Yugasambad.Com.Np
National Weekly
 
Wednesday, 09.08.2010, 07:20pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
बाहृयशक्तिको व्यूहरचनाले गञ्जागोल बढायो ; संविधानबाटै निकासको बाटो अवरु ; व्यवस्थापिका संसद् प्रधानमन्त्री चयन गर्न पुनः विफल ; राजनीतिक भाँडभैलोले सबै क्षेत्र अस्तव्यस्त ; राजनीतिक विकृतिको महामारी फैल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
अन्तरवार्ता
 
नेपाली कांग्रेसलाई निर्वाचनमा जानु कुनै अप्ठयारो छैन
Monday, 10.01.2007, 07:09pm (GMT+5.5)

होमनाथ दाहाल- केन्द्रीय सदस्य, नेपाली कांगे्रस

० संविधानसभा निर्वाचनको मिति आइसक्यो । माहोल अझै आएन । यस्तो किन भयो -

संविधानसभा निर्वाचनको लागि माहोल बनाउने काम राजनीतिक दलहरुको हो । निर्वाचनको माहोल सिर्जना गर्नुपर्ने दलहरु नै गम्भीर भएनन् । यस कारणले मिति आइसक्दा पनि माहोल नआएको हो ।

० त्यसो भए दोषी राजनीतिक दलहरु नै हुन त -

निर्वाचनको माहोल नआउनुको कारण भनेका दलहरु नै हुन । संविधानसभालाई वटमलाइन बनाएर हिंडेको दल-नेकपा माओवादी नै अहिले आएर संविधानसभाप्रति गम्भीर देखिएन । माओवादी जनताको अभिमत लिएर आउनेभन्दा अर्के बाटो रोज्ने सोचाइमा गए । नेकपा माओवादी नै संविधानसभाप्रति गम्भीर नभएका कारण यस्तो परिस्थिति उत्पन्न भएको हो । वास्तवमा माओवादीलाई बाहिर राखेर संविधानसभाको निर्वाचनमा जानुको कुनै अर्थ र औचित्य छैन । त्यसले राजनीतिक निकास दिन पनि सक्दैन ।

० संविधानसभाको निर्वाचनमा जाने रुचि त नेपाली कांग्रेसलेे पनि देखाइरहेको छैन भनिन्छ । चुनावी माहोल नआउनुको अर्को मुख्य कारण यो पनि होइन र -

केहीलाई त्यस्तो लागेको हुनसक्छ । यथार्थ त्यस्तो होइन । नेपाली कांगे्रस एकीकरण हुने भन्ने हल्ला विगत लामो समयदेखि निरन्तर रुपमा आयो । यद्यपि एकीकरण प्रक्रिया ढिलो हुन गयो । एकीकरण ढिला भएको कारण नेपाली कांगे्रस पनि निर्वाचनप्रति गम्भीर छैन कि भन्ने परेको हुनसक्छ । सत्य त्यो होइन । नेपाली कांगे्रस संविधानसभाको निर्वाचनप्रति गम्भीर छ । अब नेपाली कांगे्रसको एकीकरण पनि भैसकेको छ । हाम्रा कार्यकर्ता र शुभचिन्तक सबै निर्वाचनका लागि तयारी अवस्थाममा छन् । यस्तो स्थितिमा नेपाली कांग्रेसलाई निर्वाचनमा जानु कुनै अप्ठयारो छैन ।

० पार्टर्ीीकीकरण भए पनि उम्मेदवारी छनोट कार्य त गर्नसकेको छैन नि नेपाली कांगे्रसले -

कांगे्रसको दुबै पक्षबाट उम्मेदवारको नाम छनोट भएर आइसकेको अवस्था छ । सबै दल सहमत भएको खण्डमा यिनै नामहरुलाई राखेर टुंगोमा पुग्न नेपाली कांगे्रस सक्थ्यो । तर यहाँ सात दलमध्येको एउटा साझेदार घटक नेकपा माओवादी निर्वाचनप्रति गम्भीर नभएर अर्को बाटो तय गरी सरकारबाट बाहिरिइसक्यो । संसद्को विशेष अधिवेशनका लागि उसले समावेदन गरिसकेको छ । निर्वाचन हुन दिंदैनौ भनेर ती दलका नेताहरुको अभिव्यक्ति र्सार्वजनिक रुपमा आइसकेको छ । त्यो पार्टर्ीी निर्वाचन कार्यक्रमलाई प्रभाव पर्नेगरी कार्यक्रम दिइसकेको छ । यसो भएपछि अहिले समग्र अहिले समग्र राजनीतिक परिस्थिति नै अन्योमा पर्न गएको छ ।

