Yugasambad.Com.Np
National Weekly
 
Wednesday, 01.07.2009, 11:45am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल ; राजनीतिक संकट गहिरिंदै जाने संकेत
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
सम्पादकीय
 
परिवर्तनको अनुभूति खै
Tuesday, 09.23.2008, 02:21pm (GMT+5.5)

बन्द, हड्ताल, तोडफोड, आगजनी, आमजनजीवनलाई प्रत्यक्ष प्रभाव पार्ने अत्यन्त नकारात्मक घटना भए पनि नेपाली जनताले त्यस्ता निषेधात्मक क्रियाकलापबाट तत्काल मुक्ति पाउनसक्ने कुनै सम्भावना देखिएको छैन । जनआन्दोलनको बलमा मुलुकले अपर्ूव राजनीतिक परिवर्तनको बाटो अवलम्बन गर्‍यो र संघीय लोकतान्त्रिक गणतन्त्रको नयाँ राजनीतिक परिवेशमा मुलुक प्रवेश गरिसक्यो र पनि आमजनजीवनलाई तत्काल पार्ने खालका यस्ता निषेधात्मक व्यवहारहरुको शृङ्खला टुटेको छैन । कुनै पनि वर्ग तथा समुदायका मानिसले आफ्ना कुनै पनि प्रकृतिका माग पूरा गर्नुपर्‍यो भने बन्द, हड्ताल, तोडफोड र आगजनी जस्ता निषेधजन्य उपायकै अवलम्बन गर्न अग्रसर हुने गरेको देखिन्छ । सुरु सुरुमा राजनीतिक आन्दोलनकारी शक्तिहरुबाट नै अवलम्बन गरिएको यस्तो प्रवृत्तिले अहिले अपसंस्कृतिकै रुपमा जरा गाडेको छ र राज्य संचालकहरुका सामु यस्ता प्रवृत्तिहरु गम्भीर चुनौतीका विषय बनिरहेका छन् । कतिपय सर्न्दर्भमा त स्वयं सरकारका क्रियाकलापहरु नै जनतालाई यस्ता गतिविधिमा उत्रन प्रेरित गर्ने कारण बन्ने गरेका छन् । सरकारले नीतिगत निर्ण्र्ाागर्दा समेत त्यसबाट उत्पन्न हुनसक्ने प्रतिक्रियाको ख्याल नगर्ने गरेको र अप्रत्यासित रुपमा घट्ने घटनामा पनि तोडफोड, आगजनी र बन्द, हड्ताल, जुलुश, नारावाजी नगरी कसैको आवाज नसुन्ने चरित्र पर््रदर्शन गर्दैआएकाले त्यस्ता गतिविधिहरुलाई कुनै पनि क्षेत्रका जनताले नियमित आकस्मिकताका रुपमा वरण गर्नुपर्ने हुँदैआएको छ । वास्तवमा भन्ने हो भने नेपाली जनताले अप्रत्यासित व्यवधान खडा हुने यस्ता प्रवृत्तिबाट तत्काल मुक्ति चाहेका छन् । नेपालको राजनीतिमा अहिले क्रमभंगताको जुन जोर चर्चा चलेको छ यस्ता पक्षमा पनि क्रमभंग भएर बन्द, हड्ताल, तोडफोड, आगजनी सदाका लागि अन्त्य होस् भन्ने र्सवसाधारण जनताको चाहना छ । आमूल राजनीतिक परिवर्तनको सन्देश अराजकता वृद्धितर्फउन्मुख भएको होइन- सुनिश्चितता र सुशासनतिर उन्मुख भएको अनुभूत गर्न जनताले चाहेका छन् ।

ताजा प्रसंगकै कुरा गर्दा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछिको पहिलो सरकारबाट प्रस्तुत भएको वाषिर्क बजेटले राजधानी काठमाडौंलाई दर्ुइ दिनसम्म दंग्राग्रस्त क्षेत्रका रुपमा परिणत गराएको नमीठो अनुभूति गरायो । खर्च कटौतीका नाममा नयाँ बजेट प्रस्तुत हुँदा इन्द्रजात्रा र दशै पर्वजस्ता सांस्कृतिक महोत्सवहरुका निम्ति सरकारबाट विगतकालमा प्रप्त हुनेगरेका रकम कटौतीमा पारियो । त्यसले राजधानीबासी नेवार समुदायलाई आक्रोशित र उत्तेजित पार्‍यो । खर्च कटौती प्रत्युत्पादक सावित भयो । सरकारले आफ्नो निर्ण्र्ााऔचित्यपर्ूण्ा रहेको सिद्ध गर्न सकेन । प्रत्येक जातजाति र समुदाय विशेषमा परम्परागत सांस्कृतिक चेत जागृत रहनु स्वाभाविक कुरा नै थियो । काठमाडौंको नेवार समुदायले सांस्कृतिक पर्वको खर्च कटौतीको प्रकरणलाई नेवारी संस्कृति र भाषा नै सिध्याउने षड्यन्त्र भएको भन्दै तत्काल सडकमा उत्रिएर असन्तुष्टि र आक्रोश व्यक्त गर्‍यो । राजधानी जस्तो सम्वेदनशील क्षेत्रको सुरक्षा प्रबन्ध तत्काल भताभुंग भएको प्रतीत भयो । तोडफोड, आगजनीका शृङ्खलाहरु दोहोरिए । बन्द, हड्तालको मेहरो चल्यो । राजधानीलाई नै प्रदूषित पार्ने गरी शहरका विभिन्न भागमा टायर दहन सुरु भयो । सरकारले यस्ता निषेधात्मक क्रियाकलापलाई तत्काल नियन्त्रण गर्न पनि खासै पहल गरेको देखिएन । भ्रमात्मक शैलीमा वक्तव्यवाजी गरेर समस्याको निराकरण गर्ने जवाफदेहिताविहीन राज्य संचालन प्रणालीको स्वरुप पुनः पर््रदर्शन भयो । व्यापार-व्यवसायदेखि लिएर विद्यालय, क्याम्पसहरुको पठनपाठनमा समेत व्यवधान खडा भयो । राजधानीका मुख्य मुख्य ठाउँहरुमा सडक अवरोध खडा गरिए । आमजनजीवनमा तत्काल नराम्रो प्रभाव पर्‍यो । अन्ततः सरकारले माफी माग्नुबाहेक कुनै उपाय देखेन । आमजनजीवनलाई कष्टकर स्थितिमा पुर्‍याउने र शहरलाई कुनै न कुनै रुपमा क्षति पुर्‍याउने नगरिकन कसैका कुरा नसुन्ने अपसंस्कृतिको प्रभावलाई नयाँ सरकारले पनि वरण नै गर्‍यो । दर्ुइ दिनको तोडफोड, आगजनी, बन्द र व्यवधानपछि सरकार र आन्दोलनकारी नेवार समुदायबीच सम्झौता भएको छ । सरकारले परम्परागत सांस्कृतिक पर्वका निम्ति आवश्यक खर्च जुटाउने प्रतिवद्धतापत्रमा हस्ताक्षर गर्दै खर्च कटौतीको निर्ण्र्ााफिर्ता लिएको छ । यो विवादास्पद प्रकरण यही टुंगिएको प्रतीत भए पनि यो प्रकरणबाट प्रवाहित सन्देश र त्यसबाट उब्जेका आशंका एवं समस्याहरुले भविष्यमा सद्भावको संस्कृति निर्माणमा व्यवधान खडा नहोस् भनेर सावधान हुनैपर्ने अवस्था छ ।

