्ट्र चीनले नेपालसितको सम्बन्धलाई नवीन आयाम र गति दिने विश्वास अभिवृद्धि गर्न यो भ्रमण सफल रहने विश्वास हामीले राखेका छौं ।
प्रधानमन्त्री क. प्रचण्डको चिनिया राष्ट्रपति हु जिन्ताओ र प्रधानमन्त्री वेन जियावाओसंग गत आइतबार छुट्टाछुट्टै भएको भेटवार्ताले द्विपक्षीय सम्बन्धलाई समयसापेक्ष नयाँ दिशामा प्रवाहित गर्न विश्वासपर्ूण्ा नयाँ आधार खडा गरेको विश्वास गर्न सकिन्छ । वर्तमान विश्व राजनीतिक सर्न्दर्भमा विकसित चीनको विस्तारित भूमिका अपरिहार्य मात्रै होइन, र्सवस्वीकार्य समेत बन्दै गएको छ । विश्व ओलम्पिक खेलको आयोजक राष्ट्रका रुपमा चीनले हाँसिल गरेको ऐतिहासिक सफलता र खेल मैदानमा हाँसिल गरेको अग्रताप्रति छिमेकी मित्रकारुपमा सम्पर्ूण्ा नेपाली गौरवान्वित छन् भने ऐतिहासिक सफलताको यो स्वणिर्म अवसरमा नेपाल र नेपाली जनताको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री क. प्रचण्ड स्वयं उपस्थित हुनु पनि त्यत्तिकै सुखद् संयोग बन्न पुगेको छ । ओलम्पिक खेलको समापन समारोहले उपलब्ध गराएको अवसरलाई उपयोग गरेर दुवै देशका नेताहरुले जुनरुपमा भावनात्मक ऐक्यवद्धता पर््रदर्शन गर्दै विचारको आदानप्रदान गर्नुभयो, त्यसले नेपाल र चीनबीचको सम्बन्धलाई परिवर्तित सर्न्दर्भमा समेत नयाँ उचाईमा पुर्याउन यथेष्ट बल पुर्याउने कुरामा कुनै सन्देह छैन । प्रधानमन्त्री प्रचण्डको विदेश भ्रमण भारतबाट सुरु होस् भन्ने खुला रुपमा प्रकट भएको आकांक्षा विपरीत परम्पराका शृङखला तोडेर समय र अवसरको उपयोग गर्न प्रधानमन्त्री प्रचण्डबाट देखाइएको अग्रसरता राष्ट्रिय सम्मान अभिवृद्धिको महत्वपर्ूण्ा कडी बन्नसक्छ । नेपालको आन्तरिक राजनीतिक परिवर्तन, सरकार गठन र सत्ता समीकरणका निरन्तर चल्ने खेलहरुमा निर्ण्ाायक भूमिका पर््रदर्शन गर्न निरन्तर लालायित बनेको भारतका लागि नेपालका नवनिर्वाचित प्रधानमन्त्रीको विदेश यात्राको पहिलो गन्तव्यस्थल चीन अप्रीतिकर लागेको कूटनीतिक-गैरकूटनीतिक दुवै क्षेत्रबाट जगजाहेर भैरहेको भए पनि चीन र भारत दुवै देशसित उत्तिकै मित्रताको अपेक्षा गर्ने देशभक्त स्वाभिमानी नेपालीका लागि असमान सम्बन्धको अपेक्षा राख्ने व्यवहार पनि अप्रीतिकर नै छ । मित्रराष्ट्र चीनले नेपालको राष्ट्रिय एकता, अखण्डता र र्सार्वभौमिकताको उच्च सम्मान गर्दै समानता र सहअस्तित्वका आधारमा सम्बन्ध परिचालन गरेर देखाएको आदर्श नमूनाको अनुशरण भारतबाट पनि भएको खण्डमा अप्रीतिकर स्थितिको सिर्जना नै हुनसक्ने छैन । विशेष सम्बन्धको हौवा पिटाएर प्रभुत्ववादी, विस्तारवादी र उपनिवेशवादी व्यवहार पर््रदर्शनको अभ्यास गर्नुको अब कुनै औचित्य छैन । परिवर्तित सर्न्दर्भ र वर्तमान विश्व वातारणले पनि नेपाली जनतालाई राष्ट्रिय स्वाभिमानको रक्षाका लागि मार्ग निर्धारण गर्ने चेतना र साहस प्रदान गरेको छ । नेपाल र चीनबीचको सम्बन्धमा कहीं कतै पनि कुण्ठागत अनुभूति छैन- सद्भाव, सहयोग र पारस्परिक विश्वासले नै मैत्री सम्बन्धलाई उचाइमा पुर्याएको छ । प्रधानमन्त्री क. प्रचण्डको चीन भ्रमणले यस्तै सन्देश प्रवाह गरेको विश्वास हामीले राखेका छौं ।
चीनका राष्ट्रपति हु जिन्ताओले नेपाली जनताले राजेको सामाजिक व्यवस्था र विकासको बाटोलाई चीनले सम्मान गर्ने प्रतिवद्धता व्यक्त गर्दै नेपालको आर्थिक र सामाजिक विकासका लागि हरप्रकारको सहयोग गर्न तयार रहेको विचार व्यक्त गरेर उच्च मैत्रीभाव पर््रदर्शन गरी सवै नेपालीको मन जित्नु भएको छ । दर्ुइ देशबीच सञ्चार र सहकार्य अपरिहार्य रहेको वस्तुतथ्यलाई पनि चिनीया नेताले इङ्गति गर्नुभएको छ । एक चीन नीतिमा सदा अडिग रहेको नेपालले मित्रराष्ट्र चीनविरुद्ध नेपालभूमि प्रयोग हुन नदिन गरेको प्रतिवद्धताले पनि उत्तिकै महत्व बोकेको छ । नेपाल र चीनबीचको आपसी विश्वास र उच्च मैत्रीभावमाथि आँच पुर्याउने खालका अवाञ्छित गतिविधिहरु नेपाल भूमिबाटै परिचालन गर्ने जेजस्ता प्रवृत्तिहरु बेलामौकामा देखिने गरेका छन्, तिनको निषेध र नियन्त्रण अपरिहार्य नै छ । प्रधानमन्त्री प्रचण्डबाट बेइजिङमा व्यक्त भएको प्रतिवद्धता काठमाडौंमा व्यवहारमा उत्रँदा द्विपक्षीय सम्बन्धले निश्चय अरु उचाई प्राप्त गर्नेछ । प्रधानमन्त्री क. प्रचण्डको चीन भ्रमणको र्सार्थकता निकट भविष्यले नै पुष्टि गर्ने विश्वास हामीले राखेका छौं ।
|