० त्यसो भए संविधानसभाको निर्वाचन हुँदैन त अब -

संविधानसभाको निर्वाचन हुन्छ । संविधानसभाको निर्वाचन नभैकन अर्को उपाय छैन । संविधानसभाको निर्वाचन भएन भने मुलुक अकल्पनीय दर्ुघटनातर्फपनि जान सक्छ । यसकारण पनि संविधानसभाको निर्वाचन हुनै पर्दछ । प्रश्न के मात्र हो भने नेकपा माओवादीलाई कसरी मनाउने - यस निम्ति पनि सात राजनीतिक दलहरुबीच छलफल भैरहेको छ ।

० के अब ६ गते गर्ने भनिएको निर्वाचन पछि र्सछ -

सात राजनीतिक दलका नेताहरु बसेर यस विषयमा ठोस निर्ण्र्ाानगर्दासम्म निर्वाचन र्सर्ने नै भयो भनेर ठोकुवा गर्न सकिंदैन । विद्यमान परिस्थितिलाई विश्लेषण गर्दा मंसिर ६ गते नै निर्वाचन हुन्छ भन्नेमा प्रश्नचिन्ह खडा भएको छ । यद्यपि सिंगो मुलुक संविधानसभाको पक्षमा छ । जनता संविधानसभाको निर्वाचनमा भाग लिन आतुर छन् । हामीले यो पक्षलाई पनि त्यत्तिकै विचार गर्नुपर्छ । हामी सबै संविधानसभाको निर्वाचनमा जानै पर्दछ । निर्वाचनदेखि कोही पनि भाग्नु हुँदैन । संविधानसभाको निर्वाचनलाई बटमलाइन मान्दैआएको नेकपा माओवादीले त झन यसलाई प्रतिवद्धताका साथ लिनर्ुपर्दछ ।

० नेकपा माओवादीले अहिले आएर बखेडा झिक्नुको पछाडि कारण के होलाजस्तो लाग्छ तपाईंलाई -

अहिले आएर नेकपा माओवादीले बखेडा झिक्नुको प्रमुख कारण उनीहरुभित्रको आन्तरिक द्वन्द्व हो । नेकपा माओवादीभित्र कट्टरवादी र हठवादीहरु अहिले शक्तिशाली भएको देखिन्छ । १२ बँुदे समझदारी भएदेखि सात दलसंगको सहमति र सहकार्यका आधारमा अगाडि बढनर्ुपर्छ भन्ने शक्ति अहिले कमजोर भएको देखिन्छ । एउटा कारण यो हो । अर्को कारण भनेको, नेकपा माओवादीप्रति जनमत नदेखिनु हो । अहिले आएर नेकपा माओवादीप्रति जनमत देखिएन । १२ बँुदे समझदारी गरेर आएपछि नेकपा माओवादी त्यो समझदारी अनुरुप प्रतिवद्ध भएर आएको देखिएन । शान्ति प्रक्रियाप्रति नेकपा माओवादी प्रतिवद्ध भएको भए उनीहरुप्रति जनमत बढने थियो । तर यसबीचमा उनीहरुले सहमति विपरीतका गतिविधिहरु गरिनै रहे । उनीहरु हतियारप्रतिको मोह र दम्भबाट मुक्त हुनै सकेनन् । हतियारको धङधङी माओवादीमा अहिले पनि छ । यी दर्ुइ कारणले गर्दा उनीहरुप्रति जनमत नदेखिएको हो । त्यसैले उनीहरु निर्वाचनबाट पछाडि हटेको हुनसक्छ । फेरि पनि माओवादीलाई साथसाथै निर्वाचनमा लैजानु पर्दछ । माओवादीलाई साथै नलिइकन हुने निर्वाचनले निकास दिनसक्दैन ।

० अब निकासको लागि संभावनाको मार्ग के हो त -

अब नेकपा माओवादी पनि संसदीय व्यवस्थालाई परित्याग गरेर अगाड बढ्न सक्दैन । पुनः बन्दुक बोकेर जंगलतिर र्फकने अवस्था पनि छैन । अव सबै राजनीतिक दल जाने भनेको जनताकै बीचमा हो । योभन्दा अर्को विकल्प छैन । ढिलोचाँडो हामी सबै जनताका बीचमा जानर्ैपर्दछ । सात दलका नेताहरुलेे जतिसक्दो छिटो परिस्थति सहज हुने निर्ण्र्ाागर्नुपर्छ ।

