Yugasambad.Com.Np
National Weekly
 
Wednesday, 01.07.2009, 05:53am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल ; राजनीतिक संकट गहिरिंदै जाने संकेत
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
सम्पादकीय
 
विधिको शासन ः एकमात्र चाहना
Monday, 11.03.2008, 04:43pm (GMT+5.5)

विधिको शासन- लोकतन्त्रको गहना हो । नेपाली जनताले आमूल परिवर्तनको दिशालाई आत्मसात गर्नुको कारण पनि देशमा विधिको शासन कायम हुन्छ भनेर नै हो । विधिको शासनको अभावमा नेपाली जनताले हरेक क्षेत्रमा अकल्पनीय व्यवधान भोग्दै आउनुपरेको छ । एउटा यात्रु विभिन्न प्रयोजनका लागि गन्तव्यमा पुग्न लामो-छोटो दूरीको यात्राका निम्ति घरबाट निस्कन्छ तर यथास्थानमा सुगम तरिकाले गन्तव्यमा पुग्ने कुनै निश्चितता छैन । बाटोको कुनै पनि भागमा सामान्य घटना हुँदा पनि अवरोध खडा हुनजान्छ । राजधानी र अरु शहर बजारका सडकदेखि लिएर ठूला राजमार्गहरु समेत कुनै पनि बेला बन्द हुन सक्छन् । यात्रुहरुले अनपेक्षित रुपमा अवाञ्छित समस्या भोग्नुपर्ने र निर्धारित समयमा गन्तव्यमा नपुग्ने हुनसक्छ । सामान्य घटनाबाट पनि सडक अवरुद्ध हुने क्रम चल्ने गरेको वर्षौं भैसक्यो तर पनि अनपेक्षित बन्द र हड्ताल रोक्ने प्रतिवद्ध राष्ट्रिय नीति बनाउनेबारे कुनै चासो उत्पन्न भएको देखिंदैन । र्सार्वजनिक यातायातका साधनहरुको आवागमनमा अनावश्यक अवरोध खडा हुँदा गन्तव्यतर्फलक्षित यात्रुहरु, यातायात व्यवसायीहरु र समग्रतामा राष्ट्रले नै क्षति नोक्सानी भोग्नु पर्दछ । जेजस्ता घटनामा पनि सडकमा अवरोध खडा गरेर आफ्नो अभीष्ट पूरा गर्न चाहनो अवाञ्छित प्रवृत्तिले लामो समयदेखि नै राजनीतिक संरक्षण पाउँदै आएकाले बन्द, हड्ताल र अवरोधको अपसंस्कृतिले अनियन्त्रित गति लिएको छ । सरकारले मानिस हिंड्न बनाएको सडकमा आवागमनलाई नै अवरोध पुर्‍याउने गरी व्यापार व्यावसाय गर्न पाइन्न तर सडकमा व्यापार गर्ने कामलाई निषेध गर्दा उल्टै आन्दोलनको मेहरो उठ्छ । कानुनले पाँचतारे होटेलहरुमा खडा गरिएका जुवा घरहरु 'क्यासिनो'मा नेपालीहरुको प्रवेशलाई निषेध गरेको भए पनि कानुनको पालना नहुँदा नेपालीहरुको प्रवेश सहज बन्दैगएको असंगत स्थितिलाई रोक्न सरकार अग्रसर रहँदा गृहमन्त्रीको राजीनामा माग्ने र सडकमा अवरोध खडा गरी नेपालीहरुले क्यासिनोमा खुला प्रवेश पाउनर्ुपर्छ भन्ने नारावाजी हुने गर्दछ । सरकारले रात्री व्यवसायका नाममा होटेल-रेष्टुरेण्टहरुमा चल्नेगरेको नग्न नृत्य र देहव्यापार रोक्न कदम चाल्दा रोजगारी हरण भएको भन्दै सडकमा नारा जुलुश हुने गर्दछ । व्यवसाय संचालन र रोजगारीका नाममा कानुनतः निषेधित कार्य हुनदिने गलत प्रवृत्तिको विकासले खडा गरेको समस्या नेपाली समाजले धान्नै नसक्ने तहमा पुगेको क्रमिक रुपमा अनुभूत हुन थालेको छ । कानुनले निषेध गरेका असंगत कारोबारहरु रोक्न गृहमन्त्री वामदेव गौतमबाट भएको पहललाई विधिको शासन अनुभूत गराउन लक्षित सकारात्मक कदमका रुपमा हामीले लिएका छौं । यस्ता कदमहरुप्रति नेपाली जनताको सदा र्समर्थन रहने छ भन्ने हाम्रो विश्वास छ ।

