Yugasambad.Com.Np
National Weekly
 
Wednesday, 09.08.2010, 07:56pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
बाहृयशक्तिको व्यूहरचनाले गञ्जागोल बढायो ; संविधानबाटै निकासको बाटो अवरु ; व्यवस्थापिका संसद् प्रधानमन्त्री चयन गर्न पुनः विफल ; राजनीतिक भाँडभैलोले सबै क्षेत्र अस्तव्यस्त ; राजनीतिक विकृतिको महामारी फैल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
अन्तरवार्ता
 

त्रिपक्षीय प्रतिस्पर्धा ः सवैको आफूले जित्ने दावी


Tuesday, 03.17.2009, 10:07am (GMT+5.5)

काठमाडौं । अघिल्लो वर्षहुनुपर्ने स्वतन्त्र विद्यार्थी युनियनको चुनाव संविधानसभाका कारण सरेर आगामी चैत ६ गते हुन लागेको छ । त्रिभुवन विश्वविद्यालयका सबै आंगिक र सम्बन्धनप्राप्त सामुदायिक क्याम्पस र नेपाल संस्कृत विश्वविद्यालय अर्न्तर्गतका क्याम्पसमा स्ववियु निर्वाचन हुन लागेको हो ।

यतिबेला देशभरका क्याम्पसमा चुनावको चहलपहल तीब्र भएको छ । क्याम्पसका भित्तामा भित्तेलेखन तथा पोष्टरिङ गरेर रंगीविरंगी पारिएको छ भने विद्यार्थी संगठनहरु आफ्नो पक्षमा विद्यार्थी आकषिर्त गर्न आफ्ना मुद्दालाई घोषणापत्र तथा अन्य माध्यमबाट प्रचार-प्रचार गर्दै हिडेका छन् ।

प्रचारको शैली ः

विद्यार्थी आकषिर्त गर्न विद्यार्थी संगठनले प्रचारको विभिन्न शैली अपनाएका छन् । अधिकांश विद्यार्थी संगठनले सांस्कृतिक कार्यक्रमसंगै आफ्ना राजनीतिक मुद्दालाई अगाडि सारेका छन् । त्यस्ता कार्यक्रममा माउ पार्टर्ीी नेताहरुलाई पनि उभ्याइएको छ । कतिपय क्याम्पसमा त मन्त्रीले पनि विद्यार्थी संगठनका लागि भोट माग्दै हिडेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो राष्ट्रिय सम्बोधनमा सरकारका मन्त्रीलाई बढीभन्दा बढी मन्त्रालयमा काम गर्न र र्सार्वजनिक कार्यक्रममा कम जाने वातावरण बनाउने प्रतिवद्धता गरे पनि मन्त्रीहरु विद्यार्थी संगठनका चुनावी कार्यक्रममा सहभागी हुनुलाई विश्लेषकहरुले विभिन्न कोणबाट हेरेका छन् । त्यसो त माउ पार्टर्ीी नेताहरु पनि विद्यार्थी संगठनको कार्यक्रममा गएर विद्यमान राजनीतिका बारेमा भाषण सुनाएर शैक्षिक मुद्दालाई बलियो गरी उपस्थित हुन नदिएको टिप्पणी पनि सुनिएका छन् । संविधानका लागि सुझाव लिन निस्केका सभासद्समेत मोफसलका क्याम्पसमा विद्यार्थीको प्रचार कार्यक्रममा सहभागी भएको खबर छ ।

उता भर्खर मात्र उपनिर्वाचनको कार्यक्रम र्सार्वजनिक भएको अवसर पारेर विभिन्न पार्टर्ीी नेताहरु सो क्षेत्रका क्याम्पसमा पुगेर विभिन्न मुद्दा अगाडि सारेर स्ववियु निर्वाचनका साथै उपनिर्वाचनमा आफ्नो पार्टर्ीीथा भ्रातृसंगठनलाई मत दिन आग्रहगर्दै हिडेको पनि खबर छ ।

