० मुलुकको पर्यटन उद्योग यतिबेला कस्तो अवस्थामा छ -
- सामान्य रुपमा हर्ेदा पर्यटन उद्योगको वर्तमान अवस्था सन्तोषजनक देखिन्छ । तर, सूक्ष्म रुपमा विश्लेषण गर्दा नेपालको पर्यटन उद्योगले आशातीत गतिमा प्रगति गर्न सकेको छैन । पर्यटन क्षेत्रले नेपालमा ५५ वर्षो इतिहास बोकेको छ । पर्यटन उद्योगलाई सुनको फुल पार्ने कुखुरी पनि भनिन्छ । सुनको फुल पार्ने भनिने कुखुरी नेपालको सर्न्दर्भमा अहिले खुइलिएको अवस्थामा पुगेको छ । यसको दर्ुइचारवटा मात्र प्वाख मात्र बाँकी छ । यो मर्ने अवस्थामा पुगेको छ । पर्यटन उद्योगलाई आइसियू टि्रटमेण्टको आवश्यकता छ ।
० यस्तो अवस्था किन उत्पन्न हुनपुग्यो त -
- सरकारले पर्यटन उद्योगलाई राम्रो ढङ्गले व्यवस्थापन गर्न नसकेको कारणले यस्तो अवस्था उत्पन्न भएको हो । यसका लागि सही नीति, कार्यक्रम र योजनाको आवश्यता छ । त्यस्ता नीति, योजना र कार्यक्रमहरु ग्रामीण क्षेत्रका जनताको हितलाई केन्द्रविन्दुमा राखेर तयार पारिनर्ुपर्दछ ।
० लोकतन्त्रको स्थापना भैसकेपछि नेपालमा पर्यटन आगमनको दर घटेको कि बढेको छ -
- लोकतन्त्रको स्थापना भएपछि सुरुका वर्षरुमा नेपालमा पर्यटकहरुको आवागमन उत्साहवर्द्धक नै रहृयो । सन २००७ मा नेपालमा ५ लाख ३६ हजारभन्दा बढी पर्यटक आएका थिए । तर, यो वर्षपर्यटक आगमनको दर घटेको छ । मासिक रुपमा १५-१७ प्रतिशतले कमी आएको तथ्यांकले देखाएको छ ।
० पर्यटन उद्योगले नेपालको राष्ट्रिय आम्दानीमा कति प्रतिशत योगदान गरेको छ त -
- यो ज्यादै सान्दर्भिक प्रश्न हो । तर, यसको जवाफले जनतालाई अन्योलमा पार्न पनि सक्दछ ।
० कसरी -
- कूल गाह्रस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान कति छ भनेर आजसम्म अध्ययन नै भएको छैन । अन्धाले हात्ती छामेर हात्तीको वर्ण्र्ाागरेझंै जसलाई जे मनलाग्यो त्यसैको आधारमा यसको योगदानका बारेमा आंकाडा दिने काम भएको छ । पर्यटन भनेको बृहत उद्योग हो । यसको सम्बन्ध विभिन्न क्षेत्रसंग गासिएको छ । यसको स्पष्ट व्याख्या सहित राष्ट्रियस्तरमा अध्ययन गर्नु जरुरी छ । राष्ट्रियस्तरमा अध्ययन नहुँदासम्म पर्यटन क्षेत्रले दिएको योगदान कति छ भनेर भन्न सकिने स्थिति छैन ।
० राष्ट्रियस्तरमा नभए पनि व्यक्तिगत र संस्थागत रुपमा त अध्ययन भएका छन नि । त्यस आधारमा भन्न सकिन्न -
- पर्यटन मन्त्रालय अर्न्तर्गतका विभिन्न निकायहरुले दिने गरेका तथ्यांकहरु गलत छन । ती आधारहीन छन । यी तथ्यांकहरुले पर्यटन क्षेत्रले कूल गार्हस्थ उत्पादनमा पुर्याएको योगदानलाई 'अण्डरइस्टिमेट' गरेको छ । यो कुरा मेरो अध्ययन र अनुभवमा मात्र देखिएको होइन, त्यतिखेर नै 'टुचे रोज'ले पनि भनेको कुरा हो । उनले भनेका थिए सरकारले पर्यटन क्षेत्रले दिएको योगदानको सम्बन्धमा सरकारले प्रकाशित गरेको तथ्यांकमा एक सय ५० प्रतिशतले अण्डरइस्टिमेटेड छ । तर पनि कूल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ४ प्रतिशतभन्दा कम चांहि छैन ।
