बडा दशैं नेपालीहरुको महान चाड हो । २०६५ सालको बडा दशैं आजदेखि सुरु भएको छ । हिन्दु धर्म-संस्कृतिबाट अनुप्राणित सनातनी नेपाली समाजमा यो प्रमुख चार्डपर्वको ठूलो महत्व छ । यो पर्वको एकातिर विशिष्ट प्रकृतिको धार्मिक-सांस्कृतिक महत्व छ र त्यससंग जोडिएका आदर्शोन्मुख पौराणिक गाथाहरु छन् । अध्यात्म चेतनाबाट अनुप्राणित नेपाली समाजमा दैवीशक्तिबारे अटुट विश्वास छ । समाजमा दैवीशक्ति र आसुरी शक्ति हुन्छन् भन्ने मान्यतालाई सनातनी समाजले स्वीकार गर्दैआएको छ । दैवीशक्तिले मानवजातिलाई शान्ति, मेलमिलाप, समृद्धि र सहकार्यको बाटो अनुशरण गर्दै धर्म, अर्थ, काम, मोक्षको लक्ष्य प्राप्तितर्फअभ्रि्रेरित गर्दछ भने आसुरी शक्तिले अशान्ति, हिंसा, वेमेल, वियोग र विखण्डनको नियति निम्त्याएर समाजलाई विकृति र विसंगतिको बाटोतर्फडोर्याउँछ भन्ने मान्यता रहिआएको छ । बडा दशैंका अवसरमा हिन्दु सनातनी गृहस्थहरुले असोजको शुक्लपक्ष प्रतिपदाका दिनमा घटस्थापना गरी शक्तिकी अधिष्ठात्री आराध्यदेवी दर्ुगा भवानीको पूजा आराधना सुरु गरेर नौ दिनसम्म पूजापाठ गरी धार्मिक अनुष्ठान गर्दछन् र आसुरी शक्तिमाथि दैवीशक्तिको विजयको कामना गर्दछन् । दशौं दिन विजया दशमीका रुपमा मानिन्छ र सोही दिन भवानी दर्ुगा देवीको प्रसादस्वरुप मान्यजनबाट आशर्ीवाद लिंदै टीका ग्रहण गरिन्छ । यो महान् चार्डपर्व मेलमिलापको राष्ट्रिय संस्कृतिको द्योतक भएकाले सरकारले दशैं मनाउन घरघरमा मानिसहरु पुग्न सकुन् र रमाइलोसंग चार्डपर्व मनाउन सकुन् भनेर लामो विदा दिने गरेको छ । शिक्षण संस्थाहरु पनि यो अवसरमा पूरै बन्द गरिएका हुन्छन् भने व्यावसायिक प्रतिष्ठानहरुले पनि दशैं पर्व मनाउन व्यवसाय बन्द गर्ने गर्दछन् । शिक्षा, रोजगारी, व्यवसायका सिलसिलामा आफ्नो घरपरिवारबाट टाढा रहेका मानिसहरु दशैंकै मौका पारी पारिवारिक मेलमिलापको कार्यक्रम बनाउँछन् । ऋतु राजेश्वरी मानिने शरद ऋतुको मनोरम प्राकृतिक वातावरणमा बडा दशैं ठूलो उत्साह र उमंगका साथ मनाइन्छ । हिन्दु धर्मबाट अनुप्राणित नेपाली संस्कृतिको विशिष्टम् नमूना नै वास्तवमा बडा दशैंमा प्रदर्शित हुन्छ । बडा दशैंले राष्ट्रिय संस्कृतिको गौरब बढाएको छ । सत्य, शान्ति, अहिंसा, मेलमिलाप र समृद्धिको पक्षमा सकारात्मक चिन्तन-संस्कार प्रवाहित गर्ने यो महान चाडले सवै नेपालीको मनमनमा-घरघरमा सुख, शान्ति र समृद्धिका निम्ति एवं राष्ट्रिय एकता र अखण्डताको रक्षाका निम्ति सचेततायुक्त सहकार्यका लागि प्रेरणा प्रदान गरोस् भन्ने हामी हार्दिक कामना गर्दछौं ।
समय परिवर्तनशील छ । समाज गतिशील छ । यथास्थिति र यथास्थानमा गतिशील समाज कदापि अडिन सक्दैन । यो प्रकृतिकै नियम हो । नेपाली समाज अहिले आमूल परिवर्तनको दिशामा उन्मुख छ । हामीलाई स्वीकार्य परिवर्तनको दिशा कुन हो र हाम्रो राष्ट्रिय पहिचान जोगाइराख्ने अपरिवर्तनीय राष्ट्रिय सांस्कृतिक आधार के हुन् ती एक्किन गर्नुपर्ने बेला आएको छ । विगतमा नेपाल घोषितरुपमा नै राजतन्त्रात्मक हिन्दु अधिराज्य थियो । नेपालको