मुख्य प्रतिस्पर्धा ः

यसअघि अर्थात् ०६० र ०६२ साल फागुनको चुनावमा अनेरास्ववियू क्रान्तिकारी विद्यार्थी संगठनको सहभागिता थिएन । त्यतिबेला नेविसंघ र अनेरास्ववियुको प्रतिस्पर्धा र चुनावी चहलपहल बढी देखिन्थ्यो । यसपटक भने अखिल क्रान्तिकारीले पनि चहलपहलका साथै प्रतिस्पर्धाको नयाँ अवस्था सिर्जना गरेको छ । मुख्य रुपमा अहिले यिनै तीन संगठनको बढी प्रतिस्पर्धा हुने स्ववियु निर्वाचन तथा विद्यार्थी राजनीतिलाई नजिकबाट नियालिरहेकाहरुले बताएका छन् । यसबाहेक अन्य साना दल निकटका विद्यार्थी संगठनहरुले पनि केही क्याम्पसमा तालमेल तथा केहीमा आफ्नै प्यानल खडा गरेर निर्वाचनमा प्रस्तुत भएका छन् । अघिल्ला-अघिल्ला वर्षा स्ववियु निर्वाचनलाई हर्ेदा साना विद्यार्थी संगठनले पनि आफ्नो पक्षमा केही प्रतिशत विजयको परिणाम हात पार्नसक्ने अनुमान लगाइएको छ ।

उता जातीय तथा क्षेत्रीय मुद्दामा राजनीतिक चर्चामा आएका तर्राई तथा पर्ूर्वी क्षेत्रका क्याम्पसमा भने मुख्य प्रतिस्पर्धी विद्यार्थी संगठनभन्दा क्षेत्रीय मुद्दालाई उचाल्ने संगठनहरुले बढी परिणाम ल्याउनसक्ने अनुमान गरिएको छ ।

विजयको दाबी ः

मुख्यतः यस वर्षो स्ववियु चुनावमा मुख्य प्रतिस्पर्धी तीन विद्यार्थी संगठन नै छन् । तीन वटै विद्यार्थी संगठनले अधिकांश क्याम्पसमा आ-आफ्नो पकड रहेको दाबी गरेका छन् ।

अखिल क्रान्तिकारीका अध्यक्ष लेखनाथ न्यौपानेले अन्य विद्यार्थी संगठन एकातिर र क्रान्तिकारी एकातिर भए पनि धेरै क्याम्पसमा आफ्नो पक्षमा परिणाम हासिल हुने दाबी गर्नुहुन्छ । संविधानसभा चुनावमा माउ पार्टर्ीी हासिल गरेको विजयजस्तै स्ववियुमा पनि आफ्नो पक्षमा परिणाम आउने क्रान्तिकारीको अपेक्षा रहेको विश्लेषकहरु बताउछन् । क्रान्तिकारीका अध्यक्ष न्यौपाने आफ्नो संगठनको पक्षमा मत आउने आधार प्रस्तुत गर्दै भन्नुहुन्छ, 'पहिलो, समग्र राजनीति, स्ववियु, त्यसले गर्ने कामप्रतिको हाम्रो दृष्टिकोण क्लियर छ । दोस्रो, हाम्रो संगठन सुदृढ तथा एकताबद्ध छ । तेस्रो, समग्र स्ववियुले के गर्ने भन्ने सर्न्दर्भमा हामीले वैज्ञानिक र वस्तुवादी योजना प्रस्तुत गरेका छौँ ।'

यता पार्टर्ीीmु्ट्नुअघि देशभरका धेरैजसो क्याम्पसका स्ववियुमा नेविसंघको वर्चश्व थियो । फुटपछि भने बढी स्ववियु अनेरास्ववियुको कब्जामा पुगेको थियो । अहिलेको चुनावमा भने फुटअघिको स्थितिमा पुग्ने नेविसंघका अध्यक्ष प्रदीप पौडेल दाबी गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, 'हामी विगतमा भन्दा पनि बढी ठाउँमा चुनाव जित्छौं ।' यसअघि अनेरास्ववियुसंग मात्र प्रतिस्पर्धा हुने गरेको र अहिले अनेरास्ववियु क्रान्तिकारी पनि प्रतिस्पर्धामा रहेकाले आफ्नो संगठनले बढी क्याम्पसका स्ववियुमा कब्जा जमाउने अध्यक्ष पौडेलको दाबी छ ।

