Yugasambad.Com.Np
National Weekly
 
Sunday, 08.01.2010, 11:55am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
यथास्थितिमा गतिरोध अन्त्य असम ; प्रधानमन्त्रीका लागि लिगलिगे दौड ; प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब ; तीन ; सरकार कसको बलमा टिकेको
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
अन्तरवार्ता
 

माओवादीले अपराधीहरुलाई संरक्षण
Tuesday, 04.14.2009, 09:43am (GMT+5.5)

आठौं महाधिवेशन सम्पन्न भएको पूरै एक महिना बितिसक्यो तर, अहिलेसम्म नेकपा एमालेले नयाँ सिद्धान्त, नयाँ विचार, नयाँ नीति कार्यक्रम दिनसकेन किन होला ?
- तपाईले भनेजस्तै महाधिवेशनपश्चात् तीब्र गतिका साथ हामीले काम कारवाहीहरु सम्पादन गर्नुपर्ने थियोे यसमा ढिलाई भएको महशुस हामीले पनि गरेका छौं यद्यपि आठौं महाधिवेशनबाट पारित भएका सिद्धान्त, विचार, नीति कार्यक्रमलाई दस्तावेजको रुपमा छाप्ने काम भैरहेको यसलाई कार्यकर्ता जनताकाबीचमा लगिसकेपछि स्वाभाविक रुपमा नेकपा एमाले नयाँ गतिका साथ अगाडि बढने

काम कारवाहीमा ढिलाई हुनाको कारण चाँहि के हो ?
- महाधिवेशनपश्चात् तत्काल जिम्मेवारी बाँडफाँड हुनुपथ्र्यो तर, जिम्मेवारीको बाँडफाँड अहिलेसम्म हुनसकेको छैन यस कारणले गर्दा धेरै कामहरु मुल्तवीमा परेका हुन जिम्मेवारी बाँडफाँडमा भएको ढिलाइका कारण साँगठनिक क्षेत्रमा गर्नैपर्ने काम कारवाहीहरु पनि गतिका साथ अगाडि बढ्न सकेका छैनन् केन्द्रीय कमिटीको आगामी बैठकले पोलिटब्यूरो गठन जिम्मेवारी बाँडफाँड लगायतका कामहरुलाई सम्पन्न गर्नेछ त्यसपछि नेकपा एमालेको कामकारवाही भूमिकामा पनि नवीनता गति आउनेछ हामीले तत्काल गर्नुपर्ने कामहरु धेरै छन केन्द्रीय कमिटीको नयाँ संरचनाअनुसार माथिदेखि तलसम्मका सवै संगठनात्मक ढाँचाहरुलाई रुपान्तरण गर्नुपर्ने साँगठनिक संयन्त्रहरुलाई व्यवस्थित ढंगले परिचालित गर्नुपर्ने महाधिवेशनबाट पारित विचार, नीति कार्यक्रम लिएर जनतासमक्ष जानुपर्ने यसबीचमा उपनिर्वाचन स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन परेको कारणले पनि ढिला भएको हो

यी साँगठनिक गतिविधिका सर्न्दर्भ भए राष्ट्रिय राजनीतिको मूख्य भूमिकामा पनि एमालेको उल्लेखनीय प्रभावकारिता देखिएन नि ?
-
वर्तमान सर्न्दर्भमा राष्ट्रिय राजनीतिको मूख्य भूमिका भनेको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षा पुर्याउन नै हो यस अर्न्तर्गत नयाँ संविधानको लेखन अहिलेको मूख्य कार्यभार हो नेकपा एमाले निर्धारित समयभित्रै नयाँ संविधान बन्नु पर्दछ शान्ति प्रक्रियालाई तार्किक निष्कर्षा पुर्याउनु पर्दछ भन्ने र्सर्न्दभमा अत्यन्त प्रतिबद्ध शान्ति स्थापना नयाँ संविधान निर्माणका लागि नेकपा एमालेले प्रतिबद्धताका साथ समायोजकारी भूमिका निर्वाह गरेको कारणले तपार्इंले भनेजस्तो अनुभूति भएको हो तर नेकपा एमालेको भूमिका योभन्दा माथि हुनर्ुपर्दछ भन्ने कुरा हामीलाई पनि महशुस भएको यो विषय पार्टर्ीीे आन्तरिक जीवनभित्र पनि छलफलको विषय बनिरहेको

