|
प्रधानमन्त्रीको प्रस्तावित भारत भ्रमणले उठाएको जिज्ञासाहरु
Monday, 09.08.2008, 05:31pm (GMT+5.5)
लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भदौ २९ गतेदेखि असोज २ गतेसम्म गणतन्त्र भारतको औपचारिक भ्रमण गर्नुहुने निधो भैसकेको छ । उहाँको पदभार ग्रहणपछिको पहिलो विदेश भ्रमण जनवादी गणतन्त्र चीनमा थियो तापनि प्रधानमन्त्री प्रचण्ड आफैंले आफ्नो पहिलो राजनीतिक भ्रमण भारतकै हुनेछ भनिसक्नु भएकाले उहाँको राजनीतिक भ्रमणको उपादेयता, प्रभाव र उपलब्धताबारे नेपाली जनमानसमा व्यापक कुतुहलता जागृत भैरहेको छ । हरेक क्षेत्रमा क्रमभंगताको प्रसंग उठ्ने गरेको पृष्टभूमिमा नेपाल-भारतबीचको परम्परागत सम्बन्ध र त्यसभित्रका असमान व्यवहारहरुको लामो शृङ्खला भंग गर्न यो भ्रमण कति उद्यत रहन्छ र नेपालको राष्ट्रिय स्वाधिनता, र्सार्वभौमिकता र अखण्डताको सवल रक्षाका निम्ति कति योगदानपर्ूण्ा रहन सक्छ भन्ने नै अहिले र्सवाधिक चासोको विषय बन्न पुगेको छ । बेलायती उपनिवेशबाट स्वतन्त्र भएपछि नयाँ चरणमा प्रवेश गरेको नेपाल-भारत सम्बन्धले अर्धऔपनिवेशिक मानसिकताको स्थिति र त्यसबाट समग्र सम्बन्धमा परेको प्रभावलाई न्यून गर्न नसकेको तथ्यबाट प्रधानमन्त्री क. प्रचण्ड आफैं विज्ञ हुनुहुन्छ भन्ने कुरा नेकपा माओवादीले सत्ता बाहिर रहँदा र जनयुद्ध संचालन गर्दा उठाएका मुद्दाहरुले नै पुष्टि गरिसकेका छन् । ती मुद्दाहरुलाई सत्तासंग सौदावाजी गरेर भविष्यमा लाञ्छना बोक्ने गल्ती उहाँबाट हुनेछैन भन्ने अपेक्षा गर्नु अहिले स्वाभाविक नै हुन जान्छ । नेपाल-भारत सम्बन्ध परिचालनका निम्ति नयाँ दृष्टिकोण र साहसको आवश्यकता छ । भारतको हैकमवादी दृष्टिकोण र हेपाहा-मिचाहा प्रवृत्तिको व्यवहारमा परिवर्तन ल्याई पञ्चशीलका आधारमा भावी सम्बन्ध संचालन गर्ने वाञ्छित परिस्थितिको सिर्जना हुनसके मात्र नयाँ नेपालको अनुभूति बढ्न सक्छ । इतिहासको क्रमवद्धतामा नेपाली जनताले धेरै सुने, धेरै भोगे । अब त्यो क्रम भंग हुन्छ हुँदैन - प्रतिक्षा त्यसैको मात्रै छ ।
पर्ूव स्थिति हर्ेदा भारत नेपालमा सधैं कमजोर र अस्थिर सरकार देख्न चाहन्छ र नेपालको राजनीतिक परिवर्तन र सरकार परिवर्तनसम्मका यावत् घटनामा आफ्नो प्रभावकारी निर्देशनात्मक भूमिका स्थापित गर्न चाहन्छ भन्ने कुरा कहीं लुके-छिपेको छैन । इतिहासको कालखण्डमा राष्ट्रिय स्वाधिनता, र्सार्वभौमिकता र अखण्डतामाथि नै आँच आउने प्रकृतिका अनेकौं शृङ्खलाहरु अभिलिखित छन् । सन् १९५० को 'शान्ति तथा मैत्री सन्धि'देखि लिएर कोशी, गण्डक, महाकाली हुँदै जलस्रोतका क्षेत्रमा भएका असमान सन्धिहरुको भार नेपालले थामिनसक्नु भैसकेको छ । त्यसको ताजा उदाहरण त भदौ २ गते यतादेखि कोशीले नै पेश गरिसकेको छ । राजनीतिक हस्तक्षेपको चपेटामा त नेपाल निरन्तर पर्दैआएको छ । वाकयुद्धका नयाँ शृङ्खलाहरु पनि यसैबीचमा सुरु भैसकेका छन् । प्रचण्ड सरकारलाई अल्पायुको सिद्ध गर्दै अन्योल र अस्थिरता सिर्जना गर्ने निर्देशित खेलहरु पनि उतैबाट संचालित भैरहेको प्रचूर आभाष छ । राष्ट्रिय एकताको वैचारिक बलका आधारमा वैदेशिक सम्बन्ध परिचालन गर्ने परिपाटीको प्रारम्भ अपरिहार्य भए पनि ठीक सो विपरीतका गतिविधिहरु सतहमा देखा परिसकेका छन् । प्रधानमन्त्री प्रचण्डले सिंगो नेपालको एक आवाज लिएर विदेश भ्रमणमा जानु पर्दछ र त्यसका निम्ति कठोर गृहकार्य जरुरी छ । उहाँको भ्रमण स्वाभाविक गतिमा नभै विशेष परिस्थितिमा हुन लागेको तथ्यलाई ओझेलमा पार्न मिल्दैन ।