अखिल क्रान्तिकारी र नेविसंघले आफ्नो पक्षमा बढी परिणाम आउने तर्क गरिंरहँदा अनेरास्ववियुले अरु संगठनले कुनै प्रभाव नपार्ने जनाएको छ । अनेरास्ववियुकी अध्यक्ष रामकुमारी झाँक्री सबैभन्दा बढी आफ्नो संगठनको पक्षमा स्ववियु निर्वाचनको परिणाम आउने दाबी गर्नुहुन्छ । स्ववियु निर्वाचनमा आफ्नो संगठनले जित्ने बताउदै उहाँ भन्नुहुन्छ, 'अनेरास्ववियु पहिलो विद्यार्थी संगठन हुनेछ ।' पहिलो संगठन हुने आधार पनि उहाँसंग छ । 'हाम्रो इतिहास, हाम्रा मुद्दा, हाम्रो आन्दोलन ।' अनेरास्ववियुका बारेमा सारमा बताउदै उहाँले थप्नुभयो, 'अनेरास्ववियु विद्यार्थीका सरकोकारका मुद्दा निरन्तर बोकेर जुध्दै आएको संगठन हो ।' तर, स्ववियु निर्वाचनलाई नजिकबाट हेरिरहेका विश्लेषकहरुको भनाईमा अखिलका दुवै संगठनका भोट बाडिने अवस्थामा छन् । तर, यो भनाईलाई इन्कार गर्दै अध्यक्ष झाक्रीले अखिल क्रान्तिकारीका कारण कुनै फरक नपर्ने दाबी गर्नुभयो ।

यसैबीच कतिपय क्याम्पसमा वागी प्यानल पनि खडा गरिएका छन् । नेविसंघ र अनेरास्ववियुमा बढी वागी प्यानल खडा गरिएका भए पनि पछिल्लो समयमा उनीहरुले फिर्ता लिएको सम्बन्धित संगठनको केन्द्रिय कार्यालयले जनाएका छन् ।

साना विद्यार्थी संगठन ः

मुख्य प्रतिस्पर्धी अनेरास्ववियु क्रान्तिकारी, नेविसंघ, अनेरास्ववियुबाहेक निर्वाचनमा होमिएका साना विद्यार्थी संगठनले पनि आफ्नो पक्षमा केही परिणाम आउने दाबी गरिरहेका छन् । उनीहरुले देशभरका सबै क्याम्पसमा आफ्नो उम्मेदवारी दिएका छैनन् । केही क्याम्पसमा तालमेल गरेर साना विद्यार्थी संगठनहरु स्ववियु चुनावमा लागेका छन् ।

माले निकट अनेरास्ववियु, मजदुर किसान पार्टर्ीीनकटको नेपाल क्रान्तिकारी विद्यार्थी संघ, सद्भावना निकटको नेविमञ्च, राष्ट्रिय प्रजातन्त्र पार्टर्ीीनकटको राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, राप्रपा नेपाल पार्टर्ीीनकटको राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, नेपाल, मधेसी जनाधिकार फोरम निकटको मधेसी विद्यार्थी फोरम, तर्राई मधेस विद्यार्थी प|mन्ट, विद्यार्थी मञ्च, नेविमञ्च लगायतका विद्यार्थी संगठन चुनावी मैदानमा छन् । मधेसी दल निकटका विद्यार्थी संगठन मधेसमा बढी केन्द्रित छन् ।

संविधानसभा चुनावपछि नयाँ संविधान बन्ने प्रक्रिया र विभिन्न संघ बन्न तथा जातीय एवं क्षेत्रीय मुद्दा अगाडि सारिएकाले जातीय तथा क्षेत्रीय संगठनहरु आफ्नो पहुँच हुने क्ष्ँेत्रमा अन्य विद्यार्थी संगठनलाई कमजोर पार्न सक्रिय छन् ।