नेकपा एमाले नीति विचारको सवालमा पनि स्पष्ट हुन सकेको देखिदैन कहिले काँगे्रसको विचारसंग नजिक हुने , कहिले माओवादीको विचारसंग एमालेले यस्तो अस्पष्ट भूमिका किन निर्वाह गरेको ?
-
विपक्षी दलहरुले नेकपा एमालेलाई लगाउने गरेको आरोप हो यो यो आरोप अहिले 'जनथेगो'जस्तै बनिरहेको तर, नेकपा एमाले विचार नीतिमा स्पष्ट हामीले राष्ट्रिय राजनीतिमा स्पष्ट भूमिका निर्वाह गरिरहेका छौं हामी स्पष्ट हुनर्ुपर्दछ- एकीकृत नेकपा माओवादी भनेको जनवादको नाममा अधिनायकवादीतर्फउन्मूख पार्टर्ीीो यसैगरी नेपाली काँग्रेस- लोकतन्त्रको नाममा व्यक्तिवादतर्फउन्मूख पार्टर्ीीो तर, नेकपा एमाले सच्चा लोकतन्त्रवादी, जनवादी राष्ट्रवादी पार्टर्ीीो हामीले यी कुराहरुलाई बोलीमा मात्र होइन व्यवहारमा नै देखाइरहेका छौं यो महशुस आम नेपाली जनता विश्व समूदायले पनि गरेको यस कारणले पनि हामी यो देश जनताका अधिकारप्रति बढी प्रतिबद्ध जिम्मेवार छौं शान्ति, लोकतन्त्र, जनजीविका राष्ट्रियताको सवाल नेकपा एमाले जिम्मेवार नहुने हो भने नेपाल असफल देश हुन पुग्दछ माओवादीको उग्रवापन्थी भडकाव, अराजकता वितण्डा अनि नेपाली काँग्रेसको यथास्थितिवादी चरित्र व्यवहार शान्ति, लोकतन्त्र सामाजिक-आर्थिक रुपान्तरणका लागि वाधक यी दुवै खतराबाट परिस्थितिलाई जोगाएर मुलुकलाई हामीले यो अवस्थामा ल्याएका छौं हामीले वर्तमान सर्न्दर्भमा पार्टर्ीीे स्वार्थभन्दा माथि उठेर शान्ति, लोकतन्त्र सामाजिक रुपान्तरणका लागि समायोजनकारी भूमिका निर्वाह गरेका छौं

नेतृत्वदायी भूमिका चाँहि कहिलेदेखि निर्वाह गर्दछ एमालेले ?
-
नेकपा एमाले राष्ट्रिय राजनीतिमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्षम यसका लागि हामीले कुनै तिथि, मिति साइत पर्खिरहन पर्दैन हामीले संगठनको वर्तमान अवस्थामा अझ सुदृढ गर्नेछौं राष्ट्रिय नीति निर्माणको सवालमा तुरुन्तै नेतृत्वदायी भूमिकाका लागि अग्रसर हुनेछौं यसका लागि हाम्रा सबै नेता कार्यकर्ताहरुले स्पष्ट भएर अगाडि बढने छन आम जनता कार्यकर्ताहरुको अपेक्षा माग पनि यही नै हो

तपार्इंले यो कुरा सजिलै व्यक्त गर्नुभयो तत्कालै नेतृत्वदायी भूमिका निर्वाह गर्ने आधार के ?
- आठौं महाधिवेशनले नेकपा एमालेलाई त्यस्तो म्याण्डेट दिएको अब यसलाई रणनीति कार्यक्रम मार्फ र्सार्थक बनाउनुछ आधार भनेको यही नै हो यो भन्दा ठूलो आधार खाज्ने हो भने हामीसंग जनताको विशाल व्यापक पंक्ति यो पंक्तिले पनि नेकपा एमालेको विद्यमान भूमिकामा उल्लेखनीय प्रभावकारी होस भन्ने अपेक्षा राखेको