० यो क्षेत्रमा कतिजनाले रोजगारी पाएका छन त -
- डब्लुटीओको रिपोर्टअनुसार पर्यटन क्षेत्रले २ लाख ३७ हजार मानिसलाई प्रत्यक्ष रुपमा रोजगारी दिएको छ । यो भनेको कूल रोजगारीको २.३ प्रतिशत हो । कूल लगानीको ११ प्रतिशत हिस्सा पर्यटन क्षेत्रमा लगानी भएको छ । सरकारको खर्च भने त्यति उत्साहवर्द्धक छैन । यस क्षेत्रमा सरकारको खर्चको ५ प्रतिशत हिस्सा रहेको छ । यो बढाउनु नितान्तः जरुरी छ ।
० नेपालमा कुन कुन देशबाट पर्यटकहरु आउने गरेका छन -
- नेपालमा सबैभन्दा बढी भारतीय पर्यटकहरु घुम्न आउने गरेका छन । यसको हिस्सा ३२-३३ प्रतिशत रहेको छ । उनीहरुले खर्च पनि तुलनात्मक रुपमा बढी गर्दछन । तर, हामीले उनीहरुको चाहनालाई व्यवस्थित गर्न सकिरहेका छैनौं । बन्द हडताल, प्रदूषण, असुरक्षाका कारण पछिल्लो समयमा यो दर घटेको छ । यसपछिको दोस्रो देश भनेको चीन हो । त्यसपछि अमेरिका र युरोपियन देशका पर्यटकहरु आउने गरेका छन ।
० नेपालमा आउने पर्यटकहरुको संख्या बढी भए पनि गुणस्तर छैन भनिन्छ नि -
- तपाईंले भनेको कुरा एकदमै सत्य हो । यस विषयमा हामीले अरुलाई दोष दिएर हँुदैन । हामी आफै दोषी छौं । हामीले पर्यटकको स्तर तोकेका छैनौं । उनीहरुको बर्साई, खाना, खर्च र यातायातको लागि स्तर निर्धारण गर्नसकेका छैनौं । यसले गर्दा गुणस्तरीय पर्यटकको संख्या घटदै गएको छ । हामीले राष्ट्रियस्तरबाट पर्यटकले गर्नुपर्ने न्यूनतम खर्चको मापदण्ड तोक्नर्ैपर्दछ ।
० नेपालमा आउने पर्यटकहरुको औषत खर्च र बर्साई अवधि कति रहेको छ त -
- मन्त्रालयको तथ्यांकअनुसार पर्यटकहरुको औषत बर्साई १२ दिन रहेको छ । पर्यटकको औषत खर्च कति छ भनेर किटानका साथ भन्न सकिने स्थिति छैन । तर अन्य देशहरुको तुलनामा नेपालमा निकै कम खर्च गर्दछन् पर्यटकहरुले । जबकि भूटानमा दैनिक २५० डलर अनिवार्य रुपमा खर्च गर्नै पर्दछ ।
० नेपाल विश्व पर्यटनको गन्तव्य बन्नसक्ने खास आधारहरु के-के हुन त -
- विश्वकै एकमात्र उच्च हिमाल सगरमाथा र भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपालमा छ । विश्व पर्यटनका हिसावले यी दर्ुइ सम्पदाहरु नेपालका मौलिक पहिचान हुन । यस्तो पहिचान अरु कनै मुलुकसंग छैन । हामीसंग २ हजार नदीनालाहरु छन । जाति, जनजाति, भाषा र संस्कृतिको विविधता छ । यसैगरी भौगोलिक विविधता, हावापानी र जैविक विविधताले भरिपर्ूण्ा छ । अमेरिका र भारतका नदीहरु सुक्दछन । तर हिमालबाट उत्पत्ति भएका हाम्रा नदीनालाहरु कहिल्यै सुक्दैनन् । यसबाहेक धार्मिक र पुरातात्विक हिसावले पनि नेपाल पर्यटनका लागि उपयुक्त गन्तव्यको रुपमा रहेको छ । यसलाई हामीले सही ढंगले व्यवस्थापन गर्न सक्यौ भने देश निश्चितै रुपमा समृद्ध हुन्छ ।
० भरखरै सरकारले नयाँ पर्यटन नीति २०६५ र्सार्वजनिक गरेको छ । नयाँ पर्यटन नीति ल्याउनुपर्नाको कारण के हो -