निर्वाचन खर्च ः

स्ववियु निर्वाचनका अवसरमा विभिन्न किसिमको पोष्टरिङ, भित्तेलेखन तथा व्यानर, पर्चा लगायतका प्रचार सामाग्री प्रयोग भैरहेका छन् । ती सामाग्री तयार गर्ने खर्च उनीहरुलाई कहाँबाट आउँछ - उनीहरुले कति खर्च गरेका छन् - यसको लेखाजोखा छैन र विद्यार्थी संगठनले यसबारे पारदर्शीता पनि अपनाउने गरेका छैनन् । स्ववियु र क्याम्पसमा हुने भ्रष्टाचारका विरुद्ध आफ्नो संगठन लाग्ने कुरा कुनै न कुनै रुपमा सबै विद्यार्थी संगठनले आ-आफ्नो प्रतिवद्धता तथा नारामा जनाएका छन् । तर, यतिबेला हरेक क्याम्पसमा देखिएको रंगीचंगी तथा प्रचारका क्रममा खटिएका कार्यकर्तालाई खानपिन र निर्वाचनका पर्ूवसन्ध्यामा भोटका लागि निःशुल्क रुपमा विद्यार्थी भर्ना गरिएको र्सार्वजनिक भैरहेको छ । यसबारे विद्यार्थी संगठनबीच आपसमा पोलापोल पनि भैरहेको छ । यो सबै खर्च कसरी जुटेको छ - यसबारे कुनै संगठनले पारदर्शी ढंगले मुख खोलेका छैनन् । यद्यपि मुख्य विद्यार्थी संगठनले आर्थिक स्रोत र खर्चको 'हल्का' जानकारी गराएका छन् ।

र्सार्वजनिक भए अनुसार अखिल क्रान्तिकारी, नेविसंघ, अनेरास्ववियूले स्ववियु निर्वाचनमा दश लाख खर्चको दायरा तय गरेका छन् । यसका लागि उद्योगी, व्यापारीसंग चन्दा, शुभचिन्तक तथा चिनेजानेकाको सहयोग, माउ पार्टर्ीी दिएको रकम, विद्यार्थी सदस्यता लगायतका आर्थिक स्रोत भएको दाबी गरिएको छ । साना विद्यार्थी संगठनले यही किसिमका खर्चका स्रोत बताएका छन् । गरिब विद्यार्थीको हकहित तथा शैक्षिक मुद्दा उठाउनका लागि यो खर्च गर्नु उचित हो त - यो प्रश्न संगै दर्ुगम क्षेत्रमा क्याम्पस संचालनका लागि यही रकम खर्चने हो भने बाख्रोपाठो बिक्री गरेर पढ्नकै लागि शहर पस्नुपर्ने बाध्यता हुँदैनथ्यो कि भन्ने विश्लेषण पनि शैक्षिक क्षेत्र सुधार कार्यान्वयन तहमा गर्नपर्ने धारणा राख्नेहरुको छ ।

विद्यार्थी संगठनका मुद्दा ः

केन्द्रिय तहमा विभिन्न विद्यार्थी संगठनले आ-आफ्नै किसिमका शैक्षिक तथा राजनीतिक मुद्दा अगाडि सारेका छन् । अखिल क्रान्तिकारीले आफ्नो मूल नारामा भनेको छ, 'जनमुखी र वैज्ञानिक शिक्षाको पक्षमा क्रान्तिकारी दृढता, भ्रष्टाचारमुक्त र समानुपातिक स्ववियु हाम्रो प्रतिवद्धता ।' नेविसंघको नारा छ, र्'र्सवसत्तावादको अन्त्य र लोकतान्त्रिक संविधान निर्माणका लागि हाम्रो आन्दोलन, गुणस्तरी र रोजगारमुलक शिक्षाका लागि स्ववियु निर्वाचनमा नेविसंघलाई मतदान ।' अनेरास्ववियुको नारामा भनिएको छ, 'सामाजिक फाँसीवाद र यथास्थितिवादविरुद्ध हाम्रो अभियान, जनमुखी शिक्षा र अग्रगामी संविधान निर्माणका लागि अनेरास्ववियुलाई मतदान ।' मुख्य प्रतिस्पर्धी विद्यार्थी संगठनबाहेक अन्य विद्यार्थी संगठनले पनि आ-आफ्नै किसिमका नारा अगाडि सारेका छन् । सबै विद्यार्थी संगठनले कुनै न कुनै रुपमा मुलुकको राजनीतिसहित शैक्षिक मुद्दालाई अगाडी सारेका छन् ।

यसैबीच, स्ववियु निर्वाचनको बेला सरकारले मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलमा विश्वविद्यालय खोल्ने निर्ण्र्ाागरेको छ । यो निर्ण्र्ााे ती क्षेत्रका विद्यार्थी संगठन विश्वविद्यालयको मुद्दामा अल्झेका छन् । कञ्चनपुर, सर्ुर्खेत, नेपालगञ्ज, दाङमा यो मुद्दाले विशेष प्राथमिकता पाएको छ ।