यतिवेला नेकपा एमालेले आफ्ना कार्यकर्तालाई पनि सुरक्षा दिन सकिरहेको छैन यस्तो अवस्थामा एमालेको संगठन सुदृढ गर्ला नेतृत्वदायी भूमिका खेल्ला भन्नेमा कसरी विश्वास गर्ने ?
- नेकपा एमाले आमजनताको जीउधनको सुरक्षाको लागि लडेको पार्टर्ीीो यसो भएको हुनाले एमाले समग्र नेपाली जनताको सुरक्षामाथि भैरहेको हमलाका विरुद्ध लडने यसका साथसाथै आफ्ना कार्यकर्ता पंक्तिलाई जोगाउनका लागि पनि त्यत्तिकै सचेत सजग वास्तवमा कार्यकर्ता पंक्ति जनतालाई सुरक्षा दिन सकिएन भने पार्टर्ीी जनताको बीचमा दूरी बढ्न जान्छ हामीले यो तथ्यलाई राम्ररी बुझेका छौं यसका लागि सडक सदन दुवै ठाउँबाट हामीले प्रभावकारी ढंगले संर्घष्ा गरेका छौं यति गर्दा पनि भएन भने पार्टर्ीी अरु सशक्त कारवाही अगाडि बढाउन पनि पछिपर्ने छैन

तर प्रचण्ड थैवको हत्या गर्ने व्यक्तिलाई अहिलेसम्म कानुनको दायरामा ल्याउन सक्नु भएको छैन नि ?
हाम्रो पार्टर्ीी प्रचण्ड थैवको हत्यारालाई अविलम्ब कारवाही गर भनेर सरकारलाई दबाब दिइरहेको तर, पनि सरकारले हत्यारालाई कारवाही गरेको छैन सरकारको नेतृत्व गरिरहेको पार्टर्ीी हत्यारालाई संरक्षण गरेर राखेको अझ अनौपचारिक रुपमा के कुरा आइरहेका भने प्रचण्ड थैवको हत्या गर्ने व्यक्तिलाई माओवादीकै वरिष्ठ मन्त्रीको क्वाटरमा लुकाएर राखिएको मलाई लाग्दछ यसको पुष्टि केही दिनमै हुनसक्दछ यदि यो सत्य हो भने अपराधीलाई लुकाउने प्रयत्नको पराकाष्ठा योभन्दा अरु के हुनसक्छ - माओवादीले हत्याको सवालमा मात्र होइन, अरु धेरै सवालमा सत्ता साझेदार दलहरुकाबीच गरेको सहमति समझदारीलाई निरन्तर उल्लघन गरिहेको जसले गर्दा सत्ता साझेदार दलहरुकै बीचमा विश्वासको संकट बढ्दै गइरहेको यो संकट वर्तमान सरकार विस्थापनको कारण नबन्ला भन्न सकिन्न

गृह मन्त्रालयको जिम्मा एमालेमा हत्यारालाई सरकारले कारवाही गरेन भन्नुहुन्छ यो अलि नमिल्दो कुरा भएन ?
-
सैद्धान्तिक रुपमा विश्लेषण गर्दा तपाईंले गरेको तर्क सही हो तर यथार्थमा कुरो अर्कै सरकारले गृह मन्त्रालयलाई निरीह बनाएको सरकारको संचालनमा प्रधानमन्त्रीको भूमिका नै महत्वपर्ूण्ा सर्वोच्च हुने गर्दछ अहिलेका प्रधानमन्त्रीले राज्यका विभिन्न संयन्त्रहरुलाई निरीह बनाएर कानुनी शासनको अवधारणालाई उपहास गरिरहनु भएको प्रधानमन्त्रीको यस कार्यमा माओवादीको वाइसिएलका कार्यकर्ताहरुले सहयोग गरिहेका छन पछिल्लो पटक उहाँले लिखित चिठी पठाएर राष्ट्रिय खेलकूद प्रतियोगितामा हस्तक्षेप गर्नुभयो माओवादी बाहेक अन्य दलले सम्हालेका मन्त्रालयलाई सिधै हस्तक्षेप गरेर माओवादीले मन्त्रालयहरुलाई निरीह बनाएको यस कारणले गर्दा हामी सडकमा ओर्लन बाध्य भएका हौं

