Yugasambad.Com.Np
National Weekly
 
Friday, 09.10.2010, 09:10pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
बाहृयशक्तिको व्यूहरचनाले गञ्जागोल बढायो ; संविधानबाटै निकासको बाटो अवरु ; व्यवस्थापिका संसद् प्रधानमन्त्री चयन गर्न पुनः विफल ; राजनीतिक भाँडभैलोले सबै क्षेत्र अस्तव्यस्त ; राजनीतिक विकृतिको महामारी फैल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
अन्तरवार्ता
 
आठौं महाधिवेशन एकता र अग्रगमनको महाधिवेशन हुनेछ
इश्वर पोखरेल, स्थाय

Tuesday, 02.03.2009, 09:13am (GMT+5.5)

० आठौं महाधिवेशनको तयारी कार्य कहाँसम्म पुग्यो -

- आठौं महाधिवेशनको तयारी कार्य तीब्रताका साथ अगाडि बढेको छ । महाधिवेशन तयारीका पाटाहरु तीनवटा छन- भौतिक तयारी, प्रतिनिधि छनौट र महाधिवेशनमा छलफलका लागि प्रस्तुत गरिने विभिन्न प्रतिवेदनहरुको तयारी । यी सवैखालका तयारी कार्यहरु तीब्रताका साथ अगाडि बढेका छन ।

० भौतिक तयारी भन्नाले -

- भौतिक तयारी महाधिवेशनको महत्वपर्ूण्ा पाटो हो । यसअर्न्तगत महाधिवेशनको समुउद्घाटनदेखि बन्दसत्रका सबै भौतिक कार्यहरु पर्दछन । मञ्चको व्यवस्थापनदेखि लिएर आवास र हलको व्यवस्थापन, जनपरिचालन, यातायात र भोजन लगायतका तमाम कुराहरु पर्दछन । उपस्थितिका कुराहरु पनि यसैमा पर्दछ । हामी आठौं महाधिवेशनलाई उपस्थितिको हिसावले पनि ऐतिहासिक बनाउने सोचमा छौं । यी सब कार्यहरुको तयारी अहिले महाधिवेशन स्थल बुटवलमा तीब्रताका साथ भैरहेको छ । हाम्रा नेता, कार्यकर्ताहरु भौतिक तयारीका लागि अत्यन्त व्यस्त भैरहनु भएको छ ।

० महाधिवेशनको उदघाटन सभामा कति कार्यकर्ता उपस्थिति गराउने योजनामा हुनहुन्छ त -

- हामी आठौं महाधिवेशनको उदघाटन सत्रमा ३ लाख जनता उतार्ने योजनामा छौं । त्यो दिन आठौं महाधिवेशन स्थल बुटवलमा मानवसागर नै उर्लिने छ । त्यसको तयारी लागि लुुम्विनी, गण्डकी, नारायणी, धवलागिरीका साथीहरु दह्रो ढंगले लाग्नु भएको छ । अधिराज्यभरिकै जनताले महाधिवेशनको उदघाटन सभामा भाग लिनेछन ।

० प्रतिनिधि छनोटको कार्य चाँहि कहाँ पुग्यो नि -

- प्रतिनिधि छनौट कार्य अन्तिम अवस्थामा पुगिसकेको छ । धेरै क्षेत्रको प्रतिनिधि छनौट कार्य सम्पन्न भैसकेको छ । २८ गतेसम्ममा प्रतिनिधि छनौट कार्य पूरै सकिनेछ । यो हाम्रो कार्यतालिका नै हो ।

० महाधिवेशन प्रतिनिधिको संख्या कति हुनेछ -

- आठौं महाधिवेशनमा भाग लिने प्रतिनिधिको संख्या १५ सयभन्दा बढी हुनेछ । महाधिवेशनमा पर्यवेक्षकहरु पनि रहने छन । विदेशी पर्यवेक्षक र अतिथिहरुको उल्लेखनीय उपस्थिति रहने छ ।