निर्वाचन अनिश्चितता ः

समानुपातिक प्रणाली लागू गर्नुपर्ने भन्दै लिम्बुवानका विद्यार्थी संगठनले अवरोध गरेपछि पर्ूर्वी क्षेत्रका क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित भएको छ । कैलालीको एक क्याम्पसमा त निर्वाचन कार्यक्रम नै स्थागित भएको छ । त्यस्तै अन्य जिल्लाका क्याम्पसमा यो समस्या देखिएको समाचार प्राप्त भएको छ ।

झडपको अवस्था ः

प्रचारका क्रममा र अन्य कारणमा विभिन्न क्याम्पसमा झडपको स्थिति पनि सिर्जना भएको छ । मुख्य प्रतिस्पधर्ीर्ेेंगठनहरुबीच नै यस्तो झडपको अवस्था देखिएको छ । राजधानीको केही क्याम्पस र मोफसलका केही क्याम्पसमा यस्तो अवस्था सिर्जना हुने संभावना रहेको स्ववियु निर्वाचनलाई नियालिरहेकाहरुको भनाई छ । पछिल्लो समयमा राजधानीका क्याम्पसमा भनाभनको अवस्थामात्र देखिएको छ ।

मुख्य विद्यार्थी संगठनका नेताहरुले झडपको अवस्था आउनु नकारात्मक भएको टिप्पणी गरेका छन् । तर, विद्यार्थी नेताहरुले त्यस्तै अवस्था आएमा आफूहरु झडपमा उत्रन बाध्य हुने र्सार्वजनिक रुपमै बताएका छन् । अखिल क्रान्तिकारीका अध्यक्ष न्यौपाने भन्नुहुन्छ, 'हामीमाथि आक्रमण भए, पहिले गाला थाप्छौू, आक्रमण भैरहे आत्मरक्षाका लागि प्रतिरोध गर्र्छौं ।' झडपको अवस्थाले परिणाम सकारात्मक नहुने उहाँको भनाई छ । क्याम्पसको परिधिभित्र वैचारिक नभै बलको द्वन्द्व चल्न थालेको नेविसंघका अध्यक्ष पौडेलको भनाई छ । त्यस्तो द्वन्द्व सुरुमा वैचारिक रूपमा प्रतिकार गर्ने तर बढी भएमा झडपको अवस्था आएमा पछि नहट्ने बताउदै उहाँ भन्नुहुन्छ, 'हाम्रो हातमा दही जमेको छैन ।' यसैगरी अनेरास्ववियुले पनि झडपको अवस्था आए आफ्ना साथीहरुले प्रतिकार गर्ने जनाएको छ । अध्यक्ष झाँक्री घुमाउरो भाषामा भन्नुहुन्छ, 'हामी जनबल र मास परिचालनमा विश्वास गर्छर्ाा ।' अनेरास्ववियुसंग झडप गर्न खोज्ने कोही नभएको पनि उहाँको दाबी छ ।

साना विद्यार्थी संगठनहरुमा भने लफडा हुने सम्भावना कम छ । ती संगठन 'ठूलाको लर्डाईबाट फाइदा लिने' पक्षमा छन् । तर, तर्राई तथा पर्ूर्वी क्षेत्रमा भने क्षेत्रीय तथा जातीय संगठनहरुबीच मारामुंग्री चल्ने सम्भावना रहेको अनुमान गरिएको छ ।

भ्रष्टाचारको छानबिन गर्र्छौं

लेखनाथ न्यौपाने, अध्यक्ष, अनेरास्ववियु क्रान्तिकारी

आसन्न स्ववियु चुनावको तयारीका क्रममा राजनीतिक नेतृत्वको रुपमा सबै केन्द्रीय सदस्यले एक-एकवटा कलेजको नेतृत्व गर्ने निर्ण्र्ाागरे अनुरुप केन्द्रीय सदस्यलाई देशभर पठाएका छौू । हाम्रो प्रतिज्ञापत्र र्सार्वजनिक भैसकेको छ । स्ववियु चुनावमा हामीले अन्तरवस्तुलाई बढी प्राथमिकता दिएका छौू ।