यतिवेला नेकपा एमाले एकीकृत माओवादीको बीचमा द्वन्द्व निकै बढेर गएको यो द्वन्द्वले वर्तमान सरकारको भविष्यमा कस्तो प्रभाव पर्ला ?
- सरकारको नेतृत्व गरिरहेको एकीकृत माओवादीका कार्यकर्ताहरुको अराजक, हिंसात्मक गैरकानुनी व्यवहार क्रियाकलापका कारण द्वन्द्व बढेको हो यतिबेला माओवादीले नियोजित रुपमै अपराधकर्मलाई बढाउने काम गरेको अपराधीलाई लुकाउने संरक्षण दिने काम गरेको अन्य दलका गतिविधिहरुमा अनावश्यक ढंगले हस्तक्षेप पनि गरिहेकै यो प्रकारको अवस्था कायम रहिरहने हो भने सत्ता समीकरणको वर्तमान अवस्था टिकिरहला भन्ने मलाई लाग्दैन एमाले माओवादीबीच नौ बुँदे सहमति भएको अब यसको कार्यान्वयन पक्ष कस्तो हुन्छ - हामी त्यसैको प्रतिक्षामा छौं

नयाँ सत्ता समीरकणका लागि प्रयास तीब्र रुपमा अगाडि बढिरहेको भन्ने चर्चा सुनिन्छ एमाले त्यसमा सहभागी कि छैन ?
- नेकपा एमाले सरकार गठन हुँदा सहमति गरिएका न्यूनतम साझा सहमतिका कार्यक्रमहरु अक्षरशः कार्यान्वयन हुनर्ुपर्दछ भन्ने पक्षमा रहेको यतिमात्र होइन बृहत शान्ति सम्झौता त्यसपछि भएका सबै सहमति समझदारीहरुको पालना हुनर्ुपर्दछ भन्ने अडानमा स्पष्ट उल्लेखित सहमति समझदारीहरुको पालना सबै सरोकारवाला राजनीतिक दल सरकारले इमान्दारिपर्ूवक पालना गर्नुपर्दछ तर यतिबेला एकीकृत माओवादीले यी सहमति समझदारीहरुको इमान्दारितापर्ूवक पालना गरिहेको छैन यही कारणले गर्दा संविधान निर्माणको प्रक्रिया पनि अवरुद्ध हुनपुगेको शान्ति प्रक्रिया अगाडि बढ्न सकिरहेको छैन जहाँसम्म नयाँ सत्ता समीकरणको चर्चा हो- त्यो अवस्था नआउला भन्न सकिदैन माओवादीले एकतर्फी रुपमा हिंसात्मक अराजक क्रियाकलाप अगाडि बढाइरहने त्यसलाई एमालेले सरकारमा बसेर टुलुटुलु हेदर्ैर्ैैनुमोदन गरेर जाने लाचार अवस्था आउन दिनु हुँदैन स्पष्ट रुपमा भन्दा नेकपा एमाले माओवादीका लागि सति जादैन

तपाईंले भन्नुभयो तर एमालेका जिम्मेवार पदाधिकारीहरुले यस्तो भन्न हिच्किचाइरहेका नि ?
- नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक अब छिटै बस्दैछ अब बस्ने केन्द्रीय कमिटीको बैठकले यो लगाययत यस्ता धेरै विषयहरुमा स्पष्ट निर्ण्र्ाागर्नेछ नेतृत्वमा रहनुभएका जिम्मेवार पदाधिकारी कमरेडहरु पनि आम कार्यकर्ता जनताको भावना अपेक्षालाई अवमूल्यन गरेर अगाडि बढ्न सक्नुहुन्न सरकारमा बसे पनि सरकारबाट बाहिर निस्के पनि अब नेकपा एमाले राष्ट्रिय राजनीतिमा सशक्त भूमिकाका साथ प्रस्तुत हुनेछ

नेकपा एमालेका मन्त्रीहरुले सम्हालेका मन्त्रालयहरुबाट पनि जनअपेक्षाअनुसार कार्यसम्पादन हुन नसकेको गुनासो सुनिन्छ यस बारेमा तपाईंको प्रतिक्रिया के ?
- यो एकदमै सत्य कुरा हो आमजनता हाम्रो कार्यकर्ता पंक्तिले यस्तो महशुस गरेको नेकपा एमालेको केन्द्रीय नेतृत्वले पनि आफ्ना मन्त्रीहरुले सरकारमा रहेर जनअपेक्षा बमोजिम उचित गतिका साथ भूमिका निर्वाह गर्न नसकेको महशुस गरिरहेको