० यति धेरै प्रतिनिधिहरुलाई आवासको व्यवस्था मिलाउन वुटवलमा मात्रै सकिन्छ त -

- हामीले आवासको निम्ति वुटवल र भैरहवा लगायतका ठाउँमा व्यवस्था गर्ने भएका छौं । यसबाहेक स्थानीय वासिन्दाहरुको घरघरमा प्रतिनिधिहरुलाई राखिने भएको छ । स्थानीय वासिन्दाहरुको अनुरोधमा यस्तो व्यवस्था गर्न लागिएको हो ।

० महाधिवेशनमा छलफल लागि प्रस्तुत दस्तावेजहरुको लेखन कार्य सकियो कि सकिएको छैन -

- आठौं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेज र प्रतिवेदनहरुको लेखन कार्य सम्पन्न भैसकेको छ । हामीले यसपटक र्सवसहमति कायम गरेर एउटै राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने भएका छौं । यसपटक फरक राजनीतिक दस्तावेज प्रस्तुत हुनेछैन । हामीले महाधिवेशनमा विधान संशोधन प्रस्ताव पनि प्रस्तुत गर्ने भएका छौ । महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव लेखन कार्य सम्पन्न भैसकेको छ । यी दस्तावेजहरुलाई केही दिनअघि पत्रकार सम्मेलनमार्फ र्सार्वजनिक गरिसकिएको छ । राजनीति प्रतिवेदन र विधान संशोधन प्रस्ताव आम कार्यकर्ताबीच पुगिसकेको छ ।

० जनताको बहुदलीय जनवादको सिद्धान्तलाई संशोधन गर्ने चर्चा चलेको थियो । राजनीतिक प्रतिवेदनमा जबजलाई कसरी हेरिएको छ -

- हाम्रो पार्टर्ीी पाँचौं राष्ट्रिय महाधिवेशनबाट जननेता मदन भण्डारीको अगुवाइमा जनताको बहुदलीय जनवादलाई नेपाली क्रान्तिको कार्यक्रमका रुपमा पारित गरेको थियो । छैटौं महाधिवेशनले त्यसलाई क्रान्तिको सिद्धान्तको रुपमा आत्मसात गरयो । त्यसपछि हामीले जनताको बहुदलीय जनवादलाई क्रान्तिको कार्यक्रम र सिद्धान्तका रुपमा मान्दैआएका छौं । वास्तवमा जबज नेकपा एमालेको मार्गनिर्देशक सिद्धान्त हो । यसको औचित्य र सान्दर्भिकता वर्तमानमा अझ बढेको छ । यर्सथ हामीले अहिले पनि जबजलाई नै मार्गनिर्देशक सिद्धान्तको रुपमा अगाडि सारेका छौं । हामी यसबाट विचलित हुने अवस्था छैन । जहाँसम्म संशोधनको कुरा हो-हामीले जबजको मूल सिद्धान्त वा अवधारणा परिवर्तन गर्दैनौं । समय र परिस्थितिमा आएको परिवर्तनलाई सम्वोधन हुने गरी यसका कार्यक्रमहरुमा थपघट गर्दछौं । हिजो देशमा निरंकुश राजतन्त्र थियो । अहिले देशमा लोकतान्त्रिक गणतन्त्र आएको छ । अहिले समावेशी र संघीयताकोर् इश्यू पनि उठेको छ । यो अवस्थामा हामीले केही थपघट गरी समय र सर्न्दर्भ अनुकूल जबजका कार्यक्रमहरुलाई सामयिक बनाउनु पर्दछ । यसमा सिंगो केन्द्रीय समितिको एकमत छ ।

