Yugasambad.Com.Np
National Weekly
 
Wednesday, 01.07.2009, 05:23am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल ; राजनीतिक संकट गहिरिंदै जाने संकेत
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
सम्पादकीय
 
अहिलेका गम्भीर सवाल
Monday, 11.10.2008, 04:59pm (GMT+5.5)

राष्ट्रिय परिस्थिति विषम बन्दैगएको र राष्ट्रियताको जग नै हल्लिन थालेको कुरा राजनीतिक नेताहरुले अभिव्यक्त गर्न थालेका छन् । राष्ट्रिय परिस्थिति जटिल बन्दैगएको र राष्ट्रियतामाथि आँच आउने काम भैरहेको तथ्य राजनीतिक नेताहरुले नै स्वीकार गर्न थालेपछि त्यसको मूल कारण के हो र त्यसको निराकरण कसरी गर्ने भन्नेबारे राजनीतिक नेताहरुले नै प्रष्ट धारणा बाहिर ल्याउनु पर्ने हो । दर्ुभाग्यको कुरा सत्ता महत्वकांक्षी कुनै पनि राजनीतिक दलका नेताहरु आफू सत्ताबाहिर पर्दा राष्ट्रियताको जग हल्लिएको र राष्ट्रिय अखण्डता नै धरापमा परेको देख्छन् तर सत्तामा पुग्नका लागि र सत्तामा पुगेपछि त्यसलाई टिकाउनका लागि राष्ट्रियताविरुद्ध नै क्रियाशील भएर राष्ट्रघातकै बाटो रोज्छन् । नेपालको सत्तामुखी राजनीतिक नेतृत्व राष्ट्रियताका मामिलामा सधैं कमजोर सावित हुँदैआएका छन् । राष्ट्रियतामाथि नै आँच पुर्‍याउने प्रकृतिका काम र क्रियाकलापमा संलग्न भएर राजनीतिक सौदावाजी गर्ने प्रवृत्तिले २००७ सालको परिवर्तनदेखि लिएर २०६२-०६३ को परिवर्तनपछिका घटना सर्न्दर्भहरुलाई बारम्बार प्रभावित पार्ने गरेका छन् । क्षणिक लाभ र सस्तो लोकप्रियताका लागि उत्तेजनात्मक र सस्ताखाले नाराहरु उराल्ने प्रवृत्तिमा कुनै कमी आएको छैन । २००७ सालको परिवर्तनपछि प्रजातन्त्रको संस्थागत विकास हुन नसक्नाको मूल कारण र स्रोत जे थियो २०४६ सालको परिवर्तनपछि संसदीय प्रजातन्त्रको संस्थागत विकास हुन नदिने कारण र स्रोत पनि त्यही थियो भने २०६२-०६३ को राजनीतिक परिवर्तनपछि लोकतन्त्रले संस्थागत विकासको बाटो समात्न नसक्नुको कारण र स्रोत पनि प्रकारान्तरले त्यही हो भन्ने कुरामा कुनै सन्देह छैन । छ दशकको अन्तरालमा आमूल राजनीतिक परिवर्तनका लागि नेपाली जनताले बारम्बार उर्त्र्सग गरे तर परिवर्तनको लाभ भने देश र नेपाली जनताले उठाउन सकेको देखिएन । कुनै पनि परिवर्तनपछि एउटा नयाँ भुइँफुट्टा वर्ग जन्मिने र परिवर्तनको लाभ त्यही वर्गभित्रै सीमित गर्ने अपसंस्कृतिको मात्र विकास भयो । देश र जनता सधैं पछाडिकै पछाडि । परिवर्तनको र्सार्थकता अनुभूत हुनसकेन । शासकवर्गको अदली बदली र सस्तो लोकप्रियताका लागि उरालिने सस्ता नाराले देश र जनताको अपेक्षालाई सम्बोधन गर्न नसक्ने अनुभूति फेरि पनि बढ्दै जान थाल्नु भविष्यप्रतिको अशुभ संकेत नै हो । देशको वर्तमान राजनीतिक परिस्थितिलाई गहिरिएर अवलोकन गर्दा राष्ट्रियतालाई मलजल गरी दह्रो पार्ने र जनतालाई सामाजिक न्यायको अनुभूति गर्राई उज्यालो भविष्यप्रति आश्वस्त गराएर उनीहरुको मनोबल माथि उठाउने काम हुन सकेको कहीं कतै देखिंदैन । परिवर्तनको र्सार्थकता जनताले अनुभूत गर्न पाउनै पर्दछ नत्र भने जनतामा छाउने निराशाले जनताको आत्मबल कमजोर पार्दछ र राष्ट्र कमजोर हुँदैजान्छ । बाहिरी शक्तिहरुले अनपेक्षित रुपमा मुलुकभित्र राइँदाइँ गर्न पाउने आधार पनि त्यही नै हो ।