जनताको चाहाना बमोजिम काम गर्न नसक्ने वर्तमान मन्त्रीहरुलाई फिर्ता बोलाउने चर्चा पनि आइरहेको के यो सत्य हो ?
- हालको मन्त्रिमण्डलमा रहनुभएका साथीहरुलाई फिर्ता बोलाउने कि नबोलाउने भन्नेबारेमा के कुरा भैरहेको त्यसबारे मलाई जानकारी छैन फेरि पनि सत्य सबैले महशुस गरेको कुरा के हो भने- नेकपा एमालेका तर्फाट वर्तमान सरकारमा सामेल मन्त्रीहरुको कार्यसम्पादन भूमिकाप्रति आम कार्यकर्ताहरु अलिकति पनि सन्तुष्ट छैनन्

यसको कारण के हो ?
- हाम्रा मन्त्रीहरुले राम्रो भूमिका निर्वाह गर्न नसक्नुका पछाडिको मुख्य कारण भनेको नेकपा माओवादीको अधिनायकवादी व्यवहार, कार्यशैली चरित्र नै हो माओवादीका अराजक उदण्ड क्रियाकलापका बीचमा नेकपा एमालेका मन्त्रीहरुको भूमिका गौण बन्न पुगेको

यो आफ्नो कमजोरीलाई लुकाउने तर्कजस्तो भएन ?
- मूल कारण त्यही नै हो यसबाहेक हाम्रा साथीहरुको व्यक्तिगत क्षमता, सीप, कौशलता खुवीको पक्ष पनि हाम्रा साथीहरुले यी सवालहरुमा आत्मसमीक्षा गर्नु जरुरी यसले कहाँनेर के कारणले कमजोरी हुनपुगेको भन्ने पत्ता लगाउन सजिलो पर्दछ

महाधिवेशन भरखरै सम्पन्न भएको यसैबीचमा स्ववियू उपनिर्वाचनको परिणाम पनि आएको यी आधारहरुलाई केलाएर भन्दा- अहिले एमालेको साँगठनिक अवस्था कस्तो रहेका ?
तपार्इंले अत्यन्तै महत्वपर्ूण्ा प्रश्न गर्नुभयो संविधानसभाको परिणामपछि आमजनता कार्यकर्तामा जुन मात्रामा निराशा बढेको थियो, यथार्थमा अहिले अवस्था त्यस्तो छैन यतिबेला नेकपा एमालको संगठन देशव्यापी रुपमा निकै सशक्त बलियो युवाहरुको ठूलो हिस्सा एमालेमै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियुको अग्रताले यो तथ्यलाई प्रमाणित गरेको निर्वाचनको दौरानमा हामीले प्रभावकारी योजना कार्यक्रम दिनसकेका भए अरु थप स्थानमा जीत हासिल गर्न सक्ने थियौं अहिले पनि धेरै जनता नेकपा एमालेको पक्षमा छन उनीहरुलाई हामीले संगठित गर्न सकिरहेका छैनौं अब केही समय मेहनतका साथ प्रभावकारी कार्यक्रम लिएर जनसमक्ष गयौं भने यो पक्षलाई पनि हामीले व्यवस्थित गर्न सक्दछौं हामीले निकट भविष्यमै संगठनलाई सुदृढ बलियो बनाउने काम गर्ने छौं

प्रसंगलाई राष्ट्रिय सर्न्दर्भमा जोडौं नयाँ संविधान निर्माणको प्रक्रिया अगाडि बढेन यसको कारण के हो ?
- नयाँ संविधान निर्माणको प्रक्रिया अगाडि बढ्न सकेको छैन यो एकदमै सही कुरा हो जनताको लागि त्यत्तिकै चिन्ताको विषय पनि हो अराजकतालाई बढाउने, विद्यमान राज्य संरचनालाई सम्पर्ूण्ा रुपले ध्वस्त पार्ने अलोकतान्त्रिक विधिमार्फ राज्यसत्ता कब्जा गर्ने माओवादीको अन्तरनिहीत मनसाय अनुरुप प्रदर्शित व्यवहारका कारण संविधान निर्माणको प्रक्रिया अगाडि बढ्न सकेको छैन