त्रिभुवन विश्वविद्यालयमा स्ववियुमार्फत हुने विद्यार्थी-राजनीतिबाट परेको नकारात्मक प्रभावलाई परिवर्तन गर्नुपर्छ । हामी नयाँ मुलुक बनाउने बाटोमा छौं । सबै परिवेशमा स्ववियु पनि नयाू हुनर्ुपर्छ भन्ने कुरालाई हामीले ०६१ सालमा उठाएका हौू । २०३६ सालमा बनेको स्ववियु नियमावली र उद्देश्य परिवेशअनुकूल परिवर्तन गर्नुपर्छ । शैक्षिक गुणस्तर र शैक्षिक वातावरण बनाउन यसअघिका स्ववियु चुकेका छन् । स्ववियुले विद्यार्थीहरूको भौतिक, बौद्धिक र मानसिक विकासको नेतृत्व गर्नुपर्छ । स्ववियुको भ्रष्टाचारका कारण गन्हाएको विद्यार्थी-राजनीतिलाई हामीले सच्याउन पर्छ । हामी ०३६ सालदेखिको भ्रष्टाचारको छानबिन गर्र्छौं ।

नेपाली राजनीतिमा विद्यार्थी-आन्दोलन सहयोगी शक्ति हो । नयाू संविधान र राज्यको पर्ुनर्संरचनाका हकमा विद्यार्थी-आन्दोलन सहयोगी बन्नेछ । शैक्षिक संगठनको नेतृत्वदायी हिसाबले सबै विसंगति, अनुत्तरदायी क्रियाकलापविरुद्ध विद्यार्थी-आन्दोलन उठ्न सक्छ । स्ववियु निर्वाचन जित्नेले सबै विद्यार्थीको मनोविज्ञानको नेतृत्व गर्नुपर्छ ।

विद्यार्थी हितका लागि हाम्रो आन्दोलन

रामकुमारी झाँक्रीअध्यक्ष, अनेरास्ववियु

'सामाजिक फासीवाद र यथास्थितिवादविरुद्ध हाम्रो अभियान, जनमुखी शिक्षा र अग्रगामी संविधान निर्माणका लागि अनेरास्ववियुलाई मतदान' हाम्रो नारा हो । शिक्षाको पर्ुनर्संरचना, शिक्षालाई व्याख्या, पुनर्व्यवस्थापन, पर्ुनर्परिभाषा, शिक्षाक्षेत्रको संरचनागत र मान्यतागत हिसाबले त्यसको पर्ुनर्गठन हाम्रा मुद्दा हुन् । आत्मनिर्भरताको ग्यारेन्टी गर्नसक्ने वैज्ञानिक शिक्षाको पक्षमा हामी लामो समयदेखि संर्घष्ारत छौं र जारी छ । वैज्ञानिक शिक्षा नागरिकका लागि, अनिवार्य, निःशुल्क, सुलभ हुनर्ुपर्छ भन्ने हाम्रो मान्यता हो ।

हामीले विद्यार्थीका हकहितका विषयमा जुनसुकै परिस्थितिमा पनि संर्घष्ा गर्दर्ै आएका छौं । आफ्नै सरकार हुँदा पनि विद्यार्थी हितका लागि आन्दोलनमा उत्रिएको इतिहास छ । हाम्रो इतिहास, मुद्दा र आन्दोलन विद्यार्थीका सरोकारका लागि हुन्छ र हुँदैआएको छ । भ्रष्टाचारमा संलग्नलाई कारबाही गरेका छौू ।

 

वर्गीय हितमा अवाज उठाउँछौं

प्रदीप पौडेल, अध्यक्ष, नेपाल विद्यार्थी संघ

स्ववियु निर्वाचन विवेकी र मुलुकको शिक्षित वर्गमा हुने निर्वाचन भएकाले वैचारिक प्रतिस्पर्धा हुनर्ुपर्छ । यसमा नेपालको राजनीतिक, शैक्षिक, सामाजिक र सांस्कृतिक परिवर्तनका मुद्दा उठाइनर्ुपर्छ । विगतमा नेविसंघले विद्यार्थी आन्दोलनको अगुवाइ गरेको थियो । अब पनि अगुवाइ गर्न विद्यार्थीबाट अनुमोदित हुँदैछौं ।