० अरु के के विषयहरुमा परिवर्तन हुन्छ -

- हामीले विगतका काम कारवाहीहरुलाई मिहीन ढंगले छलफल र समीक्षा गरेका छौं । कमिकमजोरीहरुलाई पहिचान गरेका छौ । त्यसअनुरुप आगामी कार्यभार तय गरिएको छ । यो महाधिवेशनपछि हामीले पार्टर्ीीीवनको लोकतान्त्रिकीकरणमा बढता जोड दिने भएका छौं । बोली र दस्तावेजमा मात्र होइन व्यवहारमै लोकतान्त्रिकीकरण गर्ने छौं । यसका लागि विशेष प्रावधानहरुको व्यवस्था गरिने छ । पार्टर्ीींगठनलाई बढीभन्दा बढी समावेशी बनाइने छ । यस्तो व्यवस्था केन्द्रदेखि गाउँ कमिटीसम्म नै गरिने छ । यतिमात्र होइन पार्टर्ीीेतृत्वलाई कार्यकर्ताप्रति बढी जवाफदेही बनाउन यसपटकदेखि हामीले राष्ट्रिय प्रतिनिधि परिषदको व्यवस्था गर्ने भएका छौं । यसो भएपछि नेतृत्व स्वेच्छाचारी बन्न पाउँदैन । कार्यकर्ताप्रति सदैव जवाफदेखि रहनुपर्ने वातावरण बन्छ । हाम्रो उद्देश्य भनेको अनुभूत हुनेगरी पार्टर्ीी कार्यकर्ताको अपनत्व वा स्वामित्व स्थापित गराउनु हो । यो महाधिवेशनपश्चात एमालेमा कार्यकर्ताको स्वामित्व स्थापित हुने निश्चित छ ।

० राष्ट्रिय प्रतिनिधि परिषदलाई के कस्ता अधिकार हुनेछ -

- प्रतिनिधि परिषदको अधिकारलाई विधानमै स्पष्ट व्यवस्था गरिएको छ । आवश्यक पर्दा विधान संशोधनको कार्यसूचि तय गर्नेसम्मको अधिकार परिषदलाई हुनेछ ।

० यसपटकदेखि नेकपा एमालेको सांगठनिक ढाँचा बहुपदीय प्रणाली अनुरुप जादैछ भनिन्छ । यस्तो आवश्यकता किन पर्‍यो -

- हो । अबदेखि हामी बहुपदीय प्रणाली अनुरुपको सांगठनिक ढाँचामा जादैछौं । यसका लागि विधान संशोधनको प्रस्ताव तयार भैसकेको छ । अबदेखि केन्द्रीय कमिटीमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव लगायतका पदहरुको व्यवस्था हुने छ । यसैगरी जिल्लादेखि गाउँ कमिटीका लागि पनि बहुपदीय प्रणालीको व्यवस्था हुने गरी विधान प्रस्ताव गरिएको छ । पार्टर्ीीीवनलाई बढी लोकतान्त्रिक बनाउने सर्न्दर्भकै एउटा पाटोको रुपमा यसलाई लिएको छ ।

० यस्तो प्रणालीले पार्टर्ीी गुटबन्दी अझ बढाउने संभावना हुन्छ भनिन्छ नि -

- यस्तो हुँदैन । यस्तो व्यवस्थाले त गुटबन्दीलाई नियन्त्रण गर्न बल पुग्दछ । हामीले यस्तो हुनसक्छ भन्ने संभावनालाई मध्यनजर गरेर नियन्त्रणको व्यवस्था पनि गर्ने छौं । अबदेखि एउटै व्यक्ति महत्वपर्ूण्ा प्रमुख पदहरुमा धेरै कार्यकालसम्म रहन पाउने व्यवस्थालाई परिवर्तन गर्नेछौं । अबदेखि एउटै व्यक्ति लामो समयसम्म प्रमुख पदमा रहन पाउने छैन । यसको निम्ति हामी निश्चित अबधि निर्धारण गर्ने छौं । यसो भए पछि हरेकको स्वतः पालो आउने संभावना हुन्छ । स्वतः पालो आउने वातावरण बन्ने भएपछि गुबन्दी गरिहनुपर्दैन । नेकपा एमाले गटवन्दी होइन, एकतामा विश्वास गर्दछ । विभाजनमा होइन एकतामा विश्वास गर्दछ । हामीले राष्ट्रिय राजनीतिमा पनि एकता, सहमति, समझदारी र सहकार्यको आधारलाई बलियो बनाएर लैजानमा जोड दिएका छौं । अहिलेको अवस्थामा सहमति, एकता र सहकार्यको अवधारणालाई व्यवहारमा लागु गर्न सकिएन भने पार्टर्ीीे मात्र होइन देशकै अवस्था संकटमा पर्दछ । त्यसकारणले पनि हामीले एकताको निम्ति यस्तो प्रणाली अपनाउने निर्ण्र्ाागरेका हौं ।