प्रधानमन्त्री प्रचण्डको प्रस्तावित भारत भ्रमणले नेपाल भारत सम्बन्धका बहुआयामिक पक्षहरुका घटनाक्रमलाई सविस्तार उल्लेख गर्दै तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्य चीन भ्रमणमा जानुभएको प्रसंगदेखि लिएर उहाँको सो भ्रमण रोक्न भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरु आफैं समेत नेपाल आउने प्रस्ताव गर्न अगाडि सरेको प्रसंग समेत चर्चामा आइसकेका छन् । घटनाक्रमले के बुझाउँछ भने यो भ्रमणका सर्न्दर्भमा भारतले चाहेको कुरा के हो र त्यो फुत्काउन अथवा यो भ्रमणलाई आफ्नो एकल हितमा उपयोग गर्ने सम्बन्धमा भारत पर्ूण्ा तयारीकासाथ उपस्थित हुने कुरामा कुनै सन्देह छैन । उसले दर्ुइ देशबीचको मित्रवत् व्यवहारको सट्टा परिआए धम्की र दबाव समेत दिन पछिनपर्ने कुरा प्रचण्डको चीन भ्रमणताका नै दिल्लीबाट भारत सरकारले प्रकाशित गरेको आधिकारिक विज्ञप्तिले नै पुष्टि गर्दछ । कतिपय द्विपक्षीय मुद्दाहरुमा भारतीय दूतावास लैनचौरबाट विज्ञप्ति प्रकाशित गरेर कूटनीतिक सम्बन्ध निर्वाह गर्ने दिल्ली सरकारले प्रचण्डको चीन भ्रमणबारे आफैंले जेजस्तो भाषा प्रयोग गरेर दिल्लीबाटै विज्ञप्ति प्रकाशित गर्यो त्यसले पनि यो भ्रमणलाई दिल्लीले कस्तो आँखाले हेरिरहेको छ भन्ने लख काट्न सकिन्छ । प्रधानमन्त्री प्रचण्डको भाषामा यो उहाँको पहिलो राजनीतिक भ्रमण हो तापनि भारतीयहरुका लागि नेपालका प्रधानमन्त्रीहरुसंगको संवाद न त यो नै पहिलो हो न त उनीहरुको दृष्टिकोणमा नयाँ नेपालका निम्ति नयाँ आयामले सोच्ने विषयवस्तु नै हो । भारतले सवै साना छिमेकी देशहरुसित समानताको अथवा सद्भावना र मित्रताको मूल्यलाई आफ्नो सुरक्षा छातामुनी राखेर आफ्नो बडप्पन स्वीकार गराउने उद्देश्य राख्ने गरेको समान विश्लेषण दक्षिण एसियाली मात्र होइन युरोप-अमेरिकाका विश्लेषकहरुले पनि गर्ने गरेको भेटिन्छ । नेपालले यो सर्न्दर्भलाई कति अध्ययन गरेर कुन परिवेशमा आफूलाई उभ्याउला - त्यो त भ्रमणपछिकै विश्लेषणको विषय हो । जहाँसम्म भारतको सवाल छ- उसले सधैंजसो सुरक्षा अवधारणा राखेर नै व्यवहार गर्छ । सांस्कृतिक, सामाजिक, धार्मिक, आर्थिक पक्षदेखि लिएर ऐतिहासिक साक्षका प्राकृतिक मानचित्र समेतमा आफ्नै किसिमको बडप्पन पर््रदर्शन गर्ने उसको बानी नै छ । परिवर्तित सर्न्दर्भलाई पनि आफ्नै हितमा एकलौटी पार्ने रणनीति भारतको रहेको बुझ्न कुनै कठिनाई छैन । क्षेत्रीय महाशक्ति बनिसकेको भारत प्रभावक्षेत्र विस्तारको महत्वकांक्षा राखेर स-साना छिमेकी देशहरुमाथि गर्दैआएको थिचोमिचोको फेहरिस्त निकै लामो छ । भारतको प्रभुत्व विस्तारको औपनिवेशिक आकांक्षामा परिवर्तन नआएसम्म नेपालले गरेको अपेक्षा कदापि पूरा हुँदैन । प्रधानमन्त्री प्रचण्ड यी सवै पक्षको हेक्का राख्दै दह्रो गृहकार्य गरी उच्च मनोबल र दृढ इच्छाशक्ति राखेर मात्र भारत भ्रमणमा जानर्ुपर्दछ । समानताका आधारमा द्विपक्षीय सम्बन्धको सूत्रपात गर्नुपर्ने ऐतिहासिक अभिभारा उहाँको काँधमा छ । हामी उहाँको भारत भ्रमण नेपालको स्वाभिमान उच्चपार्ने दिशामा प्रेरित रहोस् भन्ने अग्रिम कामना गर्दछौं ।
|