- सरकारले पर्यटन बोर्डमा पत्रकार सम्मेलनको आयोजना गरी नयाँ पर्यटन नीति र्सार्वजनिक गरेको छ । पर्यटन उद्योगलाई विविधिकरण गर्न र पर््रवर्द्धन गर्नका लागि यो नीति ल्याएको हुनर्ुपर्दछ । पर्यटन क्षेत्रबाट जनताको जीवनस्तर उकास्नु र यसलाई नयाँ गति एवं दिशा दिनु जरुरी थियो । त्यसैगरी पर्यटन क्षेत्रलाई देशव्यापी रुपमा विस्तार गर्नु जरुरी थियो । यसका लागि उपयुक्त वातावरण बनाउन विविधिकरणको आवश्यकता छ । यसैगरी पर्यटन भनेको गतिशील क्षेत्र हो । यसमा दिनप्रति दिन गति परिवर्तन आइरहेको छ । यस र्सर्न्दभमा गतिशीलता दिन र म्याच गर्न लागि पनि नयाँ नीति आवश्यक थियो । त्यसैलाई सम्बोधन गर्न नयाँ नीति ल्याउनु परेको बताइएको छ । यसबाहेक पर्यटन क्षेत्रमा सामयिक समस्या र चुनौतीहरु सामना गर्न नयाँ पर्रि्रेक्षमा नयाँ नीतिको आवश्यकता हुनु स्वाभाविकै हो ।
० नयाँ नीतिबाट पर्यटन क्षेत्रमा के अपेक्षा गर्न सकिन्छ -
-नीति आफैले परिवर्तन ल्याउने होइन । यसको सफल कार्यान्वयनमा यसको प्रभावकारिता निर्भर गर्दछ । यसको कार्यान्वयन पक्ष कत्तिको सफल हुन्छ- त्यो त हर्ेन बाँकी नै छ । यसको सफल कार्यान्वयन सरकार एक्लैले गर्न सम्भव छैन । अतः पर्यटन व्यवसायी, सरोकारवाला र विज्ञहरुबीच अन्तरसम्बन्ध स्थापना हुनसकेमा मात्र नयाँ पर्यटन नीतिको कार्यान्वयन सफल हुन सक्दछ । कार्यान्वयनका लागि ग्रामीण तहसम्मका जनसमुदायलाई सक्रिय रुपमा सहभागी गराउन सक्यौं भने मात्र यसबाट वाञ्छित सफलता हाँसिल हुने अपेक्षा गर्न सकिन्छ । यसैगरी पर्यटनलाई सम्बन्धित सबै सब-सेक्टरहरुका बीच समन्वय गर्नु पनि त्यत्तिकै आवश्यक छ ।
० पर्यटन उद्योगको विकासका लागि अनुकूल वातावरण र आवश्यक न्यूनतम पर्ूवाधार तयार भैसकेको वर्तमान अवस्थामा 'नेपाल पर्यटन वर्ष२०११' कत्तिको सफल र फलदायी हुने देख्नुभएको छ -
- वर्तमान अवस्थामा यो कार्यक्रम निकै महत्वाकांक्षी देखिन्छ । आवश्यक पर्ूवाधारको अभाव छ । प्रचारप्रसारमा मात्र जोड दिने काम भएको छ । सम्बन्धितहरुलाई समेटन सकेको छैन । पर्चा र पम्पलेटबाट मात्र यो कार्यक्रम सफल हुनसक्दैन । अहिले पर्यटन क्षेत्रका विज्ञ र विशेषज्ञहरुलाई पनि नजरअन्दाज गर्ने काम भएको छ । पर्यटन विशेषज्ञहरुलाई नजरअन्दाज गरेर जनमानसमा जान सकिंदैन । कार्यक्रमका लागि तयार गरिएको खाका अनुसारको कार्य योजना अहिलेसम्म बन्न सकेको छैन । यो दुःखद् पक्ष हो । पर्यटन सीमित वर्ग वा समूहको मात्र सरोकारको विषय होइन । आम सरोकारको विषय हो । यसलाई समेटन सरकारको सोचाई र व्यवहार फराकिलो हुनर्ुपर्दछ । साधन र स्रोतको परिचालन गर्ने कुरामा मात्र होइन, सीमित साधन स्रोतबाट घोषित उद्देश्य प्राप्त गर्ने कुरा ध्यान केन्द्रित गर्नुपर्दछ भन्ने मेरो मान्यता रहेको छ ।
० विश्वव्यापी आर्थिक मन्दीबाट नेपालको पर्यटन क्षेत्र कत्तिको प्रभावित हुने देख्नुहुन्छ -