० निर्वाचनको मिति पछाडि सार्दा परिस्थिति सहज हुन्छ भनिन्छ नि - तपाईंलाई कस्तो लाग्छ -

आठ दलको सहमति अनुसार मंसिर ६ गते संविधानसभाको निर्वाचन गर्ने भनिएको छ । तोकिएअनुसार नेकपा माओवादीले निर्वाचनमा भाग लिएन भने निर्वाचनको मिति सार्नु नै बुद्धिमानी हुनेछ । निर्वाचनको मिति सारेर भए पनि नेकपा माओवादीलाई संगसंगै लिएर जानर्ुपर्छ । हामीले १२ बुँदे समझदारी गर्दा देशलाई लोकतान्त्रिक गणतन्त्रसम्म पुर्‍याउने भनेर प्रतिबद्धता जाहेर गरेका छौं । त्यो विन्दुमा पुुग्न संविधानसभाको निर्वाचन हुनै पर्दछ । त्यो विन्दुमा नपुग्दासम्म सात राजनीतिक दलबीचको एकता टुट्नु हुँदैन । हामी अझै केही वर्षम्म सहमति र समझदारी कायम गरेर अगाडि बढनर्ुपर्दछ ।

० नेकपा माओवादीले संविधानसभाको निर्वाचनलाई सुनिश्ििचत गर्न संसद्बाट गणतन्त्रको घोषणा गर्नुपर्छ भनिरहेको छ । यो कति हदसम्म औचित्यपर्ूण्ा छ -

अन्तरिम व्यवस्थापिका संसद्बाट गणतन्त्रको घोषणा गर्न मिल्दैन । गणतन्त्रको घोषणा गर्ने अधिकार जनतामै छोड्नु पर्दछ । अर्को कुरा गणतन्त्रको कुरा संविधानसभाको निर्वाचनसंग जोडिएको छ । संविधानसभाको निर्वाचन जति छिटो हुन्छ राजतन्त्र पनि त्यति नै छिटो समाप्त हुन्छ र त्यति नै छिटो मुलुकमा गणतन्त्र पनि आउँछ । त्यसकारणले पनि संविधानसभाको निर्वाचन अविलम्व हुनर्ुपर्छ भनिएको हो । अहिले संविधानसभाको निर्वाचन हुन नदिनु भनेकोे घुमाइफिराइ राजतन्त्रको आयु लम्ब्याउनु हो । निर्वाचन नहँुदा प्रतिक्रियावादीहरुले चलखेल गर्ने मौका पाउँछन । यो कुरा माओवादीले बुझिदिनुु पर्दछ ।

० पर्ूण्ा समानुपातिक निर्वाचन प्रणालीका बारेमा के भन्नु हुन्छ -

हामीले मिश्रति निर्वाचन पद्धतिलाई अवलम्वन गर्ने भनिसकेका छौं । यो सबै दलहरुको सहमतिमा भएको हो । समानुपातिक निर्वाचनले समग्र पक्षलाई समेटने काम गर्दछ भने बहुमतीय निर्वाचन प्रणालीले भूगोललाई समेटने काम गर्दछ । संविधानसभामा जनताको प्रत्यक्ष संलग्नता छ भन्ने कुरालाई बहुमतीय निर्वाचनले महसुस गराउँछ । यही हिसावले हामीले दुवै प्रणालीलाई समेटेर मिश्रति प्रणाली अवलम्बन गरेका हौं । विश्वका धेरै मुलुकले यस्तो निर्वाचन पद्धति अबलम्बन गरेका छन । यसमा विवाद गर्नु औचित्यपर्ूण्ा हुँदैन ।

० अब कांगे्रस एकताको प्रसंगमा जाऔं । नेपाली कांग्रेस एकीकरण भएको घोषणा गरिए पनि कार्यकर्ताहरुमा खास उत्साह आउन सकेको देखिए नि -