नेविसंघ शैक्षिक मुद्दासूगै राजनीतिक मुद्दामा पनि बहस गर्नुपर्छ भन्ने ठान्छ । दुवै कुराका लागि शिक्षामा आमूल परिवर्तन जरुरी छ । शिक्षामा लगानी वृद्धि गर्नुपर्छ । अहिलेसम्म शिक्षाका लागि आवश्यक संरचना तयार भएको छैन । राज्य अस्पष्ट रहेको यो विषय स्पष्ट पार्दै शिक्षा वा शैक्षिक क्षेत्रमा हुने राजनीतिकरण अन्त्य गरी व्यावसायीकरण गरिनर्ुपर्छ । हामी समान र रोजगारमूलक शिक्षा हुनर्ुपर्छ भन्ने मान्यता राख्छौं । र, त्यो उत्पादनमूलक हुनर्ुपर्छ, गुणात्मक र रोजगारमूलक हुनर्ुपर्छ । त्रिभुवन विश्वविद्यालयको पनि आमूल रूपमा सुधार हुनर्ुपर्छ ।

राज्यले विद्यार्थीलाई विशेष किसिमका सहुलियत दिनर्ुपर्छ । यो विषय नेविसंघले पहिलेदेखि नै उठाउूदै आएको हो । पछिल्लो समयमा हामीले उठाएका ६८ बुूदे माग सबै विद्यार्थी संगठनको साझा मुद्दा बनेका छन् । विद्यार्थी आन्दोलनलाई संगठित गर्ने र मागलाई सूत्रबद्ध गर्न हामी सक्रिय छौं । अहिलेको स्ववियु निर्वाचनमा हामीले गणतन्त्रलाई लोकतान्त्रिकरण गर्ने, त्रिभुवन विश्वविद्यालयमा आमूल परिवर्तन गर्दै उच्च शिक्षामा सबैको सहज प्रवेशको वातावरण बनाउने, ७५ वटै जिल्लामा त्रिविको आंगिक क्याम्पस स्थापना, क्षेत्रीय विश्वविद्यालयको स्थापना, १२ कक्षासम्मको विद्यालय शिक्षा सम्पर्ूण्ारूपमा निःशुल्क, समाजवादी शिक्षा नीति लागू लगायतका मुद्दा अगाडी सारेका छौं ।

स्ववियु निर्वाचनमा हाम्रो पक्षमा लहर आएको छ । माओवादीले गरेको ज्यादतीविरुद्ध सशक्त प्रहार गर्न सक्ने विद्यार्थी संगठनको रूपमा नेविसंघमाथि आशा-भरोसा छ । जनजीविका र विद्यार्थीको वर्गीय हितको सवालमा नेविसंघले मात्र आवाज उठाउन सक्छ भन्ने विश्वास विद्यार्थीमा छ । हामी सम्पर्ूण्ा रूपमा एकताबद्ध भएर देशभरि परिचालित छौं । र, हामी निर्वाचनमा विजयी पनि हुन्छौं ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
पहिले नेपाल रहनु पर्‍यो त्यसपछि मात्र अरु क्रियाकलाप हुनसक्छ चित्रबहादुर के.सी (03.10.2009)
सरकार परिवर्तन गर्ने कुरा माआवादी र एमालेको हातमा छ (03.03.2009)
बाह्रबुँदे सम्झौतादेखि यता राष्ट्रियता अत्यन्त प्रभावित भयोदीप्त प्रकाश शाह, (03.01.2009)
एमालेभित्र नेतृत्व र नीतिगत (03.01.2009)
जनताको बहुदलीय जनवाद सोभियत असफलताको गहिरो 'पार्ट' हो शंकर पोखरेल, केन्द्रीय सदस (02.10.2009)
आठौं महाधिवेशन एकता र अग्रगमनको महाधिवेशन हुनेछ इश्वर पोखरेल, स्थाय (02.03.2009)
'राष्ट्रियता जोगाउन जनता नै जाग्नर्ुपर्छ' (01.27.2009)
सरकारले दह्रो ढङ्गले भारतसंग कुरा राख्नर्ुपर्छमुन्ना खाँ- संस्थापक सुस्ता बचा (01.20.2009)
एमालेको (01.09.2009)
शिक्षा सद्विचार, सदाचार र सद्व्यवहारमूलक हुनर्ुपर्छअङ्गुरबाबा जोशी, समाजसेवी&l (12.30.2008)



 
  ::| Events
September 2010  
Su Mo Tu We Th Fr Sa
      1 2 3 4
5 6 7 8 9 10 11
12 13 14 15 16 17 18
19 20 21 22 23 24 25
26 27 28 29 30    
 

© Neeraz.Com 2007
[Top Page]