- आर्थिक मन्दीको प्रभाव पर्दैन भन्न सकिन्न । स्वभावले नै पर्यटन क्षेत्र अन्य क्षेत्र सरह प्रभावित त हुन्छ नै । तर, अन्य क्षेत्रको तुलनामा पर्यटन क्षेत्रको प्रकृति अलि फरक भएको हुँदा त्यसबाट पर्ने प्रभावलाई न्यूनीकरण गर्न सकिने संभावनाहरु पनि छन ।
० के छन त संभावनाहरु -
- यसका लागि हामीले 'नेवरहुड टुरिज्म'मा बढी ध्यान केन्द्रीत गर्नुपर्दछ । चीन र भारतमा यसको प्रभाव तुलनात्मक रुपमा कम परेको छ । अतः तत्कालका लागि चीन, भारत, दक्षिण कोरिया र खाडी मुलुकहरुमा हाम्रो पर््रवर्द्धनका कार्यक्रमहरुलाई लैजानु जरुरी देखिन्छ । युरोपियन पर्यटकभन्दा भारतीय र चाइनिज पर्यटकहरुले बढी खर्च गर्ने र कम माग गर्ने व्यवहारले देखाइसकेको छ । तर्सथ हामीले पर्यटन बजारलाई हर्ेर्ने दृष्टिकोणमा फरक ल्याउनु आवश्यक छ । मन्दीले मानिसको घुम्ने चाहानालाई असर गर्दैन । त्यसैले छोटो समयमा यसको प्रभाव हाम्रो पर्यटन क्षेत्रमा तुलनात्मक रुपले हर्ेदा कमै पर्ने देखिन्छ । तर, यो लम्बिदै गयो भने यसको प्रभाव अवश्यमभावी छ । त्यसैले आन्तरिक पर्यटनलाई समयमै समुचित प्राथमिकता दिएर पर््रवधन गर्नु जरुरी छ ।
० मुलुकमा ठूलो राजनीतिक परिवर्तन पश्चात् पनि बन्द र हडतालका घटनाहरुले निरन्तरता पाइरहेका छन । यसले समग्र पर्यटन क्षेत्रलाई कस्तो प्रभाव पार्ला -
- नेपालमा बन्द र हडताल आकस्मिक घटनाको रुपमा मात्र नभएर एउटा अपसंस्कृतिको रुपमा विकसित भैरहेको छ । यो अत्यन्त हानीकारक पक्ष हो । यस्तो अपसंस्कृति र दुष्चक्रलाई तत्काल तोडनु पर्दछ । यसका लागि सबै राजनीतिक दलहरुले राजनैतिक सुझबुझ र जिम्मेवारीपर्ूण्ा व्यवहार गर्नुपर्दछ । नागरिक समाजको तर्फाट पनि व्यापक जनचेतना र दबाबमूलक कार्यक्रमहरु संचालन गर्नु जरुरी छ । बन्द हड्ताललाई निस्तेज गर्न राजमार्ग सम्बन्धी छुट्टै कानून बनाएर त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्दछ । जनसरोकारका उचित विषयलाई सरकारले समयमै सम्बोधन गर्नुपर्दछ । यसैगरी जनचेतनाको स्तर वृद्धि गर्नुपर्दछ । पर्यटनमा जनताको सहभागितालाई व्यापक रुपमा बढाउनर्ुपर्दछ ।
० पर्यटन क्षेत्रमा जनताको सहभागिता त उल्लेखनीय देखिंदैन नि । यसको कारण को होला -
- पर्यटनमा व्यापक रुपमा जनसहभागिता हुन नसक्नुको मूल कारण सीमित उच्चवर्गले मात्र हालिमुहाली गर्नु हो । पर्यटनलाई सीमित क्षेत्र, वर्ग र व्यावसायीहरु बीचमा मात्र सीमित नराखी आम जनमानसमा यसको स्वामित्व स्थापित गर्न सक्नर्ुपर्दछ । यसो भएमा बन्द हड्ताल जस्ता अनपेक्षित घटनाहरु कम हँुदै जान्छन । पर्यटन क्षेत्रले सही दिशा र गति लिनसक्दछ ।
० नेपालमा पर्यटन उद्योगको भविष्य कस्तो देख्नुभएको छ -
- नेपालमा पर्यटकीय सम्पदाहरु अद्वितीय भएको हँुदा यसको भविष्य उज्वल नै देखिन्छ । पर्यटन क्षेत्रमा अनावश्यक राजनीतिक चलखेल नभएमा यसको भविष्य सुन्दर छ । विभिन्न राजनीतिक दलहरुले समेत नेपालको समग्र विकासमा पर्यटन क्षेत्रको योगदान र सम्भावनालाई हृदयंगम गरी आ-आफ्नो दलमा पर्यटन विभाग गठन गरी राजनीतिक स्तरमा समेत विज्ञता र व्यवसायिकता विकास गर्नु जरुरी छ ।