त्यस्तो होइन । दर्ुइ कांगे्रसको एकीकरण भएपछि आम कार्यकर्ताहरुमा उत्साह पक्कै पनि जागेको छ । साँच्चै भन्ने हो भने कार्यकर्ताहरुको चर्को दबाबका कारण दर्ुइ कांगे्रस एक भएको हो । नेपाली कांगे्रसका कार्यकर्ताहरु कहिल्यै पनि फुट र विभाजनको पक्षमा थिएनन् । कार्यकर्ताहरु जहिले पनि कांगे्रस एक भएको देख्न चाहन्थे । विभाजनको अवस्थामा निर्वाचनमा नआउन उनीहरुले दुवै पक्षका नेतालाई दबाब दिदै आएका थिए । अहिले उचित समयमा नेपाली कांगे्रसको एकीकरण भएको छ । यो एकीकरणलेे सकारात्मक परिणाम ल्याउनेछ भन्नेमा म विश्वस्त छु ।

० तपाईंले त्यस्तो भने पनि केही कार्यकर्ता र नेताहरुले त खुलेर असन्तुष्टि प्रकट गरे नि -

यत्रो ठूलो प्रजातान्त्रिक पार्टर्ीी कार्यकर्ताहरुले असन्तुष्टि र गुनासाहरु जाहेर गर्नु स्वाभाविकै हो । यस्ता गुनासा र असन्तुष्टिहरु आउनु पनि पर्दछ । त्यसले पार्टर्ीीई आगामी दिनमा सच्चिने मौका पनि दिन्छ । एकीकरणको सम्पर्ूण्ा प्रक्रिया सकिएको छैन । कार्यकर्ताहरुको आवाजलाई पार्टर्ीी समेटेर लैजाने छ ।

० हालै सम्पन्न महासमितिको बैठकबाट नेपाली कांगे्रस लोकतान्त्रिक गणतन्त्रमा जाने निश्चित भयो । यो निर्ण्र्ााे कांगे्रसको इतिहासलाई समाप्त पार्‍यो भनिन्छ नि -

लोकतान्त्रिक गणतन्त्रमा जाने निर्ण्र्ााे कांगे्रसको इतिहासलाई समाप्त गरेको छ भन्न मिल्दैन । वास्तवमै भन्ने हो भने लोकतान्त्रिक गणतन्त्रमा जाने पहिलेको निर्ण्र्ाासमय सापेक्ष निर्ण्र्ााहो । यसले जनताको भावनालाई सम्वोधन गरेको छ ।

० यही कारणले संस्थापक नेता कृष्णप्रसाद भट्टर्राईले राजीनामा दिनु भयो नि त -

कृष्णप्रसाद भटर्राई नेपाली कांगे्रसका संस्थापक मात्र नभै ज्यादै आदरणीय नेता हुनुहुुन्छ । उहाँको राजीनामा पार्टर्ीीे स्वीकृत गरेको छैन । उहाँले आफ्नो राजीनामा फिर्ता लिनुहुने छ । यसको लागि पार्टर्ीी नेता कार्यकर्ताहरुले अनुरोध गरिसकेका छन । किनुजीको लागि परिवार, सम्पत्ति सन्तान छोराछारी जे पनि पनि कांग्रेस हो । यसो भएको हुनाले कार्यकर्ताले गरेको अनुरोधलाई उहाँले अन्यथा रुपमा लिनुहुने छैन । उहाँको आर्शीवाद नेपाली का्रग्रेसले पाइनैरहने छ ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
अझै पनि जनयुद्धको धङधङी र दम्भ छसुरेन्द्र पाण्डे- केन्द्रीय सदस्य नेकपा एमाले (09.29.2007)
त्रिविलाई विशुद्ध प्राज्ञिक केन्द्र बनाउनुपर्छ प्रा.डा. माधवप्रसाद शर्मा (09.29.2007)
गणतान्त्रिक दृष्टिकोण भनेको वामपन्थी धार होइनअर्जन नरसिंह केसी (09.29.2007)
संविधानसभा चुनावको महत्वपर्ण् अवसरमा व्यापक सहमति कायम गर्नुपर्छकृष्णगोपाल श्रेष्ठ (09.29.2007)
आठ दलले जनताप्रति उत्तरदायित्व महसुस गरेका छैनन् (09.28.2007)



 
  ::| Events
September 2010  
Su Mo Tu We Th Fr Sa
      1 2 3 4
5 6 7 8 9 10 11
12 13 14 15 16 17 18
19 20 21 22 23 24 25
26 27 28 29 30    
 

© Neeraz.Com 2007
[Top Page]