पहिचान विश्वको एकमात्र हिन्दु राष्ट्रका रुपमा थियो । आमूल राजनीतिक परिवर्तनको क्रममा नेपाल अब घोषित रुपमा नै धर्मनिरपेक्ष राष्ट्र बनिसकेको छ र संघीय लोकतान्त्रिक गणतन्त्रको राजनीतिक आवरणमा वेग्लै पहिचान कायम गर्न अग्रसर भैरहेको छ । हिन्दु धर्म र संस्कृतिबाट अनुप्राणित नेपालको राष्ट्रिय संस्कृतिको मूलधारलाई आमूल राजनीतिक परिवर्तनको मूलधारले परिवर्तन गर्ने आशय राखेको ताजा प्रसंग त हालै इन्द्रजात्राको खर्च कटौतीको प्रकरणले इङ्गति गरिसकेको छ भने सांस्कृतिक चेतविरुद्धको कदमलाई संस्कृत्रि्रेमी जनसमुदायले स्वीकार नगर्ने तथ्य पनि यसैक्रममा उजागर भएको छ । बडा दशैंलाई हिन्दुहरुको मात्र चाड पर्व मानेर धर्म निरपेक्ष राज्यमा यसको उपादेयता नरहने धारणा प्रवाह गरेर राष्ट्रिय संस्कृतिको जरो नै उखाल्ने विखण्डनकारी हरकतहरु पनि समयक्रममा वीजारोपित नभएका भन्ने छैनन् । सद्भाव, सहअस्तित्व र सहकार्यको राष्ट्रिय संस्कृति नभत्काएसम्म नेपालको राष्ट्रिय एकता र अखण्डतामाथि प्रहार गर्न सकिन्न भनेर मेलमिलापको संस्कृति विपरीत सुनियोजित प्रहार गर्ने दृश्य-अदृश्य अभियानले नेपाली समाज अहिले कम्पित भैरहेको छ र नेपालको मौलिक पहिचान गर्ने राष्ट्रिय संस्कृत्रि्रति नेपाली समाज समयमै सचेत हुनसकेन भने त्यसले अनेकताबीच एकता कायम गर्दैआएको नेपाली समाजलाई विशृङ्खलित अवस्थामा पुर्याउने छ । यो समयचेतले जागृत गरेको चिन्ता हो । समय सापेक्ष परिवर्तनको वेगलाई रोक्ने क्षमता कुनै पनि शक्तिसंग हुँदैन तापनि आफ्नो मौलिक सांस्कृतिक पहिचान गुमाएर कसैको पनि स्वतन्त्र अस्तित्व जोगिन सक्दैन भन्ने तथ्य पनि उत्तिकै सत्य छ । बडा दशैंको यो पुनित अवसरले मौलिक राष्ट्रिय संस्कृतिको जगर्ेना गर्न नेपाली समाजलाई अभ्रि्रेरित गरोस् भन्ने हाम्रो शुभकामना छ ।
बडा दशैंको राष्ट्रिय पर्वले सिंगो नेपाली समाज उद्वेलित छ । प्रमुख राष्ट्रिय चाडको रौनक जताततै देखिन थालेको छ । बजारमा विशेष चहलपहल सुरु भैसकेको छ । दशैंमा घरपुग्ने र परिवारजनहरुसंग भेटघाट गर्नेहरुको लर्को लागेको छ । राजमार्गहरुमा यातायातका साधनहरुको चाप बढेको छ । दशैंको उमङ्गले सिंगो नेपाली समाज प्रभावित छ । यसैबीच प्रकृति एवं मानवसिर्जित विकराल समस्याहरु पनि विद्यमान नै छ । पर्ूवमा कोशी र पश्चिममा कैलाशपुरी बाँधले ल्याएको प्रकोपको निराकरण नहुँदा सो क्षेत्रको जनजीवन विकराल समस्याको भूमरीमा परेको छ भने कृत्रिम अभाव, महंगी र कालोबजारीको विकराल रुपले र्सवसाधारण जनतालाई राष्ट्रिय चाड मनाउन पनि धौ धौ परेको छ । सदूरक्षेत्रका कतिपय जिल्लाहरु खाद्यसंकटको चपेटामा पनि परेका छन् । राज्यको उपस्थितिबोध अत्यन्त न्यून छ । यस्तो अवस्थामा सरकारले हरेक क्षेत्रमा आफ्नो दरो उपस्थिति देखाएर उत्साहप्रद वातावरणमा बडा दशैं मनाउन सवैलाई सघाउ पुर्याउनु आवश्यक छ । बडा दशैंको यो पुनित अवसरले सम्पर्ूण्ा नेपालीको मनमा शान्ति ल्याओस् र राष्ट्रिय मेलमिलापको वातावरण सिर्जना गरोस् भन्ने हाम्रो हार्दिक शुभकामना छ ।