त्यसो भए निर्धारित समयभित्र नयाँ संविधान बन्दैन ?
- नेकपा एमाले तोकिएको समय सीमाभित्रै संविधान बनाउनपर्छ भनेर लागेको वास्तवमा तोकिएको समयमा संविधान बनेन भने देश अकल्पनीय दर्ुघटनाको शिकार हुन्छ परिस्थिति हाम्रो नियन्त्रणभन्दा बाहिर जान पनि सक्दछ यसकारणले पनि तोकिएको समयभित्रै संविधान बन्नर्ुपर्छ भन्ने हाम्रो मान्यता हो तर संविधान बनाउने काम आमसहमतिको आधारमा गर्नुपर्ने भएको हुनाले नेकपा एमालेको एकल प्रयासले मात्र सम्भव हुनसक्दैन यसका लागि सवैको पहल उत्तिकै हुनर्ुपर्दछ माओवादीमा अहिलेको जस्तै अराजक अधिनायकवादी रहिरहृयो भने तोकिएको समयमा संविधान नबन्न सक्छ

प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले काँग्रेसको संविधान निर्माणमा अवरोध सिर्जना गरेका बताउँदै आउनु भएको नि ?
- यो विल्कुल निराधार आरोप हो आफ्नो काम, कर्तव्य दायित्वप्रति जिम्मेवारीबोध नगर्ने आफूले बोलेका अभिव्यक्तिमा नैतिक जिम्मेवारी नलिने नेता नाङ्गै हिडे भने जनताले आँखा ढाक्नु बाहेक अर्को विकल्प हुँदोरहेनछ अहिले यस्तै भैरहेको एकातिर प्रधानमन्त्री हुने अर्कातिर मार्छु, काटछु, सत्ता कब्जा गर्छर्ुु व्रि्रोह गर्छु भन्दै कही नभएको जात्रा हाँडीगाउँमा भन्ने उखान प्रधानमन्त्री दाहालले चरितार्थ गरिरहनुभएको माओवादी सत्ताले मात्तिएको सत्ताको उन्मादमा माओवादीले यसरी नै अराजक क्रियाकलाप बढाउँदै जानु राम्रो संकेत होइन देशमा बढ्दै गएको यस किसिमको गतिविधिलाई विश्लेषण गर्दा देश नयाँ खालको द्वन्द्वमा प्रवेश गरेको अनुभूति हुन्छ

प्रस्तुतिः देवराज अर्याल


Comments (0)        Print        Tell friend        Top


Other Articles:
सरकारी नीति कुहिरोमा हराएको काग जस्तो छपोषराज प (04.07.2009)
सुस्तामा भारतीय अतिक्रमण तीब्र ः सरकारले नक्शा लुकायो (03.31.2009)
बजार हस्तक्षेप कडा बनाउन 'हट लाईन'को व्यवस्था गर्नुपर्छ (03.24.2009)
त्रिपक्षीय प्रतिस्पर्धा ः सवैको आफूले जित्ने दावी (03.17.2009)
पहिले नेपाल रहनु पर्‍यो त्यसपछि मात्र अरु क्रियाकलाप हुनसक्छ चित्रबहादुर के.सी (03.10.2009)
सरकार परिवर्तन गर्ने कुरा माआवादी र एमालेको हातमा छ (03.03.2009)
बाह्रबुँदे सम्झौतादेखि यता राष्ट्रियता अत्यन्त प्रभावित भयोदीप्त प्रकाश शाह, (03.01.2009)
एमालेभित्र नेतृत्व र नीतिगत (03.01.2009)
जनताको बहुदलीय जनवाद सोभियत असफलताको गहिरो 'पार्ट' हो शंकर पोखरेल, केन्द्रीय सदस (02.10.2009)
आठौं महाधिवेशन एकता र अग्रगमनको महाधिवेशन हुनेछ इश्वर पोखरेल, स्थाय (02.03.2009)



 
  ::| Events
August 2010  
Su Mo Tu We Th Fr Sa
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        
 

© Neeraz.Com 2007
[Top Page]