आम नेपाली जनजीवन जेमा पनि आन्दोलन र बन्द-हड्तालको प्रवृत्तिले निरन्तर आहत हुँदैआएको छ । जुनसुकै प्रकृतिका घटनालाई पनि राजनीतिक आग्रह-दूराग्रह राखेर हर्ेर्ने र घटनाका र्सजकहरुलाई राजनीतिक प्रश्रय दिने गलत प्रवृत्तिको विकासले विधिको शासनको आम अपेक्षामाथि निरन्तर प्रहार गर्ने गरेको छ । आज देशमा रोजगारीका नयाँ अवसरहरु उपलब्ध नहुँदा विकृतिका मुहानहरु जताततै खुल्दैगएका छन् । उत्पादनशील कार्यमा लगानी आकषिर्त हुनसक्ने वातावरणको प्रचूर अभाव छ । उत्पादनशील क्षेत्रमा भएको लगानी वाञ्छित लाभ हाँसिल गर्न सक्ने अवस्था नरहेको पीडा लगानीकर्ताहरु बारम्बार पोखिरहेका छन् । कुनै समूहको क्षणिक स्वार्थ र आवेगमा बन्द-हड्ताल र अवरोधको स्थिति सिर्जना गर्ने परम्परा बसेकाले रोजगारीमूलक उत्पादनशील कार्यमा लगानी आकषिर्त हुने र भएको लगानी पनि संरक्षित हुनसक्ने वातावरण सिर्जित छैन । यसले अनपेक्षित परिस्थितिको सिर्जना र त्यसको निरन्तरताले विधिको शासनको अपेक्षा र लोकतन्त्रको संस्थागत विकासलाई सधैं धुमिल पार्दछ । क्षणिक स्वार्थ र आवेगमा सिर्जना गरिने अवरोधका घटनाले राजनीतिक प्रश्रय मात्रै नपाउने हो भने पनि विधिको शासनको बाटोमा मुलुकले प्रवेश पाउन सक्छ ।

सरकारले सडक व्यापासले खडा गरेको अवरोध हटाउन, रात्री व्यवसायका नाममा फस्टाएको नग्न संस्कृति र विकृति रोक्न र नेपालीहरुको अवैध प्रवेशलाई प्रोत्साहित गरी क्यासिनोको जुवाडे धन्दा मौलाउन खोज्ने प्रवृत्तिलाई नियन्त्रण गर्न चालेको कदमप्रति जनधारणा नितान्त सकारात्मक छ । कुनै पनि प्रकृतिका विकृतिविरुद्ध सरकारले चाल्ने कदमप्रति जनर्समर्थन रहने कुरामा कुनै सन्देह छैन । देश अहिले आमूल परिवर्तन र पुनःसंरचनाको दिशामा अग्रसर भएको बेलामा आम जनजीवनलाई प्रतिकूल प्रभाव पार्ने खालका कानुन निषेधित कुनै पनि कार्य हुन नदिन सरकार सचेत र क्रियाशील हुनै पर्दछ । राजनीतिक प्रश्रय र संरक्षणमा विधिविधान विपरीतका निषेधात्मक क्रियाकलापहरु विस्तारित हुँदै जाने र सरकार स्वयं निरिह भएर टुलुटुलु हेरेर बस्ने वेथितिको विस्तार अब पनि रोकिएन भने नेपाली जनताले गरेको विधिको शासनको अपेक्षा पनि पूरा हुने छैन र आमूल परिवर्तन र पुनःसंरचनाका कुरा पनि केवल राजनीतिक गफमा सीमित हुनेछन् । गृहमन्त्रीको पहलमा सुरु भएका विकृति-विसंगति निषेधका कार्यवाहीहरुले थप गति लिउन् र सरकार विधिको शासनको पक्षमा क्रियाशील रहेको अनुभूति नेपाली जनताले गर्न पाउन् भन्ने अपेक्षा हामीले राखेका छौं ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
गन्तव्यमा नै अवरोध (10.20.2008)
बडादशैंको शुभकामना (09.29.2008)
परिवर्तनको अनुभूति खै (09.23.2008)
शान्ति सुरक्षामा सुधारको अपेक्षा (09.15.2008)
प्रधानमन्त्रीको प्रस्तावित भारत भ्रमणले उठाएको जिज्ञासाहरु (09.08.2008)
सरकारले आफ्नो छवि प्रष्ट पार्नुपर्छ (09.01.2008)
प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण (08.25.2008)
प्रधानमन्त्री प्रचण्डलाई बधाई (08.19.2008)
गैरसंवैधानिक सत्ताको निरन्तरता (08.11.2008)
र्सार्कले उठाएको जिज्ञासा (08.04.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 

© Neeraz.Com 2007
[Top Page]