० राजनीतिक प्रतिवेदन र्सवसहमतिको आधारमा पारित भए पनि नेतृत्व चयनमा ठूलो समस्या आउँछ भनिन्छ । के छ संभावना -

- नेकपा एमालेको नेतृत्व चयनमा कुनै समस्या आउनेवाला छैन । हामी सबै नेता कार्यकर्ताहरुले आठौं महाधिवेशनलाई एकता, विचार र अग्रगमनको महाधिवेशन बनाउने भनेर लागेका छौं । संगठनका हिसावले जुझारु र सशक्त एवं प्रभावकारी बनाउने योजनामा छौ । हामीलाई विश्वास छ पाँचौं महाधिवेशनपछिको यो ऐतिहासिक महाधिवेशन हुनेछ । यर्सथ अहिले नेतृत्व चयनमा कुनै विवाद हुँदैन । सहमतिकै आधारमा हुनेछ । आम कार्यकर्ताहरुको मनोभावना पनि यस्तै छ । हामीले कार्यकर्ताको मनोभावनालाई लत्याउन सक्दैनौं ।

० विगतका महाधिवेशनहरुले जस्तो आठौं महाधिवेशनले राष्ट्रिय राजनीतिमा माहोल सिर्जना गर्नसकेको देखिएन नि -

- विगत र अहिलेको परिस्थितिमा तात्विक भिन्नता छ । अहिले देशमा राजनीतिक परिवर्तन आएको छ । सबैको ध्यान यतातर्फतानिएको छ । यस्तो हुनु स्वाभिक पनि हो । तर पनि आठौं महाधिवेशनले राष्ट्रिय राजनीतिमा कुनै माहोल नै सिर्जना गर्न नसकेको चाँहि होइन । हामीले महाधिवेशनलाई वर्तमान परिवर्तनसंगै जोडेका छौं । 'यथास्थिति, अराजकता र विखण्डनका विरुद्ध आठौं महाधिवेशनः राष्ट्रिय एकता, सामाजिक रुपान्तरण र संघीय लोकतान्त्रिक गणतन्त्रका लागि नयाँ संविधान' भन्ने हाम्रो मूल नाराले पनि वर्तमान परिस्थितिलाई नै बढी जोड दिएको स्पष्ट हुन्छ । यर्सथ अहिलेको महाधिवेशन एमालेका आम कार्यकर्ताहरुको लागि मात्र नभएर सम्पर्ूण्ा देशवासीहरुकै लागि सरोकारको विषय भएको छ । त्यसैले यो महाधिवेशनलाई सबैले उत्सुकताका साथ हेरेका छन । यसले राष्ट्रिय राजनीतिमा पनि उत्तिकै माहोल सिर्जना गरेको छ ।

० नेकपा एमाले सरकारमा पनि छ । यतिबेला सत्तासाझेदार अर्को घटक माओवादीसंग एमालेको सम्बन्ध चिसिदै गएको छ भनिन्छ । सत्य कुरा के हो -

-नेकपा एमाले र माओवादीको बीचमा सम्बन्ध चिसिदै गएको भन्ने कुरा सत्य होइन । यद्यपि सरकारमा आइसकेपछि पनि माओवादी जिम्मेवार रुपमा प्रस्तुत हुनसकेको छैन । सरकारमा रहेको वर्तमान अवस्थामा माओवादीले पनि हिजोजस्तै वेजिम्मेवार ढंगबाट व्रि्रोहीले गर्ने व्यवहार गरिरहेको छ । सत्तासाझेदार दलहरुका बीच भए गरिएका सहमति र समझदारीको कार्यान्वयन गरिरहेको छैन । यसले गर्दा परिस्थिति गम्भीर बन्दै गएको छ ।