० सरकारले चांहि के गर्नुपर्दछ त -
- सरकारले पर्यटन क्षेत्रमा थोरैमात्र भए पनि देखिनेखालको उपलब्धि हाँसिल हुनेगरी प्रमुख कार्यक्रम दिनर्ुपर्दछ । प्रमुख र ठूला कार्यक्रमका साथ जानसकेमा मात्र यस क्षेत्रमा आशातीत उपलब्धि हाँसिल हुन्छ । ससाना कार्यहरु त निजी क्षेत्र र नागरिक समाजले पनि गर्न सक्दछ । सरकारले केही प्रमुख आधारभूत संरचना तयार हुने काम गर्नुपर्दछ । अति आवश्यक नयाँ जहाज खरीद र दर्ुइ छिमेकी मुलुकलाई जोडने रेलमार्ग जस्ता महत्वपर्ूण्ा कार्यक्रममा ध्यान केन्द्रित गर्नु सान्दर्भिक हुन्छ । सरकारले पर्यटन मन्त्रालय र नेपाल टुरिजम वार्डको परम्परागत रुपमा काम गर्ने शैलीमा परिवर्तन गरी व्यवहारिकता, व्यावसायिकता र प्राविधिकतामा जोड दिनु पर्दछ । यसै सर्न्दर्भमा म के कुरामा जोड दिन्छु भने- अहिले देशको पूँजीलाई सरकारले खर्च गर्न सकिरहेको छैन । यसरी खर्च हुन नसकेको पूँजीलाई सरकारले साना जलविद्युत आयोजना र पर्यटन क्षेत्रमा खर्च गर्न सक्दछ ।
० पर्यटनको कुरा गर्दा यसको सकारात्मक पक्षको बारेमा मात्र चर्चा गर्ने गरिन्छ । मौलिक संस्कृति, विचारमा पार्ने प्रभावको बारेमा कत्ति पनि चर्चा गरिदैन - यो पक्षलाई तपाईंले कसरी हेरिरहनुभएको छ -
- तपाईंले अत्यन्त महत्वपर्ूण्ा प्रश्न गर्नुभयो । हामीले पर्यटनबाट फाइदा हुने कार्यक्रम गर्दा त्यसबाट पर्ने असरहरुलाई नियन्त्रण गर्नु कार्यक्रमलाई पनि संगसंगै लैजान सक्नर्ुपर्दछ । नेपालमा यो पक्ष ओझेलमा परेको छ । सरकारले यो पक्षलाई राम्रो ढंगले व्यवस्थापन गर्न सकेको छैन । जसका कारण युवाहरुमा देखाशिखी गर्ने प्रवृति बढेको छ, ड्रग्सको प्रयोग बढेको छ, वेश्यावृतिका कुरा पनि आइरहेका छन् । हाम्रो मौलिक संस्कृतिमा विचलनको अवस्था उत्पन्न हँुदैगएका छन । यतिमात्र होइन नियन्त्रणकारी भूमिकाको अभावका कारणले हाम्रा मौलिक र दर्ुलभ वस्तुहरु लैजाने र त्यहाँका जनतालाई प्रदूषित गर्ने काम भएको छ । पर्वतारोहणमा पर्यटनमन्त्रालयले खटाउने गरेको 'लियाजो अफिसर'हरु शिविरसम्म नपुगी बीच बाटोबाटै फर्किने गरेको कारणले हिमाली क्षेत्रमा प्रदूषण बढेको छ अर्कातिर त्यहाँका दर्ुलभ साधन-स्रोतहरु चोरी भैरहेको छ । जुन कुरा विदेशी संचार माध्यममा पनि आइरहेका छन् । पर्यटन मन्त्रालयमा कार्यरत कर्मचारी दक्ष र व्यावसायिक नभएका कारणले यस किसिमको समस्या आएको हो । पर्यटन क्षेत्रमा काम गर्नका लागि विशेष शिक्षा र दक्षता पाएका व्यक्तिको छनोट हुन सक्यो भने नेपालको पर्यटन व्यवसायले हामीलाई फाइदा मात्र दिनेछ । होइन भने तपाईंले भनेजस्तै अवस्था आउने छ । यो पक्षमा सम्बन्धित निकायले तत्कालै ध्यान दिनर्ुपर्छ । नियन्त्रण एवं व्यवस्थापन गर्नु जरुरी छ ।
प्रस्तुतिः देवराज अर्याल