मुलुकमा अहिले नयाँ राजनीतिक परिस्थिति सिर्जित छ । नयाँ नेपाल बनाउने नारासहित नयाँ सरकार स्थापित भएको छ । सरकारको नीति र कार्यक्रमदेखि बजेट प्रस्तुतिका सर्न्दर्भमा समेत नयाँ धारणाको प्रयोग भएको छ । तर देशको समग्र परिस्थिति हर्ेदा भने जनताले कुनै पनि क्षेत्रमा नयाँ अनुभुति गर्न पाएका छैनन् । पुरानै प्रकृतिका समस्याहरु नयाँनयाँ स्वरुपमा उदाइरहेका देखिन्छन् । जनताले आमूल परिवर्तनको अनुभूति गर्नसक्ने र समयसापेक्ष राहतको महसुस गरी भविष्यप्रति सुनिश्चित र विश्वस्त हुनसक्ने वातावरण तयार भएको छैन । राजधानी जस्तो क्षेत्रमा समेत सरकार स्वयंद्वारा सिर्जित समस्याले दर्ुइ दिनसम्म विकराल रुप लिंदा सरकारले उचित निर्ण्र्ाालिन धेरै विलम्ब गर्‍यो । सरकारको कार्यतत्परता र क्षमतावृद्धि भएको कुनै नयाँ अनुभूति जनताले गर्न पाएनन् । देशको समग्र स्थिति हर्ेदा अराजकताको वातावरणमा अपेक्षित सुधार हुनै सकेको छैन । विधिको शासन स्थापित भएको र जनताले सुशासन र पर्ूण्ा शान्तिको अनुभूति गरेको स्थिति सिर्जना नभएसम्म परिवर्तनको र्सार्थकता अनुभूत हुनसक्ने छैन । नयाँ सरकारको कार्यशैलीमा र्सवसाधारण जनताले नवीनताको कुनै अनुभूति गरेका छैनन् । सरकारका कदम नै समस्याको मुहान बनेर उल्टै प्रत्युत्पादक बनेको जुन अनपेक्षित दृश्य राजधानीमा देखियो भविष्यमा यस्तो प्रवृत्तिको पुनरावृत्ति नहोस् । आम जनजीवनलाई तत्काल नै प्रतिकूल प्रभाव पार्नेखालका घटनाहरुमाथि नियन्त्रण राख्न सरकारले यसरी नै विलम्ब गर्दैगयो भने त्यसले जनतालाई थप निराश बनाउनेछ । अप्रत्यासित रुपमा बन्द, हड्ताल, तोडफोड र आगजनीका घटना दोहोरिन नदिन नयाँ सरकारले रणनीतिक सोच र कार्यनीति नै बनाउनर्ुपर्दछ । जनताले आफ्नो दैनिकीमा सुनिश्चितता खोजेका छन् ।

 


Comments (0)        Print        Tell friend        Top


Other Articles:
शान्ति सुरक्षामा सुधारको अपेक्षा (09.15.2008)
प्रधानमन्त्रीको प्रस्तावित भारत भ्रमणले उठाएको जिज्ञासाहरु (09.08.2008)
सरकारले आफ्नो छवि प्रष्ट पार्नुपर्छ (09.01.2008)
प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण (08.25.2008)
प्रधानमन्त्री प्रचण्डलाई बधाई (08.19.2008)
गैरसंवैधानिक सत्ताको निरन्तरता (08.11.2008)
र्सार्कले उठाएको जिज्ञासा (08.04.2008)
राजनीतिमा तदर्थवाद (07.29.2008)
दासता होइन मित्रताको बाटो रोज (07.21.2008)
धर्तीपूत्रहरुको आवाज (07.07.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 

© Neeraz.Com 2007
[Top Page]