० यो सरकारको विरुद्धमा नयां समीकरण बनाउने खेल भैरहेको पनि सुनिन्छ नि -

- नेकपा एमाले त्यस्तो खेलमा छैन । देश अहिले पनि संक्रमणको अवस्थामा छ । हामीले १२ वुदे समझदारी अनुसार नयां संविधान निर्धारित समयमै बनाइसक्नु पर्ने छ । त्यसै गरी शान्ति प्रक्रिलाई पनि तार्किक निश्कर्षा पुराउनु छ । यस्तो अवस्थामा सरकार बनाउने र गिराउने खेलमा लागियो भने हाम्रो मूख्य कार्यभार समयमा सम्पन्न हुनसक्दैन । त्यस्तो स्थितिमा देशै संकटमा पर्नसक्दछ । तर्सथ अहिले त हामीले सबै राजनीतिक दलहरुका बीच सहमति र सहकार्यको दायरालाई फराकिलो बनाएर जानर्ुपर्दछ । यस्तो अवस्थामा हामी त नेपाली कांग्रेसलाई पनि यही सरकारमा सहभागी बनाएर लैजानर्ुपर्छ भन्ने पक्षमा छौं ।

० एमालेका कतिपय नेताहरुले त यो सरकारको निकै विरोध गरेको पाइन्छ -

- नेकपा एमाले औपचारिक निर्ण्र्ाागरेर सरकारमा गएको हो । कुनै व्यक्ति विशेषले बोलेको कुरालाई आधार मान्न सकिदैन । पार्टर्ीी अहिलेसम्म सरकारबाट फिर्ता हुने निर्ण्र्ाागरेको छैन । हामी सरकारमा जादा पनि निर्ण्र्ाागरेर गएका हौं । फिर्ता हुनपरे निर्ण्र्ाागरेरै फिर्ता हुन्छौं ।

० महाधिवेशन पछि अर्कै माहोल आउने हो कि -

- भविष्यको बारेमा अहिले भन्न सकिदैन । मैले माथि नै भनिसके नेकपा एमालेले हरेक काम गर्दा औपचारिक निर्ण्र्ाागरेर गर्दछ ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
'राष्ट्रियता जोगाउन जनता नै जाग्नर्ुपर्छ' (01.27.2009)
सरकारले दह्रो ढङ्गले भारतसंग कुरा राख्नर्ुपर्छमुन्ना खाँ- संस्थापक सुस्ता बचा (01.20.2009)
एमालेको (01.09.2009)
शिक्षा सद्विचार, सदाचार र सद्व्यवहारमूलक हुनर्ुपर्छअङ्गुरबाबा जोशी, समाजसेवी&l (12.30.2008)
जनताको बीचमा जाने भनेको (12.16.2008)
प्राकृतिक प्रवृत्तिले नै कोशी सन्धिको समाधान गर्‍यो दीपक ज्ञवाली, पर्ूव मन्त्र (12.09.2008)
अहिले नेपालको राष्ट्रियता संकटमा छमोहन वैद्य 'किरण', वरिष्ठ नेता नेकप (12.02.2008)
हामी शान्ति प्रक्रियाको माथिल्लो तहमा पुगेका छौंसीताराम तामाङ- अध्य (11.24.2008)
सरकारको नेतृत्व गर्ने पार्टर्ीी मनपरी भन्दै हिंड्न हुँदैनसहाना प्रधान, स्थायी (11.17.2008)
अहिले किराना पसले र निजी विद्यालय संचालकबीच कुनै भिन्नता छैन प्रदीप पौडेल- केन् (11.10.2008)



 
  ::| Events
September 2010  
Su Mo Tu We Th Fr Sa
      1 2 3 4
5 6 7 8 9 10 11
12 13 14 15 16 17 18
19 20 21 22 23 24 25
26 27 28 29 30    
 

© Neeraz.Com 2007
[Top Page]