मुलुकलाई सही बाटोमा कसरी हिंडाउने - नेपाल जस्तो अति सम्वेदनशील भूराजनीतिक स्थिति भएको मुलुकका निम्ति यो सधैंका लागि जीवन्त प्रश्न हो । बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र भौगोलिक विविधता भएको नेपालजस्तो देशले कुनै पनि पक्षमा थोरै मात्र पनि सन्तुलन गुमायो भने राष्ट्रिय एकता र अखण्डतामाथि नै अकल्पनीय आँच आउनसक्छ । प्रभाव बिस्तार-शक्ति बिस्तारको दूराकांक्षा राख्ने शक्ति राष्ट्रहरुले हरेक सम्वेदनशील पक्षमा आफ्नो पहुँच बढाउने, अन्तरविरोध बढाउने र आन्तरिक सद्भाव विथोल्दै अन्तरद्वन्द्व बढाएर त्यसबाट रणनीतिक लाभ उठाउने गर्दछन् । राष्ट्रिय एकता खण्डित नगरेसम्म राष्ट्रियता कमजोर नहुने तत्वज्ञान शक्ति विस्तारकहरुले गर्दैआएका छन् । त्यही तत्वज्ञानको प्रभावमा नेपालको राजनीति वहकिन जाँदा ठूलै उथलपुथल हुने गरेको छ । यथास्थितितावादबाट मुक्ति खोजिरहने जनता परिवर्तनका निम्ति उर्त्र्सग गर्न उत्साहित हुने गर्दछन् । भ्रमको जालोले यथार्थलाई सधैं ढाक्ने गर्दछ, रणनीतिक उद्देश्य पूरा गर्न हुने निर्देशित परिवर्तनले देश र जनताको पक्षमा कुनै सकारात्मक परिणाम ल्याउन सक्दैन । नेपाली जनताले आजसम्म राजनीतिक परिवर्तनको लाभ हाँसिल गर्न नसक्नुको कारण पनि यही हो । अहिले पनि नेपाली जनमानसमा उत्साह कम निराशा बढी व्याप्त हुन थालेको छ । भविष्यप्रति आशाभन्दा चिन्ता बढी बढ्न थालेको छ । आमूल परिवर्तनको यो लाभ कसको पक्षमा कसरी गैरहेछ भन्नेबारे जनता बेखबर नभए पनि त्यसलाई प्रतिवाद गर्नसक्ने स्थितिमा पुगेका छैनन् । देश कमजोर बन्दै गएको र जनता दर्ुवल भैरहेको अनुभूति मात्र बढ्दै गएको छ । वर्तमान राजनीतिक नेतृत्वपंक्तिका निम्ति र्सवाधिक चुनौतीको विषय नै यही हो । जनताको अजेय शक्ति आमूल परिवर्तनका लागि उपभोग भए पनि जनबलमा स्थापित सत्ताले परिवर्तनको अनुभूति जनतालाई दिन नसक्नु ठूलो विडम्वना हो । जनमानसमा अहिले यस्तै धारणा बलवती हुँदैगएको कटुयथार्थ नै हो ।

मुलुकलाई सही बाटोमा हिंडाउन राष्ट्रिय एकता पहिलो अपरिहार्यता हो । क्षणिक राजनीतिक स्वार्थमा बहकिने र निरन्तर अरुको उपयोगमा आइरहने राजनीतिक शक्ति समूहहरुको 'बुख्याचा' प्रवृत्तिले सिर्जना गरेका समस्याहरु नै राष्ट्रिय एकता खण्डित गर्ने र राष्ट्रियताको जग हल्लाउने कारण बनेका छन् । जनता र्सार्वभौम बनेका र आफ्नो भविष्य आफैं कोर्ने संविधान निर्माण गर्ने अवस्थामा आइपुग्दा पनि राष्ट्रियताको जग नै हल्लिन थालेको चौतर्फी आभास किन भैरहेको छ - राष्ट्रिय एकता र अखण्डतामाथि आँच पुर्‍याउने र राष्ट्रियताको जगर्ेनामाथि नै शंका उब्जने परिस्थितिको सिर्जना हुँदैजाने हो भने आमूल राजनीतिक परिवर्तनको र्सार्थकता कसरी अनुभूत गर्ने - अहिलेका गम्भीर सवाल यिनै हुन् ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
विधिको शासन ः एकमात्र चाहना (11.03.2008)
गन्तव्यमा नै अवरोध (10.20.2008)
बडादशैंको शुभकामना (09.29.2008)
परिवर्तनको अनुभूति खै (09.23.2008)
शान्ति सुरक्षामा सुधारको अपेक्षा (09.15.2008)
प्रधानमन्त्रीको प्रस्तावित भारत भ्रमणले उठाएको जिज्ञासाहरु (09.08.2008)
सरकारले आफ्नो छवि प्रष्ट पार्नुपर्छ (09.01.2008)
प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण (08.25.2008)
प्रधानमन्त्री प्रचण्डलाई बधाई (08.19.2008)
गैरसंवैधानिक सत्ताको निरन्तरता (08.11.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 

© Neeraz.Com 2007
[Top Page]